प्राणप्रतिष्ठा

- श्याम भट्टराई

आज घरमा निकै चहलपहल छ । निम्तालुहरू आउने क्रम जारी छ । विहानदेखि नै निम्तालुहरूको स्वागत सत्कारमा जुटेको छु म ,इच्छा नभएपनि ।

इच्छा होस् पनि कसरी ? हरेक साल यस किसिमको भोजभतेरबाट आर्थिक रूपले कमजोर हुँदै छ घर । बालाई यस कुराले छोएको छैन । मात्र ! अनुष्ठान गरेर भोजभतेर खुवाउन पाए भयो ।

घरका व्यक्तिलाई हरेक महिना एक न एक दशा लागेको हुन्छ हाम्रै घरमा । अनि विना शान्ति अनिष्ठ हुन्न भन्ने धारणा बोकेर हिँड्नु भएको छ बा । कहिले कुन देवाताको पूजा कहिले कुन ? बाको इच्छा नै घरको इच्छा । राम्रो होस् वा नराम्रो ! यसमा कसैले छेकवार लगाउन सक्दैनन् ।

उदेक लाग्छ मलाई । हरेक महिना यस किसिमको खर्च किन गर्नु हुन्छ बा । खर्च गरे अनुसार अनिष्ठ टरे त ठीकै हुन्थ्यो । त्यो पनि छैन ।

हुने कुरा भएरै छोडेको छ । घरमा कहिले शान्ति छैन ? र पनि अनुष्ठान पालेर बस्नु भएको छ बा । अनि हरेक महिना जसो पैसा पोल्नुहुन्छ ।

किन ? गाउँमा आफ्नो प्रतिष्ठा उच्च राख्न, झूठो इज्जत कमाउन आफू दानी छु भनेर देखाउन । खै ! अनभिज्ञ छु म ।

मेरो स्वभावसँग पूर्णरूपमा परिचित हुनुहुन्छ, बा । त्यसैले वेलावेलामा भन्ने गर्नु हुन्थ्यो– ए छोरा ! निम्तालुको सेवासत्कारमा कुनै किसिमको त्रुटि नहोस् है । अतिथि भनेका देवता समान हुन्छन् । उनीहरूको इच्छा पूर्ण गरे मात्र पनि देवता खुसी हुन्छन् अनि अनुष्ठान सफल ।

लाग्छ ! यो घर अनुष्ठानको अर्को नाम हो । मलाई भने अहिले पनि घोचिरहेको छ– आफ्नो भविष्यले । केही समय अगाडि परीक्षा शुल्क माग्दा दिनु भएन बाले । घरको अवस्था कमजोर छ, अर्को साल दिनु परीक्षा भनेर टार्नु भएको थियो । त्यसवेला नैराश्यता, व्याकुलता, बाध्यता र विवशता बाहेक अरु केही थिएन मेरा अगाडि । थियो भने मात्र अन्धकार भविष्य ।

घरमा पैसा नभएको कारणबाट आफू परीक्षाबाट बन्चित भएको केही समयपछि नै यत्रो ठूलो अनुष्ठान यतिका निम्तालु ! कहाँबाट आयो यतिको पैसा बासँग । अचम्ममा पर्छु म । र, आफ्नो खुल्दुली मेटाउन बालाई सोध्छु– पैसा नभएको कारणबाट परीक्षा दिन पाइनँ मैले । घरमा पैसा छैन भन्नु भएको होइन तपाईंले । यत्रो ठूलो अनुष्ठान गर्न भने कहाँबाट आयो पैसा ?

मैले तेरो भविष्यमाथि खेलवाड गरेको होइन, यो अनुष्ठान तेरै लागि गरेको हो । तँ जन्मेको वेला ज्योतिषीले तेरो कुण्डली बनाउँदै भनेका थिए– यो केटो त मूल्याहा रहेछ । यसले आफू र आफ्नो कूल विनाश गर्छ । तर आत्तिहाल्नु पर्दैन । यसको उपाय पनि छ । प्रत्येक महिना शुभ साइत निकालेर अनुष्ठान गरेको खण्डमा दोष क्रमशः हट्दै जान्छ ।

हो ! त्यही समयदेखि अनुष्ठान गरी त“मा लागेको दोष घटाउ“दै गएको छु । हेर ! छोरा यसमा चित्त दुखाउने कुरै छैन ? जिउ रहे ू
घ्यू पिइन्छ । जिन्दगी रहे त्यस्ता परीक्षा कति दिन पाइन्छ कति ?

फेरि जिन्दगी नै त एउटा परीक्षा हो । यसमा सफल हु“दै जानु पनि पर्छ हैन र !

बाले जति सम्झाए पनि मनको आगो शान्त हु“दैन मेरो । आगोमा घ्यू थपेजस्तै हुन्छ बाका शब्दले ।

मेरो मनोदशा बुझेजस्तै गरी फेरि भन्नुभयो– ठीक छ । यसै महिना यो अनुष्ठानलाई नै उद्यापन मानेर गरे तेरो दशा सकिन्छ कि ? पुरोहितलाई सोध्छु म ।

बाका सान्त्वनाका शब्द जालले मलमपट्टि लगाउनुको सट्टा नूनचूक लगाए जस्तो भयो मेरो घाउमा । र पनि बाको कुरामा कुनै प्रतिवाद गरिन“ मैले ।

बाले पुरोहितलाई सोध्नुभयो– छोराको दशाग्रह सकिन, कति बा“की छ अब ? कुनै उपाय छैन, उद्यापनमा गर्ने ?

बाको कुरा सुनेपछि पात्रो पल्टाउ“दै पुरेतले भन्न सुरु गरे– यस वर्ष सकिदैन । अझै बा“की छ । तर यसै वर्ष उद्यापन गर्न पनि सकिन्छ– छोराको हातबाट लैनु जर्सी गाई दान गरे पछि, पछि अनुष्ठान गरी राख्नु पर्दैन ।

पुरोहितका कुराबाट किंकर्तव्यविमूख हुनुभयो बा । कहिले पुरेतको अनुहारमा हेर्नुहुन्थ्यो त कहिले गाउ“लेको मुखमा ।

गाउ“का भद्रभलादमीले पनि गाई दान गर्ने सल्लाह दिए– अहिलेसम्म यतिका अनुष्ठान गरी सक्नु भएको छ, अब एउटा गाई दान गर्नासाथ सम्पूर्ण दशा सकिन्छ भने, किन नगर्ने ?

गाउ“मा ठूलो इज्जत थियो, बाको गाउ“का मानिसहरू बालाई धार्मिक—पुरुषका रूपमा चिन्थे । दयालु स्वभावको व्यक्तिको रूपमा लिन्थे ।

एउटा धार्मिक,सम्य र शालीन व्यक्तित्व थियो—गाउ“मा बाको । त्यसैले होला, बाले आफ्नो प्रतिष्ठालाई ख्याल गरी, हुन्छ, भन्दै घरभित्र पस्नु भयो ।

पुरेतको शब्दले भू“इचालो गयो, खैलाबैला मच्चियो घरमा । कहा“बाट ल्याउने जर्सी गाई यति खेर । त्यसमा पनि लैनु । सम्पूर्ण घरलाई नै प्रभावित पारेको थियो, लैनु गाईले ।

यो समस्या समाधान गर्ने इच्छा जाहेर गरें मैले– बासँग । एकछिन घोरिएर के सोच्नु भयो कुन्नी ? हुन्छ भनिदिनु भयो ।

बाले हुन्छ भने पनि बाचा गराएँ मैले, वीचमा कुनै बाधा अड्चनको तगारो नआवोस् भनेर । बाले टाउको हल्लाएर स्वीकृत दिनु भयो ।

आफ्नो सोच अनुरुप कोठामा पसो म । लैनु गाईको आकृतिमा माउ बाछोको चित्र बनाएँ, यस बेलासम्म अनुष्ठान सुरु भइसकेको रहेछ । पुरेतले सम्पूर्ण कार्य सकेपछि गाईको र मेरो उपस्थिति खोजे पुरेतले ।

हातमा लैनु गाई बोकेर अनुष्ठान भइरहेको ठाउामा गएँ र पुरेतको अगाडि राखिदिएँ ।

यो के गर्नु भएको बाबु ! मैले चित्रको गाई हैन त जिउादो गाई पो भनेको । निर्जीव गाईबाट पनि कहीँ उद्यापन हुन्छ र ?

प्राणयुक्तको कुरै भएको थिएन, त्यस वखत । मात्र ! गाई भन्नु भएको थियो । त्यो तपाईंको अगाडि छ ।

फेरि तपाईं नै ढलौट प्रस्त्तरबाट निर्मित मूर्तिमा प्राण उत्पति गराउनु हुन्छ । यस गाईलाई पनि त्यसरी नै प्राण प्रतिष्ठा गरेर प्राण भर्नु होस् न । अनि त जिउँदो भइहाल्छ नि ! मेरो कुराले पुरेतलाई असर प¥यो कि परेन तर निम्तालु गाउँलेलाई भने पूर्ण रूपमा परेछ ।

सबैले एकै स्वरमा भने प्राण प्रतिष्ठा गर्न सकिहाल्नु हुन्छ, तपाईं । प्राण प्रतिष्ठा गरी गाईलाई प्राण दिनुहोस् । अनि सजीव भइहाल्छ नि ! कि कसो पुरेतजी !

एसओएस, काभ्रे

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 भाद्र, 2068

लेखकका अन्य रचनाहरु