प्रभू पुरुष

- अञ्जान क्षितिज

विहानीको आगमन संगै पुरानै व्यथा बोकेर उठेको छ श्यामे दुलाल । पचास वर्षको ख्याउटे र केही अग्लो । ३५ वर्षको उमेरमा वीस वर्षकी पूर्णिमासंग विवाह बन्धनमा बाँधिएको श्यामेका दुई छोरी र एउटा छोरो छन । पाँचथरबाट वाह्र वर्ष अगाडी झापा झरेको ऊ । हाल झापाको बुधवारेमा आफ्नै दश कठ्ठा जमिन कमाउदै बस्तै आईरहेको छ । तर, सामान्य शिक्षित दम्पतिहरु नै यस कथाका प्रमुख पात्रहरु हुन ।

श्यामेले आगन बडारी सक्दा पनि पूणिमा ओछ्यानबाट उठेकी थिइन् । खेत जोत्नु पर्ने थियो । श्यामे गोरुलाई घाँस हाल्यो । घाम पूर्णरुपले आकाशमा देखिन थालेको थियो । घरभित्रबाट जेठी छोरी आई र भर्नी बुबा, घरको काम सबै तपाईले मात्रै गर्ने, आमाको काम के ?’ श्यामेले विस्तारै भन्र्यौ सुत्ने, गफ गर्ने काम । जव म चिया पिएर जोत्न जान्छु, त्यसपछि उठ्ने, छोरी भात पकाउँछे, आमाले खाने र त्यसपछि गाउँका आईमाईहरु भेला भएर गफ गर्ने, त्यही त हो । ’

श्यामे गोरु लिएर जोत्न जान्छ । त्यसपछि पूर्णिमा ओछ्यानबाट उठी । भm्यालबाट बाहिर हेरी र भनी र्। बुढाले गरेछ । जेत्न गयो होला ।’ पूर्णिमा घरबाट वाहिर आई र मुख धोई । छोरीलाई कराई “छोरी, तेरा बाबुले चिया खाएर गए की त्यसै ? ” छोरीले भनी ”खाएर, तर तपाईलाई सुत्ने टायम नै पुग्दैन् । बुबा रिसाउदै हुनुहुन्थ्यो । ” उसले भनी “ रिसाएर के नै नाप्छ र ? जति म सँग रिसाए पनि तेरा बाबुले मलाई छोडेर अक्र्री स्वास्नी ल्याउने होइन । फेरी, तेरा बाबुको हुती नै के छ र ? उही हलो जोत्वा न हो । अरुको हेरो, लोग्नेहरु कति पैसा कमाउने छन् तर तेरो बाबु, स्वास्नीको लागि केही गर्न पनि नसक्ने ।” छोरीले भनी “आमा, तपाईले बुबालाई यस्तो भन्न लाज लाग्दैन । मान्छेले के भन्छन् । ” पुर्णिमाले रिसाएर भनी “ चुप लाग, पछि तेरो बाबु जस्तो केही गर्न नसक्ने लोग्ने भेटिस भने बुझ्ने छेस । लोग्ने कम्जोर छ र आँट छैन भने त्यस्ताकी स्वास्नी भएर बाँच्न कति गाह्रो पर्छ भनेर ।” छोरी टोहोलाई रही ।

खाना खाएपछि पूर्णिमा छिमेकीको घरमा गई । आज पनि सधैझै गाउँका आईमाईहरुको भेला भयो । यस्तो भेलामा छलफल गर्ने विषयहरु आईमाईभित्रबाट प्रस्तुत हुन्छ । नेपाली समाजमा कुरा काट्ने चलन पुरानो हो । त्यही चलनका अनुयाईहरु छन आज । पूर्णिमाले हाँस्दै भनी “थाहा छ, त्यो परकी चमेली छ नी विर्खेकी स्वास्नी । त्यसको त के भनी सक्नु छैन् ।” आईमाईहरुको ध्यान पूर्णिमाले तानी । अक्र्रीले भनी “ हो, मैले पनि सुनेको । तर, त्यसको लोग्ने पनि हुतिहारा । चमेली पनि सोझी । मलेसिया जाने भनेर आफ्नो गहना पनि बेचिछे । जग्गा पनि साहुलाई दिए । लोग्नेले रक्सीमा र तासमा पैसा उडाए पछि कही उभो लागिन्छ ।” पूर्णिमाले भनी “ हो त चमेली सोझी परि तर मेरो लोग्ने त्यस्तो भएको भए मैले जानकी थिए ।” अक्र्रीले भनी “के भन्ने त्यसलाई, बरु यसपाली तीजमा कस्को बुढाले के किनिदिने भो सुनौ ? एउटीले भनी “ मेरो त भाइले मलेसीयाबाट दिदी सिक्र्री लाउनु भनेर दश हजार पैसा पठाएछ । मेरो त त्यत्ती नै हो । ” मैले त एक जोर साडी किने, बच्चालाई पनि दिनै प¥यौ । ” सबैको पालो सकिए पछि पूर्णिमाले भनी “तर,मलाई त यो चाडबाड नआएको नै ठीक जस्तो लाग्छ । के गर्ने, तीज पछि दशै, तिहार सबै झन्जट मात्र जस्तो लाग्छ । खर्च ग¥यौ केही न केही । ” सबैले पूर्णिमालाई हेरे । ऊ आफैदेखि एक्कासी झस्की । अरुको जमातमा आफू सानो भएको अनुभूति भयो । यसले पूर्णिमालाई दिनभरी सतायो । श्यामेले तीजमा स्वास्नीलाई एउटा साडीसम्म दिन सक्दैन् महिलाहरुको जमातमा ऊ तल्लो दर्जाकी गनिन्छे ।

दिनभरी कामले लखतरान भएर श्यामे साँझमा घरमा आइपुग्छ । पूर्णिमा रिसले चूर छे । छोरा छोरी मौन थे । श्यामेले भन्यौ “भात खाने बेला भयो ” पूर्णिमाले ठूला आखाले हेरी र भनी “खानेले गर्न पनि सक्नु पर्छ । त्यसै मुखमा पस्छ ।” श्यामे झस्कियो । उसले काम नगरेको पनि होइन । खेत नजोते अन्न फल्दैन् । मुखमा हान्ने पैसा होइन अन्न हो । श्यामेले फलाएको आज सम्मको अन्नमा पूर्णिमा बाँच्दै छे । त्यो परिवार दुःखसंग भए पनि चल्दै छ । भिख मागेर खानु परेको छैन् । अरुसंग हात जोड्नु पनि परेको छैन् । त्यो भन्दा ठूलो उसले गर्न पनि सक्दैन । उसले भन्यौ “मैले काम नगरे तेरो मुखमा माड त्यसै पस्दै छ ।” पूर्णिमाको रिसमा यसले आगोमा घिउ थप्ने काम ग¥यो । उसले भनी “जावो स्वास्नीको सामान्य इच्छा पनि पूरा गर्न नसक्नेले आखिर गर्न नै सक्छ के ? अरुको हेनुपर्छ, लोग्नेहरु स्वास्नीको प्रत्र्येक इच्छा पुरा गरेकै हुन्छन । घर परिवार राम्रैसंग चलेकै हुन्छ । वर्ष दिनमा एउटा साडी पनि किन्न नसक्ने । म के यस्तोसंग आएकी ।” पूर्णिमा रुदै घरभित्र पसी छोराछोरी मौन नै थिए । तर श्यामे, ऊ त पुरुष, एउटी स्वास्नीको पुरुष, सन्तानहरुको बाबु अझ भन्ने हो भने ऊ त पुरुष प्रधान समाजको एउटा पुरुष पात्र । श्यामेको लागि यो पहिलो अनुभव थिएन । यस्ता शब्दहरु नसुन्नु चाँही पहिलो अनुभव हुनेछ । श्यामेले पूर्णिमालाई गाली गर्न पनि चाहेन । किनकी, स्वास्नी बिना उसको दिनचर्या पनि चल्दैन । अक्र्रोतिर, श्यामेको लागि दोस्रो विवाह गर्नु एउटा कल्पनाको विषय झै बनेको छ । किनकी, एउटीलाई त रिझउन नसक्नेले दोस्री स्वास्नी ल्याउन त प्रभू पुरुष नै हुनु पर्छ पुरुष भएर मात्र पुग्दैन ।

श्यामे घरधन्दामा लाग्यो । दिनभरको थकाइ साँझमा एकछिन बसेर आराम गर्न पनि पाएन । छोरा छोरी भोकले कराउन थाले ।

पूर्णिमा ओछ्यानमा रुँदै थिई । छोरीले आएर भनी “ आमा, तपाई त्यसै रुनु हुन्छ । मान्छेले के भन्छन । ” पूर्णिमा झस्की । कोठालाई राम्ररी हेरी । अभावपूर्ण त्यो घर । हजारौँ सपना त्यो घरभित्र पस्ता विलाएका थिए । उनले भनी “पछि तेरा बाबु जस्तो लाग्ने भेटिस भने बुझ्ने छेस म किन रुदै छु भनेर । सानै छेस ।” छोरीको प्रशङ्ग त्यसै विलायो । तर, आमाको जस्तो अनुभूति लिन उसले बाबु जस्तो लोग्ने खोज्नु पर्छ । छोरी बाहिर जान्छे ।

श्यामेले भात पकाइ सकेर छोराछोरीलाई खान दियो । पूर्णिमा ओछ्यानमा नै थिइ । श्यामेले पूर्णिमालाई बोलायो “ भात सेलाइ सक्यो खान आइज ।” पूर्णिमाले भनी “म खान्न । खानलाई मन पनि लाग्नु पर्छ त्यसै कोचेर हुँदैन । मन नै नलाग्नेले के भोक मेटाउला र ?” श्यामे कोठा बाहिर गयो । उसले एकशब्द पनि बोल्न सकेन र उसको अनुहार रिस र आक्र्रोशका शङ्केतहरु पनि देखिएन । उसले पूर्णिमालाई फकाउने आँट पनि गरेन ।

श्यामेले थोरै भात खायो । मुखबाट भात छिर्न नै ग्रारो भइरहेको थियो । ठूलो सहरमा मान्छेहरुको भीडभित्र हराएको बालक झै श्यामे पनि कम्जोर बनेको थियो । मूल्यहिन यात्राहरु, अर्थहिन श्रमभित्र बाँचेर हाँस्ने उसका मुखका छेउका छालाहरु चउरिएर आए । कुनै कानुनी अपराध विना नै सजाय भोग्दै गरेको कैदी हो श्यामे । किनकी, पुरुष प्रधान समाजभित्र श्यामे एउटा पुरुष मात्र हुन सक्यो तर प्रभू–पुरुष बन्न सकेन । त्यो नै उसको अपराध हो ।

केही समयपछि छोरी आएर पूर्णिमालाई भनी “आमा भात त खानुहोस, सेलाई सम्यो ।” पूर्णिमाले भनी “जा तेरो बाबुलाई खा भन । लोग्ने मान्छे भएर गर्ने आँट हुनुपर्छ नी, हुतीहारा कहिले सम्म यस्तो जीवन बाँच्ने ।” छोरी घोरिन थाली र भनी “आमा, बुबाले कमाउन सक्नु भएन भनेर मात्र किन कराउनु भएको ? तपाईले धेरै पैसा कमाएको भए पनि हुन्थ्यो । गर्ने आँट भए तपाईले आफै कमाइ हाल्नु हुन्थ्यो नी ?”

पूर्णिमा एक्कासी झस्की र छोरीलाई हेरी । आमाले गाली गर्ने डरले ऊ कोठाबाट वाहिर गई तर यसपाली भने एक शब्द बोल्ने आँट सम्म उसले गरिन । उसले अतीतमा कहिलै पनि पैसा कमाउने बाटो खोजिन । तर, अहिले भने आज सम्मका परिस्थितिहरु उसका लागि दुःखपूर्ण क्षणहरु बनेर आए । संसारमा आफू मात्र एक्लो प्रभू विरोधी जस्तो लाग्न थाल्यो । किनकी, पूर्णिमाको प्रभू–पुरुष त श्यामे नै थियो जसमा हातमुख जोर्न सक्ने कमाई गर्ने आँट त छ । तर, पूर्णिमा उही श्यामेको कमाइमा बाँच्दै छे । समाजको दृष्टिमा ऊ उही श्यामे कै स्वास्नी हो, होइन भन्दैन । अक्र्रोतिर, समाजले पूर्णिमाको लागि तीजमा साडी दिन पनि खोज्दैन । झुप्रो घर भए पनि त्यहाँ त प्रभूको वास छ । एउटा सानो र शुन्दर स्वर्ग । पूर्णिमा विस्तारै खाटबाट उठी । अनुहारमा विद्रोहका शङ्के्त भन्दा ग्लानीका रेसाहरु देखिए । ऊ विस्तारै ढोकामा आई र श्यामेलाई हेरी । प्रभूजीको त्यो दशा पूर्णिमाका लागि अहिले चिन्ताको विषय बनेर आयो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 श्रावण, 2068

लेखकका अन्य रचनाहरु