बेलायती आँगनमा गोर्खाली सुवास

- प्रदीप नेपाल

विकलचन्द्र आचार्य नेपालको गोरखामा जन्मिएका र बेलायतमा पौरख गरेका भावुक मनका लेखक हुन्। उनले बेलायती आँगनमा गोर्खाली सुवास शीर्षकको नियात्रा साहित्य भर्खरै नेपाली साहित्यमा पस्किएका छन्। आचार्यले नेपाली साहित्यमा पस्किएको यो तेस्रो कृति हो।

बेलायतको व्यस्त व्यावसायिक जीवनमा पनि समय निकालेर साहित्य सिर्जना गर्नु उसै पनि ठूलो महत्त्वको काम हो। त्यो ठूलो काम गरेका छन् आचार्यले।

बेलायती आँगनमा गोर्खाली सुवास शीर्षकको प्रस्तुत पुस्तकमा दुई नियात्रा निबन्धकारको जन्मस्थलका नाममा समर्पित छन्। आफ्ना प्रेरणापुञ्ज दिवंगत हजुरबाको प्रसंग कोट्याइएको 'घतलाग्दो बेसी भ्रमण' र सबै नेपालीले सजिलै थाहा पाउने 'गोरखा दरबारको फन्को मार्दा' शीर्षकमा यी सम्झनाहरू समेटिएका छन्। पाठकको मन हो, सबैलाई उही मन पर्नुपर्छ भन्ने हुँदैन। सात थान नियात्रामा सबैभन्दा उत्कृष्टचाहिँ मलाई यही 'गोरखा दरबारको फन्को मार्दा' नै लाग्यो।

दुइटा नियात्राहरू आकाश र पातालमा छरएिका छन्। 'हवाईजहाजको संस्मरण' र 'युरोस्टारको तिरीमिरी' शीर्षकमा। हवाईजहाजले लेखक र पाठक दुवैलाई उडाएर लन्डनदेखि नेपालसम्म ल्याइपुर्‍याउँछ भने युरोस्टारको झिलीमिली समुद्रमुनि गुडेर बेलायतबाट प|mान्ससम्म पुग्दाको रमाइलोमा रमाइन्छ।

बाँकी तीन थान संस्मरण बेलायतभित्रैका छन्। 'हजुरबुबा र नर्थह्याम्पटन टेड' बडो मीठोसँग जोडिएका छन्। हजुरबाको श्राद्धको दिन आचार्य कामविशेषले लन्डनबाट नर्थह्याम्पटन जाने वाध्यतामा पर्छन्। नर्थह्याम्पटनमा एक जना परोपकारी समाजसेवकसँगको वार्ता र त्यसबाट उत्पन्न संवेगको भरपिूर्ण वर्णन नै यस संस्मरणको सार हो। छैटौँ संस्मरण 'क्याम्बि्रजमा घोत्लिँदा' र सातौँ सस्मरण 'यस्तै छ मेरो बिहान' उत्कृष्ट निजात्मक निबन्ध हुन्।

निबन्धहरूको शीर्षक चर्चाले आचार्यको समग्रतालाई समेट्न सक्दैन। आफ्ना निबन्धहरूमार्फत आचार्यले आफ्नो देश र गाउँसहरको सम्मान गरेका छन्। विश्वका उत्कृष्ट दृश्यावलीले पनि आचार्यलाई आफूमा बाँधेर राख्न सक्दैन। जताततै नेपालै नेपाल छ उनको मनभित्र। लन्डनको विख्यात 'लन्डन आई'भन्दा उनलाई आफ्नो बेँसी धाउने बाटाको रोटे पिङसँग बोल्न मन लाग्छ। पुसको चिसोमा बेलायती बूढाले आइसक्रिम चुसेको देख्दा नेपालमा यस्ता बूढामान्छेलाई यसरी आइसक्रिम चुसाउँदा वैतरणी दान गर्नुपर्दो हो भनेर उनको चित्त काटिन्छ। अथाह नस्टलजिया भेटिन्छ आचार्यका निबन्धहरूमा। र, यो नस्टलजिया नै हो डायस्पोरकि निबन्ध लेखक आचार्यको नेपाली साहित्यलाई दिइएको उपहार।

आचार्यको भाषा पनि घतलाग्दो छ। उनका निबन्धहरूमा घर बोल्छ, जंगल बोल्छ, रोटे पिङ पनि मन दुखाउँदै लेखकसँग गफ गर्न थाल्छ। आचार्यको कलममार्फत धेरै ठाउँमा उनको प्यारो देश नेपाल बोल्न थाल्छ पाठकसँग।

मनसँग कुरा गर्ने अद्वितीय क्षमता भेटिन्छ आचार्यका निबन्धहरूमा। हवाईयात्रामा पनि उनी मनसँगै गफ गररिहेका हुन्छन्, पानीमुनिको रेलयात्रामा पनि उनी मनसँगै गफ गरेर समय कटानी गररिहेका हुन्छन्। आफूले पढेको विद्यालयमा पुग्नासाथ भवन र उनको मन गफ गर्न थालिहाल्छन्। त्यो मन आफैँतिर फर्किन्छ र सोध्छ ः १८ वर्ष बेलायतमा बसेर पनि मैले के गरेँ ? तर, आचार्यको मनसँग यसको उत्तर छैन। किनभने, मनले बेलायत बसेर नेपाललाई तैँले के गरसि् भनेर सोधेको थियो, जसको उत्तर त्यतिबेला आचार्यको मनसँग थिएन।

उपदेश त छैन निबन्धमा। तर, केही गम्भीर विषयहरूको उठान गरेका छन् नियात्राकारले। उनी लेख्छन्, 'शारीरकि क्रियाकलाप नभएपछि आलस्य आउँछ। अल्छीका कारण शरीर मोटो हुन्छ। भद्दा शरीर र चिन्ताले रोग निम्त्याउँछ। त्यसैले जागरुक मानिसहरू हिँडिरहेका छन्, दौडिरहेका छन् ...।'

शरीरको सुरक्षा मात्र होइन, अन्य उपलब्धिका लागि पनि फुर्तिलो र निरोगी शरीर हुनुको महिमा गाएको छ माथिको उद्धृतांशले। उनका यी हरफको सार बुझेर हामी सबै नेपालीले आफूलाई त्यसैमा ढाल्न सके मुलुकको उन्नति आफैँ हुन्थ्यो भनेर निष्कर्ष निकाल्न अप्ठ्यारो लाग्दैन।

आफूले लेखेको कुराले पाठकका धेरै जिज्ञासा शान्त गरििदयून् भन्ने चेत पनि निबन्धकारमा रहेको पाइन्छ। उनी आफ्नो बेलायती बासस्थानका बारेमा लेखेका छन्, 'यो नदीको नाउँ रोम हो र यिनकै नाउँमा रमफोर्ड भन्ने यस सहरको नामकरण गरएिको छ। फोर्ड भन्नाले तट जनाउँछ। मध्यलन्डनमा बग्ने थेम्स नदीभन्दा सानी दरौँदीभन्दा पनि सानी यस नदीको करबि सय हात पर मेरो घर छ। गत पाँच वर्षदेखि म यहाँ बस्दै आएको छु र यी नदीसँग धेरैपल्ट मेरो भेट हुन्छ। मेरो सुखदुःख यिनले राम्रोसँग बुझेकी छन्...।'

भाषासीप पनि मन छुने खालको छ आचार्यको। आफू पढेको विद्यालयसँग मनोवाद गर्दै उनी लेख्छन्, 'महेन्द्रज्योति स्कुलको प्रांगणमा उभिएर यताउति हेररिहेको बेलामा फुंग परेका अनुहार लिएको भवनले प्रश्न गर्‍यो, के खोजेको ?'

यस्तै एउटा अर्को मीठो वाक्य छ उनको निबन्धमा, 'जनवरीको ठन्डी महिनामा केवल घडीले मात्रै समय गनेर बसिरहेको छ ः शुभ रात्रि, साँझ, दिन खासै केही फरक छैन।' त्यसैगरी, '...परदेशमा श्रम नगरी मुखमा माड लाग्दैन' जस्ता वाक्यहरू सबै निबन्धमा भेटिन्छन्।

समग्रमा, आचार्यका निबन्धहरूमा सुन्दर साहित्यचेत भेटिन्छ। उनका विशिष्टताहरू हुन् मातृभूमिप्रतिको चिन्ता, प्रगतिका लागि कामको हुटहुटी। उनमा प्रकृतिचित्रणको क्षमता पनि राम्रो छ। तर, प्रस्तुत संग्रहमा उनी बढी मनोवादी भेटिन्छन्। मनले कुरा गरेपछि परविेशलाई भुसुक्कै बिर्सने उनको लेखनीको विशेषता भएको छ। मन र प्रकृतिको मिलन गराउन सक्दा विकलचन्द्र आचार्यका निजात्मक निबन्धहरू माथिल्लो उचाइमा पुग्नेछन् भनेर पूर्वघोषणा गर्न सकिन्छ, बेलायती आँगनमा गोर्खाली सुवास पढी सिध्याउँदा।

लेखक : विकलचन्द्र आचार्य

प्रकाशक : अन्तर्राष्ट्रिय साहित्य समाज -अनेसास)

पृष्ठ : १५३

मूल्य : १०० रुपियाँ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु