धेरैलाई नराम्रो लाग्न सक्छ, कथा बिक्रीमा छ भन्नु । तर गोविन्दले यो नै सोच्यो, गर्ने काम यही रहेछ भन्ने । पहिले ऊ अठार वर्षको हुनासाथ राजनीति पार्टीमा लाग्यो । एउटा पार्टी जसको इतिहास लामो छ र गौरवमय छ भनियो त्यसमा । त्यसैको बिगबिगी थियो । यो त्यो पार्टी भनेर नाम लिनु छैन । सबै पार्टीले चाहे हिजो मात्रै दल दर्ता पाएको पार्टी किन नहोस्, त्यही भन्छन्, जनताको हितका लागि गठित पुरानो ऐतिहासिक पार्र्टी
पवित्रा रेग्मी (अधिकारी)-दार्जिलिङे नेपाली समाज र साहित्यको निम्ति त्यति अपरिचित र सुन्दै नसुनिएको नाम भने अवश्य होइन। पवित्रा रेग्मी अधिकारी हुन अघिदेखि नै नेपाली साहित्यमा केही लेख्नुहुन्थ्यो, पछि रामलाल अधिकारीसित वैवाहिक जीवनमा गाँसिएपछि त उहाँको साहित्यिक लेखनले अझ तीब्र गतिपथ समात्यो
टोखा र गोदावरीको मनमोहक दृष्य । "एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ" वोल रहेको शव्द सहितको सुमधुर संगीतमा एक युगल जोडी प्रेमालाप गरिरहेका छन् ।आनन्द कार्कीको जीवन्त अभिनय साथमा छ। सन्दर्भ हो मेरो शव्द आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको गीतको म्यूजिक भिडियोको केही दृष्यको सारांश
बुझ्नुभएको भए बेश नै भयो, नबुझ्नुभएकाले अर्को अर्थ नलगाउनुहोला । यहाँ बोरिङका भन्नाले बोडिङ स्कुलका अनि टि–चर भन्नाले शिक्षक भएको व्यहोरा अनुरोध गर्दछु । सानैदेखि बाबाआमाले पढ्– पढ् भनेर हैरानै पार्नुहुन्थ्यो । कति पढ्नु भन्दाभन्दै यति धेरै पढिएछ कि एस.एल.सी. भन्ने फलामे गेट चौथो श्रेणीमा पास गरेको भोलिपल्टदेखि नै बोरिङको टी–चर बन्ने सौभाग्य भनूँ कि अहोभाग्य मिल्यो
जि.मु हरिलाल सुवेदी बन्धुवृत्तमा स्मरण ग्रन्थ हो ।यसमा होमनाथ सुवेदी, बुद्धिप्रसाद सुवेदी, गंगाधर सुवेदी, डा. कल्पना सत्याल , कल्पना सुवेदी र नरेन्द्र पौडेलका भावना र धारणा आएका छन् । कृति अन्तराष्ट्रिय साहित्य समाज वासिङगटन डी.सीले प्रकाशन गरेको छ । कृतिको मूल्य नेपाल र दक्षिणपूर्व एसियामा नें रु २०० र दक्षिणपूर्व एसिया बाहिर यूएस डलर १० राखिएको छ
एउटा गहिरो दहमा छु म अहिले शब्दहरूका। मातेको छु यतिबेला शब्दहरूका सम्मोहनले। अनियन्त्रित पौडिरहेछु शब्दहरुबीच म,डुबेर कतिबेला तलसम्म फेरि निस्केर बाहिर नाप्छु गहिराइ शब्दहरूका, भावहरूका अनि तौलिन्छु ओजन गीतहरूका। बातहरू छन् यहाँ मातहरु छन्।साथहरू छन् यहाँ घातहरू छन्,के छैनन्?सबथोक छन्