लिलाम बढाबढ

- वासुदेव गुरागाईं

सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे ।
मनमा कुनै किसिमको द्विविधा नराखी उसले खुशी भएर फटाफट त्यसमा सही गरिदियो र अर्को आदेशको प्रतीक्षामा मर्यादित भएर ठिङ्ग उभिइरह्यो उसैका सामु ।
उसले सम्पूर्ण रुपमा स्वीकार गरेको त्यस कागजमा लेखिएको थियो,— ‘म ... ... ईश्वरका नाममा शपथ लिन्छु । सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि ... ... को कामकाज प्रचलित कानुनको अधीनमा रही, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमान्दारीसाथ गर्नेछु ... ।’
यस्ता अक्षर वाचन गरेर सही गर्ने ऊ पहिलो व्यक्ति थिएन । विगतलाई खोतल्दै जाने हो भने
यसरी सही गर्नेमा लाखौँको सङ्ख्यापछि मात्र उसको नाम आउँथ्यो । अरुका त कुरा छाडौँ, उसलाई
जसले आज यी अक्षर वाचन गराएर सही गरायो, ऊ स्वयंले पनि पहिला कसैका सामु उभिएर यसै गरी वाचन र सही गरेको थियो, ईश्वरका नाममा शपथ लिइएको त्यस्तै बेहोराको कागजातमा । अनि, अर्को आदेशको प्रतीक्षामा कसैका सामु ऊ त्यसरी नै बडो मर्यादित भएर उभिएको थियो, जसरी ऊ आज उभिइरहेछ ।
‘ल ! अर्को आदेश वा खटनपटन नभएसम्म प्रशासन शाखामा गएर हाजिर गर्दै गर्ने ।’ अगाडि बसेर शपथ गराउने ती महाशयले आदेश थपे ।
‘हस् हजुर’ मा टाउको झुकाएर उसले प्रशासनतिर पाइला बढायो । यो अधिकार प्राप्तिको कागज भनूँ वा नियुक्तिपत्र यसअघि नै बुझिसकेको थियो उसले । अब हाजिर गरेर सरकारी जागिरको औपचारिक सुरुआत गर्न मात्र ऊ हतारिएको थियो ।
***
केही समय अगाडिको शपथमा लेखिएको भाषा उसका मनभित्र कहिले यता कहिले उता दगुर्दै त्यसैत्यसै मडारिन थाल्यो । शपथ खुवाउने सुकिलो मान्छेको मुखाकृति पनि बेलाबेलामा उसका अगाडि झ्वास्स–झ्वास्स देखा पर्न थाल्यो । त्यो मान्छे ईश्वर नै हो भत्रे सम्झिएको थियो उसले । र त, साक्षात् ईश्वरका सामुत्रे उभिएर शपथ लिएको भान परेको थियो उसलाई त्यतिखेर ।
हाजिर गरे पनि पदस्थापन नहोउन्जेल उसको खासै केही काम थिएन । पदस्थापनका लागि यताउति दौडधुप गर्नुपर्छ भत्रे संस्कार पनि उसमा प्रवेश गर्न भ्याइसकेको थिएन ।
बरन्डा चहार्दाचहार्दै उसका आँखा भित्तामा झुन्ड्याइएको ‘निर्मल ...’ नामक नामपाटीमा प¥यो । त्यस नामपाटीले सकसका साथ भित्तामा झुन्डिएरै भए पनि कार्यालय प्रमुखको परिचय दिइरहेको थियो । एकपटक भेट्ने निधो ग¥यो र फुत्त भित्र पस्यो । अघि उसैलाई शपथ खुवाउने सुकिला मान्छे रहेछन् ती । सुरुमा त देख्नेबित्तिकै झसङ्ग पनि भयो ऊ । नचिनेका थप दुईचार मानिसको उपस्थिति पनि त्यहाँ
भेटियो । सुकिला मान्छेले उसलाई एकछिन बाहिरै बस्ने सङ्केत गरे । ऊ सामान्य शिष्टाचार पु¥याएर जसरी भित्र पसेको थियो त्यसै गरी सर्लक्क बाहिरियो ।
‘किन आउनु भएको थियो ?’ एकछिनपछिको बोलावटपश्चात् तिनै सुकिला मान्छेबाट उसलाई आइलागेको पहिलो प्रश्न थियो यो । पहिला त ‘के भत्रे !! के नभत्रे !’ सोचमा ऊ अलमलियो । पछि हिम्मत गरेर आफ्नो पदस्थापनका विषयमा कुरा राख्यो । आपूmलाई पायक पर्ने र जान चाहेको ठाउँ
बतायो ।
‘बेलाबेलामा यसो भेटघाट गर्दै गर्नू ।’ सजिलो जवाफ पायो उसले । निर्णयमा कुनै ढिल्याइँ थिएन । छलकपट भएजस्तो पनि देखिँदैनथ्यो । ऊ फुरुक्क प¥यो । अहा ! कस्ता राम्रा मान्छे रहेछन्, उसले मनमनै सोच्यो । आदरपूर्वक नमस्कार ग¥यो र सुरुक्क फर्कियो । उसले जानेको यत्ति थियो । दुईचार दिनको जागिरमा बटुल्ने अनुभव योभन्दा बढी कति नै हुन्थ्यो र ?
अहिलेसम्म हाजिर गर्नेभन्दा बढी काम उसले पाएको थिएन । नियमित त्यही बरन्डाको चहाराइ र त्यहाँ आउनेजाने नौलानौला मानिससँगको भेटघाटले उसलाई केही परिपक्व भने बनाउँदै लगेको थियो । यस क्रममा नयाँ नियुक्ति र पदस्थापन मात्र होइन यस बाहेकका अन्य सरुवा लगायतका काम पनि त्यहीँबाट हुने उसले चाल पायो ।
समय निकै लम्बिँदै गएपछि उसका मनमा अनेकौँ जिज्ञासा उत्पत्र हुन थाले । कुरा बुझ्दै जाँदा पदस्थापनअघि स्थान चयनका लागि त्यहाँ ठूलै मोलतोल र शक्तिको उपयोग हुने वास्तविकतासँग पनि उसले परिचित हुन भ्यायो । ती सुकिला मान्छेका ढोकामा नियमित देखा परिरहनेहरु अप्रत्यक्ष रुपमा यिनै कुरा गरिरहेका हुन्थे । यति मात्र होइन, ती सब लिलाम बढाबढमा भाग लिएर फर्किँदै गरेका रहस्य पनि उसले छोटै अवधिमा पत्ता लगायो । नोकरीमा भरखर प्रवेश गरेको मान्छे । यो वातावरण उसलाई निकै रहस्यमय भइरहेछ । बडो कौतूहलको विषय बन्दै गइरहेछ । अझ अर्को एउटा आशङ्का पनि ऊ उब्जाउँछ मनमा । सायद ती सुकिला मान्छे पनि यसरी नै लिलाम बढाबढमा भाग लिएर यहाँसम्म आइपुगेका होलान् ।
***
उसले ‘निर्मल ...’ को सुन्दर, सफा र सुकिलो बाहिरी रुप सम्झ्यो र उसको भित्री रुपको कल्पना ग¥यो । तैपनि ‘निर्मल ...’ लाई ऊ नियमित रुपमा भेटिरहेको छ र आश्वासन पनि पटकपटक अक्षरशः त्यही दोहोरिइरहेछ,— ‘बेलाबेलामा यसो भेटघाट गर्दै गर्नू ।’
अब बल्ल उसले यस्तो आश्वासनको गूढ रहस्य र मर्म बुझ्न थाल्यो । अब उसलाई छिट्टै एउटा निर्णयमा पुग्नु पर्ने अवस्था पनि आइलाग्यो । नत्र चाहेअनुसार आफ्नो पदस्थापन नहुने पक्कापक्कीमा ऊ पुगिसक्यो । के गर्ने ! के नगर्ने !! द्वैध मानसिकतामा ऊ तड्पिन थाल्यो । जागिर प्रवेशको सुरुआतकै क्षणमा ऊ कठिन निर्णयको दोसाँधमा उभिएको छ यतिखेर । र पनि, केही निर्णय लिन सकिरहेको छैन ।

ऊ यतिखेर दुइटा मन बोकेर आपैmँभित्र गुम्सिइरहेछ । एक मनले भन्छ केही दिनअघि मात्र लिएको शपथलाई पाखा लगाउँदै बहुमतको भीडमा च्यापिएर पदस्थापनका लागि हुने लिलाम बढाबढमा भाग लिई अरुहरुलेभैmँ ईश्वरलाई भूmटो बनाइदिनु पर्छ । अर्को मनले भन्छ होइन त्यसो नगर, ईश्वरका नाममा लिएको शपथलाई आत्मसात् गरी अल्पमतमै ठडिएर भए पनि दयामूर्ति ती अमूर्त ईश्वरलाई सत्य बनाउनु पर्छ तैँले । यसै द्विविधाले अभैm केही निर्णय लिन सकेको छैन उसले । सकोस् पनि कसरी ? बहुमतमा उझिऊँ भने केही दिनअघि ईश्वरका नाममा सत्य, निष्ठापूर्वक गरेको शपथले तर्साइरहेछ । यसो नगरी ईश्वरलाई मनमा राखेर अल्पमतमा ठडिन जाऊँ भने समय नबुझेको आरोपमा बहुमतले नराम्रोसँग धिक्कार्छ उसलाई । यसमा कत्ति शङ्का छैन । कस्तो अप्ठ्यारो !! ऊ अभैm अकमक्क पर्छ । ‘के गर्ने ! के नगर्ने !!’ अभैm निर्णयमा पुग्न सत्तैmन ऊ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु