चेलीको कर्म

- रामजी बलामी

त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ ।

हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनी यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन पनि । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव, अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि मन शान्तसंग बस्न सकेको छैन । बारम्वार त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । तरङ्ग ल्याउन छाडेको छैन र त निन्द्रामा पनि कहिलेकांही अचानक रुंदै श्रीमानलाई अंगाल्न पुग्छे उनी । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन, उसको मनमा समेत कतै ! भन्ने शंका उब्जन थालेको छ । उनको एकोहोरोपनले पागलपनको झ– झल्कोसमेत दिन्थ्यो यदाकदा ।

अचानोको पिर खुकुरीलाई कहाँ थाहा हुन्छ र ? हुन त ‘‘दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ” भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । यस्तै लाग्छ उनको मनमा । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदा सदाकालागि हटाउन चाहन्छिन उनी । तर जीवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चांडै विर्सन सकिन्छ र !

माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र ? बुवाआमा र दाजुभाईसँग सुखदुःख सात्दा सात्दै बेलुका अलि ढिलो भईसकेको थियो उनी घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आउने चेष्टा गरेन । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ....
निकै बेरको ढोका ढकढकाहतपछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न झुल्किए । डाङडुङ गर्दै ग¥याङ खुल्यो ढोका । ढोका खुल्नासाथ उसको कपाल यसरी लुछिए त्यहां उनको श्रीमान नभएर कुनै राक्षसको सवार जस्तै भान हुन्थ्यो । माइतीबाट लगेको केही कोसेली पनि छ्यालब्याल पोखिए संगसंगै त्यसलाई गिज्याउँदै आंखाबाट धरधरी आंशु पोखिए अनि पोखिए ऊमाथिको श्रीमानको लात्ती र मुड्की निरन्तर....

माइतीबाट आएको थाहा हुंदाहुदैं ढिलो घर आएको बहानामा । भएभरका रिस पोख्दै भकुरे उनलाई । भर्खरै लर्के जवान श्रीमानको अगाडी प्रतिकार गर्ने कुनै आंट आएन उसलाई त्यसमाथि श्रीमान जस्तो मान्छेलाई हात हाल्न सक्ने तागत थिएन उसको । र त निरन्तरको प्रहार पनि कोमल छात्ती र गालाले ठेलिरहीन पटक पटक । प्रतिकारको नाममा हात जोर्दै मरे बा मरे ! सिवाय केही भन्न सकिनन् उनले त्यो पनि अरुले सुन्ला कि भन्ने डरले ।
बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो उनीहरुको तर विना उपचार बच्चा नभएको निहुं पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता पहिलेदेखि नै । घरबाट अबच्चा नभएको निहुमा अर्काे विहेको प्रपञ्च रचेको चाल पाएरै माइतीबाट धेरै पटक धामी झांक्रीर त्यो दिन पनि त्यही निहुंको पुतली भईन उनी । श्रीमानको पिटाई पनि गुलियो सखर मानी टुसुक्क बसिरहीन्, श्रीमानको लछारपछार पनि आफ्नो कर्मलाई धिक्कार्दै सहरै बसीन् ।
जतिसुकै भकुन्डोसरी पिटे पनि पतिको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । उल्टै ठिक्क प¥यो भन्दै गिज्याएको आभास भयो मनमा । श्रीमान नामक ती दानव पित्दा पित्दै थाकेर ‘‘अझ रुन्छस तँ लाई मारेर यही गाडदिन्छु” भन्दै खातमा लम्पसार परे । श्रीमतीलाई पिटेर मिठो मान्दै सुतेको ऊ भुसुक्कै निदाए एकैछिनमा ।

सहनुको सिमा नाघिसकेको थियो रमिताको । त्यसैले ‘‘यस्ताको अत्याचार सहेर दिनंहु कुटिनु भन्दा मर्नु बेश ” भन्दै पछ्यौरीले मुख छोपी छामछुम गर्दै विस्तारै ढोका खोलेर मृत्युपथ तर्फ लागीन । बाहिर आएर एकछिन सोचिन ‘‘ कहाँ जाँउ माइती कि आत्महत्या ?” आफैले आफैलाई प्रश्नोत्तर गर्दै माइतीकै बाटो लागीन ....

उनको बुवाआमा पनि भर्खरै ओछ्यानमा पल्टेको मात्रै थियो । एक्कासी छोरीले ढोका ढक्ढकाउँदै बोलाएको सुन्दा मनमा चिसो पस्यो ‘‘किन फक्र्याे छोरी” भन्दै । यस्तै सोच्दै ढोका खोल्न रमिताको बुवा ।

रुंदारुंदा घोक्रो बनेको स्वर र रुवाई मिश्रित रमितको बोलीले उनको बुवा मन थामिएन । भर्खरै घर सम्म पु¥याएर फर्केको उसले छोरलिाइृ यसरी कुट्ला भनेर सोचेको सम्म थिएन । ‘‘बुवा म कहां जाउ ? मरु कि बाँचु ?” छोरीको मुखबाट एक्कासी निस्किएको यो आक्रोसले रि पनि उठ्यो उसलाई तर पनि सम्हालिएर दुवै जना माथि कोठामा गए । पाले पुण्य मारे पाप लाग्ला भनेर भित्र्याएका श्रीमानले यस्तो नारकिय व्यवहार गरेपछि कसको आंखाबाट आंशु झर्दैन र ? झार्नुको विकल्प पनि त भएन अन्धविश्वासी नेपाली समाजमा !

भाईबहिनीहरु सुतिसकेका थिए । आमा बुवा छोरी तीनै जना निन्द्रादेवीबाट टाढै रहिन् । बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनी समाजको सच्चा, इमान्दार, इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने उनको बानीले गर्दा गाउँमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनलाई तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु भईन । अलक्षणी भईन, पापी भईन अनि नालायक भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर, अन्यथा उनको रोजाई नजिकको भिरपाखा, दह वा जंगलको कुनै बलियो रुख हुने थियो सायद ।

समय घर्किसकेको थिएन, घडीको सुईले भर्खर रातको ११ देखाउदै थियो । भोलीपल्टै सवेर आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मूर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ‘‘ल आउ एक एक भिडौ” भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक, दुई, तीन नचाहिने भन्दै तुरुन्त त्यहाँबाट जान धम्की दिए । धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहाँ ठुलै काण्ड मच्चिने थियो । सायद दाजुभाईको शालिनताको फाइदा लुटेको हुनुपर्छ उसले पनि । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याइनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडी उनले ।
आफु जिउँदो हुंदै अर्काे ल्याउन तम्सिने श्रीमानलाई अब त केको चासो ? त्यसैले उमेर छाँयामा नपार्दै अर्कै वर जु¥यो उनलाई , अजिंगरको आहार दैवले पक्कै पु¥याउँछ । रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउँछ उनको अचेल । पाप धुरी कराउछ पक्कै पनि, आफूलाई सारा समाजका अगाडि घृणित पात्रको रुपमा उभ्याएर आफु चोखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे, सुख चाहन्छे, जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे ।

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ‘‘जेठीलाई त्याग्नु” भन्ने बोली कै कारण हो । श्रीमानको भिनाजु नामक दानवले ‘‘त्यो श्रीमती राख्ने भए म ससुरालीमै आउदिन” भन्ने अर्काे बोलीले सघायो रमितासंगको सम्वन्ध टुटाउँन । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिंदा जेठीको मायाँ पनि घिन लागेको थियो रमिताको भुपु श्रीमानलाई त्यतीखेर । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ, निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेछन ।
त्यसो त रमिता पनि भन्छिन, ‘‘ हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि, भो उसको अज्ञानताकै कारण भयो, पर्दापछाडीका राक्षसी पात्रले गर्दा भो, त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेउ” ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 श्रावण, 2068

लेखकका अन्य रचनाहरु