आइमाई

- भरत बागलुङे

बितेका केहि महिना यता एकाएक परिवर्तन भएको श्रीमान विमलको सामु उभिएर श्रीमती उर्सुलाले खुईय सुस्केरा फेरि एकपटक र एक टक हेरिरही श्रीमान विमलको फु¨ उडेको चेहेरामा, श्रीमती उर्सुलाको अतिरिक्त शैलीको दृष्टि गोचर प्रति कुनै गुनासो गरेन श्रीमान विमलले सायद उस्को हृदयले औपचारिकताको जवाफ औपचारिक रुपमानै दिनुपर्ने सिद्धान्तलाई पछ्याई रहन आवश्यक सम्झेन ।
प्रतिक्रियामा सिद्धान्तको विपरित सिद्धान्तमा आस्था राखेर चुपचाप बसिरह्यो श्रीमान विमल ।

र मौनताको सिमालाई नाघेर प्रश्नात्मक परिचयमा उभिन पुगी श्रीमती उर्सुला, मौन श्रीमानका अचल हातलाई स्पर्श गर्दै उ बोलीरहेकी थिई एउटा कुरो सोधुँ ?

श्रीमतीको संक्षिप्त सवाललाई उपेक्षा गर्न सकेन श्रीमान विमलले र आवश्यक बोध गर्न पनि, यसैले उ शब्दको बदला शब्दले नभई सांकेतिक शैलीमा श्रीमतीलाई अनुमती दिएको नजिर आ“खामा बोकेर सजल दृष्टिले हेरिरहन्छ श्रीमतीको चेहेरामा ।

श्रीमानको मौन स्वीकृतीको सदुपयोग गर्दै श्रीमतीले मौकालाई नगुमाई प्रश्न गरी आजकल यहा“लाई जत्तिखेर पनि मलिनो चेहेरा बनाई रहेको देख्छु, अफिसबाट ढिलो आउनुहुन्छ, खाना खान पनि मन गर्नु हुन्न आखिर किन ?

स्वास्नीका अनेक प्रश्नका एक जवाफ स्वरुप उस्ले केबल स्वास्नीको चेहेरामा लघु दृष्टि मात्र लगायो । शब्द या बोलीमा सवालको जवाफ भन्ने कष्ट गरेन उस्ले र विचार पनि गरेन श्रीमतीस“ग अनौपचारिक बन्नुको सारांश कति भयानक हुन सक्छ भन्ने बारे ।

अनौपचारिक लोग्नेको स्थितीले दिक्क भई स्वास्नी तर पनि उ लोग्नेको सन्निकट उभिई नै रहि र यसरी लोग्ने देखि दुर हुन नसक्नुलाई उस्ले न पति भक्ति सम्झि न पत्नी धर्म न नै लैङ्गिक आकर्षण विकर्षणको सुत्रमा उनेर आप्mनो उपस्थितीलाई नयाँ परिभाषामा रुपान्तरित गर्न सकि उ फगत बसि बसिरही लोग्ने स–सँगै मौन–मौन न कर्तव्यवोधले थिचिएर न बाध्यताले घेरिएर ।

समयले लामो दुरी पार ग¥यो तर ती दुई लोग्ने स्वास्नीबीच कुनै संवाद भएन न दोहोरो न एकोहोरो । तिन्ले आक्कल झुक्कल एक अर्कालाई चियाएर समयलाई सर्वा¨ बनाइृ रहे । यसैमा ती दुईले आफुलाई सर्वश्रेष्ठ निर्णायक सम्झे या सुखी र खुशी बनाउने यत्न गरे पुरै अन्तस्ःकरणदेखि ।

समयले समदुरी पार गरे पश्चात श्वास्नीले आफुलाई शुन्यमा विलुप्त तुल्याउन चाहिन यहि सापेक्षमा उ उठि र किचनमा आईमाई धर्मलाई निभाउन थाली । यसरी भान्सामा आप्mनो धर्मलाई पालना गरुञ्जेल उस्ले लोग्नेलाई चोर आँखाले हेर्न भने पछि परिन । धुम्म फुलेर झ्यालबाट साँझको काठमाण्र्डौ नगरीलाई नियाली रहेको लोग्नेले निकै पटक विदेशी मार्काको स्वदेशी फिल्टर चुरोट तान्यो, जीवनको एकाध संवत्सर स–स“गै विताएको लोग्नेलाई पहिलो पटक चुरोटमा एकोहोरिएको देख्दा स्वास्नीको स्वास्नी मन भरङ्ग भएर टुट्यो, उ स्तब्धित भई तर पनि उस्ले लोग्नेको आकांक्षालाई गलत सम्झेर पनि गलत घोषणा गर्न सकिन । जीवनमा पहिलो पटक उस्ले श्वास्नीको लोग्ने प्रेम कति लाचारिमय हुँदो रै’छ महशुस गरी ह्दयले । उस्ले त्यसघरी जड्या र जुवाडे लोग्नेका स्वास्नीहरुको पीडाको मूल्य कति मह¨ो हु“दो रै’छ भन्ने बुभ्mन सकि उस्ले देखेका थुप्रै लोग्नेहरु जो जड्याहा र जुवाडे प्रवृत्तीका शसक्त मिथकहरु थिए तिन्का स्वास्नीहरुलाई सम्झि–आ“खाबाट आ“सुका सागर पोख्ने दुखी आईमाईहरु ।

उ भित्र ती सब प्रति सहानुभूती जागेर आउ“छ आईमाईको कर्म ..........! उ अगाडी बढ्न सक्दिन बरु एक पटक आप्mनो मूर्तिवत लोग्नलाई चोर आ“खाले नियाल्न पुग्छे ।

अनी समयको अर्को मोडमा भान्सामा सम्पूर्णत समर्पित भएरै उस्ले ह्दयको तख्ताबाट जड्याहा र जुवाडे लोग्नेहरु र तिन्का लाचार स्वास्नीस“ग सम्बन्धित थुप्रै फाईलहरु पल्टाएर हेर्न थाल्छे ।

आइमाईहरुको नलेखिएको इतिहास–जो आफुमाथीका अनियन्त्रित यातनामा कहिल्यै ह्दयले रोएनन्, आफुमाथीका असुरक्षित बलात्कारमा दुखेनन दुखेर पनि, बरु तिन्ले एउटै गीत गाईरहे आप्mनै भाग्यलाई धिक्कारेर “पति भक्ति त मर्दैन पापी पति भए पनि” ।

यसपछि इतिहासका सर्वा¨ संवत्सरहरु तिर उस्ले अनायसै ह्दयका आ“खा दौडाई र बाहिरी आ“खाहरु आप्mनो अस्वभाविक बन्दै गएको लोग्ने मास्थेर एकछत्र पारिरहि, यसरी हेरुञ्जेल निर्दयी र निर्मोही लोग्नेले एकफेर पनि श्वास्नीलाई हेनै आवश्यक सम्झेन ।

“.............बदलामा उ पुरै निर्दयी शैलीले सा“झको काठमाण्डौ नगरी प्रति सम्मोहित दृष्टि लगाउनमा अभ्यस्त बनी रह्यो ।”
***
कुनै समय आफुलाई अति भाग्यवान ठान्ने अभागी स्वास्नी भोको पेट लोग्नेस“गै सुत्ने उपक्रममा लाग्छे, त्यसघरी उस्को मनले आफुलाई धेरै दुर अतितमा लग्दैन, समयको आयातनमा सन्निकट उभिएको अतितमा उस्को लोग्ने हिजो–आज जसरी यत्ति छिट्टै निदाउ“दैनथ्यो उ भान्साखण्डमा गृहिणी धर्ममा लागेकी श्रीमतीको प्रतिक्षा गरिरहेको हुन्थ्यो नसुतेरै र जब श्रीमती कोठामा प्रवेश गर्थी उ फिस्स हा“सेर स्वास्नीको स्वागत गथ्र्यो त्यसपछि ती दुई लोग्ने श्वास्नी एक अर्कालाई स–स्नेहित स्पर्श गरेर रातको निकै हिस्सा लोग्ने स्वास्नी बीचको मिठो र न्यानो भावना र ..........स“ग विनिमय गरि निदाउने उपक्रममा लाग्थे दुई–दुई छोरा छोरीका बाबु आमा बनुन्जेलसम्म पनि ती दुई नब विबाहित जोडी जस्तै जीवन बा“ची रहेका थिए तर ..............।

तर आजकल लोग्ने एकाएक परिवर्तित मानसिकता प्रदर्शन गरिरहेको छ, एक अर्थमा लोग्ने–लोग्ने धर्मबाट पलायन हु“दैछ । लोग्ने–लोग्ने जस्तो छैन उ स्वास्नीलाई मानसिक र भौतिक दुवै रुपमा तिरस्कार गरिरहेको छ । उ भित्र स्वास्नीको निमित्त कुनै सुरक्षित स्थान छैन । उ भित्र स्वास्नी प्रति कुनै सद्भाव छैन । आकर्षण छैन, चाहाना छैन, दायित्व छैन, उ आफु पनि प्राणहिन बनेको छ र श्वास्नी उस्को दृष्टिमा अचेत पदार्थमा रुपान्तरित भएकी छे †

र अचेत पदार्थ प्रति उस्ले कुनै दार्शनिक कोणबाट पनि सजिबत्वको कल्पना गर्न सकेन न बिर्सेर न सम्झेर जीवन एउटा अपनत्वहिन खेलौना बन्न पुग्यो उस्को पाषाण ह्दयमा अकारणै–थाहै नपाई ।

यसैको प्रतिक्रिया थियो स्वास्नी प्रतिको उस्को एकाएकको अरुची र उपेक्षा ।

उपेक्षाको प्रथम अध्यायमा उस्ले सोचेन स्वास्नीभित्रको स्वास्नीत्वलाई । स्वास्नीभित्रका रहरहरुलाई, भावना र सपनाहरुलाई । स्वास्नी फगत स्वास्नी बनीरही । औसत स्वास्नीहरु भैंm र लोग्ने औसत लोग्नेहरु जस्तै बनीरह्यो ब्यबहारत खान दिएकै छु, लाउन दिएकै छु रा“डलाई त्यहा“ भन्दा बढि के चाहियो ?

अन्र्तमुखी स्वभाबकी स्वास्नी लोग्ने नाउ“को मुढोको छेउमै टा“स्सिएर सुत्न पुगी, हलचल बिना मूर्दा शान्तिको बुर्को ओढेर र सुतेको लोग्ने स्वास्नीको आगमनले रत्तीभर सजिव बनेन । स्वास्नीले थाहा पाईन निदाएको भनिएको लोग्ने अनिंदो भएको कुरो, उ निदाएको भनिएको लोग्नेको साकार उपस्थितीको ननिदाएरै प्रतिक्षा गर्न थाली । जसरी बितेका दुई महिना यता प्रतिक्षा गरिरहेकी थिई र प्रतिक्षाको नविन संस्करणमा या बासी प्रतिक्षाको पुर्नजन्म बीच उस्ले आशा हारिन र विगत हारहरूलाई सम्झने यत्न पनि गरिन । प्रतिक्षामा उस्ले पुनः आप्mनो हार बारे कुनै बहस चलाईन ह्दयको भाषामा ह्दयभित्रै बरु उ पुरै प्रतिक्षित बनी उत्साह पुर्वक ।

भोलि पल्ट बिहान पुर्वबत सखारै उठिन स्वास्नी, लोग्ने उठेर राष्ट्रिय टेलीभिजनमा समाचार नाउ“को सत्ताको भजन सुन्न ब्यस्त बन्यो पुर्बवत तर पुर्बवत तात्तातो कफी या चियाले लोग्नेको स्वागत गर्न उपस्थित भईन स्वास्नी बरु उ बिदेशी सिरकले पूर्णत ढाकिएर जीवनको अतितलाई हेर्न थाली मनका आ“खाले ।

जब उ पूर्णत स्वास्नित्वले शासित भएर मुर्दा जस्तो लोग्नेलाई सजिव रुपमा पाउनको लागि भोकै सुती लोग्नेस“गै, इतिहासको पुनरावृत्तीले उ धेरै दुखी बनी । जीवनमा पहिलो पटक जब उ पूर्ण भरोसा सहित लोग्नेसँग रोमाञ्चक पारामा जिस्किन थाली त्यतिखेर उ पूर्णत दुत्कारिई, सुतेको भनिएको लोग्ने उस्को अनुकुल भएन उ चिच्याउन थाल्यो के चाला हो उर्सुला ? म स्वास्नीको यो कर्म मन पराउ“दिन ।

जीवनमा पहिलो पटक जब उस्ले सेक्स विकेन्द्रित लोग्नेलाई सेक्समा केन्द्रित तुल्याउन पुरै कोशिस गरि र पूर्णत अस्वीकृत भई त्यतिखेर उस्ले यो सोचिन सेक्स आईमाईको नैसर्गिकता या दया के हो ? र के हैन ? सधैं लोग्नेको इच्छामा सर्वा¨ उत्तानो परिदिन बाध्य हुने औसत आइमाई भन्दा पृथक थिईन उ । यहि सापेक्षमा उस्ले सेक्सको बारेमा केहि बुभ्mनै सकिन धेरै भोगेर पनि । संभोग क्रिया आइमाईको लागि सर्वोत्कृष्ट बरदान हो या निकृष्ट श्राप ?

वासनामा आधिपत्यपूर्ण पुरुष तानाशाही प्रति उ बेखबर बा“ची रही आइमाई धर्मको पालना गरेर, परापुर्वकाल देखिको सनातन मान्यतालाई इन्कार गर्न उस्को मनले स्वीकार गर्दैन । यसैको प्रतिक्रिया स्वरुप उ प्रकट रुपमा लोग्नेको इतर बन्न पनि सकिन या चाहिन, उस्ले सोचिन उस्को सेक्स विकेन्द्रित लोग्नेको पुरुषत्व छाडा रुपमा कयौं पटक रजस्वला भएको बेलामा पनि उस्लाई भोग्न आएको कु्रर र कुरुप इतिहासको बारे । उस्ले कुनै गुनासो गर्न चाहिन गर्भवती हु“दा प्रसव पीडाले सताई रह“दा पनि पुरुषत्वको घृणित नशाले उन्मुक्त उस्को लोग्नेले पीडादायी बलात्कार गरेको बारे पनि । न उस्ले जीवनमा विसन्चो हु“दा छुटकारा पाई सेक्सबाट न थकाई लाग्दा, उ सदा–सर्वदा सर्वा¨ भएर उत्तानो परिरही र पनि उस्ले आप्mनो सेक्स विकेन्द्रित बनेको निष्ठूर लोग्ने सामु याचनापूर्ण चाहाना माथीको घोर अपमानप्रति कुनै गुनासो गर्न सकिन ।

“सेक्समा आइमाई पुरुषको अगाडी त्यो पदार्थ बनीरहेकी छे प्रत्येक युगमा जो बिना तापै पग्लिन बिबश छे र नपग्लिंदै ठोसमा परिणत हुन बाध्य बनेकी छ”े–उस्को दुःखी मनले अथ्र्याउ“छ ।

यसरी अस्वभाविक सुतीरहेकी स्वास्नीबारे लोग्नेले कुनै दायित्वबोध गरेन उ टेलीभीजनमा एकोहोरो लागिरह्यो र भाग्यवानबाट अभागीमा रुपान्तरित हुन पुगेकी स्वास्नीले आफुलाई उठाउन चाहिन उ सम्झनाको रोटेपिङ मच्चिई रही नचाहि–नचाहि पनि उस्ले आफुलाई लोग्ने विरोधी मोर्चातिर धकेलीरही । उस्ले सोचिन सरकारी कार्यालयको हाकिम लोग्ने नौ बजे अफिस हिंड्नु पर्ने बारे । त्यसभन्दा अघि उस्ले खाना तयार पार्नु पर्ने दायित्वबोध गरिन र कर्तब्यका सम्पूर्ण प्लेटफार्म नाघेर जानु लोग्ने बिरोधी हुनु हो भन्ने बारे पनि नसोचेरै उ लोग्ने बिरोधी बन्दै गई ।

यसरी लोग्ने बिरोधी हुँदै जा“दा या पति भक्तिको प्रतिध्रुविय मोर्चा तर्पm धकेलिंदै जा“दा उ भित्र जीवनमा पहिलो पटक लोग्ने प्रति कुनै सद्भाव र आश्था जागेन, उस्ले स्वास्नी र स्वास्नी अर्थात फगत स्वास्नी बन्न पूर्णत निशेध गरी आफुलाई । सुतेरै सोची उस्ले उ आत्मसर्मण गरेर बा“चिरहन सक्दिन अब । मर्यादा र लोग्नेत्वका सम्पूर्ण सा“ध, सिमा र पर्खाल भत्काएर हिंड्ने लोग्ने सामु सधैं पराजित र लज्जित स्वास्नी बनेर बा“च्नु व्यर्थ छ । उ मनभित्र द्दृढ संकल्प गर्छे लोग्नेत्वका पर्खाल नाघ्ने लोग्ने सामु उ ईंटको जवाफ पत्थर भएर किन खडा हुन सक्दिन ?

अनी उ प्रश्नात्मक हैन प्रयोगात्मक बनेर निस्किई ।

त्यसैको फलस्वरुप लोग्नेत्व गुमाएको लोग्ने जीवनमा पहिलो पटक भोकै अफिस जान बिबश भयो–स्वास्नीको कारण ।

र स्वास्नीले लोग्नेको पानी मरुवा प्रवृत्ती प्रति खुच्चिङ भन्दै उठी र एक्लै खाना बनाएर खाई । यसरी खा“दा त्यसले जीवनमा पहिलो पटक स्वतन्त्रता र स्वअस्तित्वको अनुभव गरी । सधैं लोग्नेको जुठो थालमा लोग्नेले छोडी गएको जुठो एक दुई गा“सको साथमा मिठो–नमिठो खानु पर्ने बाध्यताले बँ“धिएका हिन्दु वर्गीय सामान्ती प्रचलन या अहंकारी खस संस्कारबाट जीवनमा पहिलो पटक मूक्ति पाउ“दा उ सा“च्चिकै हृदयले हा“स्न सकी ।

सिङ्गो दिन ढलेर गयो स्वास्नीको मनमा, स्वास्नीको तनमा लोग्ने भन्दा बढ्ता नपुंसक या परपीडक बनेको लोग्ने राती अबेर जा“डले मातेर घर फक्र्यो, डोर बेलको चिच्याहटस“गै स्वास्नीले ढोका खोली दिई तर उ हिजो अस्ति जस्तो लोग्नेको सामु हाँसो बनेर स्वागतार्थ पोखिईन न उ लोग्ने सामु गुनासाका चुरे पहाड बनी न एकाकी सगरमाथा । जब लोग्नेले पतिब्रता स्वास्नीबाट जीवनमा पहिलो पटक कामबाट भट्टि हु“दै घर फर्कंदा स्वास्नीले हा“सोले स्वागत गरेको पाएन, जब जीवनमा पहिलो पटक पति ब्रता स्वास्नीले स–स्नेहित हातले उस्को गलोमा सभ्यताको तथाकथित प्रतिक बनेर झुण्डिएको टाई फुकालिदिन अघि बढिन, लोग्नेको ज्यानमा शान प्रर्दशित कोट, टाई र जुत्ता,मोजा निकाल्ने कुनै छा“ट–छन्द देखाईन तब अपमानबोधले ह्दयदेखि रन्थनिएको लोग्नेले स्वास्नी प्रतिको आक्रोश टाई, कोट र जुत्ता, मोजामा क्रमश लागु गर्न थाल्छ । उस्ले त्यतिखेर सोचेन ती सब जीवनका आधारभूत बस्तुहरु जीवनका जुनकुनै मोडमा आश्यकता बनेर उभिने बारे, उ नसोचेरै सुत्ने उपक्रममा लाग्छ ।

जसरी लोग्नेले अपमानबोध ग¥यो उसैगरी जीवनमा पहिलो पटक स्वास्नीले आफुलाई जञ्जीरबाट मुक्ति पाएको आत्मबोध गरी आजाद सिसिफस उ आफुलाई नया“ रुपमा पढ्न थाल्छे आपैm भित्र परिवेष्ठितहिन मिथक–पद्दलित जिन्दगी विरुद्धको युद्धमा उस्ले बिजयबोध गरी र प्रतिक्रियासहित उ नपुंसक लोग्नस“गै सुत्न इन्कार गरी, उस्ले दोस्रो पटक जीवनमा एक्लै खाना खाई, आत्मसन्तुष्टिको डकार डकारी र सुत्न गई स्वास्नी बने पछि पहिलो पटक स्वेच्छामा लोग्नेदेखि दुर ।

आइमाई यस धर्तीकी उपक्रमणिका हो, उपसंहार पनि हो उस्को भविष्य पुरुषको कु्रर र कुरुप लि¨ले लेखिने प्रचलनलाई बदल्न उस्ले पनि हतियार किन बोक्न सक्दिन ? त्यहि रात लोग्ने उपेक्षित स्वास्नीले आफु भित्र द्दृढ निश्चय गर्छे जीवन आ“सु मात्र जरुर हैन अलिकति हा“सो पनि हो, खुशी पनि हो र प्राप्ति कठोर संग्रामले मात्र प्राप्त गर्न सकिन्छ ।
त्यसपछि......................................।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 आसाढ, 2068

लेखकका अन्य रचनाहरु