गजल

- विद्याप्रसाद घिमिरे

तिम्रो मनले स्वीकारेको उमेद्वार आएँ
यो जिन्दगी तिम्रा लागि उपहार ल्याएँ ।

जून–ताराको दुनियाँमा भौतारिँदै हिडेँ
बल्ल मनको भित्र जाने मूलद्वार भेठ्ठाएँ ।

जवानीले मस्त नयन सुस्त खोली हेर
मन रानीका लागि दिलको दरबार सजाएँ ।

तिमी सिङ्गो बगैँचा हौ फूलको के कुरा ?
त्यसैले त आफू आउँदा साथै बहार ल्याएँ ।

तिमीलाई छोई आउने सुगन्धलाई मैले
बाँच्न बाँकी जिन्दगीको आधार बनाएँ ।

तिमीलाई पाएर’ नि पाउन बाँकी नै छ
तिमीभित्र अचम्मको छुट्टै संसार पाएँ ।

सन्तुष्टि र तुष्टिको त हिसाबै के भो र !
यत्ति भन्छु–‘तिमी पाएँ जिउने सार भेट्टाएँ ।’

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 23 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु