बिसर्जन

- राजु शर्मा

जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै लईन बद्ध भएर बसेका देखिन्छन् । एउटा अब्यबस्थित कोठा भित्र अब्यबस्थित जिन्दगी बांचिरहेको छ उ । एकाग्रतालाई भङ्ग गर्न नचाहेर हुन सक्छ ? सल्काएको ठुटो चुरोटको छोटो पनलाई समयमै महसुस गर्न सक्तैन् फलस्वरुप आंैलाका काप सबै निकोटिनको दागले पहेंलो भएर रङिगसकेका छन् ।
मेरो आगमनमा उ झस्कीन्छ । उस्को एकाग्रतामा बादा परेको महसुस गर्छु । उ मलाई भित्र छिर्ने निम्तो दिन्छ । पलङको पुछार तिर आखां फाल्छ । उस्को ईसारा मुताबिक पलङको पुछारमा गएर थ्याच्च बस्छु ।
नव्वेशालको भूकम्पले पनि भत्काउन नसकेको जिर्ण घर । कांचो इट्टाको जोडाईमा उभिएर पनि तन्दुरुस्त देखिन्छ । महानगरपालिकाको छातिमै अबस्थित जीर्ण तर तन्दुरुस्त देखिने घरको छिडिमा उस्को कोठा छ । भूईका माटाका टुक्राहरु उप्किएर खोबिल्टाहरु बनेका छन् । वरिपरिका गाहको कापहरुबाट चिसो रसाईरहेको छ । नाममात्रको सानो कोठामा एउटा थोत्रो पलङले कोठाको आधा भाग ओगटेको छ ।
उ थोत्रो स्टोपमा दम दिन थाल्छ । सलाई कोरेर सल्काउछ । स्टोेप दन्किएर बल्छ । निमेष भरमै झयाप्पै निभ्छ । उ पुन कोशिश दोहर्याउछ । तै पनि उस्को कोशिस खेर जान्छ ।
“शायद मट्टितेल सकिएर होकी..... ?” मेरो जीज्ञासामा बाकसको कुनाबाट पांच लिटरको ग्यालन झिग्छ । ग्यालनको पिद सम्म मात्र अस्तित्वमा रहेको मट्टितेल ढल्काएर स्टोभ भित्र चुहाउछ । पुन दम दिन्छ । सलाई कोर्छ । घरर ...घररर......स्टोेप दन्किएर बल्न थाल्छ । एउटा थोत्रो तपेश स्टोप माथी बसाल्छ । दुई गिलास पानि तपेशमा खनाउछ । एक चिया चम्चा चिया पत्ति होम्छ । दुई चम्चा चिनी पनि त्यसैमा खनाउछ ।
“फिक्का चिया चल्छ हैन्” बास्तबिकता उदाङगो पार्छ ।
“तिमिले ख्वाए पछि जे पनि चल्छ” आत्मिएतामा दांत मुस्कुराउछ ।
चिया उम्लन थाल्छ । स्टोप निभाउछ । स्टिलका दुई गिलास सतर्क पार्छ । थोत्रो लुंडो हातमा लिन्छ । तपेशलाई अठयाउछ । चिया खन्याउछ । एउटा गिलास म तर्फ बडाउछ । अर्को आफैं समाउछ । सुरुप्प .... सुरुप्प .... गर्दै चिया पिउन थाल्छ । “ गुलियो त छ हैन् ?” म तर्फ आखां फाल्छ ।
“छ......तिम्रो आत्मीयतामा चास्नी मिसिएको छ ” वास्तबिकतामा ह्दय बोल्छ ।
चियाको सर्को सगैं म पुन कोठा छाम्न थाल्छु । साहित्य , दर्शन , मनोबिज्ञान , कला , संस्कृति , राजनिति , आदिका अनगिन्ती किताबहरुका पंक्ति बद्ध तांतिहरु तर्फ आखां नचाउछु ।
उस्को कोठामा आउनु । एक गिलास फिक्का चीया पिउनु । उस्को विगत खोतल्नु । वर्तमानलाई समसुमाउनु । उस्को सामिप्यतालाई नजिकबाट आत्मासाथ गर्नु । यत्तिनै हो मेरो उ प्रतिको दैनिकी ।
“डेडामा पनि यती बिघीं किताब को संग्रह । ” म आश्चर्य प्रकट गर्छु ।
“लेख रचनाहरु छापिन्छ । धेर थोर पारिश्रमिक आउछ । ती पारिश्रमिक मध्य आधा जीबन यापनमा र अधा पुस्तक खरीदमा खर्चने गर्छु ।” उस्को जबाफ सलल बग्छ । यो पनि एउटा नियमितता भित्रको वास्तबिकता मात्रै त हो । मेरो जीज्ञासा र प्रश्नमा उ सधैं जसो सलल बग्ने प्रयत्न गर्छ ।
मेरो आस्ता र बिश्वाशको पात्रको रुपमा उ मेरो दैनिक जीवनमा खोटो टास्सीएझै टासीं रहेकै छ । जसलाई उपकाउन म कदापी सक्तिन् । मलाई गर्भ छ । म उस्को सामिप्य हुन सकिरहेकोमा । उस्को बिगत र आगतको तुलनाले नै मलाई उ प्रती आकर्षित तुल्याएको हो । मैले जैले देखि उस्लाई चिन्न थालें त्यस बेलादेखिनै उ मेरो आस्ताको केन्द्र बिन्दु बन्न थाली हाल्यो । त्यस बेलादेखी म उस्लाई आदर्शको रुपमा हेर्ने गर्छु ।
जुन दिन म उस्लाई भेटन पाउदिन त्यस दिन मलाई पक्कै निद्रा लाग्दैन् । प्यास भोग केहि पनि हुदैन् । जीन्दगिमा कता कता के के नपुगे जस्तो लाग्छ ।
“सांच्चैनै राम्रो पुस्तकालय वन्न सक्छ तिम्रो कोठा ” हिजो अस्तिकै बाक्य दोहर्याउछु ।
सधा झै उ थप्छ “ठिकै छनि ! म मरे पछी .....यहि कोठालाई पुस्तकालय घोषण गर ” ।
उस्को त्यो बाक्यले मलाई नमिठो सगं चीमोटछ । पलभरको लागि नरमाईलोले गांज्छ । सांच्चैनै उ मर्यो भने .......? म कल्पनाबाटै पनि नराम्री तर्सन्छु । “यस्तो वाईयात कुरा पनि गर्ने हो मर्न त सबै मर्छन तर पनि पटक पटक मर्दैनन् । एक पल्ट मात्र मर्छन् ।” म उस्को भाबना संग सहमत हुन सक्तिन् । हुन पनि मलाई उस्को त्यो बाक्यले सारै नराम्रो संग चिमोटछ । “मेरो आशय यस्तो थिएन् । यतिका बिधी किताब तिमी पढन भ्याउछौ ?” मैले त यत्ती जान्न चाहेको ।
“मेरो कामै के छ र ? ंंंं........ जागिर छैन् ....... कोहि आफन्तहरु छैनन् ......, त्यस्तो भ्याई नभ्याई काम पनि त छैन नि ! मन लागेको बेला पढ्यो , मन लागेको बेला सुत्यो ......। एउटा एक्लो जीबन भोगेको मान्छे , ...... । ” उ अडकी अडकी भए पनि खुलस्त हुन खोज्छ । उस्को यही खुलस्त हुने बानी मलाई असाध्य मन पर्छ । बानी मात्रै कहां हो....र । उस्को बिगतका भोगाईहरु मेरो लागि बर्तमानमा गहकिलो शिक्षा साबित भएको छ । हुनत मैले प्रत्यक्ष रुपमा उस्को विगतको भोगाईहरु उस्को आफनै मुखबाट सुन्न पाएको छैन् । उस्को पुराना मित्रहरु र दौतरीहरुवाट भने उस्को बारेमा धेर थोर जानकारी हांसिल गर्न पाएको छु । उस्को त्याग र समर्पणको भाबना सुनेरनै म उ प्रति आकर्षित भएको थिएं । उस्को जीबननै एउटा उदाहरणीय त छदैछ । त्यस्मा पनि खुलेर कुरा गर्ने बानिले गर्दा म उस्लाई आदर्शको रुपमा लिने गर्छु ।
“फेरी म सम्पूर्ण किताब खार्दिन ......, किताबको गहिराई सम्म पुग्ने प्रयत्न पनि म गर्दिन ........। कुनैको मध्य ...। कुनैको सुरु ....। कुनैको अन्त्य ..। यसरी किताबको अबस्था मात्र छाम्ने प्रयत्न गर्छु ”। उ आफनो बानिलाई प्रष्टयाई रहेको हुन्छ ।
“यसरी एकै साथ सबै पुस्तकहरु पढ्दा सिल सिला टुटे जस्तो एक अर्कामा मिसिए जस्तो, छयास मिसे अपठयारो त पर्दैन ।” मलाई उस्को किताब पढँई अनौठो लाग्छ ।
”जीबननै छयासमिसे छ भने , त्यसमा अल्झीएर बस्नुको कुनै तुक छैन । जीबनको संपूर्ण भोगाई भोगीसकेको मान्छेले गहिराईसम्म गएर डुबुल्की मार्नु पर्छ भन्ने पनि त छैन् नि ! जीबनलाई वाहिर बाटै छाम्ने प्रयत्न गरे पुग्छ । जबिनको गहीराईसम्म पुग्ने काशिस गर्यौ भने हातमा लाग्यो सुन्यो सिबाय केहि हात लाग्दैन् । त्यसैले सन्तुष्टि प्राप्त गर्नु छ भने जीबनलाई वाहिरवाटै मात्र भोग्ने प्रयत्न गर । तिमि अबश्य सफल हुनेछौ । ” उ मलाई अर्ति दिन थाल्छ ।
उस्को प्रबचन अझै सकिएको हुदैन् “कुनैलाई बढी महत्व , कुनैलई कम महत्व पनि दिनु नपर्ने । सवै किताबहरुको एकै साथ रस्वास्वादन गर्न पाईने हुदां अझ बढी मिठो भई नौलो स्वाद चाख्न पाईन्छ । विभिन्न परिकार एकै पल्ट चपाए जस्तै हुन्छ । ” उ प्रस्ट पार्छ ।
उस्लाई तर्कमा कस्ता कस्ता बिद्धवानहरुले हराउन सक्तैनन् भने म छुसिले के हराउन सक्थेंर ?अनौठो र भाबनात्मक विचारले म उस्को विगतका भोगाईहरुलाई क्रमशं एक पछी अर्को गर्दै उग्राउन थाल्छु ।
उस्को परिचयमा दुई अक्षर खर्चनु पर्दा निम्न बुंदाहरुमा उस्लाई नियाल्न सकिन्छ ।
समयको थप्पडले निलडाम हुने गरी हिर्काएको एउटँ राजनितिज्ञ होे उ ।
देशलाई नजिकैबाट नियालेर निश्वार्थ भाबनाले समर्पित भएको एउटा सच्चा राजनितिज्ञ हो उ ।
गहन अध्यन , चिन्तन र मनन्को सीङगो रुप हो उ ।
लामो समयसम्म जेल नेल खेपेको राजनितिज्ञ हो उ ।
सरकार द्धवारा सर्बस्व हरण गरेको राजनितिज्ञ हो उ ।
देशको राजधानिमा सम्पन्न परीवारमा जन्मीएर पनि बिदेही भएर जनताको मुक्तिको लागी लडेको ब्यक्ती हो उ ।
वावु बाजेको शान र ईज्जतलाई थांती राखी राजनितिमा होमिएको जुझारु ब्यक्ति हो उ ।
प्रत्यक्षरुपमा दरबारमा संम्पर्क भएर पनि दरबार प्रती बिद्रोही भाबना भएको एउटा सच्चा नेपालीको छोरा हो उ ।
पहिलो क्रान्तिमा डटेर लाग्यो । आफना वरीपरीका सारा सुख सुबिदा र पुगिसरीले पनि आकर्र्षीत गर्न नसकेकाले नै उ बिदा्र्रेही भएर देखा पर्यो । उ आफनो लागी नभएर अरुको लागी मात्र लडथ्यो र त उ निश्वर्थी थियो । धेरै पल्ट जेल पर्यो । अनेकौ पल्ट सरकारको आखांमा छारो हालेर विदेशियो । कैयौं पल्ट गोल घरमा राखेर मानसिक र शाररीक पिडा दिईयो ।
मानब शरीर हाड मासुबाटनै बनेको हुन्छ भन्ने कुरा त बिज्ञानले नै प्रमाणित गरीसकेको छदैछ । बिगतमा पाएको शारीरीक र मानसिक यातनाहरुले उस्को पनि शरीर थिल थिलो बनि सकेको थियो । अनेक पिडा र यातनाहरुको परीणमस्वरुप अनेकौ रोगहको लक्षण देखिन थाल्यो । शारीरीक रुपमा उ असक्त भए पनि उस्को जोस र जांगर अझै ताजा छदै थियो । उस्ले आफनो जोश र जांगरलाई मर्न दिएको थिएन । त्यस दिन भएको जन आन्दोलनको नेतृत्व उ आफैंले गरेको थियो । जुन दिन राजधानिमा मानब शागर ओर्लिएको घटना उस्ले पत्याई नसक्नुको थियो । उ अग्र भागमा नारा घनकाउदै लस्करको नेतृत्व गरेको क्षेण सलाईड बनेर आखां सामु जब नाच्न थाल्थे । उ त्यस घटनालाई सबिस्तार बर्णन गर्ने गर्दथ्यो ।
आन्दोलनको आंधि । आन्दोलनले लेराएको परिवर्तन । आन्दोलनमा भएको घात प्रतिघात । आन्दोलनमा भएको दमन । आदि ईत्यादी विषयमा उ छाति फुलाएर कुर्लने गर्दथ्यो ।
त्यो दिन राजधानिको मुटुमा अबस्थित पूर्ण कदको शालिकको क्षेवैमा उ पनि उभिएको थियो । ढवङ....ढवाङ..... बन्दुक पटकीएको आबाज सगै उसैको अगाडि भटा भट भङेरा ढले जस्तो मानब लाशहरु ढल्दै गएका थिय । लाशै लाशको चाङनै लागी सकेको थियो । कालो पत्रे सडकको ढाड स्वात्तै रगतले पोतिएको थियो । कोलाहलको बाताबरणमा पनि प्रजातन्त्रको नरा धनकदै थियो । युबा जोस र जांगरकोे अगाडी सामन्ती भाबना मूर्छा पर्दै थियो । कति आमाहरुको कोख रीत्तिदै थिए । कति बाबुहरुको जांगर मूर्छा पर्दै थिए । कति दिदि बहिनीहरुको माईती रीत्तिदैथिए । तै पनि आन्दोलन अगाडी बढदै थियो । आन्दोलनकारीहरु थाकेका थिएनन् । थाकेका थिएत प्रतिगमनकारी आन्दोलनका विरोधीहरु ।
उस्को प्रयाश अनि सम्पूर्ण न्याय प्रेमी जनताहरुको अथक प्रयाश स्वरुप प्रजातन्त्र पुन प्राप्त भयो । प्रजातन्त्रको पहिलो निर्बाचनमै उस्ले पनि सांसदको टिकट पाएको थियो । पार्टि्रले पनि उस्को कदर नगरेको होईन् । उस्को कदर गर्दै पाट्र्रिको बहुमतले उस्लाई सासंदको उम्मेदवार धोषण गरेकै हो । उस्ले टिकट लिन मानेन् । उस्को ठम्याईमा उस्को बुझाईमा प्रजातन्त्र आशिंक रुपमा मात्र प्राप्त भएको ठहर्यायो । त्यसैले उस्ले टिकट लिन मानेन् । आर्थिक क्रान्ति गर्नै बाकी सम्झिएर उ बाहिरै रहेर पार्टि्रलाई योगदान दिने बिचार प्रस्तुत गर्यो । उ अध्यनशिल त छदै थियो । उस्लाई भौतिक अभाब पटक्कै थिएन् । उस्को ठम्याईमा सासंद भए पछि लोभी लालची भईन्छ भन्ने नै लाग्यो । उस्ले सासंद बन्न चाहेन् । उस्को योगदानको कदर गर्दै , उस्को चाहना अनुरुप पाट्र्रिले पनि उच्च मूल्याङन गर्यो । पार्टि्र संगठनको महत्व पूर्ण पदमा उस्को पदोन्नती भयो । उस्ले पनि हलुका महसुस गर्यो । गहन जीम्मेवारीलाई सहर्श स्विकार गर्दै पार्टिलाई अझ अगाडी बडाउदै लग्यो ।
सासंदको टिकट उ भन्दा कनिष्ट नबप्रबेशिलाई प्रदान गरीयो । नब प्रबेशीहरुको हालिमुहाली सुरु भयो ।
उज्जल भबिष्यको लागि सारा नागरीकहरु जागरुक देखिए । आ आफनो सिद्धान्त अनुशार भोट खसालियो । चुनाबको परिणम निकै नै आशालाग्दो र एउटा बिकशित देशको जस्तो आयो । उस्को पाट्र्रीले बहुमत हांसिल गर्यो । विपक्षमा बस्ने पाट्र्री आन्दोलनमा सहभागी पाट्र्री मध्यकै दोस्रो पाट्र्री थियो । एउटा पाट्र्रीलाई राज्य संचालन गर्ने अभिभारा सुम्पीईयो भने अर्को पाट्र्री हासियार र खबरदार गर्न बिपक्षमा बस्यो । यसरी जनताहरु निकैनै जागरुक , सक्षम , सजक, भएको महसूस गरीयो । अब देशले काल्टे फेर्छ भन्ने भाबनामा तिर्ब बिकाश भयो ।
पार्टि्रको गतिबिदी निकैनै सक्रियो देखिन थाल्यो । हरेक दिन जसो बैठकहरु बस्न थाल्य । केही महत्वपूर्ण निर्णयहरु प्रकाशमा आय । अनेकौ नाराहरु थपिय । जनताको चाहना र आबश्यकता अत्याधिक थिए । सिमित श्रोत र साधनबाट अत्याधिक चाहना र आबश्यकता पुरा गर्न प्राय असम्भब जस्तै देखिन्थ्यो । असम्भबलाई सम्भब तुल्याउन पर्छ भन्ने भाबना पाट्र्री भित्र प्रकट हुन थाल्यो । फलस्वरुप पाट्र्रीले पनि नयां र नौला कार्यक्रमहरु प्रकाशित गर्यो ।
बिस्तारै बिस्तारै पार्टि्र भित्र नबआगन्तुकको प्रबेश दिनानु दिन बडन थाल्यो । सुख सुबिधाको उपभोग गर्नु पर्छ भन्ने माबना मौलाउदै गयो । प्राडो र पजेरोको माग बडन थाल्यो । फलस्वरुप सुबिदामा प्राडो र पजेरा झिगाइयोे । जनताका प्रतिनिधिहरु प्राडो र पजेरोमा घुईकिन थाल्ये । राजधानिमा सबै नेताहरुको आधुनिक सुबिधा सम्पन्न धर निमार्ण गर्नु पर्छ भन्ने निर्णय पाट्र्रीको बैठकले गर्यो । पार्टि्र प्रबेशमा सुट र टाई अनिबार्य गरीयो । जनतालाई एक तुर्को पानि उपलब्ध गराउन नसक्ने सरकारका नेताहरुको पार्टि्रमा मिनिरल वाटरले प्रबेश पायो । पार्टि्रमा अनुशासनको कदर हुन छाडयो । पाट्र्रि कुनै नेताको ब्यक्तिगत बैठक जस्तो लाग्न थाल्यो । हैकम बाद र सामन्त बादको बोलवाला चल्यो । जनतालाई झुक्याउन अनेकौं आकर्षक नाराहरु रचिय । देश दुब्लो बन्दै थियो । नेताहरु मोटाउदै थिय । देशको पैसा बिदेशी बैकमा सार्ने क्रम बढन थाल्यो । उस्को आत्माले यि सब कृयाकलापलाई स्विकार्न सकेन् । उस्को आखां सामुन्ने दिन हिन चिथरा ख्याउटे अनुहारहरुको मात्र तस्बीर नाच्न थाल्यो । प्रजातन्त्र मूर्छा पर्दै गयो ।
उस्ले आत्मा बन्दक राख्न चाहेन फलस्वरुप उस्ले आफनो असन्तोषहरु पट्र्रीमा राख्न थाल्यो । बिगतका अबस्थालाई बर्तमानमा उदाङग पार्न थाल्यो । सबैलाई बिगत र बिगतमा गरेका बाचाहरु सम्झन अनुरोध गर्न थाल्यो । उस्ले मार्ग बिराएकाहरुलाई सही मार्गमा हिडाउन अनुरोध गर्यो ।
उ एक्लो बृहस्पति साबित भयो । बर्तमानका बुख्यांचाहरुले उस्लाई पागलको संज्ञा दिए । उस्को भाबनाको कदर हुन छाडयो ।
हुन पनि उस्ले कैले पनि मन्च माथि उभिएर ठुला ठुला सपना र आश्वासनका पोकाहरु फोएन् ।
उस्ले कामलाई मात्र प्राथमिकता दियो ।
उस्ले न त कैले गल्ली गल्ली चाहर्दै , आश्वाशनका पक्तिहरु पाठ गरेन्

न त कैले रेडियो र टि भिबाट सिगांरीएर आफनो योगदानको बैलटठी बखान छांटेन् ।
उस्को आंखाकै सामुन्ने उस्का दौतरीहरुका बिगत र बर्तमान छर्लङ घाम बनेर झुल्कारहेकै थिए ।
हबाई चप्पलको त्यो ध्वनि आज पनि उस्को कानमा प्रष्ट सगं गुन्जिरहेकै थियो ।
मैलो सुरुवाल , ध्वजा परेर च्यात्तिएका कमिचका फेरा , फाटेको टोपी लगाएर एक मूठी चिउरा र दालमोठ चपाउदै राजधानीका गल्लि गल्लि चाहार्दै हिडने आकृतिलाई उस्ले चाहेर पनि बिर्सन सकेको छैन् ।
बर्तमानमा ति आकृतिहरुले छेपारोले कांचुली फेरे झै आफनो आकृतिलाई फेरेका थिए ।
विदेशी जुत्तामा ती उभिएका थिए ।
टाई र सुटमा सजीएका थिय ।
ओठमा शिकार चुरोट च्यापेर बिकासे सेमिनारमा धाउंथ्ये ।
प्राडो र पजेरोमा कुदथे ।
साला साली , भान्जा भान्जी , छोरा छोरी , ज्वाई जेठान सबैलाई आकर्षक पद सिर्जना गरेर भर्ना गरेका थिए ।
बिकाशे राजनितिले सबै नेताहरुलाई स्वात्तै निली सकेको थियो ।
पाट्र्री भित्र उस्को कदर हुन छाड्यो । समय अनुशार चल्न नसक्ने अर्धपागलको पगरी उस्ले गुथन भ्यायो । उस्लाई क्रमशं पाट्र्रीको जिम्मेवारीबाट पन्छाउन थालियो । अब उस्को उपस्थिति केबल उपस्थितिमा मात्रै सिमित राखियो । राजनितीमा देशको कांचुली फेर्ने सपना बोकेको उ अब पाट्र्री भित्रै एकलिन थाल्यो । जवानी राजनितीमा बितायो । जनताको सेबामा समर्पित हुन चाहने हुनाले उस्ले बिबाह गर्ने फुर्सत पनि निकाल्न सकेन् । धर जम गर्दा सेबा भाबनामा प्रश्न चिन्ह लाग्न जन्छ भन्ने ठानेर कैले पनि बिबाह गर्ने बिचारै गरेन् । घरबाट आएको अलिकती सम्पत्ती पार्टि बिस्थारमा प्रयोग गर्यो । अलि कति सरकारी कोषमा दाखिला भयो । बांकी दाजुभाईको गिददे नजरबाट बच्न सकेन् । त्यसैले गर्दा उ घरबार बिहिन सुकुमबासी बन्यो ।
उस्ले जीबनलाई आधा दशक भन्दा बढी भोगि सकेको थियो । उस्को जीबनलाई यसरी अर्थाउन सकिन्थ्यो ।
आधा जीबन जेलको कठोर सजायंमा ब्यतित गर्यो ।
एक चौथाइ जीबन मेची दखि महांकाली सम्म पाट्र्रि बिस्तारमा खर्च गर्यो ।
बाकी एकचौथाई जीबन बाल्यकालमा आमाको काख र बाबुको कांधमा बितायो ।
अलि कति जीबन स्कूल, कलेज धाउंदा धाउदै बिते ।
जीबनको उत्तरार्धमा पुगेर उस्ले पाट्र्रीबाट अनुशासन भङग गरेको आरोपमा साधारण सदस्यताबाट निस्कासन गरेको जानकारी जुन दिन पाएको थियो । त्यसै दिन उ सरासर पशुपतिको मन्दिर भित्र छीर्यो । मन्दिरको दायांहुदै सरासर आर्यघाट तर्फ ओर्लियो । घिनलाग्दो गरी बहेकी बाग्मती मूर्छित देखिन्थिन् । जसो तसो बग्ने प्रयत्न गर्दैथिईन् । उस्ले बाग्मतीको ढाड छाम्ने प्रयत्न गर्यो । दुर्गन्दीत भएर मुर्छा परेकी बाग्मती उस्को श्पर्शले ससङिक्त भईन् । दुबैहात फैलाएर स्वागत गर्न सधैं लालायीत यी बाग्मती आज किन ....ससङीत बनिन्....। शयद उस्को शपर्शले हो कि ....?
बाल्यकालमा त्यही वाग्मती को काखमा उ पोडेर खेल्ने गर्दथ्यो । डुबुल्की मारीरहेका असला माछाहरुलाई समाउन उ माछा संगै तेलकासा खेल्थ्यो । बल्छी हाल्थ्यो । बल्छीको टुप्पोमा झुन्डीएर माछाले आत्मा हत्या गर्दथ्यो । कलकलाउदी बागमतीको पानि खाएर उस्ले कति पल्ट तिर्खा मेटन भ्याएको थियो । जुन बेला बाग्मती सङली थिईन् । राजनिती पनि सङलो थियो । वाग्मती फोहरी भईन् राजनिती पनि डुङ , डुङती गनाउन थाल्यो ।
वाग्मतीको दुर्गन्दित जल अंजुली भरी समेटेर फोहरी राजनितिज्ञहरुको सम्पूर्ण गुठियारहरुको संझनामा तिलान्जली दिदै आफनो राजनिती बाग्मतीमा बिसर्जन गर्यो । उस्को एक अन्जुली पानि दुर्गन्दित बाग्मतीमा कता बिलाए बिलाए ।
त्यसबेला देखि उस्ले आफनो जीबिकाको लागी साहित्य साधना गर्ने अठोट गर्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु