मुर्दाघर

- विश्वम्भर चन्चल

म मुर्दाघरको पाले । यसै मुर्दाघरको ढोका कुर्दाकुर्दै मेरो कपाल र दाह्ी्रजुँगाहरू सेताम्मे भइसकेका छन् । यस अवधिभित्र कति मुर्दाहरू याहाँ ल्याइए र कतिको लाशलाई डाक्टररूले मेरै आँखाअगाडि एक एक टुक्रा पार्दै चिरे र जाँचे भन्ने कुरालाई याहाँ भनीसाध्ये छैन । फेरि ती मुर्दाहरू कन कुन तवरले आपूmले नै आत्महत्या गरे अथवा अरुबाट मारिएका थिए भन्ने ब्यहोरा पनि परिलाउनु म आवश्यक देख्दिनँ । म अहिले त्यो मानिसको बारेमा तपाईँहरूलाई जस्तातस्तैको कुरा सुनाउँदै छु जो आप्mनी स्वास्नीलाई मारेको अभियोगमा जेल गएको छ ।
सडकछेउको अस्पताल र, अझ सडककै पखार्लमा जोडिएको मुर्दाघर । जब म यस अस्पतालमा पाले भएर आएँ मलाई यसैको ढोकामा पालो बस्न अह््राइयो । पहिले पहिले त मलाई याहाँ बस्न डर लाग्थ्यो । मानिसहरूले पनि यस ठाउँमा चिरिएका मुलर्दाहरू पिशाचको रुपमा तर्साउन आउँछन् भनी डर देखाइदिन्थे । तथापि, महिनाको नौ रुपियाँ आउने जागीरको लागि मैले जे गरेर भए पनि आपूmलाई शूरो तुल्याउनु पथ्र्यो र यसै आम्दानीबाट पाँच जनाको परिवारमा महिनाभरिको नून तेलको खर्च चलाउनु पथ्र्यो ।
यस मुर्दाघरको छेवैमा अर्को एउटा ज्यादै सानु र साँगुरो घर थियो जसलाई पालेघर भनिन्थ्यो । हो, त्यहीँ नै म खान्थेँ, बस्थेँ र सुत्थेँ । दिउँसभरि त मलाई त्यतिको डर लाग्दैनथ्यो तर जब राती हुन्थ्यो भ्mयाल–ढोकाको खापाविहीन त्यो थोत्रो घरभित्रको मुर्दा (यदि कुनै दिन राखिएको भए) उठेर आपूmसँगै सुत्न आउँछ कि भन्नेसम्मको शंका उत्पन्न हुन्थ्यो । त्याहाँ वरपरको फोहोर दुर्गन्धको लागि पनि मैले सधँैजसो नै एक हातलाई नाकबाट छुटाउन पाउँदैनथो । तर खास त मलाई यस कुराको डर थियो कि कुनै मुर्दा राखिएको रातमा मैले अघिपछिोे भन्दा सचेत रहनुपथ्र्यो । त्यस रातमा बरु आपैmँ नसुतेर भए पनि मुर्दाको लागि ख्याल राख्नुपर्ने कुराको मलाई कडा आदेश दिइएको थियो ।
एक समय यस्तोे आयो जुन बेलामा महिनौँसम्म त्याहाँ कुनै पनि मुर्दा ल्याइएनन् । ममा केही आरामीको अनुभव भए जस्तो लाग्यो । एक दिन बेलुका भात–सात खाइवरि जब तमाखु खाँदै थिएँ मुर्दाघरको भ्mयालमा एउटा छायाँ देखेँ । ‘के रहेछ त्यो ?’ भनी हेर्दै मात्र थिएँ अकस्मात् त्यो छायाँ विलायो । ‘केही होला त्यस्तै....’ भनी मैले बढी चाख पनि लिइनँ । भोलिपल्ट, त्यसै समयमा त्यही नै ठाउँमा त्यो छायाँ फेरि देखियो र पर्सिपल्ट पनि । चौथो दिनमा त्यो छायाँ भ्mयालमा होइन तर मुर्दाघरको ढोकैमा उभिएको थियो । एक मन लाग्यो, ‘त्यो तर्साउने हो’ र, अर्को मनले ठान्यो, ‘होइन, कुनै जीवित मानिस हो त्यो !’ एक छिनपछि त्यो छायाँ केही चलमलायो । मैले आप्mनो पालेघरको ढोकाबाट निस्कदै कराएँ, “को हो त्यो यस बेलामा याहाँ आउने ?”
“म....” मुर्दाघरको ढोकाबाट अझ भित्रतिर चियाउँदै त्यो छायाँले दिएको आवाजपछि मैले एकै चोटिमा सोधेँ, “को म ? किन आएको तपाईँ ? खोइ यता हेर्नोस् ?”
उसले मतर्पm आउँदै र मेरो प्रश्नको जवाफ नै नदिई आप्mनो प्रश्न गर्यो, “खोइ आज भोलि कुनै मुर्दा छैनन् याहाँ ?”
“छैनन्, छैनन्,” म एकदम जङ्गिएँ ऊदेखि, “ ल गइहाल्नोस् तुरुन्त नै याहाँबाट !”
त्यो मानिस खिस्स हाँसी नरम भएर बोल्यो, “नरिसाउनोस् न यसरी, म गइहाल्छु नि ! उसको तेजिला आँखा चम्के एक चोटि मतर्पm र अस्पतालको मूलढोकाबाट सरासर निस्कन लाग्यो । तर मैले भने यो रहस्या बुभ्mन सकिनँ र रोकिने आदेश दिएँ उसलाई । ऊ ठिङ्ग त्यहीँ उभियो र टोपी झिकी कपाल कन्याउन थाल्यो ।
“भन्नोस्, तपाईँले किन मुर्दा सोध्नुभयो ? के तपाईँको कोही आप्mनो मान्छे ल्याएको छ याहाँ ?”
“छैन ।”
”त किन याहाँ यसरी आएर सोध्नुभयो ?”
“त्यसै.... हेर्न मन लाग्यो ।”
‘कस्तो मान्छे रहेछ यो !’ त्यसै मनमनै सोचेँ आपूmले र उसलाई भनेँ, “त्यसै हेर्न मन लाग्यो भन्दैमा यसरी रोक्का गरिएको ठाउँमा आउन पाइन्न बुभ्mनु भो ! अब पनि त्यसो गर्नुभो भने तपाईँलाई पुलिसकाहाँ बुझाइदिन्छु ।”
“हस् । तर....” ऊ रोकियो केही बेर र भन्यो, “म मुर्दाघरमा त जान्न तपाईँको आदेशविना । तपाइँकाहाँ भने आउछुँ, मान्नुहुन्छ यसमा ?”
मैले “के कसो’ को प्रश्न गर्नै नपाई उसले मेरो मुख टालिदियो, “किन, कसोकोे सवाल नगर्नोस् । यदि हुन्न भन्नुहुन्छ भने भैगो त्यो पनि आउन्नँ ।”
त्यो मनिसको यी सब व्यवहारले ममा उसप्रति चाख बढेर आयो र ‘हुन्छ’ भन्ने कुरो सुनाउँदा ऊ खुशी देखियो ।
भेलिपल्टदेखि नियमित समयमा त्यो मानिस मकाहाँ आइपुग्थ्यो बेलुका साँढे छ र सात बजेको बीचमा । र, प्रत्येक दिन त्यही प्रश्न गथ्र्यो, “आज पनि कोही लेराएको छैन ?” जब मैले ‘छैन’ भन्ने जवाफ दिन्थेँ ऊ खुशी देखिन्थ्यो र पालेघरको ढोकामा राखिएको सानु त्रिपाइमा टुक्रुक्क बस्थ्यो । त्यस बेला ऊ बारम्बार कहिले मुर्दाघरतिर र कहिले मूलसडकतिर हेरिरहन्थ्यो ।
निकै दिनपछिको सोधपुछपछि उसले बल्ल भन्यो, “यो मेरो घरायसी र व्यक्तिगत कुरा हो । यदि तपाईँ यस विषयमा कसैलाई भन्नु हुन्न भने सुन्नुहोस्– म अहिले भर्खर पैतिस वर्ष पुग्न लागेको छु । मेरो विवाह भएको पाँच वर्ष भयो । घरमा म, मेरी स्वास्नी र दुई छोरा–छोरीबाहेक अरु कोही छैन । एउटा आदर्श परिवारको रुपमा हामी निकै सुख शान्तिको अनुभव गरेर बाँचिरहेका थियौँ । तर समयले यस्तो भएन । मेरी स्वास्नी व्यभिचारिणी बनेर निस्की । मैले यो कुरा पत्तो पाएँ । कति दिन त म उसलाई त्यस विषयमा केही नभनी त्यसै आपूm मात्र छटपटिएर बसेँ ।आखिर एक दिनको घटनाले मैले सहनै सकिनँ र उसलाई कुरा सुनाएँ । त्यस दिनदेखि उसले प्रत्येक मिनेटमा मेरो अगाडि मर्ने धम्की दिन थाली, आत्महत्या गरेर होस् वा अरु कुनै उपायले । तपाईँ नै भन्नोस् मैले कसरी र कुन उपायले उसको र मेरो जीवनलाई जोगाऊ ? मलाई निश्चय छ– मबाट उसले बच्ने अरु कुनै उपाय छैन अब । ऊ कुनै बखत पनि मर्न सक्छे । त्यसैले बिहान घरबाट अफिसको लागि हिँडेपछि मेरी स्वास्नीको मृत्यूको दृश्यले मलाई सताइरहन्छ । बेलुका घरपुग्दा उसलाई जिउँदै अवस्थामा पाउन सक्छुँ कि सक्दिनँ भन्ने मात्र मलाई डर लाग्छ । र, अफिस छुटेपछि सर्वप्रथम नै म याहाँ आउने गर्छुँ आप्mनो शंका निवारण गर्न.... ।”
मैले त्यो मानिसलाई दिन सम्मको आश्वासन दिन्थेँ– “यस्तो हुनै सक्दैन । तपाईँ केही पीर धन्दा नलिनोस् । र अर्कोतिर, तपाईँ मात्र पनि त हुनुहुन्न उनले माया मार्न सक्ने । दुई दुईवटा छोरी छन् । तिनीहरूको माया झन बढी लाग्छ उनलाई....” भनेर । तर त्यो मानिस पत्याउँदैनथ्यो र भन्थ्यो, “हो, ऊ पक्कै मर्छे आत्महत्या गरेर । यदि ऊ त्यसरी मर्दिन भने उसले नै म....म....मेरो.....हत्या गर्न सक्छे कुनै दिन,” भन्दाभन्दै उसको घाँटी रोकिन जान्थ्यो ।
त्यत्तिकैमा फेरि केही दिन बिते । एक दिन ऊ आयो अघिपछिको भन्दा मलिन अनुहार बोकेर । आउँदाआउँदै उसले भन्यो, “अब त हामी दुई जनामा एक जना पक्कै मर्नुपर्छ । हिजो राती हामी निकै झगडा गर्यौँ त्यही कुरालाई लिएर । वास्तवमा कुरा मैले उक्काएकै थिइनँ । कुरा उसैले उक्काइ आप्mनो व्यभिचारिणीपनको ढाकछोप गर्न । मैले पनि रिसले आँखा देखिनँ र ‘मार्दिन्छु तलाईँ’ भनेर भनेँ । उसले भनी, “तपाईँले मार्नु पर्दैन म आपैmँ मर्छुँ.... ।”
त्यस्तै कुरा हुन गयो । त्यस दिनको भोलिपल्टै त होइन तर पर्सिपल्टको दिन बिहानै एउटा मुर्दा ल्याइयो म पालो बसेको मुर्दाघरमा । त्यो मुर्दा उसैकी स्वास्नीको थियो । र, त्यो मानिस पनि पुलिसहरूको साथमा थियो । उसको अनुहारभरि पसीनैपसीना र त्याहाँ धूलैधूलो टाँसिएर मानिस नै चिन्न नसकिने अवस्थामा देखिन्थ्यो । उसको लुगा लवाइ पनि बहुलठठ्ीपना भएको मान्छेको भैmँ थियो । त्यस बेलामा उसले मसँग कुनै कुरा बोलेन । स्वास्नीको लाशको नजीक खिन्न अनुहार लिएर मात्र बसिराख्यो ।
साविक समयमा डाक्टरहरू त्याहाँ आएपछि उसकी स्वास्नीको लाशको जाँच गरियो । त्यसपछिको उनीहरूले रिपोर्ट दिएअनुसार कुनै विषालु पदार्थ खानाले उसको मृत्यु भएको थियो । तर वास्तवमा उसकी स्वास्नीले यस प्रकार आत्महत्या गरेकी थिइन । स्वास्नीलाई मार्ने ऊ आपूm नै थियो । केही महिना हिरासतमा र त्यसपछि अदालतको निर्णयअनुसार उसलाई वीस वर्षको जेल सजायँ तोकियो । उसले आप्mनो तर्पmबाट कुनै पनि प्रतिवाद जनाएन । बरु जाने बेलामा मलाई भेटी यति भन्यो, “हुन सक्छ भने पालेदाइ, मेरा ती दुई छोरा–छोरीको हेर–विचार गरिदिनुहोला.... !”

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु