भलिबलको भूत

- नम्रता गुरागाईं

दशैं आउनु दुइ महिना अघि एटलान्टामा नेपालीहरुको सम्मेलनमा जांदा बुढाको टिमले भलिबल जितेर पुरस्कार थापेको खुशियालीमा सबैको फोटो खिचििदंदै थिएं अचानक म त पुरस्कार छोएर अलि अलि खोक्न पो थालें ँल है अर्कोवर्ष मेरो पालो” भनेर । खोकी त साह्रै पो लाग्यो । दशै अगाडी त केही भेटनै भएन हातमा । जे भेटयो त्यसैलाइ कच्याक कुचुक पारेर भुकुण्डो बनाइ हालुंजस्तो लाग्न थाल्यो । हात सुनिएर चलाउन नसक्ने हुंदापनि कस्तो नशा लागेको होला भकुण्डोको म आफै छक्क पर्न थालें । नभन्दै टिममै पसेर पो खेल्न थालियो । बाउलाइ मात्र चढिराखेको भलिबलको भुत अब आमालाइ पनि चढन थालेपछि छोराछोरी के गती होला तर त्यत्रो कुरा सोच्ने फुस्रद कहां छ र ? एकछिन सोच्ने समयमा त बरु एकपल्ट सर्भिस पो कटाइन्छ जस्तो लाग्न थाल्यो हा…हा... ।

दशैंमा खेलेपछि अलि मथ्थर त भइयो तर दशैपछि फेरी भुत विस्तारै चढन थाल्यो । हामीले फेरी इमेलबाट सबै साथीहरुसंग पत्राचार गर्यौं । पहिला संगै खेलेका केटीहरु सबै आउनसक्ने छांटकांट नभएकोले केटाहरुको टिममा पसेर खेल्ने निर्णय गर्यौ । इमेल रिप्लाइ गर्न त सजिलो भयो तर केटाहरुसंग मिसिएर खेल्न भनेजस्तो सजिलो कहां हुन्छ र । अलि अलि डरपनि लाग्न थाल्यो कतै तिनिहरुका लवटाले लागेर भुतुक्कै हुने त होइन भनेर । अरुले उचालेकै भरमा खेलको नियमसम्मपनि थाहा नभएकी मान्छे म जुरुक्क उठयाछु भलिबल खेल्नलाइ, उचालेको कुकुरले कतिदिन भुक्ला आफैंलाइ थाहा छैन ।

घरसल्लाह पनि मिल्यो आइतबार खेल्न जानलाइ । घरमा खोकेको जस्तो हुदैन बाहिर के गर्ने होला भनेर मनमा कुरा खेल्न थाले । खेल्ने मान्छे को को हुन्छन होला त भन्दा आम्मामा… इण्डियन, चाइनिज, अमेरिकन अनि नेपाली रे । नेपालीबाहेक अरु खेलाडीहरु संझनेवित्तिकै आफनो हंसले ठाउं छोडिहाल्थ्यो तर नेपालीहरुपनि छन नि भनेर हंसलाइ तानेर ल्याउथें । बल्लबल्ल हंसलाइ काबुमा ल्याएपछि कसले कसरी बल देलान त भनेर सोच्न थाल्थें । नेपालीले त अलि सजिलो बल देलान तर मित्रराष्ट र परराष्ट्र्रहरुले घुमाएर बल दिएभने के गर्ने्रहोला भन्दै मनमा छलफल गर्न थालें खेल मैदानमै नपुगी हा…हा…। एक मनले अलिक डर देखाएपनि अर्को मनले थुक्क लाटी सिधा बल हान्न नआए घुम्माएर देन त्यो पनि आएन भने “घुंयेत्रो हान्न घुंयेत्रो” भइ हाल्छनि भनेर मलाइ ढाडस दियो र म त्यसै अनुसार तयार भएर भलिबल खेल्न िहंडे बन्डपार्क कम्युनिटि सेन्टरमा ।

कम्युनिटि सेन्टरमाभित्र पस्ने वित्तिकै काउण्टरमा बसेकि महिलाले तं खेल्न आकी होस भनी । घरबाट त खेल्ने भनेरै हिडेकी थिएं तर त्यहां पुग्दा श्वाश बढेर खेल्छुकि खेल्दिन मलाइ नै थाहा भएन तैपनि टाउको हल्लाएं खेल्छु भनेर । उसले मलाइ सस्तोमा खेल्न सकिने धेरै अप्सनहरु देखाइ । तर पहिलो दिनमै भुत उडेर गयो भने भोलीदेखि किनेका ति सस्ता अप्सनहरु अरुलाइ बेच्नपनि नमिल्ने ठानेर एकदिन मात्रै खेल्ने पासको दस्तुर ४ डलर तिरें । यता उता पल्याक पुलुक हेर्छु कोहीपनि चिनेको अनुहार देख्दिन । के गर्ने होला भनेर मनमा कुरा खेलाउंदै थिएं नभन्दै एकजना चिनिराखेको खेलाडी ढोकाबाट भित्र पसेको देखें । चिनेका अनुहार देख्नासाथ ठुलो श्वास फेर्दै भित्र छिरे । मनमनमा भलिबल खेल्न आएका मान्छे त रेसिलंग खेल्न आएका मान्छेजस्तै लाग्न थाले । केटी आज चािहं दह्रो चुटाइ खाने भइस खुबै खेल्ने भनेर चम्केकी छस भन्छ एक मनले । तिनिहरुका लवटाले लागेर अंगभंग भइयो भने त खत्तमै हुन्छ भनेर यसो गम्न थालें मपनि। गेम नै शुरु भाकै छैन म भने कसरी खेल्ने होला भनेर सोच्नु त कता हो कता बरु कसरी जोगिने होला भनेर उपायहरु पो सोच्ने थाले
भित्र छिरेदेखि नै हा…हा…। एकछिनपछि शशीजी र अरु एकदुइजना नेपालीहरु देखेपछि हौसिएर ग्रुपमा गएर आफनो नामपनि लेखाइहालें आजचािहं परेको बेहोरुला भन्दै । अघिसम्म डराएका हातहरु सर्भिस गर्न पो थालें नेपाली देखेपछि हा…हा…॥ परदेशमा परराष्ट्र्हरु मात्रै भएको ठाउंमा आफनो राष्टियता बुझने एउटैमात्र मान्छे भेटदापनि िहंग नभएपनि िहंग बांधेको टालो बहुमुल्य भएजस्तै हुदोरहेछ ।

शशीजी र म एउटा एउटा टिममा बाडिने सल्लाह गर्यौं हामी एउटै टिममा बस्दा मैले धेरै राम्रो खेलेर फेरी अरुले चान्स नै नपाउलान भनेर हा…हा... । गेमपनि तुरुन्तै शुरु भयो । ल केटीले पहिलो सर्भिस चािहं कटाइ है कटाइ । होइन जान्दछे कि क्या हो गोज्यांग्रीले भन्छु मनमनमा तर बिश्वास भने छैन । अर्को टिमबाट आएको सटबाट एकपल्टलाइ चािहं टाउको जोगाएं । आ...मा…मा… गोली आएजस्तो आउछ सटपनि । लौ केटी अर्थोक चािहं त्यस्तै हो ज्यानचािहं जोगा है भन्दै सट आयो कि निहुरेर बस्न थालें । त्यही निहुरेका बेला फेरी अर्को सट आएछ । एकपाटो गालो त भुइमा खस्यो होला भन्दै गालो खेाज्न थालें । धन्न जहांको त्यही रहेछ । भारु दाइले भुतुक्कै पारयो । टाउकाका नशा चुढिएजस्तै भयो एकछिन । आंखाभरी आंशु भयो, छेउमा आमा बुवा भए पो रुनु मरीमरी । फेरी खेल्नपनि कसैले पठाएको होइन नि । एकछिनपछि ठिक छु भनेर खेल्न उठें । त्यो कुटाइले मलाइ अलि अलि भलिबल खेल्न सिकायोपनि । त्यसपछि चािहं म अलि ध्यान दिएरै खेल्न थालें । आफनै टिमले जित्यो तर मैले खेलेर होइन । जितेका टिमका सबैजना खुशी भए तर मलाइ टिमले जित्नु न हर्ष न त विस्मत नै । फेरी टिम साटियो । अघि मेरो गालो झार्ने त आफनै टिममा पो आयो सरी भन्दै हा…हा... । ल अब चािहं बच्ने भएं भनेको त अर्कोपटि फेरी अर्को आयो त्यस्तै धन्दुकारी । सर्भिसचािहं धेरैजसो कटाएकोले मलाइ अरु बेला बल उठाउनको साटो सर्भिस गर्न लगाउन थाले । मपनि सर्भिस कटाएपछि मात्र अरुलाइ ठाडो शीरले हेर्थें । केही समयपछि दुखेको गालो छाम्दै घर आएं । छोरीले कस्तो भयो गेम मामु भनी । मेरो झण्डै गालो झर्यो नि छोरी भने । उसले मेरो गालो सुम्सुम्याउदै प्राक्टिस गर्दा यस्तै हुन्छ मामु अर्को पल्ट ठीक हुन्छ भनेर सम्झाइ हा...हा…।

फेरी अर्को आइतबार भलिबल खेल्न जान ठिक्क परेकी एक मनले अस्ति एउटामात्र गालो झरेको त्यही भएर आज अर्को गालो झार्न िहंडन लागेकी होला भन्दै जिस्क्यायो । म भाउन्न भएर नजाउकि जस्तै भएं तर अर्को मनले थुक्क लाछी सगरमाथाको टुप्पोमा पुगेको मान्छेलाइ सोधेकी छस कहिल्यै त्यो मान्छे चुचुरोमा पुग्नुअघि कति पल्ट साना साना थुम्कामा लडयो होला भनेर ? सात्तै जानेगरी झपार्यो । मैले आजसम्म केही प्रगती गरेको छु भने त्यही मलाइ हौसला दिएर काममा जुटाउने मनको कृपा नै हो त्यही भएर उसकै हौसलालाइ शिरोपर गर्दै “काग कराउदै गर्छ पिना सुक्दै गर्छँ” के हुन्छ र भन्दै म फेरी भलिबल खेल्न हिडें ।

आज त खेल्न थालिसकेका रहेछन । धेरैजना नेपालीहरु देखेंपछि त जोसिएर सिधै गएर बल हान्न पो थालंें अलिअलि शरिरसम्म तानाक तुनुक नपारी । सिकारु खेलाडीले कहां संझिन्छ र ति सबै कुरा । ला आज ता पहिलो सर्भिस नै कटयो । सर्भिस कटाएपछि जोसिएर अब बल आयो भनेचािहं खतरा तरिकाले उठाउछु भन्दै थिएं बल त आयो तर कता बाट आयो…आयो …। टाउको जोगाउन थालेको त नाकले भेटयो मर्ने्रगरी । उसै त राम्रो नाक त्यसमाथि बलले भेटेको, सबै थिलिपित्तिली भएझैं भयो । होइन हडडी त बांकी छ भनेर अनुहारमा छामें । धन्न मैले सोचेजस्तो चािहं भएको रहेनछ । एकछिन पिरो भएर टाउको चर्कियो । बाहिर निस्किएर बसें । मलाइ फेरी गएर बल समात्ने जांगर आएन र घर आएं । फेरी छोरीले ढोकैबाट आज गालो ठीक छ मामु भनी । आज नाकले भेटयो छोरी भने फेरीपनि उसले अब अर्कोपल्टमा ठीक हुन्छ भनेर मलाइ संझाइ ।

दुइपल्ट कुटाइ खाएपछि त अब अर्को आइतबार नआएपनि हुन्थ्यो जस्तै लाग्नथाल्यो । मलाइ जिस्क्याउने मनले फेरी एकपटक अब कुटाइ खाने पालो कस्को आंखाको कि ? मुखको ? भन्यो तर मैले जीबनका धेरै महत्वपुर्ण कुराहरु तेस्रो पल्टमा मात्र फत्ते गरेकोले फेरी एक आइतबार भलिबल खेल्न जाने वाचा गरेकि छु कसो होला ?

नर्थ क्यारोलाइन, युस

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 25 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु