बन्दको बहनी र ट्र्याक्टरको यात्रा

- वासुदेव गुरागाईं

‘आज दिउसो १२ बजेदेखि ३ बजेसम्म चक्काजाम ।’ २०६६ चैत १६ गते कार्यालय जाँदै गर्दा यस्तो खबर सुत्रमा आयो । आयोजकका विषयमा जात्र खोज्दा एनेकपा माओवादी भत्रे जानकारी पाइयो । पूर्व हल्ला केही थिएन । अकस्मात् यस्तो कार्यक्रमका विषयमा सुत्रु पर्दा त्यसको विश्वसनीयतामाथि पनि शङ्का लाग्यो । तर वास्तविकता सुनेअनुसार नै रहेछ । अनि, सुरु भयो छट्पटीको शृङ्खला ।
दिउसो साढेएक बजे धनगढी–काठमाडौँ उडानका लागि साढेबाह्र बजे अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु पर्ने । टिकट बुकिङ थियो विजुली बजारमा । लिन बाँकी । थापाथलीस्थित नेपाल राष्ट्र बैँक पुगेर चेक साट्नु पर्ने काम पनि बाँकी नै थियो । अब ‘के गर्ने ?’ ‘के नगर्ने ?’ टिकट त उधारो पनि व्यवस्था गर्न सकिन्थ्यो, तर बाटो खर्चका लागि थप पैसा जरुरी थियो । टाढाको यात्रा । नगएको ठाउँ । अन्तिम समयको तयारी । यात्रा सार्न सकिने समय पनि थिएन । हामी अलमलमा प¥यौँ ।
सुरेश कुमार निरौला, राधेश्याम के.सी. र म सुदूरपश्चिमको डोटी र अछाम जिल्लाको भ्रमणका लागि खटाइएका थियौँ । २०६६ चैत १३ गते शुक्रबार अकस्मात् एउटा प्रस्ताव आयो,— शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीबाट । हाम्रो कर्तव्यबोधले त्यस प्रस्तावलाई नकार्न सकेन । जाने निश्चय ग¥यौँ । यहीँबाट हाम्रो यात्राको प्रसङ्ग सुरु भएको थियो । जिल्ला शिक्षा कार्यालयसँग सम्बन्धित विभित्र विषयमा अनुगमन गर्नु पर्ने कार्यादेश हामीलाई थियो । त्यसका लागि आवश्यक पर्ने पूर्व तयारी हामीले गरिसकेका थियौँ । त्यसैले हाम्रो पहिलो लक्ष्य बैँकबाट पैसा निकाल्ने र टिकट सङ्कलन गरी तोकिएको समयमा विमानस्थल पुग्ने । त्यति गर्न सके चक्काजाम खुल्ने समयसम्ममा हामी आकाश मार्गबाट धनगढी पुग्न सक्ने कुरामा ढुक्क थियौँ ।
कार्यालय पुग्नेबित्तिकै म साथीहरुसँग सम्पर्कका लागि तैनाथ भएँ । सुरेशजीसँग पटक्कै सम्पर्क हुन
सकेन । लोडसेडिङको उपहार । सुरेशजीको मोबाइल चार्ज हुन सकेनछ । निकै कठिन प्रयासपछि हामी सबै अर्कै माध्यमबाट सम्पर्कमा आयौँ । अब एकै ठाउँमा जम्मा भएर विमानस्थल पुग्ने हाम्रो पूर्व योजना परिवर्तन गर्नु पर्ने अवस्था आयो । अनि राधेश्यामजीलाई बैँकको चेक सटही र टिकटको व्यवस्था मिलाएर सम्भव भएसम्म बाह्र बजे अगावै विमानस्थल आउन आग्रह गर्दै हामी सोभैm विमानस्थलतिर हानियौँ । यसरी हातमा टिकट र पैसा केही नलिईकन यात्राका लागि प्रस्थान गर्नु परेको घटना मेरा लागि पहिलो थियो ।
साढेएघार बजे गौशाला चोक पुग्दा बाह्र बजेको तयारीका लागि बन्दकर्ताका कार्यकर्ताहरु चोकमा जम्मा भइसकेका देखिन्थे । यस्तो खटन, पूर्वउत्साह र प्रतिबद्धता देख्दा लाग्थ्यो कसैको कार्यकर्ता हुनु त यस्तो पो हुनु । अनि अर्कोतर्पm लाग्थ्यो, यस्तो प्रतिबद्धता सकारात्मक काममा जुटाएर उपयोग गर्न सके कस्तो हुन्थ्यो होला ! कुनै समय त्यो दिन पनि आउने अपेक्षा ग¥यौँ ।
ंं
तोकिएको समयभन्दा आधाघण्टा ढिलो गरेर दिनको ठीक तीन बजे धनगढीका लागि विमान उड्यो । विमान उडिसकेपछि अघिपछिको जस्तो तलतिरका जमिन नियाल्ने अवसर मिलेन । बगैँचाका सेता गुलाफलाई पनि बिर्साउने गरी जमिनमाथि ढकमक्क कुहिरो फुलेका थिए । हरिया पहाड र सेता हिमाल सर्वत्र कुहिराले छोपेका थिए । यति हुँदा पनि लाग्थ्यो हिमालका कुनै कुनातिर महादेव र पार्वती ठट्टामस्करीमा जमेर ढुक्कसँग पासा खेलिरहेका होलान् । अनि लाग्थ्यो,— कतै अर्काको आँखा छल्न र छेकिनका लागि यिनै देवदम्पत्तिले यसरी कुहिरोको पर्दा लगाएका त होइनन् !!
विमान आफ्नो धुनमा उडिरह्यो । चकलेटको थाली बोकेर विमानदेवी अगाडि आइन् । चिटिक्क पर्नै पर्ने दैनिकी । पेशागत रुपमा परिआउँदा जुठा भाँडाको व्यवस्थापन र खिस्स हाँस्नै पर्ने बाध्यता । तर किन
हो ! आज उनी कसैसँग पनि हाँसिरहेकी थिइनन् । परिस्थितिलाई नियाल्दा लाग्थ्यो उनी जति हाँस्नु आफ्नै छनौट प्रतियोगिताको अन्तर्वार्तामा हाँसिसकेकी छिन् । यतिखेर उनीसँग हाँसोको मौज्दात छैन । अनि, कसरी हाँस्नु त !!
खुला आकाशमा कतै पिच वा ग्राभल हुने कुरै थिएन । मौसमको कारणले होला । जहाज कहिलेकहीँ पिच उप्केको सडकमा गाडी तलमााथि गरेजस्तो तलमाथि गर्दै थियो । यताउति हल्लिँदै थियो । तैपनि मान्छेको कल्पना न हो यात्रुहरु उही सडकयात्राको अनुभूति गर्न थाले । सबाघण्टाको उडानपछि विमान अपराह्न सबाचार बजे सकुशल धनगढी विमानस्थल ओर्लियो ।
बासको व्यवस्था मिलाएर हामी भोलिपल्टको यात्राका लागि बसपार्क पुग्यौँ । हाम्रो सोच पहिला डोटीको सदरमुकाम सिलगढी जाने र त्यहाँको काम सकेर अछाम जाने थियो । कुरा गर्दै जाँदा पहिला अछाम गएर पछि सिलगढी फर्कँदा यात्रा सहज र कार्य फछ्र्यौट गर्न सजिलो हुने बुझियो । हामीले त्यस्तै निर्णय ग¥यौँ र पहिला अछामको सदरमुकाम मङ्गलसेन जाने भयौँ ।
ंं
चैत १७ गते । बिहान ४.३० बजे हामी बसपार्क पुग्यौँ । धनगढीबाट अछामको साँफेबगरका लागि छुट्ने बस समात्नु पथ्र्यो । कुनचाहिँ बस जाने निधो थिएन । यत्तिकैमा स्थानीय एक अल्प परिचितको सहयोगमा ४.४५ बजे साँफेबगरका लागि छुट्ने गाडीको टिकट लियौँ । पाँचबजे गाडी प्रस्थान त भयो, तर अत्तरियामा गएर रोकियो । यत्तिकैमा हाम्रो बसवाला कोही आएर हामीलाई अर्को गाडीमा बस्न आग्रह ग¥यो । बसिराखेको गाडी नजाने भयो । हामी हाम्रो यातायात व्यवसायीको संस्कार र बोलीचालीसित परिचित थियौँ । त्यसैले कुनै प्रतिकार नगरी सुरुक्क अर्को गाडीमा बसाइँ स¥यौँ ।
गाडी पहाडको यात्रामा उकालो लाग्यो । मैले पहिला पनि यसै बाटोबाट चारपाँच महिनाअघि डडेलधुरा सदरमुकामसम्मको यात्रा तय गरेको थिएँ । तर रातको समय भएकोले स्थानीय केही ठाउँको नाउँ जात्रे बाहेक अन्य कुनै प्राकृतिक दृश्यावलोकन गर्न पाएको थिइन । यतिखेर बसन्तको प्राकृतिक मिठास निकै उर्लिएको देखिन्थ्यो पूरा जङ्गलभरि । निकै मनमोहक थिए यी दृश्य । देख्दा धुर्सुल जस्ता देखिने मनमोहक सेता पूmल फुलेका बोटहरु रातै सिँगारिएका धयँरोसँग एकसाथ उभिएको देख्दा लाग्थ्यो,— यी दुई वृक्षहरु कतै यो सुनसान र एकान्त शान्तिबाटिका रोजेर स्वयंवरका लागि खडा भएका त होइनन् !!
यति मात्र कहाँ हो र ! भरखर पाउला हाल्दै गरेका सालका बोट । लटरम्म फलेका काफल र ऐँसेलुका दानाहरु । लेकतिर उक्लेपछि अझ कतैकतै सडकका दायाँबायाँ यात्रुहरुलाई स्वागत गर्न तम्तयार झपक्क फुलेका गुँरासका झुप्पाहरु । कति मनमोहक र उन्मुक्त छ वातावरण । कसको पो मन हर्दैनन् र यी वृक्ष–वनस्पतिहरुले । त्यसैले त स्वदेशी भूमिका यस्ता वनजङ्गल र सडकमा यात्रा गर्दा मलाई लाग्छ,— मेचीदेखि महाकालीसम्म आकाश नियाल्दै लम्पसार परेर सुत्न पाए कस्तो हुन्थ्यो होला ! मेचीमा टाउको अड्याएर महाकालीमा गोडा भिजाउन सके, एउटा हात हिमालको चिसोमा ठड्याएर अर्को हात तराईको तातोमा सेकाउन सके, अहा ! कति आनन्ददायी हुन्थ्यो मेरो जिन्दगी । म यतिखेर यस्तै तरङ्गमा भुल्न पुग्छु ।
अहा ! कति मिठो !! नाक–आँखा दुवैका लागि । हरियो जङ्गलका ताजा सुगन्ध र दृश्यहरु । कतै ठूलो, कतै मझौला त कतै मसिना वृक्षबिरुवाहरु । मानवबस्तीसँग दाँज्दा कतै बूढा, कतै तत्रेरी र कतै भोलिका चम्किला तारा बालबालिकाहरु । अनि, समावेशी पनि त्यत्तिकै । कसले ठाउँ पाएको छैन र यहाँ ? सल्लाघारी जस्तो एउटैको मात्र जगजगी र हैकम छैन । बहुवृक्षहरु, बहुजातिका वृक्षहरु, बहुवयका वृक्षहरु एकनास मिलेर बसेका छन् । एकसाथ हाँसेर बसेका छन् । खाएका छन् । अटाएका छन् । जातीय विभाजनका लागि कसरत गरिरहेका हाम्रो जस्तो समाजलाई ‘हामी जस्तै मिलेर बस तिमीहरु पनि’ भन्दै अर्ती उपदेश दिन पनि पछि पर्दैनन् यिनीहरु । यसलाई निस्सङ्कोच आत्मसात् गर्न सके कस्तो हुन्थ्यो हाम्रो मित्रता ! कस्तो हुन्थ्यो हाम्रो समाज !! अनि कस्तो हुन्थ्यो हाम्रो राष्ट्र !!!
डडेलधुराको भात्काँडामा बिहानको खाना खाएर अघि बढेपछि करिब साढेदश बजे बायाँतिर डडेलधुरा सदरमुकाम छिर्ने बाटो छाडेर हामी दिपायल–सिलगढीको बाटो अगाडि बढ्यौँ । धनगढीबाट छुटेदेखि नै पिच बाटो छाड्नु परेको थिएन । डडेलधुरा छाडेर डोटीतर्पm बढेपछि भने ठाउँठाउँमा सानातिना पैरा र खहरेका कटानले कतैकतै पिचबिहीन असजिला बाटा पनि भेट्टाउन थाल्यौँ । यस्ता ठाउँ देख्दा लाग्थ्यो, वर्षायाममा यी बाटाले कुनै पनि बेला अकस्मात् अवरोध पु¥याउन सक्छन् ।
यात्रा अगाडि बढ्दै गयो । टाढाबाट भए पनि पवित्र सेती नदीलाई पछ्याउन थालेपछि हाम्रो मनको शान्ति अभैm उर्लेर आयो । डोटीकै मनमोहक गोपघाट र त्यहाँको उब्जाउमय जमिनमा झुलेका गहुँका लहलहाउँदा बाला देख्दा निकै ठूलो आनन्दको अनुभूत गर्न थाल्यौँ हामी । यसै अनुभूतिमा रम्दारम्दै दिनको साहेबाह्र बजेतिर दिपायल पुग्यौँ । सेती नदीको किनारमा अवस्थित यो ठाउँ केही गर्मी भए पनि रमणीय भने पक्कै थियो ।
राजपुर दिपायलको सडक किनार कुलपाते, पिपल्ला हुँदै दिनको सबाएक बजे हामी सिलगढी
पुग्यौँ । गाडी अगातार अगाडि बढ्यो । डोटीको सानागाउँस्थित साजघाट कटेपछि हामीले एउटा अनौठो दृश्य देख्यौँ । मूल सडकभन्दा केही पर चालीसपचास जति स्थानीय महिलाहरु एकसाथ जुटेर मोटर बाटो खन्दै थिए । पुरुष सहभागिताबिनाको त्यो प्रयास साँच्चै सह्राहनीय थियो । साहसिक थियो । शैली निकै आकर्षक थियो । र त, यसले हाम्रो मन छोयो । आँखाले भ्याएसम्म हामीलाई अनौठो लागेको त्यो दृश्य नियालिरह्यौँ । यहाँका लोग्नेमान्छेहरुलाई अनेकन् शङ्का गरिरह्यौँ । पछि बुझ्दै जाँदा त्यो जिल्ला विकास समितिमार्पmत् महिला सहभागितामा सञ्चालन गराउँदै आइएको विकास निर्माणको काम रहेछ ।
गाडी रफ्तारमा थियो । दिनको ३.१५ बजे डोटी र अछामको सीमा रेखा चौखुट्टे पुग्यो । अछाम ‘मदिरा निषेधित’ जिल्ला रहेछ । बस निकैबेर रोकियो । सबैका झोला, सामान खानतलासी भए । धेरै रोकिनु परेकामा केही यात्रु झर्किए पनि । यत्तिकैमा गाडीकै एउटा स्टाफ त्यही निषेधित क्षेत्रमा रोक लगाइएको वस्तु खुसुक्क खल्तीमा च्पापेर गाडीमा छि¥यो । यात्रु अलमलमा परे । एकछिन हाँसे । चौखुट्टेबाट एकै घण्टामा हामी साँफेबगर पुग्यौँ र गाडीको यात्रा सकियो ।
हाम्रो कार्ययोजना अनुसार जसरी पनि त्यसै साँझ अछामको सदरमुकाम मङ्गलसेन पुग्नु पर्ने
थियो । केही नलागेको अवस्थामा भोलिपल्ट राति नै उठेर हिँड्नुको विकल्प थिएन । अछामको विनायक निवासी एक युवा मित्र ‘रणबहादुर रावत’ हाम्रा साथमा थिए । उनी समेतको सहयोगमा त्यहाँबाट मङ्गलसेन जाने ट्र्याक्टर, जीप, वा अन्य साधनको खोजी ग¥यौँ । हावा, हुरी र केही असिनापात भयो । कसै गरी मङ्गलसेन जाने सवारीसाधन फेला परेन ।
हाम्रा युवा मित्रले दुईघण्टा जति हिँडेर साँझ बयलपाटा गएर बस्ने र भोलिपल्ट बिहान जति सक्दो चाँडो बाटो लाग्न सुझाए । उनकै साथमा हामी कस्सिएर पूरा एक घण्टा ठाडो उकालो चढ्यौँ र भोको पेटमा बेस्सरी थाक्यौँ पनि । संयोगले बालुवा बोकेर आएको एउटा ट्र्याक्टर भेटियो । रणबहादुरजीको अनुरोधमा असजिलो मान्दै ट्र्याक्टर रोकियो र हाम्रो ट्र्याक्टर यात्रा सुरु भयो । यसैबीच रणबहादुरजीले जतिसुकै ढिला भए पनि गाँस र बासका लागि मङ्गलसेनस्थित एक होटलमा बगली फोनबाट कुरा मिलाउनु भयो । हामी ढुक्क भयौँ ।
समय निकै घर्किसकेको थियो । बालुवाबाहक ट्र्याक्टर । उबडखाबड उकालो ओरालो पहाडी कच्ची
बाटो । धुलोको कुइरीमण्डल फोहरा । हतारहतारको उकालो चढाइ । ओरालो ओर्लाइ । शरीरले कति कष्ट भोग्यो भत्रे थप वर्णन जरुरी छैन । त्यसमाथि मङ्गलसेन पुग्नुभन्दा झन्डै पौनेघण्टा अगाडिदेखि ठूलो असिनापानीको मार भोग्नु प¥यो । सडकको धुलो त यसले बसाल्यो, तर अरु कष्टलाई शान्त पार्न सकेन । बरु अभैm केही बढायो । जीउ थिलथिलो बनाएर रातको पौनेदस बजेतिर हामीले मङ्गलसेन पुगेर ट्र्याक्टरको यात्रा पूरा ग¥यौँ । एकदिन यात्रा गर्नेको त यो अवस्था हुन्छ भने सधैँ यस्तै यात्रा गर्नेको हबिगत कस्तो होला ? घोरिएर अनुमान ग¥यौँ । अनि, जो मिलेको खानपिनपछि साढेदस बजेतिर धुँवाले मैलिएको एउटा अँध्यारो कुनामा तेर्सियौँ । यस
यात्रालाई हामीले ठूलै जीत ठान्यौँ र भोलिपल्ट बिहानको काम भ्याउने स्थितिमा यहाँ पुग्न सकेकामा निकै हर्षित पनि बन्यौँ ।
ंं
अछामको मङ्गलसेन विकासका हिसाबले धेरै पछाडि र भौगोलिकताका हिसाबले निकै विकट भए पनि उत्तरतर्पm फर्किएको निकै रमाइलो ठाउँ रहेछ । स्थानका हिसाबले सदरमुकाम बिस्तारको सम्भावना पनि पर्याप्त देखियो । माओवादीको सशस्त्र द्वन्द्वकालमा रणभूमि बनेको यस सदरमुकामले थुपै्र नेपाली सैनिक र प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीलाई पनि एकै रातमा निलेको थियो । त्यो घटनास्थल नियाल्दा हामी एकछिन भावविह्वल बन्यौँ । समय र सन्दर्भको कुरा रहेछ । अहिले यो स्थितिमा सुधार छ । नियति भोग्नै पर्ने रहेछ । चित्त बुझाउनुको विकल्प रहेन ।
अछाम निकै अघिदेखि ‘मदिरा निषेधित क्षेत्र’ घोषणा भएको ठाउँ । यो खबरले यस स्थानप्रति हाम्रो विशेष सम्मान थियो । तर सतर्कतापूर्वक भइरहेको त्यसको उत्पादन, बेचविबखन र गलत प्रयोगका विषयमा सुन्दादेख्दा हाम्रो पूर्वधारणामा परिवर्तन आयो । मदिरा निषेधित क्षेत्रमा मदिराको प्रभावका कारण शरीर बङ्ग्याएर गोडा लरख¥याउने र वादविवादमा उत्रनेहरु यत्रतत्र सर्वत्र भेटिए । हामीलाई लाग्यो,— सबै क्षेत्रको सामूहिक प्रयास र मानसिक प्रतिबद्धताबिनाको यस्तो आदर्श प्रयासले सामाजिक क्षेत्रमा सुधार ल्याउन सत्तैmन । बरु भूमिगत अपराधका घटना बढाउन यसले मद्दत पु¥याउँछ । भित्रभित्रै अनेकन् सामाजिक विकृतिलाई बढावा दिन सहयोग पु¥याउँछ ।
ंं
चैत १८, २०६६ । धनगढीबाट छुटेको एउटै मात्र रात्रि बस प्रत्येक बिहान मङ्गलसेन आउने र दिउसो एक बजे फर्कँदो रहेछ । हामी ट्र्याक्टर चढ्नु त परै जावस् यसको नाउँ लिँदा पनि झस्किने भइसकेका थियौँ । यातायातको अर्को विकल्प चाहेको समयमा उपलब्ध हुन सक्ने स्थिति थिएन । त्यसैले यात्रामा सहभागी सबै बाँडिएर दिउसो साढेबाह्र बजेसम्म जिल्ला शिक्षा अधिकारी गोविन्ददेव भट्टको सहयोगमा जसोतसो जिम्मेवारीभित्रको काम सक्यौँ । हामीलाई डोटी फर्केर पनि त्यस्तै चटारोको काम सम्पत्र गर्नु पर्ने बाध्यता बाँकी थियो । तसर्थ हामीले त्यही बस समात्यौँ, जो धनगढीबाट बिहान मात्र मङ्गलसेन आएको थियो । एक बजे गाडी प्रस्थान ग¥यो । एउटा विडम्बना,— सिलगढीसम्म जानेका लागि बसमा सिट उपलब्ध नह्ुने रहेछ । धनगढीसम्म जाने यात्रुलाई सिट नदिएर हामीलाई देऊ भत्रे नैतिकता पनि रहेन । सायद त्यस ठाउँमा हामी भए पनि त्यसै गथ्र्यौँ । त्यति हुँदा पनि ट्र्याक्टरको यात्राभन्दा बसको ठाडो यात्रा हामीले निकै आरामदायी हुने ठह¥यायौँ र गाडी चढ्यौँ ।
यात्राको यो उतारचढाव हामीलाई निकै कुतूहलको विषय बनिरहेको थियो । सम्झनलायक यात्रा बनिरहेको थियो । सुविधाबिहीन ठाउँ, हतारको यात्रा । अभैm तोकिएको समयमा अर्को जिल्लाको काम पनि
भ्याउने स्थितिमा भएकाले हामी आपैmँमा गौरवबोध गर्ने स्थितिमा थियौँ । गाडी अगाडि बढ्यो । सानो क्षेत्र, सानो परिवेश । हामी त्यसरी गाडी चढ्दैछौँ भत्रे सुइँको धनगढी जान बस चढेका दुई यात्रुले थाहा पाइसकेका रहेछन् । पेशाले शिक्षासँग सम्बन्धित ती अपरिचित मित्रहरु,— मनोज झा र मोहनसिंह भण्डारी, ले हामीलाई उनीहरुको सिटमा बस्न आग्रह गरे । हामीले त्यस्तो सौहार्दपूर्ण व्यवहारका लागि धन्यवाद दिँदै ठिक छ हामीलाई कुनै असुविधा भएको छैन, तपाईंहरु नै बस्नुस् भत्रे आग्रह ग¥यौँ । झाजीले पटक्कै मात्रु भएन । अनि दुवै भाइ सिटबाट उठेर हामीलाई बसाइछाड्नु भयो । हामी दुईजनाको सिटमा तीनजना आरामले मिलेर बस्यौँ । आलोपालो गरेर बस्नेउभिने गरौँ भत्रे आग्रहलाई पनि तिनले कुरै पर्न दिएनन् । सिलगढीसम्म ढुक्कसँग बस्नुस् भन्दै ती मित्रहरुले मिठो गफको शृङ्खला सुरु गरे । म त्यति गफ गर्न नजात्रे मान्छे । सुरेशजीले यस शृङ्खलामा साथ दिनु भयो । त्यसपछि सहज रुपमा यात्रा अगाडि बढ्यो ।
वयलपाटाबाट गाडी केही तल ओर्लेपछि मेरा आँखा गाई चराउँदै गरेकी एउटी बालिकामा प¥यो । आठदसवटा गाईवस्तु थिए । ती बालिका तिनको रेखदेख गर्दै किताब पढेर बसिरहेकी थिइन् । यतिखेर विद्यालयहरुमा वार्षिक परीक्षाको मौसम । पुस्तकको आकारप्रकार हेर्दा जनक शिक्षा सामग्री केन्द्रले छापेको कुनै पाठ्यपुस्तक जस्तो देखिन्थ्यो । मैले पढाइप्रतिको तिनको झुकाउ र मेहनतको सह्राहना गरेँ मनमनै । अनि हाम्रा गाउँबस्ती र कुनाकन्दरामा पढ्ने चाहना हुँदाहुँदै पनि अवसर नपाएका बालबालिकाको सम्झना गरेँ । यस्तो सम्झनामा आफ्नै बाल्यकाल पनि मेरा अगाडि जिस्क्याउन आइपुग्यो । समयको सदुपयोग गरेर सकारात्मक सोचका साथ अध्ययनमा व्यस्त ती बालिकाप्रति मैले नतमस्तक भएर मनमनै सम्मान प्रकट गरेँ र तिनको उज्ज्वल भविष्यका लागि प्रार्थना गरेँ । टाढैबाट हार्दिक शुभकामना दिएँ ।
ंं
गाडीले साँफेबगर टेकेपछि हामीले औधी आरामको अनुभूति ग¥यौँ । किनकि, अबको यात्रामा गाडीका लागि पिच सडक उपलब्ध थियो । गाडी भोलिपल्ट बिहानै धनगढी पुग्नु पर्ने । बीचमा ठूलो अलमल भएन । ठाउँठाउँमा भेटिएका केही यात्रु टिप्दै गाडी एकनास अगाडि बढिरह्यो । डोटी पुग्दा रात निकै छिप्पिने सम्भावनाका कारण हामीले त्यहाँका जिल्ला शिक्षा अधिकारी लोकमणि जोशी र निमित्त स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाललाई सम्भव भए गाँस पनि र नभए बासको व्यवस्थाका लागि पूर्व आग्रह गरेका थियौँ । रातको दस नबज्दै हामी सिलगढी उत्रियौँ । मङ्गलसेनदेखि सिलगढीसम्मको हाम्रो यात्रालाई सहज पार्न प्रत्यक्ष सहयोग गर्ने तिनै अपरिचित मित्रहरु मनोज झा र मोहनसिंह भण्डारीलाई उनीहरुबाट प्राप्त सहयोगका लागि पुनः हार्दिक धन्यवाद दिँदै बिदा लियौँ ।
अपरिचित सहयोगी मित्रहरु र गाडीको बिछोडपछि पूर्वसम्झौता अनुसार हामीले सहयोगका लागि जिल्ला शिक्षा अधिकारीलाई फोन सम्पर्क ग¥यौँ । सडकमा दसपन्ध्र मिनेट पर्खेपछि उहाँले गाडी पठाइदिनु भयो । लोडसेडिङमा रुमल्लिएको रातको अन्धकार समय । हाम्रा लागि नौलो र हिँडाइमा पूरा आधा घण्टा लाग्ने नगरपालिकाको अतिथिगृहमा यसै गाडीबाट गयौँ । अतिथिगृह अगाडि सञ्चालित एउटा होटलका सञ्चालकलाई उठाएर पेटको समस्या पनि समाधान ग¥यौँ । विष्णुजीले पटकपटक सोधखोज गरिरहनु भएको थियो । हामीले त्यसका लागि कृतज्ञता प्रकट ग¥यौँ र छिनभरमै रात्रि आरामका लागि सिलगढी शैलेश्वरी निकटको ऐतिहासिक पवित्र भूमिमा निश्चिन्त भएर टाउको अड्यायौँ ।
ंं
अरु पहाडहरुको अभिभावकभैmँ दक्षिणतिर फर्केको डोटीको अग्लो डाँडो । जीउमा स्पूmर्ति बढाउने बिहानको चिसो हावा । उज्यालोले मुहार देखाउनेबित्तिकै हामी बाहिर निस्कियौँ । निस्किनासाथ विष्णुजी भेटिनु भयो । अनि धेरै अघिदेखि हाम्रो प्रतीक्षाको विषय बनेको डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिरको दर्शनका लागि हाम्रा पाइला अगाडि बढे । ठूलो मेहनत र पसिना खर्चिएर निर्माण भएको शैलेश्वरी मन्दिर पुग्दा हामी कतै अमरावतीको यात्रामा त छैनौँ भने जस्तो अनुभूति पलायो । जीउ हलुङ्गो र मन निकै शान्त भयो ।
प्रसिद्ध शैलेश्वरी मन्दिरको दर्शनपछि हामी जिल्ला विकास समितिको प्राङ्गणमा भेला भयौँ । आठ नबज्दै जिल्ला शिक्षा अधिकारी पनि आइपुग्नु भयो । बिहानको खानाका लागि विष्णुजी कहाँ पाहुना लाग्ने टुङ्गो गरी हामी काार्यालयसम्बन्धी आफ्नै कामतिर लाग्यौँ । सिलगढी र दिपायल चहा¥यौँ । क्षेत्रीय शिक्षा कार्यालय दिपायलसम्म पुगेर फेरि सिलगढी फर्कियौँ ।
झन्डै बाह्र बजेतिर बिहानको खाना खाएर जिल्ला शिक्षा कार्यालयतिर सोझियौँ । बजार हेर्दै जाने धोको पालेकाले मध्याह्नको पारिलो घाममा पूरा आधाघण्टा सेकिएर हामी गन्तव्यमा पुग्यौँ । जिल्ला शिक्षा अधिकारीको प्रत्यक्ष सहयोगमा त्यहाँको काम पनि यथासमय पूरा गर्न सक्यौँ । अनि सिलगढीको पुरानो बजार माथिदेखि तलसम्म, तलदेखि माथिसम्म सबै चहा¥यौँ । यतिखेर यो बजार बुढ्यौलीको पार ताप्नमा मात्र सीमित भएभैmँ लाग्यो । सुनसान बजार देखेर हामीले यसको इतिहास र यौवनावस्थाको सम्झना ग¥यौँ । मान्छेको हबिगत पनि यस्तै न हो । सबै कुरा आ–आफ्नो दिन रहेछ । सूर्यको गति त सधैँ एकनास हुँदैन भने अरुको के कुरा ! हामीले मनमनै तर्क ग¥यौँ ।
ंं
चैत २० गते बिहान सबेरै डडेलधुरा प्रस्थानका लागि झोला बोकेर बाहिरियौँ । हामी त्यहाँबाट गाडी चढेपछि सोभैm डडेलधुरा ओर्लन चाहन्थ्यौँ । तर त्यहाँबाट छुट्ने गाडी धनगढीका लागि मात्र पाइँदो रहेछ । डडेलधुरासम्म जान खोजेका हामीलाई तिनले चढाउन मानेनन् । डडेलधुरासम्म जानका लागि धनगढीसम्मको भाडा तिर्ने कुरा पनि भएन । आखिर बिहान साढेपाँच बजे सडकमा निस्केका हामीले आठ बजेतिर मात्र गाडी समात्न सक्यौँ, त्यो पनि दिपायलको पिपल्लासम्मका लागि । त्यहाँबाट अर्को गाडी समात्न पर्ने बाध्यता रह्यो । दूरीका हिसाबले पिपल्ला एघार किलोमिटर मात्र हो सिलगढीबाट । त्यहाँ पुगेर हामीले पुनः डडेलधुरा सदरमुकामका लागि अर्को जीप समात्यौँ । दसपन्ध्र मिनेटमै जीप प्रस्थान ग¥यो डडेलधुराका लागि । बिहानी उत्तराद्र्धको पौने एघार बजेतिर हामीले करिब ५५ किलोमिटरको यो यात्रा सम्पत्र ग¥यौँ ।
ंं
उद्देश्यका हिसाबले डडेलधुरा यात्रा नितान्त व्यक्तिगत थियो । बजारमा खाना टिपेर हामी टन्टलापुर घाममा लुखुरलुखुर जिल्ला शिक्षा कार्यालय पुग्यौँ । त्यो दिन एसएलसी परीक्षा समाप्तिको दिन थियो । जिल्ला शिक्षा अधिकारी रामहरिदास श्रेष्ठ सुरक्षा निकायहरुको संयोजनमा जिल्लाभरका परीक्षा केन्द्रबाट उत्तरपुस्तिका सङ्कलन गर्ने सिलसिलामा जिल्ला प्रशासन कार्यालय जानु भएको रहेछ । तत्काल भेट हुन सकेन । कार्यालयका अरु कर्मचारीहरुसँग चिनापर्ची गरेर सुरेशजी र म बजार घुम्न निस्कियौँ । यस बसाइको हाम्रो प्रमुख उद्देश्य नै स्थान परिचय थियो । अवसरको अधिकतम सदुपयोग थियो । डाँडैडाँडा अमरगढी हुँदै हामी टुँडिखेलसम्म पुग्यौँ । त्यहाँबाट बागबजार ओर्लने मार्ग पहिल्याउन सकेनौँ र फेरि पहिलाकै बाटो फर्कियौँ । जिल्ला शिक्षा अधिकारी फर्किसक्नु भएको रहेछ । एकछिन सञ्चोबिसञ्चो, एसएलसी परीक्षा, उत्तरपुस्तिका सङ्कलनको अवस्था र आपसी भलाकुसारीका केही कुरा भए ।
२०६६ सालमा म बैतडीतिर जाँदैगर्दा डडेलधुरा बजारबाट छसात किलोमिटर पश्चिमतिर पर्ने माता उग्रतारा भगवतीको मन्दिरमा आँखा परेका थिए । यसपछि म त्यहाँ जान लालायित थिएँ । तर त्यसका लागि समय जुरेको थिएन । अहिले डडेलधुरा मुकामको प्रमुख उद्देश्यमध्येको एउटा उद्देश्य यो पनि थियो । बुझ्दै जाँदा डडेलधुरा मुकाममा भ्रमण र दर्शन गर्नै पर्ने अर्को महत्वपूर्ण स्थान घटाल बाबाको मन्दिर र त्यसको परिशर पनि रहेछ । सम्भव भए त्यहाँ पनि जाने मानसिकता हामीले बनायौँ । तर जाने कसरी ? जिल्ला शिक्षा कार्यालयको गाडी कतै काममा गएको थियो । मोटरसाइकल लिएर जाने पनि सरसल्लाह भयो । त्यो पनि पछि अनुकूल बनेन । हामीले हाम्रो व्यग्रताको विषय बनेको उग्रतारा मन्दिरसम्म हिँडेर जाने निधो ग¥यौँ ।
‘सक्नु हुन्छ हिँडेर जान ?’ मैले सुरेशजीलाई सोधेँ । उहाँले सहर्ष आँट गर्नु भयो । म त अघिदेखि नै मानसिक रुपमा तयार भइसकेको थिएँ । गाडीमा भन्दा पैदल हिँड्दा स्थानीय वस्तुस्थिति पहिचान गर्न सजिलो पर्छ । बढी जात्र सकिन्छ । म त्यो मान्यताको मान्छे । घटाल बाबाको मन्दिर पुग्नका लागि भने न पैदल हिँड्ने आँट हामी गर्न सक्थ्यौँ, न त आँट गरेकै अवस्थामा पनि हामीसँग पर्याप्त समय नै थियो । त्यसैले यातायातबिना असम्भव हुने यस यात्रालाई थाती राखेर हामी अगाडि बढ्यौँ, माता उग्रतारा भगवतीको दर्शनका लागि ।
जिल्ला शिक्षा कार्यालयबाट झन्डै आधा घण्टा हिँडेपछि हामी तुफानडाँडा र कीर्तिपुरको बीच भागतिर पुग्यौँ । शुक्रबारको दिन । करिब पौने पाँच बजिसकेको थियो । मेरा आँखा अकस्मात् जिल्ला निर्वाचन कार्यालयको साइनबोर्डमा ठोक्किन पुगे । कार्यालयको गाडी पनि त्यहीँ खडा थियो । लामो समयसम्म निर्वाचन आयोगमा
काम गरेका नाताले स्वाभाविक रुपमा त्यस कार्यालयप्रति मेरो सद्भाव थियो । त्यहाँ कार्यरत कर्मचारीहरुप्रति पे्रम थियो । कार्यालय प्रमुख चिनेकै भएकाले उनलाई भेटेर अगाडि बढ्ने सोचले कार्यालयभित्र प्रवेश गरेँ, सहयात्री साथी सुरेशजीलाई पनि लिएर ।
सबै कर्मचारी साथी भेट भए । तीन बजे कार्यालय छुट्टी हुने दिन पनि यसरी निकै ढिलासम्म बस्नु भएकाले तपाईंहरुलाई भेट्न पाएँ भनेर कृतज्ञता प्रकट गरेँ । उहाँहरु केही केन्द्र्रीय निर्देशनलाई तत्काल कारवाही गर्नु पर्ने काम विशेषले अड्किनु भएको रहेछ । मैले भ्रमणको उद्देश्य बताएँ र अगाडि बढ्न खोजेँ । साथीहरुले रोक्नु भयो । गाडी लिएर जान आग्रह गर्नु भयो । मैले आनाकानी गरेँ । उहाँहरुको पनि फिल्डमा जानु पर्ने काम रहेछ । एउटै तीरले दुइटा सिकार हुन्छ भने किन उपयोग नगर्ने त भत्रे सोच बन्यो । सुरेशजीको मन चोरेँ । उहाँ मुसुक्क हाँस्नु मात्र भयो । अनि जिल्ला निर्वाचन अधिकारी नारददत्त भट्ट, कार्यालयकै अर्का मित्र पे्रमराज भट्ट, सुरेशजी र म गाडी चढ्यौँ । अनि, दोलखाको जिरी पुख्र्यौली घर बताउने चालक बसन्त राईले हाम्रो यात्रा अगाडि बढाए ।
त्यतिखेर मलाई घटाल बाबा र माता उग्रतारा भगवतीले भक्तहरु आउँदैछन् भनेर एउटा निहुँमा कार्यालय ढिलासम्म खुलाई हाम्रो यात्रा सहज पारिदिए जस्तो लाग्यो । मैले त्यो अनुभूति साथीहरुबीच बाँडेँ । नारददत्तजी निकै धार्मिक प्रवृत्तिको मान्छे । ‘हो हजुर, माता भगवतीको कृपा भएकै हो’ भनेर समर्थन जनाउनु भयो । उग्रतारा भगवती मन्दिर पुग्यौँ । सफासुग्घर र चारैतिर देखिने रमाइलो डाँडामा अवस्थित माताको निवासस्थानले हामीलाई निकै शान्ति प्रदान ग¥यो । मन प्रफुल्ल बनायो । दसैँको महाअष्टमी र कार्तिक शुक्ल पूर्णिमाका दिन यस मन्दिरमा प्रत्येक वर्ष जिल्लास्तरकै सबभन्दा ठूलो र भव्य मेला लाग्ने जानकारी हामीले
पायौँ । मन्दिरका पूजारीबाट टीकाप्रसाद ग्रहण गरेपछि हामी घटाल बाबाको दर्शनका लागि फेरि साबिककै बाटो फर्किएर बागबजार आइपुग्यौँ ।
ंं
बजारबाट घटाल बाबाको मन्दिरसम्म दस किलो मिटरभन्दा केही बढी दूरी । धुले कच्ची बाटो । कतै हिलो, कतै ओरालो र उबडखाबड पनि केही ठाउँमा । हामी पवित्र धार्मिक उद्देश्य लिएर अगाडि बढ्यौँ । बसन्त भाइले कुशलतापूर्वक गाडीलाई आफ्नो नियन्त्रणमा राखेर अगाडि बढ्नु भयो । त्यो क्षेत्र उब्जाउका हिसाबले निकै अगाडि र उपत्यका प्रकृतिको हरियाली ठाउँ रहेछ । हेर्दा निकै मनोरम र सुन्दर स्थान ।
वास्तवमा घटाल बाबाको मन्दिर परिशर स्थानीय ठूलो मसानघाटछेउ रहेछ । हामीले जुत्ता फुकालेर एउटा कुनामा थन्क्यायौँ । खोलाको सफा पानीमा हातगोडा धोयौँ । यस स्थानप्रति स्थानीयबासीको निकै श्रद्धा रहेछ । दर्शन गर्नु पर्ने सबै स्थानहरुमा हामीले आपूmलाई उपस्थित गरायौँ । त्यहाँको मन्दिर परिसर र वरिपरिको चउरसमेत करिब डेढकिलोमिटर क्षेत्र हामीले नाङ्गा गोडा यात्रा ग¥यौँ । प्रकृतिसँगको यो प्रत्यक्ष सम्बन्धले हामीलाई निकै सन्तुष्ट बनायो । वास्तवमा हामी कुनै न कुनै निहुँमा प्रकृतिसँगको सोझो सम्पर्कबाट टाढिन थालेका छौँ । यो स्थितिलाई यस यात्राले अलिकति भने पनि नजिक ल्याइदियो । यसैले त हाम्रो सन्तुष्टिको सीमा ह्वात्तै बढ्यो । वास्तवमा डडेलधुरा सदरमुकाम वरिपरि हरिया वन जङ्गलले घेरिएको निकै चित्ताकर्षक स्थान
रहेछ । विकास र उत्रत कृषि बालीका हिसाबले अगाडि, यातायात र पहुँचका हिसाबले सुगम, अनि करिब–करिब त्यस क्षेत्रका सबै पहाडी जिल्लाको मिलनविन्दु रहेछ सडक सम्पर्कका नाताले डडेलधुरा ।
नौलो ठाउँ । दिनको उत्तराद्र्ध । जतिखेर हामीले मोटरसाइकल नचढी पैदल हिँड्ने निधो गरेका थियौँ त्यतिखेर बेहोसी बनेर हामीबाट एउटा गल्ती भएछ । पैदल जाँदैछौँ भत्रे जानकारी हामीले रामहरिजीलाई गराउन भुलेछौँ । दायाँबायाँ नसोची ढुक्क भएर हिँडेछौँ । जानु पर्ने दुवै स्थान संयोगले सहज रुपमा पुगेर आयौँ । फर्कँदा साँझ परिसकेको थियो । यस्तो नौलो र अपरिचित ठाउँमा बिनाखबर सम्पर्कबिहीन भएर हिँडेकोमा रामहरिजीले भेट भएपछि निकै गुनासो गर्नु भयो । उहाँको गुनासो शतप्रतिशत जायज र सकारात्मक थियो ।
हामी पहिला एक ठाउँमा मात्र जाने हो, छिट्टै फर्किहाल्छौँ भनेर हिँडेका थियौँ । पछि सवारी साधन मिलेपछि खुसीले गोडा भुइँमा भएनछ । हामीले औपचारिकता निभाउनु पर्ने यो क्षण बिर्सिएछौँ । सबै ठाउँबाट मोबाइल सम्पर्क पनि हुन नसक्ने । अनि रामहरिजीमा चिन्ता बढ्नु पनि स्वाभाविक थियो । केही बेर खोजखबर गर्नु भएर पनि कतै पत्ता लगाउन सक्नु भएनछ । यत्तिकैमा हामी आइपुग्दा उहाँले अभिभावकीय शैलीमा असन्तुष्टि व्यक्त गर्नु भयो । हामीले आफ्नो गल्ती महसुस ग¥यौँ र त्यसलाई शब्दमा ओकल्यौँ । त्यसपछि छिनभरमै वातावरण सौहार्द बन्यो ।
ंं
चैत २१, २०६६ । अघिल्लो साँझ नै बिहानको खाना डडेलधुरामै खाएर धनगढीका लागि ओरालो लाग्ने सोच बनाएका थियौँ । तर बिहान उठ्दा फेरि ‘बन्दको उपहार’ आइलागिसकेछ । बन्दको त्यो स्थानीय उपहार ‘तराई बन्द’ मा केन्द्रित रहेछ । ओर्लिनु पर्ने पहाडबाट । जानु पर्ने तराईमा । जानु पर्ने ठाउँकै ढोका बन्द भएपछि हामी फेरि अलमलमा प¥यौँ । ‘गाडी जान्छ जाँदैन ?’ द्विविधामा प¥यौँ । धेरैले अनुमान गरे पहाडबाट गाडी झर्छ र साँझ बन्द सकिएपछि गन्तव्यमा पुग्छ । कोही भन्दै थिए ‘तराईको बन्द हो, ठेगान छैन ।’ हामी छट्पटायौँ । यस छटपटाहटबीच पनि झोला बोकेर स्थानीय गाडीपार्क बागबजार पुग्यौँ । रामहरिजीले पनि साथ दिनु भयो ।
गाडीहरु धनगढी जाने तरखरमा हुँदाहुँदै पनि मानसिकता भने ‘के गर्ने ?’ ‘के नगर्ने ?’ मा नै केन्द्रित रहेछ । जे भए पनि यस अनिश्चित यात्राका लागि हामी तयार भइसकेका थियौँ । हाम्रा लागि यस्ता कार्यक्रम नौला लाग्न छाडिसकेका छन् । नेपालीका शरीरमा ग्यास्ट्रिक जति परिचित छ, नेपाली राजनीतिमा बन्द त्यत्तिकै घनिष्ठ बनेको छ । यो मानसिकता प्रत्येक नेपालीमा छ । त्यसैले यो चिन्तामा हामी फसेनौँ र गए पनि नगए पनि गाडीको सिट सुरक्षित ग¥यौँ, आजभोलिको सानो च्यान्टे बसमा ।
फाट्टफुट्ट गरेर यात्रुहरु भरिए । गाडी मालिकले बल्लतल्लको ठूलो प्रयासपछि स्याउले (डडेलधुरा सदरमुकाम, डोटीको दिपायल र धनगढी जान छुट्टिने त्रिबाटो) भन्दा केही अगाडि पुगेर गाडी नचल्ने ढुक्कमा बरालिन गएको आफ्नो चालक फेला पारे । अनि कहाँ गएर रोकिनु पर्ने हो भत्रे त्रास जीवन्त राखेर हामी धनगढीका लागि गुड्यौँ । बाटो सुनसान थियो । एउटा–दुइटा गाडी भेटिन्थे । त्यो पनि तराईतिरबाट नभएर बीचतिरैबाट आएका । न त धनगढी जाने अरु गाडी नै भेटिए । मनमा अनेकन् शङ्काउपशङ्का भए पनि यात्रा आरामदायी भयो । आवागमनको चाप त्यति नभएकाले यात्रा शान्तिपूर्ण थियो ।
बिहानको दस नबज्दै खानी डाँडामा पुगेर गाडी रोकियो । तराई बन्दले गर्दा हतारमा दौडिन पर्ने स्थिति थिएन । चालक दलका सदस्यहरुले त्यहीँ खाना खाने निर्णय सुनाए । निर्वाचनका बेला आफ्ना स्वार्थले जनतासँग मत माग्न आउने नेताभैmँ होटल व्यवसायीहरु यात्रुहरुलाई झिँझोल्न आइपुगे । ‘खाना यता छ, खाना यता छ । आउनुस् दाइ, ताजा खाना छ ।’
हामी यी अवसरवादी आग्रहलाई ख्यालै नगरी पहिला शौचालयतिर हानियौँ । फर्केर आउँदा एउटा संयोग प¥यो । यस किसिमको यात्रामा यस्तो अवसर कहिल्यै जुरेको थिएन । त्यो के भने जुन होटलका अगाडि हाम्रो गाडी रोकिएको थियो, त्यहाँ धनगढीतिरबाट बिहानै हानिएर आएको एउटा गाडीका यात्रुले भएभरका तयारी दाल, भात, तरकारी, अचार सबै सकाइदिएछन् । हामी पुगेपछि फेरि भातभान्साको काम सुचारु हुँदै रहेछ । हामीले अन्यत्र नलागी त्यही ताजा खाना कु¥यौँ । किटलीमा तताएको अलिकति ताजा घिउ, तातो दाल, भात र तरकारी । त्यसमाथि छोप हालेको कोइरालोको अचार । बिहानको भोक । हामीले काठमाडौँका तारे होटलहरुलाई बिर्सियौँ । यस्तो प्राकृतिक स्वादको खाना तिनले कहिले पो खुवाउन सक्छन् र ? ती त अनेकन् किसिमका कृत्रिमतामै रमाएका छन् । बन्द नभएको भए यस्तो अवसर हामीले पनि पाउने थिएनौँ । यतिखेर भने हाम्रो सानो स्वार्थले बन्दलाई पनि धन्यवाद दियौँ ।
तराई ओर्लँदा नओर्लँदै दिनको उत्तराद्र्धतिर बन्द फिर्ता भएको हल्ला सुत्रमा आयो । स्थिति स्पष्ट भइनसके पनि फाट्टफुट्ट चलेका गाडीले त्यसको सङ्केत दिँदै थिए । बन्द फिर्ता नभएको भए पनि हामी अत्तरियासम्म गाडी लग्ने सोचमा थियौँ । बन्द फिर्ताले त्यसलाई अझ सहज बनाइदियो । तर के गर्नू ? धनगढी पुग्न भाडा तिरेको गाडीले तत्कालै डडेलधुरा फर्किने निहुँमा हामीलाई अत्तरियामै छाडिदियो । न भाडा फिर्ता भयो न के ! भाडा फिर्ता नभए पनि बन्द फिर्ता भइसकेकाले हामी हत्त न पत्त धनगढी जान ठिक्क परेको लोकल बस समात्न हुत्तियौँ र चार बजेतिर धनगढी ओर्लेर झन्डै काठमाडौँ पुगेको अनुभूतिका साथ ढुक्कको सास फे¥यौँ ।
ंं
काठमाडौँ जानका लागि यतिखेर हाम्रासामु दुइटा विकल्प थिए । एउटा भुइँ मार्ग र अर्को आकाश मार्ग । आकाश मार्गबाट जाँदा सजिलो, छिटो, आरामदायी र तुलनात्मक रुपमा बढी सुरक्षित यात्रा हुन्थ्यो । भुइँ मार्गबाट जाँदा बढी कष्टकर, समयका हिसाबले निकै ढिला र तुलनात्मक रुपमा बढी असुरक्षित हुन्थ्यो । सुरेशजी र मैले सल्लाह ग¥यौँ । ‘आकाश मार्ग वा भुइँ मार्ग ?’ कुनबाट यात्रा गर्दा बढी फाइदा हुन्छ भनी एकछिन छलफल र विश्लेषण ग¥यौँ । आकाशमार्गभन्दा भुइँ मार्गबाट यात्रा गर्दा सरकार र हामी दुवैलाई फाइदा हुने निष्कर्ष
निकाल्यौँ । सुरेशजीले रुपन्देहीको वुटवलभन्दा पश्चिम र मैले बाँकेको कोहलपुरभन्दा पश्चिम भुइँ मार्गको यात्रा गरेका रहेनछौँ । त्यसैले केही कष्ट र असहज भए पनि भुइँ मार्गबाट जाँदा हामीलाई देशदर्शनको अवसर प्राप्त हुन सक्थ्यो । विभित्र ठाउँका दृश्यावलोकन, यात्रा मार्गमा पर्ने प्रमुख स्थानहरुको पहिचान, सामान्य अवस्थामा भ्रमण गर्नु पर्दा आइपर्ने समस्या र स्थानीय वस्तुस्थिति तथा जनभावनासँग साक्षात्कार गर्न पाइन्थ्यो । यी कुरा व्यक्तिगत रुपमा हुने फाइदा थिए भने हाम्रो यस यात्राले सरकारलाई पनि आर्थिक रुपमा निकै फाइदा हुन्थ्यो । किनकि, भुइँ मार्गभन्दा आकाश मार्गको भाडादर निकै उच्च थियो । रोजाइको यस्तो अवसरमा जो कोहीले आकाश मार्ग नै रुचाउँथे । रोज्थे । तर हामीले भुइँ मार्गबाट यात्रा गर्ने विकल्प रोज्यौँ सामूहिक रुपमा ।
धनगढी–काठमाडौँको यात्रा मिति २०६६ चैत २२ मा थियो । २१ गते साँझ नै टिकट काटियो । बिहान साढेतीन बजे सिरक डस्नालाई बाईबाई गर्दै नियमित काम सकेर बसपार्कतर्पm लागियो । बसाइ र बसपार्कको दूरी करिब पौने घण्टा जति हिँडाइको भएकाले हामीलाई यो हतार गर्नु परेको थियो । सायद पौने पाँच बजेतिर काठमाडौँको लागि बस प्रस्थान ग¥यो । गाडीको अवस्था हामीले जे सोचेका थियौँ, त्यसको ठिक विपरीत थियो । हाम्रो सोच थियो, यति लामो रुटमा दिउसो चल्ने गाडी पक्कै पनि नयाँ छ । सजिलो छ । आरामदायी छ । तर वास्तविकता त्यस्तो थिएन ।
बिहान सबेरैको यात्रा भएकाले झन्डै डेढदुई घण्टाको यात्रासम्म हामीले राम्रोसँग बाटोमा पर्ने बजार र त्यहाँका दृश्यहरु नियाल्न सकेनौँ । कैलालीको लम्की बजारतिरबाट भने उज्यालोको स्थिति सहज बन्यो । दिवा सेवामा चल्ने साधनहरु कम हुने भएकाले स्थानीय रुपमा छोटो दूरीका लागि यात्रा गर्ने यात्रुहरुले बसलाई निकै अल्मल्याए । ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र’ भनेभैmँ व्यवसायीहरु झन् नअल्मलिने कुरै भएन । ठाउँठाउँमा निकै अल्मलिए । समय सोचेभन्दा निकै ढिलिँदै गयो । दिनको झन्डै बाह्र बजेतिर दाङको लमही कटेर लालमटियाको पाखापानीमा बिहानको खाना खाइयो । भरखरभरखर सञ्चालनमा आएको होटल । पाल्पातिरका व्यवसायी । खाना तुलनात्मक रुपमा राजमार्गमा चल्ने अरु होटलभन्दा राम्रै थियो । त्यो भन्दा पनि बढी राम्रो यहाँको व्यवस्थापन थियो । मुग्लिनतिरका जस्तो ग्राहक टिपेर ल्याएपछि उसले जुठो हात नगरुन्जेल मात्र ध्यान दिने चलन यहाँ देखिएन । सुरेशजी र म यस्तै मूल्याङ्कन गरेर पैसा तिर्न ठिक पर्दै थियौँ अर्का यात्रुले पनि होटल मालिकलाई तपाईंको व्यवस्थापनचाहिँ निकै राम्रो लाग्यो भनेर प्रशंसा गर्न भ्याइहाले । प्रशंसाको भारी थप्न हामी पनि चुकेनौँ । ‘पैसा तिरिसकेपछि ग्राहकलाई सधैँ यसरी नै सन्तुष्टि दिनु पर्छ’ भनेर सुझायौँ पनि ।
त्यसपछि गाडी खास अलमलिएन । पुरानो लामो गाडी । नयाँ र छरितासँग प्रतिस्पर्धा गर्न न तिनलाई उमेरले दिन्थ्यो, न त स्वास्थ्यले । लुखुरलुखुर अगाडि बढ्दै गयो । कतैकतै त यात्रुले पानी कित्र प¥यो भन्दा पनि गाडी नरोकिन थाल्यो । गाली गर्ने कुरा पनि भएन । बढी कुरा गर्न थाले ढिला हुनुको कारण हामीलाई नै थुपार्न सक्थे उनीहरु । त्यसैले ठाउँठाउँमा कसैबाट कुरा बिग्रन खोज्दा पनि मिलाउँदै सहँदै हिँड्न बाध्य भयौँ हामी ।
दिनको ठिक तीन बजे परासी नपुग्दै रुपन्देहीको देवदह खैरेनी नामक स्थानमा गाडी रोकियो । अगाडि अरु पनि गाडी दिए । ओर्लेर हे¥यौँ । विपरीत दिशाबाट आएका गाडी पनि त्यसै गरी रोकिएका
थिए । रोकुन्जेल त्यसको विकल्प पनि भएन । धेरै पनि होइन, सडकमा करिब सयजनाभित्रैको भीड थियो । बन्द र हड्तालका लागि प्रसिद्धि कमाएको दलआबद्ध कार्यकर्ताको कार्यक्रम रहेछ । त्यो देशव्यापी कार्यक्रम थियो वा स्थानीय मात्र, हामीले बुझ्ने चासो राखेनौँ । चासो,— रात नछिप्पिँदै काठमाडौँ उत्रनुसँग थियो । तर यहीँ तीन बजिसक्यो । त्यसमाथि सडकमा सभा र विरोध कार्यक्रम । कोसौँकोस टाढा पुग्नु पर्ने यात्रुको अलपत्र । बुझ्दा कार्यक्रम आधा घण्टाको मात्र हो भत्रे बुझियो । तीन घण्टाको बन्दबाट सुरु भएको हाम्रो यात्रा आधा घण्टाको बन्दमा आएर सकिन लाग्दा हामी एकमन खुसी नै थियौँ । टुकडे नै भए पनि हप्ता दिनको यात्रामा हामीले तीनचोटि यस्तो बन्द बेहोर्नु प¥यो । यसको लेखाजोखा र फाइदा बेफाइदा कसैले निकाल्न सकेका छैनन् । यस्ता बन्द, हड्ताल र अवरोधका कारण मुलुक नै छियाछिया भइरहेको अवस्थामा हामी जस्ता व्यक्तिका के कुरा ।
विरोधको कार्यक्रम ठिक आधा घण्टामा सकियो । नेता वा अरु कसैका हातमा माइक परेर यसरी एक मिनेट पनि ढिलो नगरी कार्यक्रम सकिएको सायद मैले जिन्दगीमा पहिलोचोटि अनुभव गरेँ । खुसी लाग्यो । बेखुसी बनेर मानसिक सन्तुलन बिगार्नुभन्दा जे कुरामा पनि खुसी होइदिन सके परेको बेहोर्न गाह्रो पर्दैन जस्तो महसुस हामीले ग¥यौँ । त्यसैले काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा रातको ११.३० बजे पुगेर अलपत्र पर्दा पनि हामीले कसैलाई हारगुहार गरेनौँ । बरु झल्झली त्यही उकालो–ओरालो कच्ची बाटोको ‘साँफेबगर–मङ्गलसेन ट्र्याक्टर यात्रा’ सम्झन थाल्यौँ र आजको कष्टलाई कम नम्बर दिन बाध्य भयौँ । यति हुँदा पनि देश दर्शनका हिसाबले हामी अभैm फाइदामा छौँ भत्रे हाम्रो ठहर रह्यो । त्यसैले त यस्तो यात्राका लागि हामीले अरुलाई पनि उत्पे्ररित गर्न चाह्यौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 5 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु