टेलिभिजन

- राजु शर्मा

“के हो रमेश बाबु आज त सखारै पाल्नु भएछ नि” छिमेकीको घरमा टेलिभिजन हेर्न गएका रमेश बाबु प्रतिको व्यङग कस्न उनले किन चुक्थे र !
“आज कार्यालयबाट छिटटै फर्किएं कोठामा त्यसै बुिुसराख्न पनि मन लागेन त्यसैले काका कहां आउदा काका सगं भेटघाट पनि हुने टेलिभिजन पनि हेर्न पाईने हैन त काका” उस्ले पनि लाचारी ब्यक्त गर्यो ।
“ छोरा छोरीको जांच निजिकिदै छ त्यसैले आज टि, भि नखोलौं की ?” छिमेकिको आशय उस्ले प्रष्ट बुझयो ।
पैताला देखि टुप्पी सम्म रिस दौडियो । जुरुक्क उठेर वाहिरीयो । एउटा टि, भि किन्न सकेको भए यी नालाएक मिेकिको यसरी बेज्जत खप्नु पर्ने त थिएन् । मुटुबाट मुख सम्म आएको रिसलाई धुटुक्क निल्यो । अनुहार भरि एउटा मुस्कान दल्ने असफल प्रयास गर्यो ।
भोलि पल्ट कार्यालय जान घरबाट निस्कियो । खल्ति छाम छुम पार्यो । उसको एउ६ा तल तल छ भात खाए पछि सुपारी चपाउनै पर्नै । आफनो पहिरनको सम्पूण खल्तीहरु छाम छुम पार्दा पनि एक टुक्रा सुपारी भेट्टाउन सकेन् । एक टुक्रा सुपारिको लागि आशा रामको पसल तर्फ आंखा फाल्यो । पसल अगिल्तिर गएर ठिङग उभियो।
“ अफिस तिर हो कि कसो हो बाजे ” । आशा रामको जि१ासामा उस्ले मुन्टो हल्लायो ।
“ दुई टुक्रा सुपारी देउ त ।” एक रुपैंयाको नोट पसार्यो ।
आशा रामले शिशि भित्रबाट दुई टुक्रा सुपारी उस्को हातमा थमाई दीयो । एक टुक्रा मुख भित्र हुल्यो । अक्र्राे एक टुक्रा पाईन्टको खल्ति भित्र छिरायो । ङिच्च दांत देखाएर पलाएन हुन खोज्यो ।
“ बाजेको छोरा छोरी कति वटा छन् ?” आशाराम साहुले कुरा कोट्टयायो ।
आशा रामको प्रश्नमा छाति फुलाएर “दुई छोरा दुई छोरी” गर्भले फुक्यो ।
“बाजे मात्रै हेर्दा खेरी सोझो जस्तो ? तर छोरा छँेरी त स्मार्ट रहेछन् नि ?” आशारामले कुरा कोटयायो ।
उस्को शरीरमा शंकाको सानो छिद्रा पर्यो । शंकैं शंकामा सोध्यो “तिमीले के आधारमा भनेका हौ ?”
“आ बाजे पनि बाजेको छोरा छोरी मेरै पसलबाट त फोन गर्छन नि । फोनमा भएको कुरा म बुझदीन र ?”
आशा रामको स्पष्टोक्तिले उस्मा शंकाको बादल मडारीन थाल्यो । आशा रामको बोलिबाट निस्किएको प्रत्येक शब्दले उस्लाई च्वास च्वास घोच्न थाल्यो । कतिखेर उस्ले दात ङिच्च पार्यो र त्याहांबाट पलाएन भयो उस्लाई पत्तै भएन ।
“एउटा जाबो फोन हालिदिन सकेको भए छुसि साहुले ब्यङग कस्न त पाउने थिएन् ?“
उस्ले बा६ोको छातिमा एक्कासि अफुलाई लुरुलुरु हिडिरहेको महसुस गर्यो । आफनो नालाएकी पनमा उस्को लोग्ने मान्छे नजानिदो किसिमले जाग्यो , रिसले दांत चपायो । कल्पनामा नै भए पनि उस्ले छोरा छोरीको गालामा कस्सेर एक एक ठप्पड बजायो । “एउटा टेलिफोन र एउटा टेलिभिजन किनेर राख्न नसक्ने छुसिले हैकम लादन खोज्नु हुट्टि टयांउले आकाश थाम्ने प्रयाश गरे जस्तो त न हो“ उस्लाई आफै प्रति धृणा उर्लिएर आयो । “यस्तो छुसि नालाएक मान्छेले महानगर पालिकाको छातिमा गल्र्याम गल्र्याम बुट बजार्ने अधिकार पनि छैन् ।“ उस्ले आफंैलाई धिक्कार्यो ।

राति सुत्ने बेलामा श्रीमतीको अर्को घोषणा जारी भयो “घरमा एउटा टेलिभिजन हेरुं भनेको जिन्दगी त्यसै बित्यो ।”
उस्ले फकाउदै भन्यो “छोरा छोरी पढदैढन टेलिभिजन लेराए पछि उनिहरु टेलिभिजनमा बढि पढाईमा कम ध्यान दिन्छन् , पढाई बिग्रन्छ , बरु उनिहरुको पढाई सकिए पछि लेराउंला नि हुन्न् ।”
उ किन फक्किन्थि र ? झन मुख बंगाई “नाच्न नजान्ने आंगन टेडो , छिमेकिका घरमा बढेमानका टेलीभिजन छन् कोठै पीच्छे । टेलिफोन छन् तलै पिच्छे । तैपनि उनिहरुका छोरा छोरी राम्रो श्रेणिमा पास हुन्छन् । खाने मुखलाई जुंगाले छेक्दैन ।” श्रीमतिको धारा प्रबाहा रोकीएन ।
घुप्लुक्क मुख छोपेर सुत्नुमानै कल्याण सम्झीयो ।


भोलि पल्ट सबै सगैं बसेर भात खांदै थियौं । श्रीमतीले कुरा कोटयाई हालि “आज त बिर्सिने होईन नि ?”
“दुई चार दिन पखन” अझै सम्झाउने प्रयत्न गर्यो ।
“अबत ढाटन पाईन्न है ?”अबत झन श्रीमती सगैं हो मा हो मिलाउदै छेरा छोरी सबै एकै ढिक्का भैदिए । छोरा छोरीहरुलाई उठेर एक एक लात र दुई दुई चडकन चडकाउने ईच्छा भयो...., तर सधैं झै परिस्थितिको अगाडि लत्रक्क संग गल्यो । हिजोको घटनालाई उग्राउन थाल्यो ।

सालीको घरमा निम्ता मनाउन स–परिवार गएको ।

भर्खरै तयार भएको आघुनिक बंगला ।

बगंलाभित्र सजिसजाउ बेडरुम , डाईनिङरुम ।

बेडरुम भित्र बिस ईन्चिको कलर टेलिभिजन दराजमा थुनिएर हामिहरु प्रती ब्यङग कस्तै हांसिरहेको ।
मन भित्र गुम्सीएको श्रृष्या र लाचारी पनको वेदना बोकेका बाह् जोर आंखा एकै पटक झिलिक्क झील्कीएर त्यस टेलिभिजनमा गएर घस्सियो । मेरो कान्छी छोरी आफुलाई थाम्न नसकी त्यस आधुनिक संसारको जादु सम्म पुग्न सफल भई र लामो सास लिई । त्यसलाई छाम्ने दुषप्रयास गर्न थालि । त्यसको दुर्लब स्नेहले आफनो तिर्खाएका आंखाका नानि भित्र सजाउन थाली , अनायास सुकोमल ओठ उघारी “आहा कस्तो राम्रो टेलिभिजन ?”
उस्को कन्सीरीको रौ तात्यो । मुटु पट्ट फुटला जस्तो भयो । छटपटि बड्यो । कान्छी छोरीले टेलिभिजन उचालेर मेरो टाउको माथि गल्र्याम्म बजारेको अनुभब भयो ।
अब पालो आयो मेरो कान्छो छोरोको उ पनि के कम टेलिभिजन हेर्न हतारियो र बिस्तारै मुख बायो । उस्को आसय टेलिभिजन खोलिदिय हेर्न पाईन्छ भन्ने थियो । मेरी श्रीमती झन के कम हुन्थी र बहिनीको सामु बड बडाइ हालि “एक पल्ट टेलिभिजन खोलन् ?”
बहिनी पनि किन कम हुन्यी र “भान्छाको काम त्यसैछ पहिला भान्चाको काम सकुं अनि टेलिभिजन खोलांैला ? हिडनुस भान्चामा” मेरो श्रीमतीको अनुहारमा चुक छरेको प्रष्टै देखियो । बाध्यताको सामु उ पनि लुत्रुक्क परी ।
उस्को अभीभाबकत्व मुर्छा पर्यो ।


एक वर्षको अन्तर द्धन्द पछि उस्ले कठोर संकल्प लियो । ब्रम्हान्डै धुलो पिठो भए पनि । आकाशै खसेपनि , दशैंको पेश्की र तलब जोडजाड गरेर भए पनि एउटा टेलिभिजन नकिनी छाडदिन् ।


आखिर दशै पेश्की र तलब पाउने दिन पनि टुप्लुक्क आयो । घर परिवारहरुका आंखामा उमङग छायो । स्वास्नीको अनुहार भरी उषाको लाली चम्कीएको देख्न पाईयो ।
“भोलि त दशैं पेश्की र तलब दुबै हातमा थाप्ने दिन हैन त ?”
“हो ?”
“एक बर्ष पछिको पर्खाई विर्सनु होला नि ? सम्झनुभा छ हैन् ? फेरी कुनै छुटटै बहानाको अबिस्कार गरिसक्नु भएको त छैन् ? यस पालि त यता उता भन्न पाईन्न ।” श्रीमतीले बिर्सेकि रहिनछ । दिन रात यसैको सपना देख्थी की ? कसो ।
“बिर्सैको छैन किन बिर्सन्थयें ? वरु पुग्ने हो वा होइन” अलीकति शंका ब्यक्त गर्यो ।
“थप थाप..... सर सापट गर्नु पर्छ नि.... । अब छोरा छोरीले पनि रहर गरिरा छन् त्यसै उम्कन कहां पाईन्छ र ?” श्रीमती अली नरम भई ।


उस्ले खल्ति अलि उकास्सीए जस्तो अनुभब गर्यो । यो दिगभ्रमित त पक्कै होईन् । जेहोस पक्कै उस्को खल्ति आज एक बर्ष पछि अलिकति बढि रकमले भरीएको थियो । सधैं स्याप्रीएर चाउरी परेको खल्ति आज पुष्ट भएर उकासिएको देख्दा उस्को आत्मा आनन्दको भुंमरीमा पौडिन थाल्यो । गर्भले छाती फुलेर आयो ।
दशैंको आगमन सगैं कार्यालयमा रौनकता छाएको त छदैंथियो । यो प्रत्येक बर्षको नियमिततानै हो । प्रत्येक दशैंमा झै यस दशैंमा पनि सरकारले एक महिनाको तलब बोनसको रुपमा सबै कर्मचारीलाई बांडेकै थियो । त्यसैले होला ? कर्मचारीहरु प्रसन्न देखिएका थिए ।
कार्यालयमा सखारै सुन्यता छाउन थाल्यो । सबै कर्मचारी धमाधम तलब थाप्दै एउटा न एउटा बहाना बनाउदै कार्यालयबाट वाहिर जान थाल्य । उस्को पनि आज बहुप्रतिक्षीत दिन भएकोले गैर्वान्वित हुनेनै भयो । उस्को पनि आज ठूलै आबश्यकता पुरा गर्नु छ । आत्मा सन्तुष्टिको छुटटै परिकार छान्नु छ अनी कपा कप आफु पनि खांदै अरुलाई पनि खुवाउनु छ । घडिले तिन बजेको संकेत दियो । पांच बजे सम्मको जागिर आज तिनै बजे छोट्याएर हिडने बिचार लियो । त्यसैले उ बाहिरियो । बाटामा निकैनै चहल पहल बढेको देखिन्थ्यो । हरेक दशैं ताक यस्तै हुने गर्दथ्यो ।
उ सरासर न्यूरोड तिर हानियो । बाटोमा उस्को हात धेरै पल्ट पाईन्टको खल्तीमा गएर टांस्सिन्थयो । नोटको सुरक्षको खातिर उस्ले खल्तीको सुरक्षामा पुरै ध्यान दिने सोचाई वनाई रहेकै थियो । त्यसैले उ कुनै जोखिम नलिई नोटको सुरक्षमा मात्र आफुलाई केन्द्रीत गराएको थियो ।
हिसाब किताब गर्ने फुर्सत उस्लाई आज कहां छ र ? उस्को मानस पटलमा सलाइड बनेर टेलिभिजन भित्रका दृष्यहरु यता उता सलबलाएको मात्र महसुस भैरहेको थियो । उस्ले ठम्माएको र बुझे सम्मको सम्मपूर्ण अक्कलहरु प्रयोग गर्दा पनि उस्को खल्तीको नगदले ठुला ठुला सपनाहरु खरिद गर्नै हिम्मत जुठाउन उस्ले सकेको थिएन् । उस्ले केबल एउटा ज्ञद्ध ईन्चीको चाइनिज टेलिभिजन किनेर काखी च्याप्ने जमर्को गर्यो । उस्को बर्षौ पछिको धोको पुरा गर्ने मनसाएले न्यूरोडका गल्ली गल्ली चाहार्यो । चोटाकोठा घुम्न भ्यायो । संम्पूणर््ँ डिलर , सबडिलर , खुद्रा सबै पसलका कोठाचोटाहरुमा चियाउन पुग्यो । मोल मोलाई गर्यो ।
बिना परिश्रम बिना मूल्य धेरै पल्ट उस्ले चाहंदा नचाहंदै पनि साथि भाईको मुखबाट टेलिभिजन को बारेमा कथा ब्यथाहरुको पोको फोएर सुन्न भ्याएकै थियो । उस्ले धेरै अधि देखि सांचेर राखेको ति सब कथा ब्यथा र अनुभबलाई एक पछि अर्को गर्दै फुकाएर उगराउन थाल्यो । त्यसैको निचोड स्वरुप उ महांबौद्धको गल्ली भित्र चियाउन पुग्यो । चिनियां उद्धार निति र नेपालको खुल्ला ब्यापारबाट मौलाएर छुटटै न्वारण गरिएको बजार खासा बजारलाई लम्बाई चौडाई उचाई र गहिराई सम्पूर्णँ परिबेशबाट छाम्न थाल्यो । बजारको निरिक्षण पश्चात उस्ले एउटँ १४ ईन्चीको रंगिन टेलिभिजन खरिद गर्ने निचोडमा आफुलाई पुर्यायो ।
धेरै शंका उपशंका विच वल्ल एउटा १४ ईन्चिको रंगिन टेलिभिजन छान्यो । मोल मोलाईमानै उस्ले धेरै समय खर्च गर्यो । उस्को खल्तिको नगद नाराएण मध्यबा६ अझै केही नगद नारायण उब्रने हिसाब किताब देखिन आएकोले उ अझ हसिंलो बन्यो । आफुसंग भएको रुपैयां मध्य तिन चौथाई ठयाम्मै साहुलाई सुम्पीएर उस्ले एउटा बाकस छान्यो । समाजको बुझरुक कहलिएको , जान्ने सुन्ने भएको , सरकारी कर्मचारीे उ आफुलाई निकै जान्ने सुन्ने भएको ठान्थ्यो । त्यसैले त बुज्रक वनि धेरै सोध खोज र परीक्षण पश्चात एउटा ठूलो बाकस आफनो भागमा छुट्यायो ।
आफनो भागको एउटा ठुलै कागजको बाकस च्यापेर फुत्त बाहिर निस्कने असफल प्रयास गर्यो । वाकस ठूलै भएकोले उस्को प्रयास सफल हुन सकेन् । भरियालाई खोज्न उ बाहिरीयो । धेरै बेरको मोल तोल पछि भरियाको ज्यालामा उस्ले सहमती जनायो । भरीयालाई लिएर पसल भित्र छिर्यो । भरीयाको ढाडमा बाकसलाई वोकाएर उ पसलबाट वाहिरीयो । भरीयाको पछि पछि लाग्यो ।
यो बाकश बोकाएर घर सम्म पुग्न त सकिन्न भन्ने निषकर्ष निकाल्यो । चौबा६ोमा लगेर भरीयाले बोकेको वाकस विसायो । “हात्ती छिर्यो पुच्छर अडक्यो“ गर्न पनि त भएन नि ! त्यसैले उ टयाक्सी खोज्न थाल्यो । राजधानिमा डेरा जमाएको धेरै बर्ष बितिसक्दा पनि उस्ले कुनै दिन पनि टयाक्सी चडन पाएको थिएन् । त्यसैले उ अल्मलियो । जता हेर्यो उतै टयाक्सी नै टयाक्सी......! टयाक्सी टयाक्सी बिचबाट उस्ले एउटा पनि टयाक्सी छनोट गर्न सकेन् । उ दिग्भ्रमित भएर टवाल्ल परेर हेरी मात्र रहयो । उसैको सामुन्ने आएर एउटा टयाक्सी टक्क रोकियो । उ टयाक्सी तर्फ बडयो । यत्तिकैमा एउटा अधबैंशे आईमाई टयाक्सीको ढोका खोलेर भित्र छिरी । टयाक्सी अगाडी बडयो । उ नतमस्तक भएर हेरिरहयो । एउटा निरीह सरकारी कर्मचारी हुनुको पिडा उस्ले भोग्यो ।
उस्को महिनाभरको तलबले छाक टार्न मात्र पनि हम्मे हम्मे पर्ने अबस्थामा उस्ले टयाक्सी मात्र नभै कुनै पनि सार्बजनिक सबारी साधन चडने कल्पना पनि गर्न भ्याएकै थिएन् । त्यसैले उ घर र कार्यालयको दुरी लाई आफना पाईतालाले नै नापेर भ्याउने गर्दथ्यो ।
अनेक प्रयास बाबजुद बल्ल बल्ल दोब्बर भाडा दिने सर्तमा एउटा टयाक्सीलाई मनायो । आफनो प्रयासलाइ ठुलै बिजयको रुपमा लियो । सकी नसकी बाकस उचालेर टयाक्सी भित्र छिरायो ।
बिस्तारै बिस्तारै टयाक्सीले आफनो गति बडाउन थाल्यो । उस्ले डाईभरको अनुहारमा आंखा नचाउन भ्यायो । कालो चुक छरेको अनुहार भित्र ड्राईभर रुपी मानबता नियाल्ने प्रयास गर्यो । मोल मोलाई गर्दा उस्को र ड्राईभर बिचमा एकै छिन तनाब सिर्जना भएको थियो । त्यसैले ड्राईभर रुपि मानबलाई दानबको रुपमा रुपान्तरीत गर्ने जमर्को गर्यो ।
“अलि विस्तारै हाकन भाई खाल्डा खिल्ीको जोल्ठीनले मेरो टेलिभिजन ाएल बन्न के बेर ।” बाकस दरो गरी च्याप्यो ।
“किन डराउनु भएको दाई केहि हुदैन ” । डाइबरले अश्वस्त पार्यो । ड्राईभरको नरम ब्यबहारले ड्राईभर प्रतिको उस्को सोचाई गल्र्याम्म ढल्यो ।
“तै पनि होसियार हुनु नराम्रो पनि होइन नि ?” उसको जबाफमा ड्राईभरले गेर बदल्यो । टयाक्सी झन हुत्तीएर हुंईकियो । उस्को मुटुको ढडकन बढयो । दुबैहातले बाकसलाई कस्सेर समायो । टयाक्सी भित्र पनि उसले चैनले सास फेर्ने फुर्सत पाउन् । एउटा घुम्तीमा गएर डा्रइभरले घयाच्च ब्रेक थिच्यो । डाईभरको सिट पछिल्तीरको भागमा गएर उस्को मुन्टँे ठोकियो । तैपनि उस्ले बाकसलाई हल चल गर्न दिएन् । बाकसको हेर बिचारमा आफनो दुखाई पनि बिर्सियो । डाइभर नबुझीने भाषामा फत फताउन थाल्यो ।
“के भयो र भाइ ?र्” बिनम्र भाबमा सोध्यो ।
“के हुनु नि ? घुस ख्वाएर लाईसेन्स लिन्छन सालाहरु....? अनि जथा भाबी चलाउछन् ?” उस्ले आक्रोस ब्यक्त गर्यो ।
अगाडि पछाडि गाडिका तांतिहरु लइृन लागिसकेका थिए ।। सबै गाडिका हर्नहरुले बाताबरण गुन्जाय मान भयो । सबैलाई हतारो छदैथियो । उस्को आंखा भने आफनो सामुन्नेमा रहेको मि६रमा गएर ठयाम्मै ठोकियो । उ हेरेको हेरे भयो । मिटर नेपालको गरिबी जस्तै गरेर छिटो छिटो बडदै थियो । “नेपालको बिकाशको गतिमा किन हिडन सक्तैन यो मिटर” उ मुर मुरीयो ।
उस्को टयाक्सी डेराको मुखैमा आएर थ्याच्च रोकियो । टयाक्सीको घयार ....घयार...आबाजले उस्की श्रीमती झयालबाट फुत्त देखा परीन् । उनको मुहारमा कान्ति छाएको खुट्टयाउन उस्लाई कुनै कसरत गर्नु परेन । “ये के हेरीराखेको छौं ?” उस्ले मद्यतको लागि गुहार्यो ।
सबै एकै पल्ट टयाक्सीलाई छोप्न आई पुगे ।
“बिस्तारै निकाल है ?फुटला ?” उस्ले सतर्क पार्यो ।
उस्ले घरको रौनक , ईज्त र प्रतिष्टा निकै बडेको महसुस गर्यो । गर्भले छाति फुलायो । वरीपरी छर छिमेकिका घर आंगनमा एउटा गर्भको आंखा फाल्यो । सबै छिमेकीहरु आंगनमा आउन र उस्लाई हेरुन्..... । उ संग टेलिभिजनको बिषयमा कुरा गरुन् । उस्ले जे चाहेको थियो त्यो भएन् ।
विहानै उस्ले उर्दि जारी गर्यो “बेला न कुबेला टेलिभिजन खोल्ने होईन नि ? वेलुका दुई घण्टा मात्र खोल्नु ? काम न काजका हिन्दी सिरियल नहेर्नु .......ज्ञयान गुनका ...समाचार मुलक कार्यक्रम मात्र हेर्नु ?”

वेलुका सखारै कार्यालयबाट घर फर्कियो । उस्ले तनलाई कार्यालयमा टिकाई राख्न सकेन । उस्को मन र मष्तिस्क घर र घरमा भएको टेलिभिजन प्रति मात्र केन्द्रित भैरहेको थियो । वेचैनिले उस्को शरीर तातिएर फुटला जस्तो भयो । टाउको तातेर टन्किन थाल्यो । ह्दयमा ब्यथा , मनमा कैतुहलता अनि शरिर आलश्यमा डुबेको जस्तो अनूभुतिले गर्दा उ कार्यालय समय भन्दा अगावै घर भित्रीयो ।
कोठाको दृष्यले उस्को मुटुको धडकन बडयो । छोरा छोरी , श्रीमती सबै टेलिभिजन अगाडी झुम्मीएर हिन्दी टेलिसिरीयलमा आफुलाई रुपान्तरण गर्दै गरेको देख्यो । त्यो दृष्यले उस्ले दांत चपायो । उस्को कन्सीरीको रौं तन्किएर ईलास्टिक बन्यो । मस्तिष्कमा ज्वला बल्यो । उस्ले कति गर्दा पनि रीसलाई दबाउने हिम्मत जुटाउन सकेन् । टेलिभिजन बन्द गरेर रीसलाई साम्य पार्यो ।
एकछिनको लागि घर भरी सन्नाटा छायो । सबै आ आफनो कोठा तर्फ पलाएन भए । उ पनि ओच्छयानमा गएर लम्पसार पर्यो । श्रीमती फत फताउदै बाहिर लागी ।
जुन उदेश्यले उ घर फिरेको थियो ।

टेलिभिजन सामुन्ने बस्ने ।

श्रीमतीलाई मिठा मिठा परीकार बनाउन लगाउने ।

मिठा मिठा परीकार खादैं टेलिभिजन हेर्ने ।
कोठाको बाताबरणले उस्को उदेश्यमा पूर्णबिराम लाग्यो । जुन कौतुहलताले उस्लाई सताएको थियो । त्यहि बाताबरण कोठामा देख्दा उस्को कौतुहलता सत्य साबित भएर झुलुक्क झुल्कियो । निमेष भरमै उस्ले निभाई दियो । उस्ले आबेशमा आएर टेलिभिजन बन्द गर्यो । यो उस्ले ठिक गर्यो या गरेन् ।
यकछिनको मौनता पछि पल भरमै उस्ले गल्ति महसुस गर्यो । “हेर्न लेराएको हो हेरेर के भयोत ?बिथ्यामा बन्द गरेछु । हेर्न लेराएको नहेरेर त्यसै राख्नु पनि त भएन नि ! उमेरमा नहेरेर कैले हेर्नु त ? बिचरा छोरा छोरी बिचरी श्रीमती ...।“ परिवार प्रति मायां ओर्लिएर आयो । आफनो गल्तिमा पश्चाताप महसुस गर्यो ।
विस्तारै उ साधारण अबस्थामा फर्कियो । उस्मा कौतुहलता त छदैंथियो । टेलिभिजन हेर्ने उत्कण्ठ अभिलाषले गर्दा त उ सखारै कार्यालयबा६ घर फर्कियो । जुन उदेश्यले उ फर्किएको थियो । त्यो उदेश्य पुरानभए पछि निस्चयनै उस्को मन र मष्तिस्क घायल बन्न पुग्यो । बिस्तारै हात लम्काएर टेलिभिजन खोल्यो । टेलिभिजनको पर्दा भित्रको दृष्यमा आफुलाई हराउने प्रयास गर्यो तर उस्को प्रयास सफल हुन सकेन् । मन र तनमा उ बिरामी बन्दै जान थाल्यो । कोठाको वातावरणमा उ र उस्को सामुन्नेमा टेलिभिजन एकोहरो फत फताई रहेको थियो । उस्लाई केहि नपुगे जस्तो , केहि अपुग भए जस्तो महशुस भयो । केहि कमि त भएकै हो भन्ने अनुमान लगायो । कोठाको बाताबरण सुनसान र उजाड जस्तो लाग्यो
उसले कण्ठ फुलाएर चीच्यायो “ए तिमिहरु कहां छौ ? आवो ? ” सवैलाई एक मुस्ट निम्तो दियो ।
पल्लो कोठाबाट कुनै जवाफ र प्रतिकृया आएन । उस्ले पुन प्रयास दोर्यायो । “ठूले ...ठूली....साने.....सानी....” सबैलाई छुट्टा छुट्टै सम्बोधन गर्यो । अझ उस्को प्रयास सफल हुन सकेन । उताबाट कुनै जबाफ फिरेन । घरी टेलिभिजनमा ३री वल्लो पल्लो कोठामा उ आफुलाई केन्द्रित गरीनै रहयो ।
वेचैनिले उ छटपटाईनै रहयो । टेलिभिजनमा देखा परेको दृष्यमा उस्को ध्यान जान सकिरहेको थिएन । उस्को क्षेणिक आबेशले उस्लाई घायल बनाउदै लान थाल्यो ।
श्रीमती च्याठिदै भित्र छिरी “हेर्नु नि ! आफु मात्र मन लागेको ” अब छोरा छोरी हेर्दैनन टेलिभिजन । आफैं एक्लै हेर्नु भै हाल्यो नि ? ” श्रीमतीको रिस साम्य भैसकेको थियन् ।
“भैहाल्यो ....अब आएर हेर्नु नि ? मैले मात्र हेर्न लेराएको हो र ? जे पायो त्यो पो नहेर्नु भनेको ” परिस्थिति सामु सिर निहुर्यायो ।
“जेपायो त्यो भनेको के हो.......?जे राम्रो लाग्छ त्यो हेर्न पनि पाउनु पर्यो नि ?” श्रीमती किन कम हुन्थि र ।
“ल भैगो जे मन लाग्छ त्यहि हेर्नु” बाक्य पनि पुरा भएको थिएन् । वल्लो कोठा पल्लो कोठाबाट छोरा छोरीहरु हुरीदै आएर टेलिभिजन वरी परी झुम्मीए ।
अब उनिहरुको फर्माइस बडन थाल्यो । जाबो एउटा टेलिभिजनले उनिहरुको छुट्टा छुट्टै फर्माईस पुरा गर्न सक्ने कुरै भएन् । जेठो आफनो फर्माईस पुरा गर्न च्यानल फेर्न थाल्यो । जेठी के कम हुन्थी र ? उ पनि आफनो इच्छामा च्यानल यता उति नचाउन थालि । त्यो सबै हेरेर बसीरहेकि कान्छी मात्र किन कम हुन्थी र ? उ पनि च्यानललाई यता उति नचाएर घुमाउन थाली । कान्छो त अझै बाकी छदै थियो । उ त झन के कम हन्थ्यो र ? च्यानललाई अन्तै फर्काई दियो । एउटा रिमोटकन्ट्रोल आठ हातमा यता उता तानिएर घाएल बन्यो । आठ हातको थिचाइले रिमोटकन्ट्रोल थिल थिलो भयो ।
श्रीमती कुर्लन्थी “त्यो घर परिवार सम्बन्धि सिरीएल आउने बेला भएन् ?”
मेरो समाचार हेर्ने अभिलाषा परिवारको आ आफनै फर्माईसमा ३ाएल वन्दै जांदै थियो ।
सबै जना वेलुकाको खाना खाईवरी ओरीपरी झुम्मीएर टेलिभिजनलाई गुरु थाप्दै यकलब्य बनि ध्यान मग्न थियौं । जेठि छोरीले आफनो ईच्छामा च्यानल फेरी । जेठो छोरोले पनि त्यसै गर्यो । श्रीमती के कम हुन्थी र ? हुत्तीएर रिमोट थुति अनि जानि नजानि च्यानल घुमाउन लागि । कान्छी छारीलाई आमाको कृयाकलाप पाच्य भएन । हातैबाट रिमोट थुतेर आफनो माग पुरा गरी । कान्छो छोरो केकम हुन्थयो र ? दिदीको हातबाट रिमोट छिनेर च्यानल धुमाउन थालिहाल्यो । यि सब दृष्यहरुले मेरो पाईताला देखि टुप्पी सम्मको भागमा रीस डौडिएर कुदन थाल्यो । अभिभाबकत्वले दाह ङिच्याएर जिस्काउन थाल्यो । धैर्यको बांध फुटयो । वाजले चल्ला झम्टीउझै रिमोटमा मेरो हातले झम्टा हान्यो । समाचारको च्यानलमा गएर टक्क रोकियो । छोरा छेरी श्रीमती सबेै मेरो अनुहारमा एकोहरो टोलाई रहे । म गर्भले छाति फुलाएर आफनो बिजय उत्सब यकोहरो टेलिभिजनमा केन्द्रित भएर मनाउन थालें ।
एकै पलमा टेलिभिजन फिस्स फुस फुसायो । टेलिभिजनको ढाडबाट अलि कति धुंवाको मुस्लो उडयो । टेलिभिजनले बिश्राम लियो । सबै मिलेर रिमोट थिच थाच पार्यौं । टेलिभिजनलाई चारै तिरबाट सुम सुमायौं । यता हल्लायौं , उता हल्लायौं , टेलिभिजनले सासफेर्ने लक्ष्यणै देखाएन् । सबैको आखा टेलिभिजनमा केन्द्रित छदै थिए । ........सबै टोलाएर हेरीमात्र रहयौं । ..........टेलिभिजन चिर निद्रामा समाधिस्थ भयो । हामी अबाक टोलाई रहयौं ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 फागुन, 2068

लेखकका अन्य रचनाहरु