तीर्थयात्रा

- डा. दीनबन्धु शर्मा

महिला- 'मलाई अर्को नजरले हेर्नुहोस् ।'
पुरुष- 'म मेरै नजरले हेर्दछु ।'
महिला- 'सक्कली होस् त्यो नजर ।'
पुरुष- 'म तिमीलाई घृणा गर्दिनँ ।'
महिला- 'मप्रति घृणा भए गरे हुन्छ, होइन भने मलाई अहिले घृणा नगर्नुले पुग्दैन ।'
पुरुष- 'तर म मैले चाहेको गर्न स्वतन्त्र छैन ।'
महिला- 'यो बाउँठो कुरा भयो ।'
पुरुष- 'मान्छेको परिस्थिति बाउँठो हुन्छ ।'
महिला- 'मलाई लामो तीर्खा लाग्यो ।'
पुरुष- 'तुम्लेटमा मनग्गे पानी छ, म सारिदिऊँ ?
महिला- 'म सधैँ मरुभूमिमा छु ।'
पुरुष- 'हामी रेलमा छौँ अहिले, तीर्थयात्रामा छौँ, तिमी निद्रामा तरङ्गएिकी हो ?'
महिला- 'अहिले मेरो पीडा फेरि जागृत भएको छ, पीडाको जागृति मेरो जागृति हो वा होइन ?'
पुरुष- 'कहिले जागरण भनेको स्वप्न हुन्छ त कहिले त्यसको उल्टो, ठम्याउनुपर्छ आफैँले ?
महिला- 'हामी तीर्थयात्रा किन गर्दैछौँ ?'
पुरुष- 'आ-आ�नो अभीष्ट हुन्छ, मेरो अभीष्ट चित्त शान्ति हो, धर्मकार्यद्वारा चित्त-शान्ति होस् ।'
महिला- 'चित्त-शान्ति नै हो मेरो पनि, तिर्खालुका निम्ति चित्त शान्तिको सहज उपाय नै धर्म हुन्छ तर तपाईंलाई स्वार्थी भन्न सकिन्छ, आ�नो मात्र
धर्म बुझ्नुहुन्छ ।'
पुरुष- 'तिम्रो धर्म के हो ? फेरि सोधेँ ।'
महिला- 'म के हुँ ? को हुँ ? मलाई के देख्नुहुन्छ ?'
पुरुष- 'भित्र वा बाहिर ? प्रश्नको तारो कहाँनेर छ ?'
महिला- 'बाहृय-अवस्थाले नै आ�नो धर्म भित्रतिर प्रक्षेपण गर्दछ, अथवा बाहृय र अन्तर अभेद्यरूपमा एकीकृत भएर झन्झनाएको अनुभूति गर्दछु, तपाईंमा पनि संवेदना हुनुपर्ने हो,
बुझ्नुपर्ने स्वभावैले यस्तो ।'
पुरुष- 'कस्तो ?'
महिला- 'मेरो धर्मको अनुभूति- विधवा म पीडित यौवना, खरो । फुट्छ भित्र, तीर्खाको धर्म कस्तो हुन्छ, चिसो वा तातो ?'
पुरुष- 'तीर्खा प्रकृति हो, सेलाउने प्रतीक्षा गर्नुपर्छ ।'
महिला- 'पर्खंदा झन् बढ्ला, तपाईं आ�नै कुरा काट्नुहुन्छ ।'
पुरुष- 'कहाँ ?'
महिला- 'अघि भन्नुभएथ्यो- 'म धर्मसाधनाका निम्ति तीर्थ जाँदैछु ।'
पुरुष- 'अँ त �'
महिला- 'अनि, तीर्खाको धर्म ?'
पुरुष- 'के गरौँ ?'
महिला- 'म मेरो बाध्यताले पीडित छु ।'
पुरुष- 'कस्तो ?'
महिला- 'प्राकृतिक धर्मको- तीर्खाको बाध्यता, पानीको मागको बाध्यता, मलाई तीर्खामा पानी दिनुहोस् ।
पुरुष- 'मैले तिम्रो बाबुबाट तिमीलाई सुरक्षित तीर्थ
गराउने जिम्मा लिएको छु ।'
महिला- 'मलाई पानी दिनु पनि सुरक्षाको क्षेत्रभित्र पर्छ, यो तपाईंको जिम्मेवारी हो ।'
पुरुष- 'पानी टुम्लेटमा छ भने मैले ।'
महिला- 'त्यो पानी मेरोनिम्ति पेय होइन पनि मैले भनेँ ।'
पुरुष- 'म तिम्रो बाबुसँग मिथ्या अभिनय गर्न सक्ने छैन ।
-पुलिसको प्रवेश)
पुलिस- टिकट देखाउनुहोस् -जुँगा मुसार्छ, काँडादार लठ्ठी बायाँ हातमा छ ।)
पुरुष- '-टिकट देखाउँछ) 'हजुर ।'
पुलिस- 'तपाईंहरू बोर्डर क्रस गर्दै हुनुहुन्छ- राहदानी देखाउनुहोस् ।'
पुरुष- 'तर यहाँ त राहदानी आवश्यक छैन ।'
पुलिस- 'किन, तपाईंहरू लोग्नेस्वास्नी हो ?'
पुरुष- 'हामी तीर्थ जाँदैछौँ ।'
पुलिस- 'तीर्थ अनेक हुन्छन्, तपाईं कान सुन्नुहुन्न ?'
पुरुष- 'हामी .... ।'
पुलिस- 'लोग्नेस्वास्नी हो ?'
पुरुष- '...हजुर ?'
-पुलिस निक्लिन्छ ।)
महिला- 'मिथ्या बोल्नुभयो ।'
पुरुष- 'आवश्यकताले/अनिवार्यताले ।'
महिला- 'पोइन्ट नोट गरौँ- आवश्यकताले- अनिवार्यताले मिथ्या बोल्न सकिन्छ । तीर्थयात्रामा पनि ।'
पुरुष- 'नचाहेको बोल्नुपर्छ ।'
महिला- 'आवश्यकताले, अनिवार्यताले मेरो पितासँग मिथ्या बोल्नुहोला- नचाहेकै बोल्नुहोला ।'
-अँध्यारो हुँदै गएको छ ।)
पुरुष- 'मलाई धर्मसङ्कटमा नपार ।'
महिला- 'म मेरा कृत्यहरूको निम्ति सहजरूपमा बाध्य छु ।'
पुरुष- 'अनुशासनहीनता तीर्खाको बाध्यता होइन ।'
महिला- 'फेरि दोहोर्‍याउ"m- तीर्खामा पानीको माग न अनुशासनहीनता हो, न अधर्म, यो मात्र प्रकृति हो, म बरु प्राकृतिक अनुशासनको विवशतामा छु तीर्खा नभै मागिनु र तीर्खामा नमागिनु उत्तिकै अधार्मिक हुन्छ ।'
पुरुष- 'यसमा मेरो धर्म बाधित हुन्छ ।'
महिला- छद्मरूप हो तपाईंको, भित्र हेर्नुहोस्, धेरै भित्र पुग्नुपर्ने छैन- मात्र संवेदनासम्म, हाड, छाला र मनकै संवेदनाहरूमा मात्र झाँक्नुहोस्, त्यहाँसम्म जहाँ तपाईंको पनि प्रकृति भेटिन्छ- त्यो अधार्मिक हुँदैन ।'
पुरुष- 'हामी प्राकृतिक हुनु वा धार्मिक ?'
महिला- 'दुवै एउटै कुरा हुन्- विरोधी होइनन्- प्राकृतिक हुनु धार्मिक हुनु, प्रकृतिले प्राकृतिक धर्म वा आदिधर्म धारण गर्दछ- अनि सृष्टि अनवरत बग्दछ नदीझैँ ।'
पुरुष- 'म असामाजिक धर्म ग्रहण गर्न सक्तिनँ ।'
महिला- 'यही समाज हो जहाँ दासप्रथा थियो ।'
पुरुष- 'अहिले छैन, हेर हामीलाई तीर्थ हिँडाउने यो रेल सामाजिक अनुशासनको उत्पादन हो ।'
महिला- 'समाज मान्छेद्वारा मान्छेका निम्ति बदलिन्छ ।'
पुरुष- 'म स्वार्थको निम्ति समाज बदल्ने पक्षमा छैन ।'
महिला- 'तपाईं कृत्रिम नबन्नुहोस्, तपाईंका छोराछोरी तपाईंकै हुन् ।
पुरुष- 'ती मेरी धर्मपत्नीबाट जन्मे ।'
महिला- 'तपाईंकी पत्नी अरूसँग प्रेम गर्थिन् ।'
पुरुष- 'नकोट्याऊ तर अहिले ती मेरी धर्मपत्नी नै हुन् ।'
महिला- 'तिनी तपाईंकी अधर्मपत्नी हुन् ।'
पुरुष- 'यो जथाभावी कुरा भयो ।'
महिला- 'सत्यदेखि भाग्नु अधार्मिक हो, तपाईंकी पत्नीसँगको सम्बन्ध असत्य, ढोँगी र बलात्कारी सम्बन्ध हो । मेरो सम्बन्धमा प्रश्नहरूले निर्णय गर्नेछन् ।
पुरुष- 'के ?'
महिला- 'म कस्ती छु ?'
पुरुष- 'तपाईं अति सुन्दर युवती हुनुहुन्छ ।'
महिला- 'आकर्षक ?'
पुरुष- 'हो, आकर्षक पनि ।'
महिला- 'कसरी थाहा पाउनुहुन्छ ?'
पुरुष- 'आँखाले देखेर, मनले तौलेर ।'
महिला- 'मेरो यौवन कस्तो छ?'
पुरुष- 'उही प्रश्न हो 'सुन्दर-आकर्षक', उत्तर पनि उही ।'
महिला- 'आकर्षकताको निणर्ायक के हो ?'
पुरुष- 'जसले मन र इन्दि्रयहरूलाई आकर्षण गर्दछ, खिच्तछ संवेदनाहरू ।'
महिला- 'यसको अर्थ मेरो व्यक्तित्व वा अस्तित्वले तपाईंका मन इन्दि्रय र संवेदनाहरूलाई खिच्तछ ।'
पुरुष- 'यस्तो कुरा नगर ।'
महिला- 'म पनि तपाईंलाई आकर्षक ठान्दछु, हामी एकार्काका निम्ति अनुकूल छौँ ।'
पुरुष- 'मैले तिमीलाई चोखै फर्काउने जिम्मेवारी लिएको छु, म अहिले तिम्रा वृद्ध पिताको सोझो र मप्रति अगाध विश्वास भएको अनुहार सम्भिmरहेको छु । म उहाँलाई विश्वासघात गर्न सक्तिनँ ।'
महिला- 'म दासी होइन ।'
पुरुष- 'मैले त्यसो भनिनँ ।'
महिला- 'प्रकारान्तरले भन्नुभयो, तपाईंको र मेरो सम्बन्ध तपाईं र मबाटै निश्चित हुन्छ, म बच्चा होइन,
म पूर्ण व्यक्ति हुँ, मेरो शरीर नितान्त मेरो हो, स्वीकार्नुहुन्छ ?'
पुरुष- 'त्यति सरल छैन, मान्छे विभाजित हुन्छ मान्यताहरूमा ।'
महिला- 'विभाजनको एउटा एकाइमा त मेरो अधिकार पनि छ ।'
पुरुष- 'अवश्य ।'
महिला- हे भद्रपुरुष, उदार बन्नुहोस्, आ�नो सहज धर्म धारण गरेर मेरोसामु उपस्थित हुनुहोस् ।'
पुरुष- 'रात छिप्पिएको छ ।'
महिला- 'जून लाग्दैछ ।'
पुरुष- 'कति तातो हावा �'
महिला- 'तीर्खा बढेको छ, हेर्नुहोस् नदी आइपुग्यो ।'
पुरुष- 'डर लाग्छ यो रातिमा ।'
महिला- 'रोमाञ्च हुन्छ ।'
पुरुष- 'तिमी विधवा हौ, कस्तो आवेश तीर्खाको ।'
महिला- 'यो तपाईंको सामाजिक उत्पादन-रेललाई छोडिदिऊँ, अब तीर्थ गर्नुपर्छ ।'
-ओर्लेर नदी किनारमा पुग्छन् ।)
पुरुष- 'अहो, कत्ति नजिक तिमी ?'
महिला- थाहा पाउनुभयो ? अँध्यारो पो छ त यहाँ ।'
पुरुष- 'उखर्माउलो तापिएको गन्ध छ ।'
महिला- 'नदीको शीतलता आउला ।'
पुरुष- 'कस्तो भयानक रात ?'
महिला- 'प्रकृतिले नै दिएको । प्राकृतिक साम्राज्य छ यहाँ । भय �याँकेर हेर्नुहोस् ।
पुरुष- 'तिमीले मलाई समायौ, उफ् कस्तो कडा बन्धन ।'
महिला- 'लहराले रूखलाई समाउँछ, यदि बाधक भएर मान्छे आउँदैन भने ।'
पुरुष- 'के गर्दैछौ ?'
महिला- 'आउनुहोस्, तीर्थ गरौँ, डुबुल्की लगाउनुहोस्, पखालिऊन् सारा आडम्बरी पापहरू, किनारमा रहनेछन् कपडाहरू ।'
पुरुष- 'हेर कसरी उठिरहेछन् उन्मत्त छालहरू, डर लाग्छ ।'
महिला- 'छालकै तालमा हेलिदिने छौँ आफूलाई । अनि त्यहाँ भयको अस्तित्व हुनेछैन ।
-फिलिपिन्स, २०५९।१।५
- हाल: मछिन्द्र बहुमुखी क्याम्पस लगनखेल ललितपुरमा प्रद्यापन

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 माघ, 2068

लेखकका अन्य रचनाहरु