- सुरेन उप्रेती

मलाई यो म ले बस्न खान दिएन । कतै बजार तिर निस्कियो । राम्रो र गतिलो भन्ने देख्नु हुन्न । चाहे गाडी होस्की साडी । अमm गाँउमा गयो भने राडी होस् की पाडी किन्न लगाई हाल्छ । पैसा छैन नी भनेर हात टक्टक्याउन खोज्छु । अनेक उपाय सिकाउँछ । थुइकक हुतिहारा ,तँैले यस जवानामा आएर पनि पैसा छैन भन्न मिल्छ । अमm नेपाल भनेको अमरावतीकान्तिपुरी नगरी जस्तो राजधानी भएको देसमा । के गर्नु अमरावती त के वैकुण्ठपुरी नै भए पनि आफु सँग पैसा नभए पछि के गर्ने भनेर टाउको कन्याउँछु । नामर्द , सुन । ध्यान दिएर सुन । भन्दै उपाय बताउन थाल्छ । हेर , तैँले जानिस भने नेपालमा पैसा त हावामा उडीराखेको छ । तैँले खोलाका माछालाई जलहारीले जाल हानेजस्तो जालहान्न पनि जान्नु पर्दैन । थकौलिले उघाउन मात्र जानिस भने काफी छ । तँ राता रात मालामाल बन्छस् । अमm समय छ सिक् सिक मूर्ख सिक भनेर दवाब दिन्छ । अक्क न बक्क हँुदै त्यस्तो ज्ञान सिकाउन स्कुल चैँ कहाँ छ नी भनेर प्रश्न गर्छु । धत्तेरीका लाटा ,तँ सोमmो पनि कति सोमmो । त्यस्तो ज्ञान पनि कुनै स्कुल गएर सिकिने होर । मलाई अलिक मmर्को लाग्छ । भो ,कतै नपढाएको ,कतै नसिकाइने कुरा आफैँ पत्तालगाउन सक्ने मेरो क्षमता पनि छैन र नयाँकुरा पत्ता लगाएर कोलम्बस, मार्कोनी हुनु पनि पर्या छैन भन्दै तर्किन खोज्छु । तँलाई तेती पनि थाहा छैन । अबको युग भनेको बाइसौँ सताब्ती तिर उन्मुख हुँदै गरेको युग हो । अब धेरै कुराहरु आफैँ सिक्नु सक्नु पर्छ । अब भनेको खुल्ला विधालय र खुल्ला विश्वविधालयको युग हो । एउटा कोठामा थुनिएर कितावका पाना गनेर सिक्ने दिन भनेका गए वावु ।
अँ म तँलाई राता रात मालामाल हुने उपाय बताउँदै थिएँ । त्यो पनि खुल्ला विधालय र विश्वविधालयबाट सिक्नु पर्छ । अरुको हेरेर त नक्कल गर्न त सक्छस्नी । एक पटक गरेर त हेर । अमmै दवाब दिन्छ । के अरुको जस्तै गर्दै त यती लामो भएँ । मलाई पनि मmोक चल्छ । बावु आमाले ज्ञानी हुनु । बुद्धको उपदेशको पालना गर्नु भनेका थिए । कहिलै ढाँटीन । अहिँसाबादी बन्नु भनेका थिए । चरा चु्रुँगी मार्नु त के पानी नआउने धारा उद्धघाटनमा वोलाउँदा रीवन पनि काटिन । शिक्षकले राम्रो पढ्नु ज्ञानी हुनु ठूलो मान्छे भइन्छ भन्थे । त्यसै त्यसै गर्दै गएँ । पाँचफिट नौइन्च भन्दा एक इन्च बढया हैन । उत्तीकैमा जहिलै मान्छे कुटेर रत्ताम्मे पार्ने शिक्षकका पनि दाँत मmार्ने धने कहिलै पढ्या हैन । तर साढे छ फुट अग्लो छ । अब कस्लाई ठूलो मान्छे भन्नु । हिँजो उ गाडीको खलाँसी बनेर कान्तीपुर छिरेको थियो । दुई चार पटक पकेटमारमा नाम पनि रेडियो र टिभीबाट आएको थियो । आजभोली त उसका अगाडी पछाडी दस बिस जना केटाहरु हिँड्छन् । बजारको भाडामात्रै एक दुई लाख उठ्छ । बाटोको ठेक्का उधोग धन्दामा सेयर उसैको छ । अमm त्यती मात्रै हो र । पार्टीको केन्द्रीय सदस्य अमm मन्त्रीको सल्लाहकार नेै छ । उसका केटाहरुले मान्छे कुट्ने ,लुट्ने र भुट्ने गर्छन् र पुलिसले पक्डिन नपाउँदै छुट्ने पनि गर्छन् । मलाई मmोक चल्छर प्रश्न गर्छु भन को ठूलो ।
म अलिक अलमलिए जस्तो देखिन्छ । तर अलमलिएको हैन रहेछ । सम्मिmएको पो रहेछ । तँलाई भिमनिधि तिवारीको कविता याद छ सुन ।
चोरी चकारी नगरी चतुर्याँइ हुन्न
दँगा फसँगा नगरे सुर्याँईँ कहँन्न
सोमmा र सिधा नलिनु दलैमा
पार्र्र्टी चलाउनु छलऔ बलैमा
त्यस्तो गर्दा जनताले पत्याउँछन् त । एक दुई दिन त पत्याउलाँन् त्यस पछि के गर्ने मैले प्रश्न तेस्र्याएँ । नविर्सि तँ यूरोप र अमेरिकामा हैन नेपालमा छस् । नेपालका जनताले यती चाँडै विर्सिन्छन् नी । के नेपालीको long term memory lost भएको भन्दै छस् की केहो हँ । मेरो रिसको पारो चढेको देखेर अलि नम्र हुँदै भन्छ । त्यस्तो सारो त हैन तर केटा केटी जस्तै हुन । जति पिटेपनि गाली गरे पनि एक छिन पछि लालिपप देखाएर नानी बावुभने पछि लुट्पुटिँदै आउने । उ उदाहरण ल्याँउछ । मदन भण्डारी मरेपछि हत्याको विरोध भन्दै ठूलो आन्दोलन भयो । आन्दोलनका बेला घरका छतमा बसेका वालक अनिष शाक्यहरु देखि बृद्धाहरुलाई त्यसबेलाका सरकारी पुलिसले भँगेरा मmार्दा मmैं छतबाटै मmारे । उता नेताहरुले टुँडिखेलमा भाषण पड्काए । हामीले भण्डारीका हत्यारा चिनिसकेका छौं । हामी सरकारमा गए पछि जनता सामूल्याएर उभ्याउँछौ भनेर फलामे बार भाँचे,गाडी जलाए र ताली खाए । पछि मन्त्री, गृहमन्त्री ,उपप्रधान ,प्रधान मन्त्री भएर डेढदशक विताए अँह हत्यारा खोज्ने त कुरै निकालेनन् । अमm गाड दिएर राखेको अमरलामा समेतलाई सूईक्याइ दिए । जनताले प्रश्न मात्र के गरेका थिए । धत्तेरिका अस्ती सरकारमा भएका बेला सम्मmाउनू पर्दैन । ल अर्को पटक चाहीँ सम्मmाउन नबिर्सनु होलानी भनेर पन्छीए । अब सरकारमा गयँौ भने यो पनि गर्छौ त्यो पनि गर्छौ भनेर पटक पटक लालिपप बाँड्छन् । जनता सबै पहिलाका कुरा बिर्षिएर गुणगानका भजन बनाएर गाउँन थाल्छन् । हाम्रा महान नेता, बरिष्ट नेता त्रिकाल दर्सी नेता भनेर फुर्कालाउँदै भजन तयार गर्छन ् । टनकपुरमा खरबौ नाफाहुने सपना बेचेको पनि विर्षन्छन् । लौडा र धमिजा काण्ड पनि बिर्षन्छन् । नेताहरु सुडान प्रकरणमा संलग्न भएको कुरा चर्किदा पनि हाम्रा नेता महान मात्रै गाउँछन् । राजालाई भगवानको अवतार मानेर सर्बश्व सुम्पिन ेन ठहरिए ।
मलाई मको पुराणले हैरान बनायो । सुनाए मात्रै त हुन्थ्यो नी तर मेरा प्रत्येक काममा हस्तक्षेप नै गर्छ । पार्टी भित्र कसैले अलि राम्रो काम गर्यो भने , राम्रो विचार ल्यायो भने पनि राम्रो हो भन्न दिँदैन । समर्थन गर्न दिँदैन । हेर त्यो समर्थन गरिस भनेत तँ सकिइ हाल्छस् नी । खै तेरो अस्तित्व रहेको । विरोध गर ,सहमती नजना । मानेनन् भने पार्टी नै फोर्छु भन्न तेरो के जान्छ । त्यसको परिणाम भोग्ने त नाथे जनता त हुन नी । नेपाल बन्द गर्दिन्छु भनेर धम्की देन भनेर दवाब दिन्छ । कहिले अर्को पार्टीले ल्याएका निकै राम्रा योजनाहरु हुन्छन् तर राम्रो हो भन्न दिँदैन । समर्थन त कता हो कता । सर्त राख ।, त्यो काम भयो भने त तेरो पार्टी नै सकिन्छ । सबै त्यतै तिर लागि हाल्छन्नी । भाँड, काम हुन नदे । बरु अरु पार्टीहरुलाई पनि उकास । विरोधमा सामेल गर । भनेर उचाल्छ । अमm जोड दिँदै भन्छ हेर , दुई चार जना केटाहरुलाई ठाउँ ठाउँमा गएर लुटपाट गर्न लगा । पटका पड्काउन लगा । त्यसपछि यो सरकारले शान्तिकायम गर्न सकेन भनेर भाषण हान्देन । तेरो के जान्छ । संसदमै कुरो उठाइ दे । संसद अवरुद्ध गर । पार्टीका विनापैसा नाच्ने केटाकेटी छँदैछन् । चक्का जाम गर्न लगा । केही भए म छु । शहिद घोषणा गरौँला परिवार हेरौला भन्न को मान्दो रहेनछ । तेरा पार्टीका डनहरुलाई अर्का पार्टीकालाई हान्ने इशारा गर्दे । त्यस पछि दुई पक्षको मmगडा हुन्छ । भनी देन,खोइ देसमा शान्ति सुरक्षा भनेर । काटमारमा कसैले सिलटिम्बुर खाएछ भने शहिद घोषणाको माग राखे र टायरबाल्नु । तँैले पनि सदनमा बोल्ने काम पाउँछस् । केटा केटीहरुले पनि गाडी फोर्ने र टायर बाल्नेकाम पाउँछन् । जस्ले बढी गाडी फोरयो उसलाई केद्रिय सदस्य पक्का भन्देन । राम्रा काम गर्न न दे है न दे । तेरो पुस्तौँ देखि खाई आएको खेलो खत्तम् हुन्छ भनेर सिकाउछ ।
कहिले व्यापार कसरी गर्ने होला भनेर मmोक्राँउदै हुन्छु । म अगि सर्छ र के मmोक्राउँ छस् । दुई चार लाख ऋण लिएर तराई तिर तीन चार ४ विघा जग्गा किन । बैकलाई घुष ख्वा र त्यही जग्गा राखेर दुई करोड ऋण निकाल । सानो उधोग खोल र त्यसको दुई करोडको विमा गर । अब उधोगमा आगो लगाइ दे । अर्कैको पैसाले राता रात तँ मालामाल । नत्र म्यान पावर खोल । यूरोप ,अमेरिका ,जापान र खाडीमा डक्टर इन्जिनियर प्रोफेसर लाई महिनाको तीनलाख तलव भनेर लाइदेन । प्रतिव्यक्ति दुई लाख देखि तीन चारलाख सम्म उठाउनु एक दुई महिनामै माला माल । नत्र गैँडाको खाग र प्रतिबधित जडिबुटी ,रक्तचंदनको तस्करीका लागी धादिँगे चराहरु र रानीबनका बाघलाई लगाईदे । परे म छु भन, पुलिसले समाते भने निकाली पनि दे । राता रात मालामाल हुन्छस् । दुई चारवटा छुरी पिेश्तोल पटका र दुईचार मिटर कालो कपडा दिएर केटाहरुलाई छोडीदेन । कतै पक्डाउ परे भने मेरो मान्छे भन्नु त्यती गर्दा पनि नछोडे तेरो परिवार र ज्यानको मायाँ छकी छैन भन्नु । कहाँको पुलिसले पक्डन्छ । नत्र एक दुई पेटी पःm्याली देन । तेरो एक प्रतिशत पनि जाँदैन । त्यस पछि त कुन ठाउँ लुट्न जाने पुलिसलाई खवर गरेर केटाहरु पठा । केटाहरुले काम सके पछी पुलिस गस्तीमा पुग्छ । दुबैलाई भएन त । केटाहरुलाई दिन भरी खानपनि गरेर लडाई दे र रातभरी काम दे । कहिले कँहि केटाहरु खटाएर पूर्व मन्त्रीले जस्तो फिरोती हाने पनि भयो । तँ पनि मालामाल । केटाहरुलाई पनि रोजगार । पुलिस पनि कर्तव्य निष्ट भएन त । अब वालुवाको ठेक्का खोज्छस् की ,रोडा ढुंगा जे पनि मिल्छ । अब त तँ मालामाल बनिस हैैन ।
अमm कति छन् कति त्यस्ता उपायहरु । नत्र ती पूर्व प्रधानमन्त्राणी जस्तै विसहजार तिरेर सदस्य बन्ने ढिकुटी खोल । एक जनाले चार जना सदस्य बनाए पछि पहिलो महिनामा साँवा फिर्ता । दोश्रो महिना देखि महिनाको दसहजार घरैमा बसी बसी भनेर लगाइदेन ताल । पहिला पहिला एक दुई जनालाई दे पनि । उनीहरुले पैसा पाएको चेक अरुले देखे पछि तेरा थाप्लामा पैसा बर्षन थाल्छ कति कमाउँछस् कति । केहि गर्नै पर्दैन ।
मैले यो म का उल्टा सिधा कुरा सुन्दा सुन्दा अब बिषयबस्तु फेर्नुृ पर्यो तै चुपलाग्छकी भनेर दाम हैन नाम कमाउने कुरा मात्र के निकालेको थिँए । उ त व्यासमा बसेको पण्डितमmैं पो भट्याउन थाल्छ है । अलि सिप नभएका तर गाँठ मनग्गे भएका साहित्यकार हुँ भन्न मन पराउने सँग जानु । म तपार्ईलाई सम्मान गर्छु । व्यापक प्रचार प्रसार हुन्छ । चारै तिर प्रसंसा हुन्छ । अलिकति पैसा चैँ दिनु पर्छ भन्नु । अब नाम चलेका अलि जनप्रिय जस्तामान्छे बोलाएर पुरस्कार र प्रमाण पत्र दिन लगाउनु । अमm संचारकर्मीहरु,लाई विशिष्टकक्षमा राखेर जलपान गराइ देन । तेरो कार्यक्रमको कत्रो प्रशंशा । अरुको पैसाले आयोजक भनेर नाम आएन त । उल्फको धन फूपूको श्राद्ध । अलि अलि खर्च आफैंं गर्ने हो भने मmन बेस । इमान्दार ,निष्कलंक मान्छे छान । तपाईको कदर गर्ने ,दोसल्ला ओडाएर भन । विशिष्ठ व्यक्ति वोलाएर ताम्र पत्र र दोसल्ला ओडाउन लगा । रेडियो टिभि ,पत्र पत्रिका सबै आउँछन् । चारै तिर तेरो नाम भएन त कमाल । अपराधनै गरेको थिस् भने पनि पखालियो । अमm आफै अदृश्य प्रायोजक बनेर आयोजकलाई पैसा दियो । विशिष्ठ व्यक्तिका हातबाट सम्मानित भयो । आफ्नै माला आफ्नै गला ।
तँलाई थाहा छैन ऐले नाम र दाम कमाउने अर्को शुन्दर उपाय । मैले कान ठाडा पार्दै हेरेँ । स्कुल सुन्दरी, कलेज सुन्दरी ,तामांग सुदरी, नेवा सुन्दरी राई थारु,क्षेत्री, वाहुन सुन्दरी ,लिम्वू सुन्दरी ,गाँउ सुन्दरी, शहर सुन्दरी ,श्रीमति सुन्दरी ,नेपाल सुन्दरी आदि आदी आयोजना गर्यो । प्रायोजक खोजेर सक्दो उठायो । तालिम र प्रवेश शुल्क भनेर सक्दो लुटयो । अब जस्ले बढीको टिकट बिक्रिगर्छ र पैसा दिन्छ तिनैका छोरीहरुलाई सोधिने प्रश्नको टिउसन पढायो । भन्न जाने पनि नजाने पनि ,सुन्दरी भए पनि नभए पनि सुन्दरी बनाई दियो । भित्रि कुरा कसलाई थाहा र । आयोजक भएर नाम पनि कमाइयो दाम पनि कमाइयो ।
नत्र भने नामका अगाडी डा थपेर बोर्ड मmुण्याई दे । प्राइभेट यूनिभरसिटी भन् । यूरोप र अमेरिका सँग सँयुक्क्त भनेर लगाई दे ताल । काइते काइत मन्त्री र नेतालाई मानार्थ विधावारिधि भनेर प्रमाण पत्र थमाइदे । ती आइए पनि नपढेकालाई त्यो नक्कलिन सक्कली नी । मैले पाएँ भनेर अरु रिषले मरेका, यो त सक्कली नै हो नी भनेर भाषण गर्दै हिड्छन् तेरो नामै त रेडियो ,टिभी ,पत्र पत्रिका जतापनि । मलाई यस म का खुराफाती कुरा सुन्दा सुन्दा सारै दिक्क लाग्छ र कान थुन्छु आँखा चिम्लिन्छु र अर्का तिर फर्किएर बस्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 माघ, 2068

लेखकका अन्य रचनाहरु