ज्वालामुखी

- नारायण तिवारी

—“ए विन्देश्वर ! अलिक राम्ररी काट् है । ”
—“त्यो पनि भन्नुपर्छÓ ?”
—“नभनेर के गर्नु, अस्तिको पालि तैँले मेरो साइडलक नै बिगार्दिछस्Ó !”
—“हे काँ बिगारेको छु त्यस्तो नभन् न ।”
सुटेड–बुटेड प्रह्लादसित कैँचीछुरा चलाउने मामुली विन्देश्वर ठाकुरको तँ सम्बोधन सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्थ्यो ।
—“एइ भन् त, तँ र म कतिदेखि सँगै पढेको रे ?”
—“कतिदेखि नि, त्यही तीन/चार किलासदेखि होला ।”
—“कति क्लाससम्म पढेको रे ?”
—“सात किलाससम्म । कहाँ हामीले धेरै पढ्न पाउनु !”
—“त्यो कुरा छाड् ! तर तँ किन बदलिनस् यार ?
विन्देश्वर आपूmलाई प्रह्लादले ‘यार’ भनेको सुन्दा प्रसन्न देखियो । अनि एक पटक सैलुनमा उपस्थित एक÷दुई मान्छेतिर खुबै रोबले हे¥यो, मानौँ भन्दै होस्— म सानो मान्छे होइन बुझ्यौ, मेरो सङ्गत कत्रो ठूलो मान्छेसित छ ।
त्यसपछि आपैmँले आपैmँलाई नियाल्यो । बोल्यो— “के पहिरनको कुरा गरेको ? मान्छेको दिल पो ठूलो हुनुपर्छ । तिमी पनि प्रह्लाद ?”
प्रह्लादले बीचैमा उछिन्यो— “त्यो त हो तर यसो पाइन्ट लाए हुने नि । स्कुलमा पनि पाइजामा नै लगाउँथिस् अहिले पनि त्यहीÓ ।”
“लाउनै मन लाग्दैन ।” अब ऊ अलिकति खस्कियो ।
विन्देश्वर कुरा पनि गर्दै थियो, कैँची पनि फुर्तीले चलाउँदै थियो ।
—“कतिवटा केटाकेटी भए रे तेरा ?”
उसले एक पटक टक्क छुरा रोक्यो र ‘च्व !’ को ध्वनि उत्पन्न गर्दै बोल्यो— “यार ! तिमीलाई कतिपल्ट भन्नु ? पाँचवटा छोरा चारवटा छोरी !”
—“बिर्सिएँ नि त । के बिर्सिन पाइँदैन ?”
विन्देश्वर हाँस्यो, हाँस्दै बोल्यो— “त्यो त पाइन्छ नि तरÓ !”
फेरि बीचैमा प्रह्लादले सोध्यो— “कतिकतिमा पढ्छन् रे ?”
विन्देश्वरले फेरि छुरा रोक्यो र बोल्यो— “त्यो त तिमी नसोध ।”
—“ल किन नसोध्ने, साथीलाई किन नसोध्ने ?”
—“अस्ति नै भनिसकेँ त्यसैले नसोध्नेÓ ।” विन्देश्वर पनि मजाकमा उत्रियो ।
—“होइन भन्नैपर्छ ।”
—“मेरो छोराछोरी होइन नातिनातिनाचाहिँ स्कुलमा पढ्छन् ।” आखिर भनिदियो विन्देश्वरले ।
“ए हो !” प्रह्लादले केही सम्झिएझैँ ग¥यो । फेरि बोल्यो— “तिमेर्को यही नहुने । सानैमा बिहे ग¥यो— थुप्रा छोराछोरी उत्पादन ग¥यो, कामै त्यहीÓ ।”
विन्देश्वरले चारैतिर नजर उठाएर हे¥यो र अलिक दबिएको महसुस ग¥यो आपूmलाई ।
“कति वर्ष रे तँ, चवालीस वर्ष होइन ? मेरै उमेरको ?”
—“हो नि ।” चवालीस वर्षको उसको उमेर प्रह्लादले भनिदिँदा अब उसको छाती अलिक चौडा भएको महसुस ग¥यो उसले ।
—“मोरा ! चवालीस वर्षमा हजुरबाउ ! तेरो नाति र मेरो छोरा सँगै पढ्छन् होला हगि ?”
यसपल्ट विन्देश्वरले आपूm तल परेको हो कि माथि उठेको, भेउ पाउन सकेन । सपाट स्वरमा जबाफ दियो— “होला, पढ्छन् होला ।”
—“मालिस पनि गरिदिऊँ ?” प्रसङ्ग बदल्यो विन्देश्वरले र सोध्यो ।
—“पर्दैन । साथीलाई के मालिस गराउनु ।”
—“अनि यो कपाल काट्नेचाहिँ ?” अन्ठाएरै सोध्यो विन्देश्वरले मस्किँदै ।
—“त्यो त साथीलाई फाइदा होस् भनेर !” फेरि बोल्यो— “कति दिऊँ ?”
—“के जहिले पनि सोध्छौ ? देऊ न जति दिन्छौ ।”
पहिलो दिन प्रह्लाद उसकहाँ कपाल काट्न आउँदा विन्देश्वरले पैसा लिनै मानेको थिएन । पछि बल गरेर प्रह्लादले दस रुपियाँ हातमा राखिदिएको थियो । त्यो सम्झ्यो विन्देश्वरले । सधैँ घाटा सहेर छोड््न पनि सकिँदैन । दस रुपियाँ लिँदा उसलाई केही नोक्सान छैन । त्यसपछि प्रह्लाद प्रायः उसकैमा कपाल काट्न आउँथ्यो र ती दुईबीच रु. दसको सहुलियत ‘रेट’ मा मानौँ मौनसहमति नै भएको थियो ।
जहिले पनि ‘रेट’ को प्रश्न आउँदा ऊ अन्योलमा पर्छ— आपूm तल परेको हो कि माथिÓ ! अनि साथीसित पैसा लिएकोमा ग्लानिको अनुभव गर्नुपर्ने हो कि थोरै लिएकोमा अफसोच ! अथवा साथीलाई सहुलियत दिएकोमा छाती चौडा पार्नुपर्ने हो ? ऊ निक्र्योल गर्न सक्दैन । तर उसको हृदयमा यी र यस्ता तरङ्गहरू बारम्बार उठ्दै, हराउँदै गर्ने गर्छन् ।
—“ए कहाँ हराइस् तँ ? म लागेँ है । आउँदै गर्छु नि !” ऊ झस्कियो । रु. दसको नोटलाई कैँचीले थिचेर राखेको देख्यो उसले ।
त्यो नोट उठाएर खल्तीमा हाल्यो उसले । र एक हात उठाएर बिदाइको अभिवादन ठोक्यो । प्रह्लादका हात उठेनन्— टाउको हल्लियो ।
त्यसपछि उसले वरिपरि नजर उठाएर हे¥यो— मानिसहरूको बराम लागिसकेको थियो । तर यी सबै केश÷दाह्री बनाउन आउनेको जमात थिएन । कोही कपाल कोर्न, कोही गफ चुट्न र कोही ‘टाइम पास’ गर्न आउँथे त्यहाँ । त्यो सबै भीडले केश काटिदिने हो भने विन्देश्वरको सैलुन किन उजाडउजाड देखिन्थ्यो र !
—“के छ ठाकुरजी ! यत्रो टाइम पनि लाग्छ कपाल काट्न ?” एक जनाले मुख फोड्यो ।
—“के गर्नु आफ्नो केटाकेटीदेखिको साथी !” फेरि अलिकति खुड्किलो उक्लिँदै बोल्यो— “हाकिम छ बुझ्नुभो कर अफिसमाÓ ।”
—“कर अफिसमा ! अनि पैसा दिनचाहिँ यति लोभी ?” त्यो मान्छे फुसफुसायो ।
—“पैसा ? पैसाको के कुरा ! ठूलो मान्छे छ, कुनै दिन काम दिन्छ नि !”
—‘उहँ’ गर्दै त्यो मान्छेले टाउको झट्कारेर बोल्यो— “लौ पहिला केश काटिदेऊ ।”
त्यसपछि विन्देश्वर केश काट्न तल्लीन भयो ।
***

विन्देश्वरको सैलुनमा जहिलेदेखि प्रह्लाद आउन थालेको छ, त्यसै बेलादेखि उसको दिमागमा हलचल मच्चिएको छ । हाकिम साथी । त्यो पनि आपूmलाई घमन्ड नगर्ने ! कति मान्छेहरू— त चिन्दैचिन्दैनन्— ठूलो मान्छे भएपछि । एउटा मामुली ठाकुरलाई कसैले साथीको दर्जामा राखेर कुरा गर्छ ! ऊसित के काम लिने के नलिने ? रोमाञ्चित भइरहन्छ विन्देश्वर जहिलेतहिले ।
— “तिम्रो मझला बेटा एस्. एल्. सी. पास गरेको छ त, त्यसलाई जागिर, ख्वाउन भन न तिम्रो हाकिम साथीलाईÓ !” एक दिन उसलाई सैलुनमा केश काट्न आउनेमध्येकै एक जनाले यसो भनेदेखि ऊ पिरोलिन थालेको छ । उसलाई निद्रा पर्न छोडेको छ राम्रोसित । कर कार्यालयमा भयो भने त एउटा पियनले पनि घर ठड्याउँछ रे, फेरि मेरो छोरो त एस्. एल्. सी. पासÓ !
सुत्दा पनि ऊ आफ्नो बाँसको टाटी भएको माथि खपडाको छानालाई टोलाएर हेरिरहन्छ— अब त मेरो यो घरले काँचुली फेर्छ–फेर्छ !
ड्ड ड्ड
एक दिन केश काट्न आएका बेला प्रह्लादलाई अगाडि राखेर मुख फोड्यो उसले— “मेरो यस छोरालाई जागिर लगाइदिनुप¥योÓ !”
यसो भन्नुभन्दा अघि विन्देश्वरले छोरालाई “चाचाजी छ, नमस्ते बोल्” भनेर सिकाएको थियो ।
उसको छोराले पनि “नमस्ते चाचाजी” भनिदिएको थियो ।
तर प्रह्लादको मुखाकृति पहिलापहिलाभन्दा अलिक भिन्न देखिन थालिहाल्यो— मुखाकृति खुम्चिनखुम्चिन लागेझैँÓ ।
—“मेरो अफिसमा पठाइदिनू ।” प्रह्लाद गम्भीर भएर बोल्दै थियो ।
यता विन्देश्वरले छुरा हातबाट डङ्ग्रङ्ग छोड्यो— ‘ठ्याक्क’ आवाज आयो ।
—“परमोद ! आज तिमी उहाँको कपाल काट त, मेरो अलिकति घरमा काम छ । पैसा लिनुपर्दैन है, म पछि मिलाइहाल्छु ।” यति भन्दै सैलुन छोडर दौड्यो ऊ ।
घर पुग्यो— स्वास्नीलाई सुनायो । अरू छोरालाई सुनायो । छिमेकीलाई सुनायो । भेटेजति सबैलाई सुनायो— उसको साथी हाकिम छ, अब उसको छोरोको पनि जागिर हुने भयो ।
*****
—“चाचाजी नमस्ते !” विन्देश्वरको छोरो रतनले कर अफिस पुगेर प्रह्लादलाई नमस्ते ठोक्यो ।
प्रह्लादले नाक खुम्च्यायो । आँखीभुइँ तानिए उसका ।
वरिपरि बसेका भद्रभलादमीले प्रह्लादलाई “को हो यो अभद्र मान्छे” भन्ने आँखाले घोचे ।
—“कति पढेको छ रे तैँले ?”
—“चाचाजी, एस्. एल्. सी. गरेको छ मैले Ó ।”
—“मैले अरू पोस्टमा त जागिर ख्वाउन सक्दिनँ । पिउनमा खाने ?”
रतन अकमक्क प¥यो ।
—“के सोच्या ? छिटो भन् ।” अलिक झपारेको जस्तो लाग्यो उसलाई । नर्वस हुँदै भन्यो— “बाबुलाई सोध्छु ।”
“ठीक छ । पछि भेट्नू मलाई ।”
ऊ फेरि “नमस्कार चाचाजी” भन्दै बाहिर निस्कियो ।
विन्देश्वरलाई अलिकति चोट लाग्यो छोराको कुराले ।
फेरि सोच्यो— पिउन भयो त के भयो ? पिउनले पनि पक्की घर बनाएका छन् । पिउनले पनि सान देखाएका छन् ।
—“ठीक छ, फेरि जा चाचाजीलाई भेट् ।”
छोरो अलिक नाइँनुइँ गर्दै फेरि पुग्यो प्रह्लादको कोठामा— “नमस्ते चाचाजी !”
फेरि सोफाका वरिपरि बस्ने मान्छेहरूका आँखाले प्रह्लादलाई घोचे— को हो यो मूर्ख !
—“ए तँ ! लौ पिउनमा पनि भएन । तैँले हिजो जबाफ दिइनस् । अब हुँदैन जा !”
—“फेरि कहिले आऊँ चाचाजी ?”
—“कहिल्यै नआइज । तेरो मुख कहिल्यै नदेखा बुझिस् !”
—“को हो यो गँवार ?” अब हाकिमले समेत झपारेपछि यो हाकिमले नरुचाएको मध्ये परेछ भन्ने ठम्याएपछि वरिपरि घेरा हालेर बस्नेमध्ये एक जनाचाहिँ बोल्यो ।
—“को हुन्छ ? नोकरचाकरका छोराछोरी त हुन्छन् नि ! नाता पनि लगाइहाल्छन् के गर्नु !” हाकिमले मानौँ स्पष्टीकरण दिए ।
रतन ‘जड’ भयो— मूर्तिवत् ! उसको युवकहृदयमा ज्वालामुखी फुट्न खोज्यो । तर ज्वालामुखी पड्कनुअघि नै ऊ फनक्क कोठाबाट बाहिरियो ।
उसले फुट्न खोजेको ज्वालामुखीलाई बाबुका अगाडि पड्कन दियो ।
बाबु केही बोलेन । निरीह, चुपचाप ज्वालामुखी पिउँदै रह्यो ।
त्यसपछि धेरै दिन बिते, महिना बिते, वर्ष बित्यो तर प्रह्लाद आएन । विन्देश्वरको सैलुनमा प्रह्लादलाई त्यसपछि कहिल्यै देखिएन ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु