विस्मृति

- विश्वम्भर चन्चल

शनिश्चरवारको दिन । एकाबिहानैदेखि मलाई के बिर्सेँ, बे बिर्सेँ भने जस्तो लागिरहेछ । मलाई थाहा छैन मैले के बिर्सेँ भनेर । तैपनि मैले कुनै कुरा बिर्सेको छँु, आजको लागि । कतै जानु छ ? छैन । कसैलाई केही भन्नु छ ? छैन । कसैसँग लिनु–दिनु केही छ ? छैन । अघिपछि विदाको दिनमा गरेको जस्तो लुगा–सुगा केही धुनु छ अथवा नुहाउनु पर्ने कुनै काम छ ? त्यो पनि आजलाई छैन । यो पनि छैन, त्यो पनि छैन । आखिर, छ के त ? भनेर कत्ति सम्झिने कोशिश गर्छु तर केही छैन मैले बिर्सेको । यद्यपि छ, केही अवश्य छ जुन कुरालाई मैले बिर्सेको छु र त्यो कुरा अनिवार्य पनि छ ।
कोठाभित्रको कुनै काम गर्नु छ कि भनेर पनि निकै बेर सम्झिन्छु । केही छँदै छैन त्यस्तो गर्नु पर्ने काम । अझ केही हराएको पो छ कि भनेर एक एक सामानलाई यहाँबाट त्यहाँ र त्यहाँबाट यहाँ पारी धुइँधुइँती गर्छुँ । सामान केही हराएकै छैन न त यहाँबाट त्यहाँका कुनै कुरा कतै हेरफेर भएर नै रहेको छ ! आपूmले लाउने केही बिर्सेँ कि भनुँ भने उही सधैँ बिदाको दिनमा घर बस्दा लगाउने पहेँलो पुलओभर र कटराइजको पाइन्ट, त्यत्ति हो । भित्रपट्टि गन्जि छँदै छ, अन्डरवेयर छँदै छ । बाहिरपट्टिको लुगा लगाउँदा सम्झिइने कुरा हुन् यी ।
कोठामा बस्दा जुत्ता लगाउने चलन छैन न त टाउकोमा टोपी नै । तिनीहरूको कुनै आवश्यकता नै परेन । लगाउने कुरा जति सब यथावत लगाएकै छु । अब बाँकी रह्यो के त ? केही खान बिर्सेको जस्तो पनि लाग्दैन । बिहान उठ्नासाथ बूढीआमाले हात पोल्दै चूल्होमा अगुल्टो ठोसी–ठोसी पकाइदिएको चिया घुट्क्याइहालियो । बाहिर निस्कँदा चुरोट खाने बानी भए तापनि घर बस्दा खाने तमाखुमा भतिजाहरूलाई हपार्दै तमाखु हाल्न लगाई तानिहालियो । त्यसपछि दिसा–सिसा बसेर मुख–सुख धोइ–वरि भात–सात खानु थियो, खाइहालियो । र, फेरि भात–सात खाइ–वरि खानु पर्ने तमाखुको हकमा उनै भतिजाहरूले हो कि अथवा भाइहरूले हाली–वरि अगाडि ल्याएर हुक्का चिलिम तेस्र्याइदिइहाले । राम्रै सम्झना छ त्यो पनि । अब बाँकी रह्यो खाजा खान । त्यो पनि दुई तीन बाजि खाने होइन दिनमा । त्यसको लागि समय भएकै छैन । भए पनि र आपूmले बिर्से पनि अरूले नसम्झेलान् नै भनूँ । तर त्यति विधि माया गर्ने आमामाथि त मैले कुनै हालतमा पनि पाप चिताउनु हुँदैन । आमाले त पक्कै सम्झिनुहुन्छ । नभए घरमा अरूले खाएको देखेर पनि आपैmँले सम्भुmँला । वेला भएपछि पेटको भोकले पनि थाहा दिन्छ नि आपैmँ !
“ए बाबा ! कसको थाप्लोमा हिर्काउँ मैले के बिर्सेँ भनेर ? आमालाई बोलाउँछु र सोध्छु, “आमा ! के बिर्सेँ मैले आज, तपाईँलाई याद छ ?”
“के कुरा गर्दो हो यो मान्छे पनि ! तैँलै के गर्नु थियो र के गर्न बिर्सिस् मैले कसरी थाहा पाऊँ हँ ? कि, मलाई हिजो नै भन्नुपथ्र्यो यो कुरो सम्झाइदिनुहोला भनेर । त्यसै मेले कसरी थाहा पाउने, लौ भन् त ?”
“भैगो, भैगो जानोस्,” आमाको बाह््र सत्ताईस कुरा गर्ने ढाँचा देखेर बहिनीलाई बोलाउँछु । भाइलाई बोलाउँछु । भतिजा भतिजी सबलाई बोलाएर कोठामा थुपार्छुँ । उनीहरू सबै जिल्ल परेर र केही डराएर पनि मेरो अनुहारमा मात्र हेरिरहन्छन् । त्यस बखतसम्ममा ममा रिस पनि चढिसकेको हुन्छ ।
“ल भन मैले के बिर्सेँ आज ?” एकदमै उनीहरूलाई झम्टिन पुग्छु । कोही केही बोल्न सक्तैनन् । भाइले भने दुई आँखा मास्तिर पल्टाउँदै मलाई नै डराउँला भने जस्तो गरी मतर्पm हेरिरहँदा मैले भन्छु, “के हेर्छस् त्यसरी मैलाई नै खाउँला भन्या भैmँ गरी.... । लाज लाग्दैन तँलाई यति पनि विचार गरी भन्न नसक्दा ? तैँले पढेको बुध्दि यही हो ?”
“के थाहा त हामीलाई तिमीले के बिस्र्यौ भनेर ?” उसले जवाफ फर्काइहाल्छ ।
“ए ! अभैm मुखमुखै पो लाग्दो रहेछ कुजात ! यो घरको कुरा तँलाई थाहा नभए कसलाई हुन्छ ? कि कालो कुकुरलाई ?” यसो भनी के उसलाई गाली गर्न पुग्छु कि, “आओ, सबै जना जाऔँ । आज सान्दाइ बहुलाउन लागे क्यारे,” भन्दै ऊ सबैलाई लिएर कोठाबाट निस्कन्छ । म भने टाउको र निधार थिच्दै कोठामा रइँर्याइँती रिङ्न थाल्छु र भट्याउँछु, “यिनै असत्तिहरूले गर्दा हो मलाई बहुला तुल्याएका । नत्र म के भनेर बहुलाउँथेँ नचाहिने कुरामा.... !”
मलाई यो पनि सम्झना छ– त्यो कुरा जरूरी नै छ आजको लागि हुनै पर्ने, अथवा गर्नै पर्ने, अथवा जानै पर्ने अथवा के के त्यस्तै । मनको एक कुनामा कता कता त्यो कुरा सम्झे जस्तो पनि लाग्छ । तर होइन, सम्झेकै छैन चाहिने कुरा । दिमाग त्यसै त्यसै खोक्रो जस्तै अथवा धोत्रो जस्तै नै छ । अनि मन ? छालाको खाली थैलो जस्तो मात्र । त्यसभन्दा बढी केही लाग्दैन आपूmलाई । लागेर पनि त्यसभरि केही हुनै सक्तैन.... ।
यत्तिकै अवस्थामा कति बेर बित्छ र दिउँसो कुन वेला हुन्छ बहिनीले कोठामा खाजा लेराउँदा भाँडो–साँडो मिल्काइदिन्छु एकातिर र, धुम्धुम्ती परेर भ्mयालमा अडेस लागेर उभिइरहन्छु ।
बहिनी गएको उत्नीखेर भाइ आएर सुनाउँछ, “को हो एक जना मानिस तल आएको छ रे” भनेर त्यही पनि दुई तीन चोटि कराउँदा मात्र सुन्छु उसको कुरालाई । ध्यान आपैmँमा केद्रित बनिरहेको वेला, “को हो त्यो पठाइदे माथि” भने जस्तो मात्र लाग्छ । राम्रो सम्झना त अभैm छैन ।
भाइ जान्छ । तुरुन्तै उक जना मानिस कोठामा पस्छ र भन्छ, “ए ! के गर्न लाग्या छौ हँ तिमी ?

”केही होइन..., ” भन्दै उसलाई बसाल्छु र आपूm पनि बस्दै कुरा सुनाउँछु, “हेर मैले आज गजव गरी एउटा कुरा बिर्सेको छुँ ।”
“के ?” उसले सोध्छ ।
“त्यही त म भन्न सक्दिनँ के के.... । ‘यसो’ भन्न सकेको भए त बिर्सेँ भन्नै पर्दैनथ्यो नि ! क्या तिमी पनि....,” भन्दै म हाँस्छु । ऊ पनि हाँस्छ आप्mनो मुख्र्याइँ प्रश्नमा ।
हामी कुरा गर्न थाल्छौँ आपसमा– घर व्यवहारको, जागिरको,, स्कूल कजेजका वेलाको, हाम्रा बितेका दिनहरूको । तैपनि मेरो ‘बिर्सिनु’ को ‘बिर्साइ’ हुनै सक्तैन र साथीसँग कुरा गर्दैछु एकतिर, अर्कोतिर भने मेरो मन कहाँ कहाँ पुगेको छ त्यो कुरा सम्झिनलाई ।
दुनियाँभरिको कुरा सम्झिसकेँ तर त्यो कुरा भने मरिगए सम्झिन सकेको होइन । न त त्यस कुराको एक छेउ पैल्याएर नै विचार गर्न सक्छुँ ।
साथीलाई खाजा ख्वाउँछु फेरि बहिनीलाई बोलाएर । बहिनीले पनि भन्न किन बाँकी राख्थी, भनिहाली ‘अघिन घुर्की लगाएको होइन’ भनेर । साथीले थाहा पाउला भनेर ‘चुप लाग, चूप लाग’ भनेर इशारा गरे पठाउँछु ।
बेलुकी हुन लाग्छ । साथीले उठ्न खोज्दै भन्छ, “हिँड जाऊँ, अबेर भइसक्यो ।”
“कहाँ जाने र अबेर हुन्छ भनेको ?” उसको त्यस प्रकारको हतारमा मैले आश्चर्य मान्दै सोध्छुँ ।
“कहाँ अब ! झन् त्यतिमाथि हिजो मात्र सल्लाह गरेको होइन यो ठाउँमा जाने र म तिमीलाई घरमा लिन आउँछु भनेर ? अनि तिमीले म पर्खिरहुँला भनेको कुरा बिस्र्यौ अहिले ?”
लौ खा ! तीन पुस्ताको सपना बल्ल पो देख्न पुग्छुँ मैले । जुन कुरा सम्झिनको लागि बिहानदेखि घरभरिमा यति धुम मच्चाएथेँ– त्यही साथी आउँछु भनेकोमा पर्खिनु पर्ने कुरा पो रहेछ.... !
हत्तेरीका ! बिर्सिनुको पनि हद हुन्छ नि !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 फागुन, 2068

लेखकका अन्य रचनाहरु