पाहुनाको कुरा

- नरेश नाति

मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा ।दुई दुई वोटा मोटर साइकल र एउटा मोटर कार पनि छ। न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई।

यस्तो तीन तले मुन्डा घर मेरो भए त ! तलको बाँकी कोठाहरु भाडामा लाउथे र आएको घर भाडाले बसि बसि खान्थे। अझ यसमा एक तला थपेर माथिल्लो तल्लामा हावा खाने मजाको ठाउँ बनाउथे। यस्तै यस्तै कुराहरु खेलाउदै गाउका लालबहादुर पाहुना भएर आफन्तको घर शहरमा बसेका छन। उता मेरो गाउको घरमा टिनको छानो छ। पानी पर्दा टिन थर्किएर कान टाल्नु पर्छ। उज्यालो छैन एउटा सोलर भए त बत्ति पनि यो शहरमा जस्तै बालेर मोबाईल पनि चार्ज गर्न सजिलो हुने थियो। सके एउटा टि.भी पनि जोडेर देश बिदेशको खबर सुन्न सकिन्थ्यो। हेर मेरो आफन्त शहरमा बसेको कत्ति स्ट्यान्डर्ड देखिन्छ। खान पनि मिठो नै खाएको छ। लाउन पनि राम्रो नै लाएको छ। दुई दुई वटा मोटर साइकल र एउटा मोटर कार पनि छ। हुन त उनिहरुको जस्तो मेरो जिन्दगीमा अन्तर हुनु स्वाभाबिक छ। म एउटा गाउमा बसेको मान्छे गाउको स्वाभाबिकता ममा छ, गाउको चाल् चलन,बास्ना र रुप नहुदो त म के गाउले। म आँफैमा गर्ब गर्न सक्छु नि लालबहादुर मन मनै फुलिन्छ आँफै। फेरी शहरको त्यो बिल्डिङ घर, गाडी, मोटर साइकल, सुबिधा र झिलिमीलि रौनकता ढेखेर लोभ र डाहा पनि नलागेको हैन। एउटा सानो कामले आफन्तको मा बसेको २ हप्ता भैसक्यो काम भने बन्ने हैन। अझ केही दिन त बस्नै पर्ला लाल बहादुर सोच्छ। राजधानी जस्तो ठाउमा घर किनेर बसेको छ मेरो आफन्त। करोडको घर छ मेरो आफन्तको शहरमा।

करोड पतिको घरमा दुई चार हप्ता बस्दा कुनै गाह्रो कुरा छैन। गाउमा आओस न दुई महिना राख्नन सक्छु म यि आफन्तहरु लाई। यस्तै सोच्दै बस्दै एक दिन लाल बहादुर घर आफ्नो गाउ फर्कन्छ। भित्री कुरा थाहा पाउछन भनेर डराएको शहरबासी आफन्त आज लामो सास फेर्छन। बल्ल....गयो.. उफ्फ........ !

सेरिया, ब्रुनाई

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 माघ, 2068

लेखकका अन्य रचनाहरु