ढुङ्गो

- कपिल लामिछाने

'आमा ! आमा !! मलाई ऊ राक्षसले खान लाग्यो ' छोरी निद्रामै कराउँन थाली ।

'खै काँ  खै ' आमाले छोरीलाई घच्घच्याएर उठाइन् । छोरी उठेर टुक्रुक्क ओछनमै बसी ।

'खै काँ छ छोरी राक्षस'

आमा म भरखर निदाउँन मात्र लागेकी थिएँ । हामीले देउता भनेर पुजिआएको ऊ त्यो कालो ढुङ्गो छ नि हो त्यसले त ठूलो राक्षसको रुप लियो । अनि आफ्ना वंशलाई छपाछप काटुे । तनतनी रगत पियो । ढुउअ डकार् यो । अनि लामालामा नङ्ग्राले मलाई पनि खाउँला झै  गरी लुछ्न आइलाग्यो । म दगुरेँभागेँ । झण्डै त्यसले मलाई भेट्टाएको हजुरले ब्यूँझाइदिएर मात्र । आमा ! त्यसलाई फालिदिनुहोस् न ! छोरीले भनी ।

आमाले छोरीको कपाल मुसार्दै सम्झाइन्- ;नानू त्यो ढुङ्गो त ढुङ्गो नै हो । देउता पनि होइन- राक्षस पनि होइन । उहिल्यै हामीले त्यसलाई राख्न चाह्यौं र राख्यौं पुज्न चाह्यौं र पुज्यौं । अव तिम्रो जमाना आएको छ । तिमी त्यसलाई राख्न चाहन्छुै राख फाल्न चाहन्छुै भने फाल्न पनि सक्छुै- फालिदेऊ । तिम्रो अगाडि त्यो नाथे के हो र'

अनि छोरी जुरुक्क उठी त्यसलाई फाल्न । अझै कोसिस गर्दै छ त्यो कालो ढुङ्गो पल्टाउँन           

भैरहवा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु