ब्राजिलको पहिलो भ्रमण

- डीग बहादुर तामाङ्ग

गत अक्टोबर महिनाको १४ तारिख राती १०ः३० बजे युनाइटेड एयरलाइन्सको ल्फाईट नं. ८६० मा चढेर अमेरिकाको राजधानी वासींगटन डिसी स्थित डलास अन्तरराष्ट्र्यि बीमान स्थलबाट उडें । भर्जीनीयको नर्थक्यारोलाइना, जर्जिया, ल्फोरिडा राज्यको किनार हुंदैं सो हवाई क्यूवा, त्यसपछि भेनेज्युयला, जर्जटाउन हुंदै अक्टोर १६ तारिखका दिन स्थानीय समयानुसार ८ बजे विहान साउ पाल्लो अन्तरराष्ट्र्यि बिमान स्थलमा (Sao Paulo-Gaurulhos Internatinal Airport) अवतरण भयो । नर्थटर्मिनलतिर सबै यात्रुहरुलाई डोराए । जब म अध्यागमन विभागको काउन्टर पुगें त्यहाँ बिस बाइस बर्षकी पाँच फिट दश इन्च जति अल्गी महिला थिइन, मैले आफनो राहदानी दिएँ र बोन्जिया (नमस्ते) भनेर सम्बोधन गरें उनले मेरो नेपाली राहदानीतिर आँखा लाउदैं मिशिनमा राखिन तर उत्तर केहि नपाएकोले पुनः मेरो मुखतिर हेरिन् । मैले तुरुन्त ब्राजिलियन राजदूतावासबाट प्राप्त प्रवेशाज्ञाको पाना देखांए । त्यो पाना मिशिनमा राख्ने बित्तिकै राहदानीमा छाप लगाईन र अप्रिगातो भनिन् । अध्यगमन विभागको औपचारिक कामपछि बाहिर निस्केर नेपालबाट आउने कतार एयरको ल्फाईट कतिखेर आउला भनी मनिटर स्किृनमा आंखा लगाएँ । अपरान्ह ४ ः४५ मा मात्र आउने संकेत पाएपछि, मलाई छटपट लाग्न थाल्यो । बाहिर गएर विश्वको दोस्रो घनाबस्ति भएको शहर साउपौला जहाँ करीव १२ मिलियन मानिसको बस्ती रहेकोछ हेर्न जाउँ कि जस्तो पनि लाग्यो तर त्यो कामलाइ पछि फर्किदाको निमित्त भनी थांति राखेर त्यहि कुररे बसे । बेलुका हाम्रो ल्फाइट थियो ६ बजे ब्राजिलको राजधानी ब्रशिलियाको लागी तर नेपालबाट आउने सहभागी ६ बजे सम्म पनि बाहिर आउनु भएन । मैले तुरन्त टाम एयरलान्सको काउन्टरमा गएर पुन ८ बजेको लागि बुक गर्नु पर्यो । त्यसपछि नेपालबाट आउने सहभागी पनि आई पुग्नु भयो र हामीहरु साउपौलाबाट उड्यौं । राती ब्रशिलियाको विमालस्थलमा पुगेर बाहिर निस्कियौं । त्यहाँ हामीलाई लिन न फार्नडेज होटेलेका प्रतिनिधि आएका थिए न त हाम्रो स्पोन्सर गर्ने संस्थाको प्रतिनिधि नै । एक पटक म आंत्तिए पनि तर आंत्तिएर केहि हुने छैन भनी प्रहरी चौकितिर लागे र अंग्रेजी बोल्ने मानिसको खोजि गर्न थाले ।


एउटा अंग्रेजी बोल्ने मानिस पनि भेटें । मैले सबैकुरा भनेपछि उनले ट्याक्सी लिन सुझाब दिए । एयरपोर्टबाट करिब डेडसय किलो मिटर दूरि पर्ने रहेछ होटेल ,फार्नडेज(Fazenda, DF440-km13 Nucleo ruralde, Sobradinho,DF) करिब दुईबजेतिर हामी गन्तव्य स्थानमा पुग्यो । बिहान ६ बजेतिर विहानको नास्ता लिन रेष्टुरेन्टतिर लाग्यौ र सबै सहभागीहरुसंग भेटघाट गर्यौं । कार्यक्रमकी महानिर्देशिका ज्योतिले हामीलाई कार्यतालिका थम्याई । त्यसै विहान ९बजे नै शहर जाने बस तयार रहेछ । हामीहरु करिब दुई घण्न्टाको दूरीमा पुगेपछि यात्राको व्यवस्था गर्ने कर्मचारी एलिले भनिन् तपाईहरु आर्ट मारकेटमा जानु हुन्छ कि ब्राशिल शहर घुम्न ? सबैले एकै साथ भने आर्ट मारकेट । त्यहांका स्थानीय जनजातीहरुले बनाएका सामानहरु बेच्न सरकारले छुट्यार दिएको स्थल रहेछ त्यो । त्यहां विभिन्न प्रकारका घर बुनुवा कपडादेखि जुत्ताहरु, व्यागहरु, तरकारीहरु । अचम्मको कुरो त झारका हांगाविगाबाट तयार पारेका गरगहनाहरु नै आर्कषक बनेका थिए सबैजनाको लागि । त्यहाँको स्वादिलो नरिवलको रसले हामी मध्येका सबैजनालाई तानेको थियो ।

दोस्रोदिन देखि हाम्रो कार्यतालिका अनुसार परिषदको बैठक शुरु भयो । पहिलो दिन होटेल फार्नडेजकै प्रांगनमा अखण्ड जग्गेबाट शुरु भयो । जग्गेकोको आगो बाल्न पनि परंपरादेखि अमेरिकी आदिवासी रेडइन्डियनहरुको चलन अनुसार दुइटा काठहरुलाई मथेर आगोको झिल्कोलाई झुलोमा सल्काएर त्यो आगोलाई बडो होसियारीसाथ सूर्य भगवानलाई अर्पण गरेर मात्र जग्गेलाई तयार पारेको दाउराको थुप्रोमा बाल्दा रहेछन् । त्यो काम अमेजन जंगलभित्र बस्ने आदिवासीहरुको चिफले (मुखिया) गर्ने चलन रहेछ । त्यसपछि सबैसहभागीहरुले आआफ्नो रिती अनुसार जग्गेलाई परिक्रमा गरेर चारैतिर फर्केर ढोग्ने चलन हुँदो रहेछ ।
अक्टोर १७ तारिखका दिन हामी बसेको होटेलबाट करिब दुइघण्टा बसयात्रा लाग्ने जंगलभित्रको रेडइन्डियनहरुले बनाएको पाल जस्तै चर्च (युनिपाजा ब्रशिल) भित्र लगे । त्यस पछि एउटा गाउमा अवस्थीत सेन्ट डाइमिक चर्चमा लगे । मलाई पहिले नै मेरा सहयात्री श्रीमती ट्र्ेसिले सुनाएकी थिइन सो चर्चको बारेमा । महिला हरुले सेता जामा लगाउने पुरुषहरुले सेतो कमिजमा बो टाइ लगएर लाइनमा बस्दा रहेछन् । आ आफनो भजन गर्ने कितब हातमा लिएर, अलि परको कुनामा टल्कने भांडामा जांडको निकार जस्तो देखिने खालको Ayahuasaca (religious drink) दिन बस्तो रहेछ । सबैले एक एक चुस्की लगाएर आफ्नो लाइनमा उभिदा रहेछन । बिस्तारै बाजाको तालमा भजन गाउदै नाच्ता रहेछन् । त्यहां ससाना नानीहरु देखि बृद्धा सम्मको सहभागीता हुदो रहेछ । मलाई पनि उक्त धार्मिक जांड खाउ भनेको थियो मैले नम्रपूर्वक भने मेरो धर्मले सबैधर्ममान्नेहरुलाई सम्मान गर्छ तर मैले कहिले नखाएको पदार्थ खान हुंदैन भनेर टारे । उक्त पेय पदार्थ पिए पछि १८ घण्टा सम्म नाच्न सकिन्छ रे ।

Unipaz Brasil को कार्यक्रम सकिए पछि हामीहरुलाई अक्टोबर २६ तारिखका दिन अथवा नेपालमा लक्ष्मीपूजाको दिन Alto Paraiso, Goias, Brazil भन्ने ठाउमा लगे । करिब चार सय माइल टाढा पर्ने एउटा अत्यन्तै रमाईलो ठाउँ जहां थुपै्रे प्राकृतिक छालहरुलाई हेर्न पाइने रहेछ । त्यहां अचम्मका कुराहरु पनि मैले देख्ने मौका पाएँ । त्यहांका मुजुरका भालेहरु कुखुराहरु झै चर्दो रहेछ । जंगली बाख्रादेखि भेंडासम्म हुदा रहेछन, लुंइचे कुखुराहरु पनि अलि ठूलो खाले देखें । रमनीय ठाउ भएकोले त्यहांको बसाई रमाइलोसंग वित्यो । अक्टोबर २७ तारिखका दिन दजिन ढुंगा भएको ठाउं Naturaly Crystal Rock Mountain को जंगलभित्र लगियो, जहां विशेष प्रकारका गाडि four wheel drive बाहेक अन्य साधारण गाडी नजाने रहेछ । त्यहां बडेमानको आधुनिक दरवार देखेर मलाई ठूलो खुलदुली भयो अनी सोधें हाम्रो टिमकी हाकिमलाई उनि पूर्व इरानीय सनसाहको भतिजी हुनु हुदो रहेछ, दुइटी छोरी आफू र श्रीमान त्यो दरबरमा बस्ने रहेछन । करिब सय जना जति पहुनाहरुलाई बडो राम्रोसंग अतिथी सत्कार गरिन, साथमा परशियन गाना, त्यहि जंगालमा भेटिएका खाद्य पदर्थहरुको परिकार, प्रायजसो खानेकुराहरु साकाहारी नै थिए । मैले तपाई त यति राम्रो प्राकृतिक बातावरणभित्र बढो वैभावसंग बस्नु भएको रहेछ, बधाई साथै मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद छ नेपालमा पनि आउनु होला भने । मुसुक्क हांसेर म र मेरो परिवार अर्को साल नेपाल जाने बिचार छौं भने उनले । त्यसपछि हामी करिब दश बजेतिर त्यहाँबाट होटेल तर्फ लाग्यौंै ।

त्यसपछि हामीहरुको टोलीलाई अमेजन जंगलको आदिवासीहरुको पाठपूजा र संस्कार गर्ने ठाउमा लगे । त्यहाँका आदिवासीहरु कोहि विस हजार बर्षदेखि त्यहां बसोबास गरि राखेको हौं भन्थे, कोहि ११ हजार बर्ष भयो भन्थे । Alvaro Tukano, who is writer of का लेखकसंग ।

e os seculos indigenas no brasil अथवा ब्राजिलियन जनाजातीहरु मेरो भेट युनिपाजामा अक्टोबर १८ तारिखका दिन भएको थियो । उहाहरुको भेष भुषा, रहनसहन देखेर मलाई आश्चर्य लाग्यो । अझैपनि सामुहिक रुपमा बस्ने, कन्दमुलहरु खाने, कमैमात्रमा लुगा लाउने चलन रहेछ । लोग्ने मानिसहरुले रंगिविरंगी चराहरुको प्वांखको मुकुट बनाएर लगाउने, स्वास्नी मानिसहरुले यसो लाजढाक्ने गरि सानो कपडाको पटुका जस्तो बनाएर लाउने चलन । केटाकेटिहरुलाई कुनै कपडाको जरुरी नहुंदो रहेछ । म दौरासुरुवाल तथा नेपाली टोपीले सजिएर गएको थिए । मलाई त्यस जनसुमुहमा देखेर सबैजना आश्चार्य मानेर हेरी रहेका थिए । जब उनिहरुको नाईकेले बांसको ठूलो मुरली बजाएर भजन गाए तव मलाई त्यो लयले भित्री मनमा स्पर्स गर्यो । हाम्रो तामांग लामाहरुले भगवानलाई नैवेद्य चढाउंन पढने मन्त्र झै गरि आवज निकाल्यो । उनिहरुको भजन पश्चात उही लयमा मैले मन्त्र पढेर सुनाए पछि उनिहरुले अचम्म माने । अलभारो तुकानोले तिमी त हाम्रै सन्तान पो रहेछौ, हामीहरु पनि तिब्बत तिरबाटै आएको कुरा हाम्रो मौलिक ईतिहासमा उल्लेख भएको छ भनेर मलाई ग्वार्लाम्म अंगालो हाले । मैले पनि आफूले लगाएको सक्कली ढाकाको टोपी उनलाई दिएं ।

मेरो लागि अक्टोबर २५ को् दिन महत्वपूर्ण दिन थियो । त्यहा ंपुगेका सबैले ब्राशिलियमा गएर सेनेटरहरुलाई भेट्ने कार्यक्रम थियो । त्यसैले म विहानै टाइ सुटमा निस्के । सहभागीहरुले मेरो अनुहारतिर हेरेर भने तिमी त आज अर्कै भए छौ ।

कतिपय सहभागीहरु भने साधारण पोशकमै निस्के । पारलियामेन्ट भवनभित्र त सबैलाई पस्न दिए तर सेनेट चेम्बरमा भने खाली टाइसुट लाउनेलाई मात्र प्रवेश दिने रहेछ । दक्षिणी डकोटाका सहभागी श्री नेथेनले “हामी किन लाउने तिमीहरुको पोशक ? हामी त यहि पोशक लाएर भित्र जान पाउनु पर्छ’ भन्दै थिए तर कसैले सुनेन । उनि बाहिरै हामीहरुलाई पर्खि बसे । मलाई लाग्यो कानून कडा भएको कारणले नै दुई सय थरिका जनजाती भएको देशमा (ब्राजिलमा) खाली टाई सुट लाउनेलाई मात्र भित्र प्रबेश गराउने कार्य सफल भएको हो । हाम्रो भरखारै लोकतन्त्र बन्न लागेको सम्बिधन सभाको सदस्यहरुले यो कुरा थाहा पाउनु भयो भने शायद अलोकतन्त्रवादीहरुले पनि आफ्नो देशको एकता र अखण्डताको लागि पोशकको भूमिका कति महत्वपुर्ण रहेछ भनेर बुझेका रहेछन् भन्ने पाठ सिक्दा हुन् । हालै आएर केही व्यापारिक तथा अन्तराष्ट््िय जगतमा आफ्नो बाहुल्यता देखाउंन रसुवा जिल्लको उत्तरी भेगका तामांगहरुले दोजा र जाडोमा लगाउने टोपीलाई तामांग घेडुंगको माध्यमद्धारा तामांगहरुको पहिचानको रुपमा एक प्रकारको टोपीलाई तामांगहरुको मौलिक टोपीको रुपमा चलाउंन थाल्यो । यो समयानुसारको परिवर्तन हो भने २२ हजार बर्षदेखि एउटै पोशक लगाउने इस्क्यूमोहरुलाई के भन्ने ? हुन त परंपराबादी समाजलाई हाल आएर त्यति महत्व दिन छाडे ।

अक्टोबर २४ तारिखका दिन हामीहरु यूनिपाजबाट कार्य तालिकानुसारको कार्य सम्पन्न गरेरस्थानीय समय अनुसार अपरान्ह ५ बजेतिर ब्रशिलियामा (ब्राजिलको राजधानी) पुग्यौं । त्यहां अनौठो प्रकारले बनाएको गिर्जाघर र संसदीय भवन रहेछ । अगाडीको भागमा हाम्रो नेपालको टुंडिखेल जस्तै वरिपरि मुल सडक भएको ठूलो खालि जमीन रहेछ । त्यहां सांझ शान्तिको लागि दीपप्रज्वलन गर्ने कार्यक्रम थियो हामीहरु हा्रम्रो बस रोकिने बित्तिकै थुप्रै जनजातीहरु जम्मा भए । त्यहां आल्भारो टुकानोको पनि उपस्थिती देखें । त्यो दिन उनी आफ्नो बाबुसंगै आएका रहेछन् । बाबु अलि होचो थियो, ठूलोकदको बांसको कर्नल सहित आएका थिए । उनले आफ्नो क्यारा भाषामा भन्यो हामीहरु आज हाम्रो नेपाबाट आएका दाइलाई केहि उपहार दिन चाहन्छौं भन्यो । त्यही भाषालाई पोरचुगिजमा अनुवाद गरेर दोभाषेले अंग्रेजीमा सुनाए पछि मलाई अगाडी आउन अनुरोध गर्यो । म नेपाली राष्ट्र्यि पोशाक दौरासरुवाल कोट र नेपाली टोपीमा पुगेको थिए । त्यहां सायद मलाई देखेर सबैलाई अनौठो पनि लागेको थियो होला । त्यहाँ टकानो थरका व्यक्तिहरुको निकै बाग्लो उपस्थिती थियो पनि ।

त्यहाँका आदिवासी जातका मुखियाले लाउने प्वाँखको श्रीपेच र बाँसको कर्नल उपहार, दिएर भने “हामीलाई सारै खुसी लागेको छ आज हाम्रा मित्र हामी जस्तै अनुहार भएका टाढाको देश नेपालबाट आएका श्री डिग बहादुरलाई यो उपहार दिन पाउंदा । मलाई पनि एक प्रकारको खुसी लाग्यो यति टाढा आएर पनि यसरी मायां पाउंदा, मैले पनि प्रतिउत्तरमा भने आज मेरो जीवनमा सबैभन्दा खुसीको दिन भएको छ । तपाईहरुले मायां स्वरुप प्रदान गर्नु भएको यो उपहार म मेरा दाज्यूभाईहरुसँग मिलेर बाँडने छु ।

मेरिल्याण्ड, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 फागुन, 2068

लेखकका अन्य रचनाहरु