पीडा

- मनोज के सी

छिया छिया भयो मन पनि

तिनीहरुको दरिद्रताले गर्दा

आँसु झर्यो आँखाबाट

तिनीहरुको पीडाले गर्दा

मुटु दुख्छ निकै मेरो

तिन्को आँसु पुछ्न नसक्दा

आँफै कांप्न पुग्छु

तिनीहरुको नाङ्गो शरीर देख्दा

आँफै माथि पानी पर्छ

तिनीहरुको छाप्रो चुहिने गर्दा

बगिसक्यो आँसु तिनको

बर्षातको भेल सरह

कति पीडा सहुन तिनीहरु युग युगदेखि

कति पूजा गरुन तिनीहरु कुनै मन्दिर बांकी नराखी

कुनै मन्दिर बांकी रहेन अब

तिम्रो पूजा गर्दा

अझै पनि केही बदलिएन

जति प्रार्थाना गर्दा पनि

 निरन्तर रोइरहेछ मन मेरो

आशा गर्दै सुखको

कहिले भएनअनुभव मलाई

तिमीहरुको हरुको  पीडा

कहिले सम्म चल्ने होला

 यो कर्मको सिलसिला ।।।

ब्रसेल्स,बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु