दुर्लङ्घ्य पहाड

- कृष्ण अधिकारी

सुधा र धीर अर्थात एउटा नामी आइ.एन.जि.ओ.का कार्यकर्ता , उनीहरूले बुर्लुङ फेदीमा बास बस्नु पर्ने भयो । थोरै साधनसुबिधा भएको सानो बुर्लुङ फेदी बजार, बास बस्ने ठाऊँ पाइएन ।

बल्लबल्ल एउटा सानो लजमा एउटा कोठा फेला परो । कोठा खोलेर हेरे, एउटा मझौलाखाले पलङ मात्र थियो । उनीहरूले आपसमा हेराहेर गरे । दुबैका आँखा भनिरहेका थिए "परस्त्री र परपुरूष कसरी एकै ठाऊँ सुत्ने?"

आखिर रात त काट्नुनै थियो । उनिहरूले पलङ्को माझमा एउटा सिरानीको लक्ष्मण रेखा खडा गरेर सुते । भोली एउटा कठिन उकालो छिचोल्दै हुर्दुङकोट गाऊँ पुगेर किसानहरूलाई पशुमा गर्भाधान र नश्लसुधार सम्बन्धि तालिम दिनु पर्ने थियो।

धीर बिहान चाँडै उठ्यो र झ्याल खोलेर हेर्यो । पहाडहरूमा सूर्यका मनमोहक लालिमा फैलिइ सकेका थिए । उसले भन्यो "सुधा ! हामीले घाम नछिप्पीकनै यो पहाड नाघ्नु पर्छ, अब चाँडो उठ ।"

सिरकले मुख छोपिछोपीनै सुधाले भनिन् "एउटा सिरानी नाघ्न नसक्नेले के पहाड नाघ्ने कुरा गर्नु !"
धीरले पहाड हेर्न छोडेर घोसेमुन्टो लगायो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 पौष, 2068

लेखकका अन्य रचनाहरु