घर

- डा. राजेन्द्र विमल

मेरी श्रीमती म जस्तो लोग्ने पाएर धन्य भएकी छिन् तर उनीभन्दा पनि बढी धन्य छिन् अनारवती । अनारवतीका लागि म संसारको सर्वश्रेष्ठ पुरुष हुा पूर्ण पुरुषत्वको साक्षत प्रतिमूर्ति अनावती पनि मेरा लागि अनारकली हो साहजादा सलीमकी प्यारी अनारकली मेरी प्यारी साली मैले बिहा गरेको जमानामा तराईका गाउाहरूमध्ये बिरलै गाउामा एम.ए. पास मान्छे पाइन्थ्यो । म एम.ए. पास थिएा ।

देशको राजधानीमा कार्यरत थिएा । सिंहदरबारमा, अधिकृत भएर । खाइलाग्दो, भर्भराउादो जीउडालको युवक छादै थिएा, ससुरालीमा जब सुट टाईमा ठााटिएर हिाड्थे, के बूढी, के तरुनी, कोही झ्यालबाट, कोही ढोकाको ओतबाट, कोही घुम्टोभित्रबाट, कोही टाउकोमा हालिएको फरिया तल सारेर, मलाई हरेको हेर्‍यै गर्थे । गाउालेहरूले भन्थे- "आबुई, यस्तो राम्रो ज्वाइा मधुकरले कुन आकाशबाट कि पातालबाट खोजेर ल्याए । ठम ठम गरी हिाड्दा त ठ्याक्कै बिर्खे हवल्दार जस्तो देखिन्छ ।" म सुनेर मुसुमुसु हाास्थे । सरल, सोझा गाउालेहरूका लागि हवल्दार भनेको अधिकृतभन्दा ठूलो हुादोरहेछ भन्ने बुझियो ।

मेरो बिहाताका अनारवती आठ वर्षकी चिचिली केटी हुादी हो र म बीसवर्षे अल्लारे गिठ्टो थएा कुशल शिल्पकारद्वारा ताछिएको सङ्गमरमरको बालमूर्तिजस्तो अनारवतीको पाकलपुकल रूप मलाई आकर्षक लाग्दथ्यो । मेरो ससुराले त्यसलाई काखमा उचाल्नुहुन्थ्यो र सोध्नुहुन्थ्यो-"भिनाजुलाई माया गर्छ्यौ ? नानीको भिनाजु कति राम्रो, ह कि ?" बूढा ससुरा मेरो रूप, ज्ञान, शील र मधुर व्यवहारबाट औधी प्रभावित हुनुहुन्थ्यो । सिङ्गो गाउामा मेरो विद्वता र विनम्रताको जादू फैलिएको थियो । त्यस जादूको जालोभित्र अनारवतीको मनको माखो नउम्किन सक्ने गरी सधैाका लागि अल्भिmयो ।

आˆनी कान्छी बहिनीमा मेरी श्रीमतीको प्राण बस्थ्यो । श्रीमतीको पनि त चौधै वर्ष उमेर थियो । माहिली बहिनी समतोलिया एघार लागेकी थिई । तीनैजना दिदीबहिनीले दिनभरि सागै रही पुतलीहरूको विवाह गराउाथे, पञ्चेबाजा बजाउाथे, तिनलाई सागै सुताउाथे । राति पनि सागै सुत्थे, कथा भन्थे र सुन्थे एकअर्कालाई काउकुती लाउाथे, विवाहको कुरा गरी जिस्काउाथे ।

जागिरको क्रममा म जहाा जहाा गएा, मेरी श्रीमतीलाई पछ्याउादै अनारवती पनि सागै गइन् । राति हामी सुत्दा पनि सागै सुत्थिन् । कहिलेकाहीा त म बिचमा सुत्छु भनेर जिद्दी गरी मैसित टाासिएर सुत्थिन् । म जहिले सत्ताइस वर्षको भएा, उनी पन्ध्र वर्षकी कल्कलाउादै किशोरी भएर तिखिइन् । उनको गुदिलो देहमा मेरो र्‍याल तप्किन खोज्थ्यो र बडो बल गरी म उनको र मेरो शरीरको माझमा एउटा नैतिकताको दसगज्जा उभ्याउन सकिरहेको थिएा, जसलाई पाप भावनाले हजारौा घन हान्दा पनि त्यो अटल थियो तर एकदिन दसगज्जामा अलिक अतिक्रमण भयो । मैले बलजˆती समातेर उनको रक्ताम श्वेत गालामा च्वाक्क म्वाई खाइदिएा । मायाले होइन, इष्र्याले । उनी दस कक्षामा पढ्थिन् । एकदिन आˆनै कक्षाको एउटा ठिटोसाग हाासी हाासी कुरो गरिरहेको देखेा । मलाई डाहा भयो । उनी कोठामा फर्किइन् । एक्लै थिइन् । मलाई के भयो कुन्नि, घ्वाप्लाक्क अागालो हालेर च्वाक्क च्वाक्क गरी हजारौा चुम्बनले मायाको तमसुकमा छापैछाप लाइदिएा । दसगज्जा हल्लियो । अनारवती सिक्किम बन्न आतुर देखिन्थिन् ।

मेरो विवाहको आठौा वर्षमा मेरी माहिली साली समतोलियाको विवाह भयो । बेहुला कालो पर्‍यो । नाकनक्सा त सलक्क परेको थियो तर ओठ काटिएर अस्पतालमा टााका लगाएको देखिन्थ्यो । निधारमा पनि कुनैबेला काटिएको खत परेको गहिरा दागहरू थिए । इन्जिनियर भन्थे तर पछि थाहा पाइयो एस.एल.सी. पास गरेर ठेकेदारी गर्थे । घर बनाउने राम्रो अनुभव थियो । पैसा दिएर आईएस्सी र बी.ई -सिविलको नक्कली प्रमाणपत्र किनेका रहेछन् । ज्वाइाका यस्ता जाली करतुत थाहापाएपछि घरभरिका मान्छे मर्माहत भए । समतोलियाले अजारबजार रोएर गाउाभरिलाई आफू विवाहबाट दुःखी रहेको समाचार पुर्‍याइदिइन् । पहिलो रातमै लोग्नेले पहिलोपटक छुन खोज्दा रुादै घरबाट बाहिर निस्केर उनले घोषणा गरिन्- "बरु आत्महत्या गरेर मरुाला तर म यो घिनलाग्दो, कालो, कुरूप, जाली लोग्नेमानिससित बस्तिन ।" उनको कुरूप शरीर र नक्कली प्रमाणपत्रको कुरा फैलिएपछि मेरो व्यक्तित्व औासीको रातमा टल्केको धु्रवताराझैा अझै चम्किलो देखिन थालियो ।

ठेकेदारीको काम गर्ने क्रममा साढुभाइको सङ्गत ठूल्ठूला गुन्डा प्रहरी अधिकारी र नेतासाग थियो । पैसाको भुक्तानी लिएको तर पुल कागजमा मात्र बनाएको ठूलो मुद्दामा परी उनी जेल जाने अवस्था आयो । यस मुद्दामा ससुराले ठूलै रकम खर्च गरी उनलाई बचाए । यो काण्ड अखबारको मुखपृष्ठको समाचार बनेको थियो । अब कुनै सरकारी निकायले उनलाई काम दिादैनथ्यो । लिनुपर्ने पुराना भुक्तानी पनि रोकिए । साढुभाइ भोकभोकै मर्ने अवस्थामा भए । पिताको देहान्त भइसकेको थियो । भाउजूसित दुव्र्यवहार गर्न खोजेको हुनाले दाजुभाइले घरमा प्रवेश निषेध गराएका थिए । अब चार वर्ष जति बेरोजगार भई ससुरालीमा घरज्वाइा भएर बस्नु बाहेक साढुभाइको लागि बााच्नलाई अर्को विकल्प कुनै बााकी रहेन । यस बीचमा, दुईटा मोटाघाटा छोरालाई जन्म दिएर विचरा साढुभाइले पुरुषार्थको ठोस प्रमाणपत्र पेस गरे । एकदिन टोलमा बरफ बेच्ने मानिस आयो- डमडमडम ... वरफ लेऊ बरफ ... ।" उसको डमरुको आवाज सुन्नासाथ गुच्चा खेल्नेले गुच्चा छोड्यो, तित्रीको रूखमा ढुङ्गा हान्नेको हात रोकियो । सबै बच्चा डमरुको आवाजतिर भागे । साढुभाइका दुईवर्षे र एकवर्षे बच्चाहरू पनि नाङ्गै खेलिरहेका थिए । कुद्धै आमानेर पुगे र रुन थाले "मलाई बलफ Û मलाई बलफ Û' आमाको खाटो परेको घाउ कसैले उप्काइदिएझैा जोरले बल्झायो आजसम्म उसको लोग्नेले माग्ने आइमाईभन्दा बढ्ता हैसियतमा उसलाई नराखेकोमा भित्रबाट रिस, घृणा, क्षोभ, विवशताको भक्कानो छुटेर आयो । झन् उसका आˆनै दाजुभाउजूले आˆना बच्चालाई बरफ किनिदिए तर उसलाई हेपेर, उपेक्षाभावले उसका यी दुईटा दूधे बच्चालाई धकेलेर लडाइदिए तर जाबो एक मोहोरको बरफका लागि जिद्दी गर्दै थिए । उलाई झनक्क रिस उठ्यो । उनले एकवर्षे कान्छोलाई कस्सिएर एक चड्कन गालामा हिर्काइदिइन् । पााचैऔालाको डाम बस्यो । जेठो आमाका काखमा दच्किएर ठीट लाग्दो अवोध आाखाले टुलुटुलु हेर्दै थियो-"आमा म त बलफ खान्न, है Û" दूधे सन्तानहरूको अवस्था देखेर समतोलियाले डााको छोडेर रुन थालिन् र रुवाइसागै आˆनो फुटेको कर्मलाई पनि सराप्न थालिन् । यो काण्ड मच्चिरहेकै बेला साढुभाइ टुप्लुक्क आइपुगे । टोलभरिका मानिस जम्मा भइसकेका थिए । बेलिविस्तार लगाएर सबैले उनलाई घटना वृतान्त सुनाए बच्चाहरूले बरफका लागि जिद्दी गरेको । मामा-माइजूसित पैसा माग्दा उनीहरूले धक्का दिएर लडाइदिएको । आˆना छोरीहरूलाई बरफ किन्दिएको, समतोलियाको मनमा चोट परेको, लाचारीले जन्माएको दुर्गतिको पीडाले रन्किएर प्राणभन्दा प्यारो नाबालक छोरालाई चड्कन हानेको, आदि । मुटुमा आघात पार्ने यो सम्पूर्ण घटनाले र त्यसले उपस्थित गरेको ग्लानीजनक दृश्यले उनको पुरुषत्व मुटुको दुलोभित्र गोमन झैा ˆवाा ˆवाा गर्न थालेको थियो । एक्कासि उनले घोषणा गरे- "लौ हिाड । मेरो दानापानी यस घरबाट उठ्यो । ... पुराना मानिसहरूले घरज्वाइा भएर कहिल्यै नबस्नू भनेका थिए, हो रैछ । के हेरेकी ? जा, गुन्टा बााध । होइन भने म सबलाई छाडेर जान्छु, कहाा कुन्नि Û" समतोलिया स्वयं पनि यही चाहन्थिन् । लोग्नेलाई यस गर्वोन्नत रूपमा देखेर उनलाई पहिलोपटक गर्व लाग्यो ।

समतोलियाको टाउकोमा सानो गुन्टा थियो । साढुभाइका दुवै काखीमा दुवै बच्चा थिए । उनीहरू घरबाट निस्किए । मैले बाहेक कसैले रोक्ने कोसिस गरेन ।

एक महिनापछि सुनियो- यिनीहरू बिनाटिकट दिल्ली पुगे । त्यहाा साढुभाइका एकजना गाउालेको डेरामा बसेको रहेछन् । सिविल इन्जिनियरको जाली प्रमाणपत्र छादै थियो । दिल्लीको महासागरमा कसलाई पछि लागेर दुःख दिने फुर्सत छ । ठेकेदारी गर्ने सिलसिलामा भवनहरू बनाउने अनुभव भइसकेकै थियो । ६ महिनाभित्रै गाउालेको सहयोगले उनले ठूलो कम्पनीमा जागिर पाए । तलब थियो भारु. एक लाख प्रतिमहिना । सुनेर कसैलाई पत्यार लागेन तर सत्य त सत्य हो । हामीले औाला टोक्यौा- आम्मै, एक लाख !

जेठानकी छोरीको विवाहमा जब साढु र सालीहरू आए- सबैका लागि सुन र हीराका हार ल्याएर सबैलाई दङ्याइदिए । म घरी घरी बरफवाला घटना सम्झदै थिएा । घरभरिका मानिसको बोली अब अर्कै भइसकेको थियो । "ज्वाइाले धेरै पढेका होलान् तर किताब मात्र पढेर हुन्छ ? जमाना अनुसार हिाड्नुपर्छ । माहिला ज्वाइाले जस्तो ? जेठा ज्वाइा गोबरगणेश हुन् ।" ससुराली घरका हरेक सदस्यको व्यवहारमा परिवर्तन आइसकेको थियो । म खस्रो सुकुलमा एक्लै धुम्धुम्ती बसेकोमा कसैलाई वास्ता थिएन । यसै घरमा यिनै मामा-माइजूद्वारा बरफ खाने पैसा माग्दा धक्का खाएका उनका बच्चाहरू भी.आई.पी. भएका थिए । मेरी साली अनारवतीका लागि अब म होइन, उनीहरू आदर्श थिए । मेरी श्रीमती अब मेरी श्रीमती कम, उनीहरूकी जेठी दिदी बढी भएकी थिएन् । राति सुत्दा उनकै कुरा, बिहान उठ्दा उनकै कुरा । त्यो घरको मूल धारबाट मलाई अरू त अरू, मेरी श्रीमतीले समेत किनारभन्दा पनि पर पुर्‍याइसकेकी थिइन् ।

कारण ? उनको महल, कार, नोटको क्यााट । म जस्तो डिग्रीवाललाई उनी नेपाल सरकारले दिने तलबभन्दा बढी तलब दिएर घरको नोकर बनाउने हैसियत राख्तथे । मेरो आत्मविश्वास र स्वाभिमानलाई चिराचिरा गर्दै थिए- मेरी पत्नी, अनारवती, ससुरा, सासु र घरभरिका मानिसले । मेरो भावना लोकमा ठूलो भूचाल आएको थियो ।

दुई तीन वर्ष बिते । दिल्लीबाट खबर आउाथे साढुभाइले बी.एम.डब्लु कार किने, लिमोसिन किने, गुटका कारखाना खोले, ज्वेलरी ˆयाक्ट्री खोले, आरेन्ज डाल्डाका कारखाना खोलेको, अरबपति भए... । समतोलियाको नाउा अब मिसेज समोला भयो अरे ः उनी आˆनो कार आफाैले ड्राइभ गर्छिन् अरे । उनी र्फर अङ्गे्रजी बोल्ने भइसकिन् अरे । दुवै छोरा बेलाइतमा पढ्दै छन् अरे । .... अरे .... अरे ... अरे ।

उनले खडा गरेको साम्राज्यको अवलोकन गर्न उनले हामी सबैका लागि पटनाबाट दिल्लीसम्मका लागि जेट विमानको टिकट पठाइदिए । जेट विमानमा पहिलोपटक बस्न पाएका हामी साढुभाइको विशाल साम्राज्यको कल्पनामा डुबेका थियौा । एउटा उद्योगपति मारवाडीका छेउमा बसेका हाम्रा ससुरा गर्वोन्नत स्वरमा जोर जोरले दिल्लीवासी ज्वाइाको महिमा गान अथक रूपमा गर्दै हुनुहुन्थ्यो । उनकै देबे्रपट्टकिा लहरमा बसेको म नाथेको चर्चामा उहााले एक शब्द खर्च गर्नुभएन- चिनाउने कुरा त परै जाओस् ।

दिल्ली इन्दिरा गान्धी एयरपोर्टमा मिसेज समोला ठूलो बी.एम.डब्लू कारमा हामीलाई 'रिसिव' गर्न आइपुगिन् । पूर्ण विदेशी पहिरनमा सजिएकी समतोलिया उर्फ समोला आधुनिका मोडलजस्तै देखिन्थिन् । मेरी बुढीले मतिर हेरिन् । उनको आाखामा स्पष्ट पढ्न सकिन्थ्यो- "तालाई धिक्कार छ, ए नेपाल सरकारको इमानदार जागिरे । देखिस् नक्कली इन्जिनियरको भाग्य ? तेरो आदर्श र फिलासफीको इनाम- हेर, तेरो लुगा र मेरो आमरण रहने बुच्चो कान ।"

समतोलियाको दस तले राजमहलमा पुग्नासाथ सबैको मुखबाट अकस्मात् निस्कियो-"जेठी छोरीका -मेरी स्वास्नीको) त भाग्यै फुटेको रैछ । भाग्य त माहिलीले पाएकी छे । कत्रो सान सौकत Û यत्रो सम्पत्ति त नेपालको राजाको पनि छैन होला ।" बित्थामा मेरो बुबाले मेरो विवाह इन्डियामा गर्नुभयो होलाजस्तो लाग्न थाल्यो । मनै भरङ्ग भयो । लिˆटबाट हामीहरू छैठौा तलामा पुग्यौा । अन्य तलाहरूमा उनका विभिन्न कारखानाका कार्यालय रहेछन् । साढुभाइसित भेट्न र कुरा गर्न गाह्रो । चौबीसै घण्टा बिजनेस मिटिङमा व्यस्त रहनुहुन्थ्यो । हाम्रो लागि एउटा गाडी आरक्षित गरिएको थियो । उनको एकजना सचिवलाई आदेश थियो । हाम्रो सबै सुविधाको ध्यान राखियोस् । जे खान चाहन्छौा जे लाउन चाहन्छौा, जहाा जान चाहन्छौा, हुकुम पाउनासाथ त्यो पूरा गरियोस् साढुभाइले एकदिन सारा मिटिङ सस्पेन्ड गरेर हामीलाई कारखानाहरू देखाउन लैजानुभयो । अनारवतीले भनिन्- "जेठा भिनाजुले दिदीलाई कहिल्यै कुनै सुख दिनुभएन । माहिला भिनाजुको चपरासीले पनि उनले पाएको तलबभन्दा बढी पैसा दिएर उहाालाई नोकर राख्न सक्छ ।... विचरी दिदीले हीराको त के कुरा, सुनको सिक्रीसमेत कहिल्यै लगाएको देखिना ।..." उनको कुराको यथार्थले वातावरण गम्भीर भयो । मेरी बाह्रवर्षे छोरीले बाबुको अपमान भएको बुझी प्रतिकार गरी- "बुबाले के गर्नुभएन ? मलाई त मेरै बुबा राम्रो Û" तर उसको कुराको कसैले वास्ता गरेन ।

मेरी बुढी मुख छोपेर आवाज नसुनिने गरी हुाक्क हुाक्क गर्न थालेकी थिई । मेरो आत्माले भगवानसित प्रार्थना गथ्र्यो- हे भगवान् यो कार यहीा पल्टियोस् र मेरो मृत्यु होस् ।

दिल्लीमा बसुन्जेल मेरी श्रीमतीले समेत म नेर बस्न, मसित गफिन छोडिन् । अफिसबाहेकको सबै समय हामी पतिपत्नी रमाइलो गरी सागै गफ गरेर नथाक्ने दिन सपनाका कुरा जस्ता लाग्न थाले । यहाा मात्र मेरी छोरी मलाई एक्लै देखेर एकछिन मसित लुटपुटिन आइपुग्थी । सबैले मीठामीठा खानेकुरा खान्थे, रमाइलो गर्थे र मलाई खान दिन पनि बिर्सन्थे । यस्तोमा छोरीले सम्झेर रिकापीमा खानेकुरा ल्याइदिन्थी । उनीहरूको 'फाइबस्टार'मा लन्च हुन्थ्यो, 'सेवनस्टार'मा डिनर । कहिले मलाई बोलाउादा लुरुलुरु पछिपछि जान्थे, कहिल्यै मलाई बिर्सेजस्तो गरी चटक्क छाडेर हिाड्थे । होटलमा होस् वा अन्यत्र, मेरो भूमिका सहभागीको नभई विकल्पहीन, लाचार स्रोता वा दर्शकको मात्र रहन गएको थियो ।

एकदिन गोवा जान लागेको बेला साढुभाइले प्रश्न गर्नुभयो- दाइ, यस्तो भव्य महलमा आराम गर्ने, यस्तो आरामदायी कारमा हिाड्ने, यत्रा ठूल्ठूला होटेलमा डिस्को हेर्ने, लन्च र डिनर गर्ने तपाईंले सपनामा पनि सोच्नुभएको थियो ?" मैले जवाफ दिइना ।

समतोलियाले प्वाक्क भनिन्- "भा.रु. दस हजार महिनाको तलब छ । खान त पुग्दैन होला, कार र बङ्गलाको सपना विचराले कहााबाट हेरुन् ?"

कुरैपिच्छे यसरी होच्याएको मेरो अधिकृत ओहदाको अहंलाई असहृय आघात थियो । म नेपाल फर्किन चाहन्थे । मेरी श्रीमती त्यो वैभवपूर्ण जीवन परित्याग गरी मेरो अभावयुक्त नेपाली जीवनमा फर्किन किमार्थ तयार थिइनन् ।

मलाई घरीघरी मेरो देश, मेरो परिवेश, इष्टमित्र र नातेदारहरूको सम्झना आउाथ्यो । श्रीमती साढुभाइकै कुनै न कुनै कारखानामा मलाई जागिर दिलाउने मेलोमा लागिपरेकी थिइन् । साढुभाइ पनि लगभग तयार थिए । महिनाको पचास हजार भा.रु. दिएर उनी मरेका भैासी र गाइगोरु, कुकुर बिरालोको बोसो मिलाएर बनाइने वनस्पतिको कारखानाको डिस्पेच मेनेजर बनाउन तयार थिए । मलाई मेरो देशले दिएको सम्मान स्वर्गीय वरदान थियो । मैले साढुभाइको प्रस्ताव अस्वीकार गरेपछि मेरो प्रशंसा गर्दा कहिल्यै नअघाउने मेरो ससुराली संसारले सधैा एउटै विशेषणले मलाई अलङ्कृत गथ्र्यो - 'अभागी' ।

मैले कोरिडोरको कुनामा साढुभाइले हातले कााटा चम्चा लिएर मेरी सुन्दरी पत्नीलाई नेरुलाजबाट झिकाइएको 'बटर पीजा' ख्वाइरहेको देखेा । त्यसको भोलिपल्ट एकाबिहानै भूलले खुला रहन गएको बाथरुममा कुमारी कन्या अनारवती र अधवाैसे साढुलाई नाङ्गै नुहाइरहेको देखेा । म सन्न भएा । यिनमा यतिसम्म विलासिताको प्रवृत्ति पलाएको रहेछ, मैले कल्पना नै गरेको थिइना ।

एकदिन सुचित्रा उनकी सेक्रेटरीले आएर भनी-"आज राति साब पूरा परिवार लिएर ˆलाइटमा कन्याकुमारी जानुहुन्छ । सात दिनसम्म्म तपाईंलाई मेरो जिम्मा छोड्नुभएको छ ।"

मसित एक वचन बोल्न श्रीमती पनि आइनन् । उनको अङ्गअङ्गबाट जुन उल्लास, स्फूर्ति र जोश छचल्किन्थ्यो त्यो अभूतपूर्व थियो । मलाई खलखली पसिना आयो । रिङ्गटा लाग्न थाल्यो । पहिले कुनै रोग थिएन तर अहिले एक्कासि रक्तचाप उच्च भएको अनुभव गरेा । वायुमण्डलमा अक्सिजन नभएजस्तो निस्सासिन थालेा । छैठौा तलाको टेरेसबाट मैले मेरो सासू, ससुरा, श्रीमती, अनारवती, मेरी छोरी, समतोलिया, -मिसेज समोला) सबैलाई खितितिति हाास्तै गाडीहरूभित्र छिरेको देखेा । मेरै आाखा अगाडि गाडीहरूको लस्कर हिाड्यो । म हेरेको हेर्‍यै भएा । कसैले टाउको माथि उचाली मतिर हेर्ने प्रयास गरेन ।

त्यो घर रुङ्न मलाई एक्लै छाडी सबैजना गए । नेपाल सरकारको अधिकृत तहको मानिस म र मेरो हैसियत दिल्लीमा नक्कली इन्जिनियरले मरेको कुकुरको बोसो मिसाएर डाल्डा उत्पादन गर्ने कारखाना मालिकको दरवानभन्दा पनि कम आाकिएको थियो । किन ? किनभने मेरी श्रीमतीले मलाई उनको आश्रति बनाएकी थिई- कारखानामा बढी पैसा आउने नोकरीको लोभमा ।

अर्को दिन मैले पटपडगन्जमा अटो समातेा र कडकडी मोडमा रेल्वे रिजर्वेसन अफिस पुगेा । 'तत्काल'मा गङ्गा-जमुना-सरस्वतीको टिकट पाइयो । टे्रनमा बस्नासाथ लामो सास तानेा । जीवनवायु फर्किएको अनुभव भयो । टे्रन छुकछुक गर्दै हिाड्यो । एकजना नेपाली परिवारलाई डब्बामा बसेको देखेा । उनले पहिरेको नेपाली टोपी देखेर, उनले बालेको नेपाली भाषा सुनेर मलाई स्वर्गीय आनन्दको अनुभूति भइरहेको थियो ।

नेपालमा 'मुक्त दिवस' मनाइादै थियो । मेरो लागि पनि यो 'मुक्ति दिवस' थियो । मेरा पिता, माता, दाजु, भाइ, बैनी सबै मलाई पर्खेर बसेका थिए । इष्टमित्र, साथीभाइ सबै भेट्न थाले । नेपालको धर्ती, आमाको काखझैा मलाई अागाल्न आतुर भए जस्तो मीठो अनुभूतिले म तृप्त र गद्गद् थिएा । यो हिमाल, पहाड, मैदान, जङ्गल, मानिस, चरा, पशु, खोला कुनैले पनि मलाई जीवनमा आजसम्म यस्तो आनन्द प्रदान गरेको थिएन, जस्तो आज प्रदान गरिरहेको थियो ।

आमाले सोध्नुभयो- "बाबु बुहारी खोई ?"

मैले उहााको काखमा घोप्टिएर हुाक्कहुाक्क गर्न थालेा र जति बडो उहााले सुम्सुम्याएर रोएको कारण सोध्नुहुन्थ्यो मेरो डााकोको स्वर त्यति नै बढी चर्को हुादै गइरहेको थियो ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 24 भाद्र, 2068

लेखकका अन्य रचनाहरु