भाषण

- सुरेन उप्रेती

यो भाषण गर्न भन्नु मात्र सजिलो छ । त्यहाँ उभिए पछि थाहा हुन्छ कति गाह्रो छ भन्ने कुरा । सम्मmँदा पनि दिक्क लागेर आँउछ बमबिक्रमले मनमनै भन्यो । फेरी आफूलाई मनमा भित्रै देखि लागेको भन्न पाए पनि लौ है भन्नू । भोकले मर्न आँटेका,लुगा लगाउन नपाएर आधा नाँगै भएका, झूत्रा झाम्रा, डुङ्डुङ्ती गन्हाउने मान्छेहरुलाई आमा,बा भन्दै साइनो लाउनू पर्ने । यो चुनाव पनि कहिले सकिन्छ जस्तै भएको छ भन्दै रामे एता आइज भनेर बमबिक्रम करायो । रामे हजुर शाव भन्दैे हानेको गोली भएर हाजिर भयो । जा एक वोतल व्हीस्की र एक प्लेट मासू लिएर आइज भनेर आदेश दियो । रामेले व्हीस्कीको बोतल ल्याएर टेवलमाथि राखिदियो । बमबिक्रमले वोतलबाट व्हीस्की ग्लासमा खन्यायो । ग्लासलाई विस्तारै उठाएर ओठसम्म पुरयायो र एक घुट्को व्हीस्की निल्यो । ए रामे भएन भन्दै एक पटक चिच्यायो । गोजीबाट एउटा पट्टिएको कागज निकाल्यो र त्यसलाई फुकायो । एक पटक कागजमा भएको भाषण मनमनै शिर देखि पुछार सम्म पढयो । उ बसेको घुम्ने कुर्सीलाई अलि पछाडि सार्यो र दुवै खूट्टा टेवलमाथि राख्दैे कुर्सीलाई पछाडी ढल्कायो । रामेले एक प्लेट राँगाको सूकुटी भुटेर ल्याएर टेवुलमाथि राखिदियो र अर्को कोठामा गएर आदेशको प्रतिक्षामा कान विच्छाएर बस्यो । बमबिक्रमले सुकुटी सँगै तीन ग्लास रित्यायो ।

भोली सुकुम्वासी बस्तीमा भाषण गर्न जानु छ भन्ने सम्मmयो र फेरी भाषण पढ्न थाल्यो । आदरणिय ,आमा वुवा, दाजुभाइ तथा दिदीबहिनीहरु । उसलाई झनक्क रीस उठेर आयो । आफू जर्नेल समरध्वजको नाति, युद्धप्रतापको छोरा बमबिक्रमले त्यस्ता छाप्रामा बस्ने मmत्तेहरुलाई केको आमा बुवा भन्ने । दाह््रा किट्दै मुठ्ठी उमm्यायो । फेरी सम्हालींँदै ,तपाईहरुको यस शुन्दर बस्तीमा खानेपानी र स्वास्थचौकिको व्यवस्था चाँडै गर्ने छु । साना नानीहरुका लागि प्राथमिक स्कुलखोल्नु मेरो पहिलो प्राथमिकता हुने छ । यी तपाईहरुका घरहरुलाई म चाँडै तपाईहरुका नाममा दर्ता गरेर लालपूर्जा बनाइ दिन्छु । मलाई चुनाव जिताउनु भनेको यस ठाउँमा विकाशको मुल फुटाउनु हो । प्रजातन्त्रको जीत हुनु हो र तपाईहरुको जीत हुनुहो भन्दै पढ्दा पढ्दै निधायो ।

भोलीपल्ट दिँउशो भए पछी भाषण गर्न उसलाई मन्चमा वोलाइयो । मान्छेहरु थुप्रै भेलाभएका रहेछन् । उसको नाम लिने वित्तिकै सबैले ताली बजाए । उ माइक अगाडि गएर उभियो । सबेै बर्षौ खान नपाएर जवानीमै अनुहार भरी मुजा परेका मान्छेहरु छन् । लुगा हेर्छ सात ठाउँमा टालेका, चार तिर फाटेका लगाएका छन् । कोही बच्चाहरु नांगै दौडिदै छन् ,कोही आमाहरुको फाटेका सारीमा घुस्रीँदै छन् । बाटो मानव मलमुत्रले दुर्गन्धीत छ । माइक्रोफोन समाएर भाषण गर्न थाल्यो र भन्न थाल्यो । टवाइलेट सम्म नदेखेका जँगली पाखेहरु, जतिपायो उती बच्चा जन्माउन जान्ने तर स्याहार गर्न नजान्ने अशिक्षित मेशिनहरु,अमm भनौ सुँगुरहरु । कर्ममाहारेका पापी मगन्तेहरु, कहिलै अघाउन्जेली खान नपाएका भोकमारीहरु । तिमी धुलाका किराहरु जस्ताले म जस्तो बमबिक्रमलाई देख्न पाउनु भनेकै तिमिहरु भाग्यमानी हुनु हो । अब आउने चुनाउमा मलाई भोट दिनु । नत्र भने म तिमीहरुको यस दुर्गन्धित बस्तीलाई आगो लगाएर खरानी बनाई दिन्छु । मात्र भन्नके भ्याएको थियो ।चारै तिरबाट लाठी र ढँुगाहरु बर्सीन थाले । दुईहातले टाउको जोगाउँदै उसका सुरक्षार्थ खटिएका ‘मुन्द्रे तिर हेरेर सुरक्षाको याचना गर्यो । उनीहरु त अगाडिनै भागीसकेका रहेछन् । जसरी पनि बाँच्नुत पर्याे भन्दै मान्छेको भिडलाई दुई हातले पन्छाउँदै भाग्न थाल्यो । उसको खुट्टा रुखको जरामा अल्मिmएर उ ढल्यो । उसको हातले लागेर वोतलको व्हीस्की पोखिएर भाषण भिजेछ । उसको शरिर थर्र्र काँप्दै रहेछ । उठेर हातको घडि हेर्यो । रातको साढे बाह्रमात्र बजेको रहेछ ।

अटवा,क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 21 पौष, 2068

लेखकका अन्य रचनाहरु