नेपाली एम्.ए. उद्घाटनमा गुवाहाटी जाँदा

- डा. खगेन्द्रप्रसाद लुइटेल

गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि त्यहाँका निर्देशक डा. कन्दर्प दासको आग्रहअनुसार एक महिनाअगि नै समय मिलाइएको थियो । त्यसका लागि पुस १७ गते काठमाडौंबाट गौहाटीतर्पm प्रस्थान गरियो । बुद्ध एयरबाट चन्द्रगढी विमानस्थलमा उत्रँदा त्यहाँका पुराना साहित्यकार चूडामणि रेग्मी मलाई नै कुरिरहेका थिए । उनले मलाई त्यहाँबाट बिदा गरेपछि म दुई बजेतिर पानीट्याङ्की पुगेँ । त्यहाँ मलाई लिन उताबाट साहित्यकार लोकनाथ उपाध्याय चापागाईं आउने कुरा भएको थियो । पूर्वपरिचित नभएको हँुदा हामीले आपसी परिचयका लागि जिउडाल र लुगाको रङ् बताएका थियौँ । मैले आफू अग्लो भएको बताएको थिएँ भने उनले आफू पुड्को भएको बताएका थिए । देख्नेबित्तिकै हामीले एकअर्कालाई चिनिहाल्यौँ । पहिलो पटक प्रत्यक्ष भेटघाट र परिचय भएका लोकनाथ सेवानिवृत्त सिपाही उमेरले पाकै भए पनि गठिलो जिउडाल खाइलाग्दा रहेछन् तर भनेजति पुड्कैचाहिँ होइन । हामीले दाजुभाइको साइनो लगायौँ । गफगाफ गर्दै हाम्रो यात्रा अगि बढ्यो । उनले मलाई सोभैm आप्mनै घरमा पु¥याए । उनको घर सिलिगुडी नपुग्दै सुश्रुत नगर कदमतला भन्ने ठाउँमा रहेछ । सबै सन्तान वरिपरि नै रहेछन् । उनकी श्रीमती लुइटेलकी छोरी रहिछन्– दिदीभाइको साइनो लगाइहालियो । उनका छोरा जगन्नाथ तथा छोरीहरू शारदा र भारतीले मामा भन्न थालिहाले । उनका ज्वाइँ केदार घिमिरे मेरा पुराना विद्यार्थी रहेछन् । यसरी हाम्रो साइनो सहजतापूर्वक नजिकिँदै गयो । बेलुका निकै बेर गफगाफ भयो अनेक विषयमा ।

अर्को दिन मौसम निकै चिसो थियो । हामी उत्तरबङ्ग विश्वविद्यालय परिसर गाडीबाटै घुम्यौँ । गाडी केदारले चलाएका थिए भने नारदप्रसाद शर्माले गाइड गरेका थिए । त्यहाँ घनश्याम नेपाल र भीमकान्त उपाध्यायसँग पनि भेटघाट भयो । हामी नामबाट पूर्वपरिचित भए पनि अनुहारबाट नवपरिचित थियौँ । नेपाली साहित्य र भारतीय नेपाली साहित्यबारे केही क्षण कुराकानी भयो । गुवाहाटीमा एम्.ए. नेपाली कार्यक्रमको प्रारम्भबारे उनीहरूका दृष्टिकोण बुझ्न मलाई त के लोकनाथ दाइलाई पनि खासै अप्ठ्यारो परेन । त्यस दिन बेलुकाको खाना केदारकहाँ खाइयो । निकै भलाद्मी पाराका केदार र अलि नेता खालकी श्रीमती शारदाका दुईटी छोरी रहेछन् । जेठी छोरी श्वेता निकै फर्साइली रहिछन् । त्यहीँबाट लोकनाथ दाइले मलाई अनेकतिर फोन सम्पर्क गराए । समय बित्न खासै समय लागेन ।

अर्काे दिन लोकनाथ र केदारले मलाई बागडुग्रा एअरपोर्ट पु¥याएर बिदाइ गरे । म स्पाइस जेटबाट तीन बजेतिर गुवाहाटी एअरपोर्ट उत्रिएँ । डा. शान्ति थापा निकै बेरदेखि मेरो प्रतीक्षामा रहिछन् । उनले मलाई सोभैm जियु गेस्ट हाउसमा पु¥याइन् । केही क्षणमै नव सापकोटा र गीता उपाध्यायहरू पनि आइपुगे । निकै बेर गफगाफ भयो । उनीहरूबाट छुट्टिएपछि म केही क्षण त्यत्तिकै टहलिएँ र खानपिन गरी नेपाल टेलिभिजन हेर्दै सुतेँ ।

अर्काे दिन गुवाहाटी दर्शनको कार्यक्रम राखिएको रहेछ । गेस्ट हाउसबाट कामाख्यातिर लागियो । यसअगि बाहिरैबाट दर्शन गरिएको कामाख्या यसपटक चाहिँ भित्रै गएर शान्तिसँग दर्शन गरियो । त्यहाँ निर्धारित रकम तिरेपछि सोभैm दर्शन गर्न पाइने व्यवस्था रहेछ, भारतका अन्य मन्दिरमा पनि यस्तो चलन छ । भित्र निकै अँध्यारो कामाख्या मन्दिरको दर्शन गरी बाहिर आएर उज्यालोमा बत्ती बालियो । त्यसै दिन भुवनेश्वरी, तिरूपति, वशिष्ठ गुफा, पल्टन बजारलगायत गुवाहाटीका सबैजसो दर्शनीय स्थल रमाइलो गरी शान्तिसँग घुमियो र खाना पनि शान्तिसँगै खाइयो । गुवाहाटी भ्रमणबाट फर्किनेबित्तिकै भारतीय गोर्खा परिसङ्घबाट सम्बर्धना कार्यक्रम आयोजना गरिएको रहेछ । परिसङ्घका सभापति पुष्पधर शर्मा, कार्यकारी सभापति कृष्ण भुजेल, नव सापकोटालगायत थुप्रै प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा मलाई सम्मान गरियो । सबैले ‘जियुमा नेपाली एम्.ए सञ्चालनमा विशिष्ट योगदान पु¥याएको आदि’ भन्दै खुब प्रशंसा गरे भने मलाई दिइएको सम्मान पत्रमा पनि यस्तै कुरा लेखिएको थियो ।

पुस २१ गते अर्थात् जनवरी ५ । नेपाली एम्.ए. कार्यक्रमको उद्घाटन हुने दिन । पूर्व निर्धारित समय साढे दस बजे नै कार्यक्रम सुरु भयो । कार्यक्रमको सञ्चालन निर्देशक डा. कन्दर्प दास स्वयंले गर्दै ‘यहाँ नेपाली एम्.ए. कार्यक्रमको व्यवस्थापन र सञ्चालनमा डा. खगेन्द्रप्रसाद लुइटेलको अति विशिष्ट योगदान रहेको र यो कार्यक्रम प्रारम्भको मूल श्रेय डा. लुइटेललाई नै दिनुपर्छ’ आदि भन्दै असमी र हिन्दी दुई भाषामा मेरो खुब प्रशंसा गरे । प्रमुख अतिथिको आसनबाट उद्घाटन भाषण गर्ने बेला ‘म नेपाली, हिन्दी, अङ्ग्रेजीमध्ये कुन भाषामा बोलौँ’ भन्ने कुरा गर्दा एकजना विद्यार्थीले ‘नेपालीमा बोल्नुहोस्, हामी काठमाडौंको नेपाली सुन्न चाहान्छौं’ भनिन् । मैले भनेँ— ‘म काठमाडौंको होइन नेपालको नेपाली बोल्छु ।’ उद्घाटन भाषणका क्रममा मैलै ‘मलाई जियुले स्पेसल कोर्स एडभाइजर बनाएर सम्पूर्ण कामको जिम्मेवारी दिएकाले यहाँको पाठ्यक्रम र पाठ्यसामग्रीमा भएका राम्रा पक्षजति सबै तपाईँहरूका अनि नराम्रा जति मेरा’ भन्दा सबै छक्क परे । पाठ्यक्रम र पाठ्यसामग्री बनाउँदाका असजिला, अप्ठ्यारा र त्यसमा डा. दास र डा. थापाको विशेष सहयोग आदि विभिन्न सन्दर्भको चर्चा गर्दै नेपाली हुनाको नाताले मैले आप्mनो कर्तव्य पूरा गरेको भन्दै उद्घाटन भाषण टुङ्ग्याएँ । । मेरो उद्घाटन भाषण सकिनेबित्तिकै कार्यक्रम समापनको घोषणा गरियो । हरेक कार्यक्रममा राजनीतिक दलका ठुटे नेताहरूलाई जम्मा गरेर बकम्फुसे भाषण नगराई नहुने परिपाटी भएका ठाउँको मान्छे म तर त्यहाँ मञ्चमा एकजना पनि राजनीतिक व्यक्ति थिएनन्, बौद्धिक, प्राज्ञिक व्यक्तित्व मात्र थिए । हामीले तिनलाई गाली गर्न मात्र गर्न सिकेको तर तिनका राम्रा कामको अनुकरण गर्न नसिकेकोमा मलाई आत्मग्लानि भयो र मनमा कस्तोकस्तो लागिर≈यो तर त्यहाँ त्यस्ता कुरा गरेर आप्mनो आङ कन्याएर छारो उडाउनु उचित थिएन ।

कार्यक्रमको औपचारिक उद्घाटनको समाप्तिपश्चात् कक्षाको पनि उद्घाटन गरियो । त्यहाँ विभिन्न उमेर समूहका थुप्रै विद्यार्थीको उपस्थिति थियो र तिनीहरू धेरै कुरा जान्न उत्सुक देखिन्थे । तिनीहरूका उत्सुकताले मलाई पनि अलि बढी नै पढाउन उत्प्रेरित ग¥यो । असम साहित्य सभाका सभापति ७२ वर्षीय के.बी. छेत्री, असम साहित्य परिषद्का सभापति नव सापकोटा, भारतीय गोर्खा परिसङ्घका सभापति पुष्पधर शर्मा सब विद्यार्थी थिए । विभिन्न विषयमा एम्.ए, एम्.फिल गरिसकेकाहरू पनि भर्ना भएका थिए । मैले सुरुमा एकदुईवटा मात्र क्लास लिने सोचेको थिएँ तर विद्यार्थीहरूको उत्सुकता र विश्वविद्यालयको विशेष आग्रहमा एक हप्ता क्लास लिएँ । डाइरेक्टर दासले पनि सुरुमा केही क्लास लिइदिन आग्रह गरेका थिए तर पछि भने—‘खै विद्यार्थीहरू तपाईँलाई छोडनै मान्दैनन्, आफँै सोचेर निर्णय गर्नुस् ।’ उनको काम गर्ने–गराउने शैली पनि अनुकरणीय नै थियो । कुरा कम र काम धेरै गर्ने, बिहानदेखि बेलुकासम्म अफिसमै बसी सिसी टिभीबाट सबथोक निरीक्षण गर्ने, आफू पङ्चुअल हुने र कर्मचारीलाई पनि अनुसासनमा राख्ने, वाम झुकाउका भए पनि विश्वविद्यालयमा राजनीतिक गन्ध नछर्ने, विश्वविद्यालयको विकासमा दत्तचित्त भएर लाग्ने कुशल प्रशासक थिए दासजी । अर्कै देशको विश्वविद्यालयमा आप्mनो भाषासाहित्य पढाउँदा मलाई छुट्टै खाले रमाइलोको अनुभूति भयो । दिनभर कक्षा लिने अनि कक्षा सकिएपछि सम्मान कार्यक्रम र भेटघाटमै व्यस्त हुने दिनचर्या नै बन्यो ।

पुस २४ गते असम साहित्य सभाद्वारा त्यहाँका सम्पूर्ण विद्यार्थीसमेतको उपस्थितिमा मलाई सम्मान गरियो । सभापति के.बी. छेत्री, मूल सचिव मदन थापालगायत थुप्रैको उपस्थिति रहेको त्यस सम्मान कार्यक्रममा पनि ‘जियुमा नेपाली एम्.ए सञ्चालनमा विशिष्ट योगदान पु¥याएको’ भन्दै प्रशंसाको वर्षा नै गरिएको थियो भने मलाई दिइएको अभिनन्दन पत्रमा पनि यस्तै कुरा लेखिएको थियो । त्यस कार्यक्रममा मैले पनि अनेक विषयमा लामै भाषण ठोकेँ ।

पुस २५ गते मेरो जन्मदिन भएको कुरा बिहानै छोरी ऋभुले फोन गरेपछि मलाई सम्झना भयो । म कक्षामा पस्दा बोर्डमा ‘डा. खगेन्द्रप्रसाद लुइटेललाई जन्मदिनको हार्दिक शुभकामना’ भन्ने लेखिएको थियो । खै उनीहरूलाई यो कुरा कसरी थाहा भयो, मलाई थाहा भएन । संयोग नै भनौँ डा. शान्ति थापाको जन्मदिन पनि त्यसै दिन रहेछ । हामी दुवैका लागि त्यो जीवनको पहिलो संयोग थियो । हामीले एकअर्कामा शुभकामना र उपहार आदानप्रदान ग¥यौँ । यस्तो अनौठो संयोग हाम्रा लागि मात्र होइन सबैका लागि अनौठै थियो । तमाम विद्यार्थी र अन्यले समेत हामीलाई मिठाइ र विभिन्न उपहारसहित शुभकामना दिएर जन्मदिन मनाए । त्यसदिनको लन्च असम साहित्य परिषद्का सभापति तथा मेरा वृद्ध विद्यार्थी नव सापकोटाले रामै्र होटलमा लगेर गराए । त्यसै दिन बेलुका अखिल असम गोर्खा छात्र सङ्घले मेरो सम्मान अभिनन्दन ग¥यो । त्यस कार्यक्रममा विद्यार्थी सङ्गठनका सभापति जगदीश खनाल, डा. शान्ति, डा. खगेनलगायत थुपै्रको उपस्थिति थियो । विद्यार्थी नेताहरूले पनि जियुको नेपाली एम्.ए. कार्यक्रमसँगै जोडेर मेरो अभ्यर्थना गरे । दिनदिनै गेस्ट हाउसमा हुने कार्यक्रम र मानिसहरूको आवतजावत देख्दा त्यहाँका कर्मचारी र अरू आगन्तुकहरू पनि छक्क पर्थे... ।

पूर्व निधारित समयअनुसार नै पुस २६ गते कार्यक्रमको समापन गर्नु थियो । विद्यार्थीहरूले त्यहाँ पनि विशेष सम्मान कार्यक्रम राखेका रहेछन् । त्यहाँ मेरा सम्मानमा व्यक्त गरेका शब्द र मलाई दिएको अभिनन्दन पत्रमा लेखिएका शब्दबाट म निकै भावविभोर भएँ । मैले समग्र कार्यक्रमबारे लामै भाषण गर्दै कार्यक्रम सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएँ । सबैले यस कार्यक्रमको सफलताको श्रेय मलाई मात्र दिइरहेका बेला मैले ‘त्यसको श्रेय कखगमा रहेको’ भन्दा सबै छक्क परे । क अर्थात् कन्दर्प, ख अर्थात् खगेन्द्र, ग अर्थात् गीतार्थको सत्रियताबाट यो कार्यक्रम सफल भएको र यस कार्यक्रमलाई सफल तुल्याउन डा. शान्ति थापाको विशिष्ट भूमिका रहेको भन्दै उनको नाम बेठीक भएकाले अब क्रान्ति राख्नु उपयुक्त हुन्छ भन्दा तालीको गड्गडाहट र हाँसोको फोहरा छुट्यो । डाइरेक्टर डा.कन्दर्प दासले पनि मेरो योगदानको प्रशंसामा निकै समय खर्च गरे । कार्यक्रम संयोजक डा.शान्ति थापाले ‘जियुमा नेपाली एम्.ए. स्थापना डा.लुइटेलको योगदानबाट मात्र सफल भएको र उहाँको सहयोग नभएको भए यो कार्यक्रम सञ्चालन हुँदैनथ्यो’ भन्नेजस्ता कुरा गरी मेरो निकै प्रशंसा गरिन् । तीन दिने सिलोङ कार्यक्रमका लागि मलाई लिन आइपुगेका टेकनारायण उपाध्याय पनि कार्यक्रममा सरिक थिए ।

विदेशी विश्वविद्यालयमा नेपाली भाषासाहित्यको सप्ताहव्यापी कक्षा मेरा लागि नौलो अनुभव थियो । पूरै दिन शान्ति कक्षामै बस्थिन् । मैले भनेका कुरा बेलाबेला बोर्डमा लेख्थिन् । उनी मलाई गेस्टहाउसबाट जियु पु¥याउने, दुई बजेतिर लन्च खान लाने मात्र होइन मेरा लागि कक्षामै खाने पानी समेत ल्याइदिन्थिन् । बीचबीचमा कार्यालयीय कामसमेत भ्याउँथिन् । उनी मेरो कक्षा लिने तरिकाबाट निकै प्रभावित भएको र थुप्रै कुरा सिकेको बताउँथिन् । खिरिलो ज्यानकी शान्ति साँच्चिकै फुर्तिली र कामप्रति लगनशील रहिछन् । कतिपय जिद्दी स्वभाव भए पनि उनको संयोजन कार्यकौशल र खटाइका अगि जिद्दीपन फिक्का देखापर्छ । जे होस् त्यहाँ एक हप्ता निकै रमाइलोसँग बित्यो र मैले त्यसलाई जीवनको अविस्मरणीय घटनाका रूपमा लिएको छु ।

सिलोङको कार्यक्रम सकी पुस ३० गते बिहान दस बजे टेकनारायणले मलाई गुवाहाटी ल्याइपु¥याए । हाम्रो पूर्वयोजनामुताबिक दरङ कलेजको कार्यक्रम उद्घाटनमा जानु थियो । मलाई त्यहाँ लाने जिम्मा जियुका पूर्व ट्रेजरर तथा व्यवस्थापन विभागका प्रा.डा. हेमचन्द्र गौतमले लिएका थिए । त्यही कार्यक्रमकै लागि उनले मेरो प्लेन टिकट पनि सारिदिएका थिए । उनका क्वार्टरमा चाम्रे खाई १२ बजेतिर उनकी श्रीमती र भाइकी छोरी लोहितासहित हामी बाटो लाग्यौँ । उनले सुस्तरी गाडी चलाउँदै विभिन्न ठाउँ देखाउँदै लगे । बीच बाटोमा टायर पङ्चर भएर केही क्षण रोकिनु परे पनि यात्रा निकै रामाइलो थियो । उनको पुरानो घर सिङ्री भए पनि यतिखेर ढिकियाजुलीमा बस्दा रहेछन् । ५ बजेतिर उनका घरमा पुगियो । उनका ८४ वर्षीय पिता प्रजापति शास्त्री त्यस क्षेत्रका निकै प्रतिष्ठित व्यक्ति रहेछन् । समाज सेवामा विशेष रुचि राख्ने शास्त्रीले विद्यालय, मन्दिर, पाटी, पौवा, धारा आदि बनाउन निकै ठूलो सहयोग पु¥याएका रहेछन् । लेखनमा पनि रुचि भएका शास्त्रीका दुईवटा किताब पनि प्रकाशित रहेछन् । उनकी आमा भने गौप्राणी । शास्त्री दम्पतीका चार भाइ छोरा । जेठो हेमसागर गुवाहाटीतिरै कुनै ठूलो कागज उद्योगमा काम गर्दा रहेछन् । उनका दुई सन्तान सचिता र वासुदेव । माहिलो हेमचन्द्र व्यवस्थापनका प्राध्यापक, विषयगत थुप्रै पुस्तकका लेखक अनि जियुका ट्रेजररसमेत भइसकेकाले यिनको त्यस क्षेत्रमा पहुँच र प्रतिष्ठा दुवै उच्च रहेछ । जियुमा नेपालीमा एम्.ए. ल्याउनमा पनि उनको निकै ठूलो योगदान रहेको बुृझियो । कसैलाई थाहा नदिई भित्रभित्रै काम फत्ते गर्ने स्वभावका हेमचन्द्र निकै मिलनसार र भद्र व्यक्तित्वका धनी रहेछन् । उनकी श्रीमती पनि जोडी मिल्ने नै रहिछन् । पुनामा पढ्ने छोरी निवेदिता बिहुमा घर आउन नपाएर चिन्तित भई छिनछिनमा फोन गरिरहन्थिन् । साहिँलो घनश्याम स्थानीय विद्यालयमा पढाउँदा रहेछन् । उनका लोहिता र गिरिराज नामक दुई सन्तान । छोरी लोहिता निकै हँसिली । तिनी कलेज पढ्ने भए पनि सवा, पौने र अढाईको भेद अलि बुझ्दिरहिनछिन् । बेलाबेला त्यो हाँसोको विषय बन्थ्यो । अलि टाढाको कलेजमा पढाउने कान्छो अमर निकै ज्यानदार र दिलदार पनि । उनका दुई सन्तान दीक्षिता र मिथिलेश । बिहुमा भेला भएको निकै ठूलो गौतम परिवारका साथ खुब रमाइलो गरी बिहु मनाइयो ।

प्रसङ्ग बिहुको । बिहु असम क्षेत्रको ठूलो पर्व रहेछ, सार्वजनिक छुट्टी नै दिने खालको । बिहु वर्षमा तीनपटक पर्दाे रहेछ— भोगाली बिहु (माघे सङ्क्रान्ति), रङ्गाली बिहु (वैशाखे सङ्क्रान्ति) र कङ्गाली बिहु (कात्तिके सङ्क्रान्ति) । खाने पर्वका रूपमा रहेका यी बिहुमध्ये सबभन्दा बढी खाने बिहु भोगाली बिहु रहेछ आपूm त्यसैमा परियो । जता गयो तिल र नरिवलका लड्डु, पिठा, माछामासु आदि अनेक परिकार खानुपर्ने । म यस्तामा उति बानी नपरेको मान्छे केही दिन त हैरानै भएँ तैपनि अलिअलि खाँदै हिँडेँ । हेमचन्द्रजीले मलाई थुप्रै ठाउँ डुलाए । उनले जहाँजहाँ पु¥याए ती सबै आफन्तजस्तै लाग्थे । नेपाली जाति भनेपछि मेरा लगि सबै आफन्त । त्यसमा पनि यतातिरका विभिन्न साथीभाइका आफन्त त्यसै आफन्त हुने नै भइहाले । दिनभर घुमघाम गरी बेलुका निकै बेर घरायसी वातावरणमा आगो तापेर बसियो ।

अर्काे दिन बिहानै हामी सिङ्रीतर्पm लाग्यौँ गुप्तेश्वरको महादेवको दर्शन गर्न । त्यो त्यस ठाउँको अनेक किंवदन्ती जडित प्रसिद्ध मन्दिर रहेछ । मेरा पुराना चेला रञ्जन अधिकारी र मित्र डा. हृदय कोइरालाकहाँ घरमा पनि पुगियो, बोलाएजति सबै ठाउँमा पुग्न सकिएन । त्यस दिन मेरै प्रमुख आतिथ्यमा त्यस क्षेत्रकै निकै प्रतिष्ठित र सम्पन्न व्यक्ति गणेश नेवारकहाँ विशेष मिटिङ राखिएको थियो । एस्.एल्.सी.को एउटै ब्याचका साथीहरू रत्न नेवार, हिमसागर उपाध्याय, तेजराज छेत्री, टेकबहादुर छेत्री, रोहिणीकुमार सुतार, सुचन्द्र दास आदि मिलेर आपूmले पढेको सिङ्री माविका सेवानिवृत्त शिक्षकलाई सम्बर्धना गर्ने योजना बनाई त्यो मिटिङ आयोजना गरिएको रहेछ । मैले पनि विभिन्न रायसल्लाह दिएँ । सब एक से एक महत्वपूर्ण पदमा पुगेका व्यक्तिहरूको एकअर्कालाई तँ भन्ने स्तरको मित्रता साँच्चै लोभलाग्दो थियो । त्यस कार्यक्रममा पनि मलाई विशेष सम्मान गरियो । मिटिङ सकिएपछि हामीले खान त्यहीँ खायौँ । गणेश नेवारका असमी र नेपाली गरी दुईवटी श्रीमती भएको कुरा उनले सहजतापूर्वक बताए । खानपिनपश्चात् हामी गौतमजीकहाँ पुगेर तेजपुरतर्पm प्रस्थान ग¥यौँ । बीच बाटोतिर कतै दुघर्टनाका कारण बाटो बन्द भएको थाहा पाएपछि हामी फर्कियौँ । बेलुका थुप्रैतिर निम्ता थियो तर कतै गइएन... ।

अर्काे दिन बिहानै हामी तेजपुरतर्पm लाग्यौँ । गौतमजी त्यस ठाउँमा पनि पूरै परिचित रहेछन् । उनले मलाई तिनीहरूकै आग्रहमा तेजपुरका वयोवृद्ध समाजसेवी अमरनाथ भट्टराई, साहित्यकार ज्ञानबहादुर छेत्री र गीता उपाध्यायकहाँ पनि पु¥याए । त्यहाँ पनि फुलोम गामोसा ओढाउन बाँकी राखेनन् । त्यस राज्यको विधान सभाध्यक्ष टङ्कबहादुर राईकहाँ भने जान भ्याइएन । यी विभिन्न ठाउँ घुमाउँदै गौतमजीले मलाई नेपालीपट्टी भन्ने ठाउँमा अवस्थित जयनारायण लुइटेलकहाँ पु¥याए । उनी हाम्रै प्रतीक्षामा रहेछन् । भव्याकर्षक ज्यान र अग्लो कदका जयनारायणको व्यक्तित्व कुनै गोरा मुलुकका गहुँगोरा विदेशीजस्तै... । राजनीति शास्त्रका सेवानिवृत्त प्राध्यापक लुइटेल दरङ कलेजको नेपाली विभागका संस्थापक प्राध्यापक रहेछन् । उनकी श्रीमती नयाँदेवी पनि सेवानिवृत्त शिक्षक । दुवैजना त्यस क्षेत्रका प्रतिष्ठित साहित्यकार पनि । छोराबुहारी, छोरीज्वाइँ सबै विदेशतिरै । ठूलो घरमा ती दुई र नातिनी यशोधरा बस्दा रहेछन् । खानपिन गरेर नाता केलाउन थालियो । उनका र मेरा हजुरबा दाजुभाइ रहेछन् । हामी पनि दाजुभाइ भइहाल्यौँ । ‘उता बस्न कठिन भए यतै आएर अंश लिनु पर्ला, घर पनि पुग्ने खालको ठूलै रहेछ’ भनी ठट्टा गरियो । उनले पनि ठट्टैठट्टामा ‘आधा घर दिने’ बताए । आखिर ती सबै गपैm त थिए नि । देश खाई शेष भएका लुइटेलकहाँ चाहिँ नेट पनि चलाइँदो रहेछ... ∕ मैले निकै दिनपछि बल्ल मेल चेक गर्ने मौका पाएँ ।

त्यस दिन पुष्पलाल स्मृति अध्ययन गोष्ठी नामक संस्थाबाट मलाई सम्बर्धना गर्ने योजना बनाइएको रहेछ । जयनारायण दम्पती, मित्रलाल उपाध्याय, देवीप्रसाद उपाध्याय, जगन्नथ उपाध्याय, कमलादेवी, लावण्यदेवी, मुकुन्द चापागाईं, मुक्ति लुइटेल, खेमानन्द मिश्र आदिको उपस्थितिमा अत्यन्त सौहाद्रपूर्ण वातावरणमा सम्बर्धना कार्यक्रम सम्पन्न भयो । पानी परेर बतर (मौसम) चिसिएको भए पनि मलाई त्यसले खासै असर गरेन । बेलुका एकछिन गफगाफ गर्ने सोचाइ थियो तर चारैतिरबाट फोन आइरहेकाले धेरै गफ गर्न भ्याइएन । त्यताको मोबाइल सारै सस्तो अनि कुरा गरिरहेकै बेलामा पनि मिस्ड कल आउने भएकाले ल्यान्डलाइनको प्रयोग उति हुँदो रहेनछ । विश्वनाथ चाराली, कार्बिआङलाङ, डिगबोईलगायत अपर असमको निकै टाढाटाढासम्म मलाई लान लालायित थिए, मलाई पनि जाने मन नलागेको होइन तर यसपटक व्यस्त कार्यक्रमले गर्दा भ्याइएन । हेरौँ अर्काे पटक केकस्तो हुन्छ ?

अर्काे दिन दरङ कलेजमा उद्घाटन कार्यक्रम थियो । २२ वटा विभाग र ४५०० जति विद्यार्थी भएको त्यो भारतकै निकै पुरानो कलेज रहेछ, सन् १९४५ मा स्थापित । त्यहाँका प्रिन्सिपल डा. जयशङ्कर हजारिका, आइडोल संयोजक विधान बरा, जयनारायण लुइटेललगायतले मलाई क्याम्पसका महत्वपूर्ण ठाउँहरू देखाए । निकै व्यवस्थित रूपमा सञ्चालित त्यस कलेजमा फुटबल र क्रिकेट खेल्ने निकै ठूलो मैदान पनि... । त्यस कलेजको स्थापनामा शोणितपुरको एक अशिक्षित नेपाली प्रभुराम कार्कीको ठूलो योगदान रहेको कुरा मैले धेरैका मुखबाट पहिले नै सुनिसकेको थिएँ । कलेज स्थापनार्थ केही चन्दा माग्न उनका घरमा पुगेका मान्छेलाई उनले सिङ्गो कलेज बनाउनै पुग्नेगरी पाँच हजार दिने वचन दिएछन् । केही दिनपछि बोराभरि चाँदीका मोहर साइकलमा हालेर त्यहीँ ल्याइदिएछन् । पछि थप सहयोग पनि गरेछन् । यो कल्पनाभन्दा बाहिरको घटनाका रूपमा सबका मुखमुखमा झुन्डिएको रहेछ ।

अँ, प्रसङ्ग उद्घाटन कार्यक्रमको । नेपाली विभागका प्रमुख खेमानन्द मिश्रको उद्घोषण र प्रिन्सिपल जयशङ्कर हजारिकाको सभापतित्वमा उद्घाटन कार्यक्रम सुरु भयो । त्यहाँ पनि सर्वप्रथम सम्बर्धना नै गरियो । उद्घाटन भाषणका क्रममा मैले अन्य कुराका साथै प्रभुराम कार्कीको योगदानको कुरा पनि उठाएँ । ‘यति पुरानो कलेजको संस्थापकको कतै सालिक होला र अरू जीवित सालिकहरूसँगभैmँ उनको पनि सालिक छेउमा बसेर फोटो खिच्न पाइएला’ उनका नाममा कुनै भवन होला भन्ठानेको तर आपूmले यस्तो केही नदेखेको अनि अर्काेपटक आउँदा यस्तो अवसर पक्कै पाउने अपेक्षा गरेको’ भन्ने कुरा मैले बताउँदा सभामा निकै बेर तालीको गडगडाहट मच्चियो । पछि प्रिन्सिपलले पनि ‘यो सारै राम्रो कुरा हो, यतातिर हाम्रो ध्यान गएको रहेनछ, म यो काम पक्कै गर्छु’ भन्ने प्रतिबद्धता व्यक्त गरे । म प्रतिबद्धता पुराण सुनीलेखी सकेको मान्छे । यताका हाम्रा प्रतिबद्धताबारे भन्नै पर्दैन तर त्यताको प्रतिबद्धता यताको जस्तो हुँदैन रे, पूरा हुन्छ रे भन्ने सुनेर म प्रसन्न भएँ । त्यहाँ प्रभुरामको सालिक बन्नु भनेको नेपाली जातिको योगदान निरुपित हुनु थियो र त्यो तमाम नेपाली जातिका लागि गौरवको विषय पनि थियो । उद्घाटन कार्यक्रम सकिएपछि प्रिन्सिपलले हामीलाई असमी खानेकुरा खुवाउने भनी लिप्mट चढेर जानुपर्ने निकै अग्लो होटलमा लगे । त्यहाँबाट तेजपुर बजार पूरै देखिँदो रहेछ । खाना खाएर फर्किएपछि कक्षा उद्घाटन भयो । त्यहाँ पनि विद्यार्थी त्यत्तिकै उत्साहित थिए... ।

त्यस दिन बेलुका असम साहित्य सभा शोणितपुरले चाँदमारी भन्ने ठाउँमा विशेष सम्मान कार्यक्रम राखेको रहेछ । चन्द्रमणि उपाध्याय, खडगबहादुर कौशिक, दीननाथ निरौला, मोहन सुवेदी घनश्याम तिमसिना, दैवकीदेवी, दुर्गादेवी, झरनादेवी, सविता अर्जेल, गणेश पौडेल, सन्तोष दाहाल आदि थुप्रैको उपस्थितिमा सम्पन्न त्यस कार्यक्रमको सञ्चालन खेमानन्द मिश्रले गरेका थिए । उनीलगायत सबैले ‘नेपाली एम्.ए. कार्यक्रमको स्थापनामा डा. लुइटेलको अतुलनीय योगदान रहेको र उहाँकै कारण आज यो कार्यक्रम सञ्चालन भएको अनि प्रभुराम कार्कीको कुरा उठाइदिएर हामीलाई थप गुन लगाएको’ आदि भन्दै मेरो प्रशंसामा शब्दवृष्टि नै गरे । मैले पनि नेपाली जाति र भाषाका लागि केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेँ भने नेपाली जातिका गौरव प्रभुरामको सम्झनामा नेपाली जातिले केही नगरेकोमा चिन्ता व्यक्त गरेँ । बेलुका घनश्यामकहाँ खाना खाई जयनारायणकहाँ पुगेर सुतियो ।

अर्काे दिन बिहान खेमानन्दकहाँ खाना खाई कलेज गइयो र क्लास लिइयो । दिउँसो मित्रदेव शर्मा र ज्ञानबहादुर छेत्रीले मलाई त्यहाँका पार्क, मन्दिर आदि सबै रमणीय ठाउँ घुमाए । बेलुका असम साहित्य परिषद् तेजपुरले हरिहरधाम चाँदमारीमा सम्मान कार्यक्रमको आयोजना गरेको रहेछ । दुर्गाप्रसाद उपाध्यायको सभापतित्वमा सञ्चालित त्यस कार्यक्रममा त्यस परिषद्का पूर्वसभापतिहरू प्रा. दुर्गाप्रसाद घिमिरे, प्रा. टीकाराम उपाध्याय निर्भीक, प्रा. गीता उपाध्यायका साथै प्रा. मुक्तादेवी (अर्थशास्त्रकी भएर पनि केही समय नेपाली विभागमा पढाएकी) मित्रदेव शर्मा, वसुन्धरा शर्मा, छविलाल उपाध्याय, बलराम उपाध्याय, डिल्लीराम खनाल, कुसुमेश्वरी देवी, जयनारायण, घनश्यामलगायतका व्यक्तिहरू उपस्थित थिए । त्यहाँ मलाई छन्दोबद्ध कवितामा स्वागत र सम्बर्धना गरियो अनि मेरा बारेमा लेखिएको कविता नै सम्बर्धना पत्रका रूपमा दिइयो । त्यहाँ पनि सबैले ‘जियुको एम्.ए. नेपाली कार्यक्रमका लागि ढुङ्गो खोज्दा देउता मिलेको, यो कार्यक्रम तपाईंकै योगदानबाट सफल भएको, हामी ऋणी छौँ’ आदि भन्दै सम्बर्धना गरे । दुर्गाप्रसाद घिमिरे त्रि.वि. स्थापनाकालकै नेपालीका विद्यार्थी रहेछन् । उनले त्रि.वि. मा आपूm पढ्दाको प्रसङ्ग कोट्ट्याउँदै ‘जियुमा नेपाली एम्ं.ए. स्थापनामा डा.लुइटेलको योगदान अद्वितीय रहेको र यसलाई असमवासीले कहिल्यै नभुल्ने’ आदि भन्दै मेरो खुब प्रशंसा गरे । टीकारामजीले ‘काठमाडौंमा भेट्ने प्रयास गर्दा पनि सम्भव नभएको तर यहीँ भेट्न पाएकोमा गौरव लागेको’ कुरा बताए । त्यहाँको प्रतिष्ठित अग्रज साहित्यकार गीता उपाध्यायले जियुकै प्रसङ्ग निकालेर मेरो प्रशंसा गर्दै यस क्षेत्रमा एउटा नेपाली पुस्तकालयको स्थापना गर्नु आवश्यक रहेको बताइन् । वसुन्धरा शर्माले निकै भावुक भएर ‘आपूmले यति ठूलो विद्वान् देवर पाएको’ भन्दै अभिनन्दन गर्दा म पनि भाउजू पाएकोमा निकै भावुक बनेको थिएँ । त्यहाँ उपस्थित सबैले ‘उद्घाटन कार्यक्रममा प्रभुराम कार्कीको प्रसङ्ग कोट्ट्याइदिएकामा प्रसन्नता व्यक्त गर्दै असम साहित्य परिषद् र सभा दुवैका अध्यक्ष तपाईंकै विद्यार्थी भएकाले यी दुवै संस्थालाई एक बनाउन मध्यस्थता गरिदिन’ समेत आग्रह गरे । ‘चुुक्र्याइँ गर्नु र फुट्नु हामी नेपाली जातिको पैतृक सम्पत्ति भएको र अनि आपूm मिनेटमिनेटमा फुट्ने र फुटाउने देशको बासिन्दा भएकाले यहाँ दुईवटा सङ्गठन हुनु खासै अनौठो नलागेको तर मनोवैज्ञानिक रूपमा अरूको हेपाइबाट जोगिन यहाँचाहिँ मिल्नु नै राम्रो हो, यसका लागि म अर्काे पटक आउँदा प्रयत्न गर्छु’ भन्दा सबैले ताली बजाएर प्रसन्नता व्यक्त गरे । मैले ‘टियु नेपाली केन्द्रीय विभाग नेपाली विषयका लागि अक्सफोर्ड, क्याम्ब्रिज सब भएको र आपूm त्यहीँबाट आई जियुमा नेपाली एम्.ए. कार्यक्रम सञ्चालनका लागि सहयोग गर्न पाएकोमा खुसी लागेको’ कुरा दोहो¥याएँ । कार्यक्रम सकिएपछि एकछिन घुमघाम गरियो र मित्रदेवकहाँ खाना खाई जयनारायणकहाँ फर्केर सुतियो ।

अर्काे दिन बिहान त्यहाँबाट ज्ञानपीठ डिग्री कलेज निकासीको कार्यक्रमका लगि प्रस्थान गर्नु थियो । मानिस मात्र होइन मौसम पनि बिदाइमा विरक्तिएभैmँ लाग्थ्यो । सिमसिमे पानी परिरहेको थियो । मेरो बिदाइका लागि बायाँटा चारालीसम्म घनश्याम आएका थिए । निकासीबाट आइडोलका संयोजक तपनचन्द्र कलित, नेपाली विभागका प्रमुख चन्द्र घिमिरे, नेपाली शिक्षक रवि अधिकारी र अभि पाठक गाडी लिएर मलाई लिन आएका थिए । त्यहाँबाट निकासी अलि टाढै रहेछ । बेलुका भुटानकै छेउमा रहेको रवि अधिकारीका घरमा बसियो । त्यहाँ बेलाबेला बत्ती जाँदो रहेछ । म धेरजसो बत्ती जाने राष्ट्रको पनि राजधानीको बासिन्दा । त्यसले मलाई उति असर पार्ने कुरै भएन । निकै थकित भएकाले बेलुका अलि छिटै निदाइयो ।

अर्काे दिन बिहान खाना खाई ज्ञानपीठ डिग्री कलेज पुगियो । म त्यहाँ पुग्दा कलेजका सबै पदाधिकारीहरू मेरै स्वागतमा प्रतीक्षारत थिए । तिनीहरूले मेरो भव्य स्वागत गरे र कलेजका सबैजसो ठाउँ देखाए । त्यहाँ मेरो सम्मानमा तुलब्यानरसहित भव्य कार्यक्रम आयोजना गरिएको रहेछ । त्यसपछि सम्मान कार्यक्रमको प्रारम्भ भयो । कलेजका प्रेसिडेन्ट दयानन्द भण्डारी, भाइस प्रिन्सिपल अमित शर्मा, आइडोल कोअर्डिनेटर तपनचन्द्र कलित, जुनियरका प्रिन्सिपल प्रेमप्रसाद उपाध्याय, गभर्निङ बडीका सदस्य तरुण शर्मा, बोडोका विभागीय प्रमुख मन्टु रामासियारी, अङ्ग्रेजीका प्रमुख रम्यान कलिता, अर्थशास्त्रका उत्पल डेका, असमियाका हिमानी हालोई, परमेश्वरी दासलगायत शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा निकै भव्य सम्मान कार्यक्रम गरियो । मलाई त्यहाँ सबै विभागीय प्रमुखहरूबाट जातीय संस्कृतिअनुरूपका अनेक उपहार प्रदान गरियो । मलाई कलेजको लाइब्रेरीबाट भारतीय नेपाली साहित्य नामक पुस्तकसमेत उपहार दिइयो । मलाई त्यहाँ दिइएका खराइ, जापीलगायतका उपहार मैले ल्याउन सकिन, पछि उनीहरूले काठमाडौंमै पठाइदिए । सिङ्गो कलेजकै तर्फबाट गरिएको त्यो सम्मान कार्यक्रममा पनि ‘नेपाली एम्.ए. कार्यक्रमको स्थापनामा डा. लुइटेलको विशिष्ट योगदान रहेको’ भन्ने कुरा सबैले बताए । नेपाली भाषीइतर समुदायबाट समेत हार्दिकतापूर्वक सम्मान गरिँदा मलाई निकै भावुक तुल्यायो । मैले तिनीहरूको सद्भावपूर्ण क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गरेँ । सम्मान कार्यक्रमको लगत्तैपछि मैले शिक्षक, विद्यार्थी र स्थानीय बुद्धिजीवीलगायतका ठूलो समूहका बीच लामै भाषण ठोकेँ । उनीहरूले राखेका जिज्ञासाबारे पनि निकै बेर बोलेँ । कार्यक्रम सकिएपछि बेलुकातिर स्थानीय विभिन्न ठाउँको अवलोकन भ्रमण गरियो ।

अर्काे दिन असम साहित्य परिषद् निकासीद्वारा सम्मान कार्यक्रम राखिएको रहेछ । त्यहाँ त्यस्ता कार्यक्रमलाई ‘परिचय पर्व’ पनि भन्दा रहेछन् । शान्तिराम पोखरेलको सभापतित्वमा सम्पन्न त्यस कार्यक्रममा कलेजका प्रेसिडेन्ट दयानन्द भण्डारी, बद्री गुरागाईं, चन्द्र घिमिरे, रवि अधिकारी, युवा नेता पीताम्बर पाठक, गणेश छेत्री, गुरुप्रसाद कोइराला, दिल गौतम, टीकाराम घिमिरे, अभि पाठकलगायत थुप्रै नेपाली महिलापुरुषहरूको उपस्थिति थियो । खुकुरीसहितको कालो टोपी, पूmलबुट्टे गाम्चा, अभिनन्दनपत्रसहित गरिएको त्यस सम्मान कार्यक्रममा पनि नेपाली एम्.ए. कार्यक्रमसँग जोडेर मेरो प्रशंसा गर्न बाँकी राखेनन् ।

कार्यक्रम सकिएपछि मलाई भुटान घुमाउन लैजाने योजना बनाइएको रहेछ । शान्तिराम पोखरेल, पीताम्बर पाठक, एवनारायण पाठक, गणेश छेत्री, चन्द्र घिमिरे र रवि अधिकारीसहित हामी भुटानतर्पm लाग्यौँ । खैरेनी नामक निकै फराकिलो बगर पार गरेर जानुपर्ने रहेछ । बर्खा याममा पागलभैmँ बाढी आउने हुँदा त्यसलाई ‘पगला खोला’ पनि भनिँदो रहेछ । हामी दुई बजेतिर भुटान गेट पुग्यौँ । त्यस दिन भुटानमा स्थानीय चुनावका कारण गेट बन्द गरिएको रहेछ । हामीले टाढैबाट भुटान हे¥यौँ । मलाई भुटान घुमाउन नपाएकोमा तिनीहरू सबै खिन्न भए । मैले ‘जेजति घुमियो मेरा लागि ती सब नयाँ ठाउँ हुन्, मौका परे फेरि घुमौँला’ भनेपछि तिनीहरूको खिन्नतामा न्यूनता आयो । हामी त्यहाँबाट फर्केर चन्द्र घिमिरेको घरमा आइपुग्दा रात परिसकेको थियो । त्यहीँ छेउमा एउटा नेपालीको बिहेमा पड्काएको पटाकाले त्यस क्षेत्रकै शान्ति भङ्ग गरेजस्तो लाग्थ्यो । बिहेमा निम्ता थियो तर थकित भएकाले गइएन ।

हाम्रो झापा, मोरङजस्तै लाग्ने निकासी अधिकांश नेपालीको बसोबास क्षेत्र रहेछ । त्यस ठाउँमा नेपाली संस्कृति पूरै जीवित राखिएको रहेछ । सहरबाट अलि टाढा भएकाले तिनीहरू आपूmलाई गाउँले नै ठान्दा रहेछन् । त्यहाँअसम क्षेत्रको प्रसिद्ध नाट्य समूह लालीगुराँसलगायत विभिन्न नाट्य मण्डलीहरू पनि रहेछन् ।

असमतिर मान्छेलाई पहिलो स्वागत तामुल (काँचो सुपारी), पान र त्यसपछि चियाबाट गरिँदो रहेछ । त्यहाँ तामुलपान सबैको प्रिय रहेछ । कहिल्यै नखाएकाले खाँदा मातिन्छ भन्थे । मैले एकपटक जयनारायणकहाँ अलिकति खाएँ । कान तात्यो भने भन्नु हामी औषधी गर्छाैँ भन्थे । मेरो कान पनि तातेन र मलाई मिठो पनि लागेन । त्यसबाहेक अन्त मैले कतै पनि तामुलपान खाइन ।

अर्काे दिन बिहान सबेरै गुवाहाटी फर्कनु थियो । मेरो बिदाइका लागि वरपरका थुप्रै मानिस जम्मा भएका थिए । रवि र अवि मलाई पु¥याउन गुवाहाटीसम्मै आएका थिए । बीच बाटोको कुनै ठाउँमा कुनै राजनीतिक सङ्गठनले मेरो अभिनन्दन कार्यक्रम राखेको रहेछ तर समयका कारण त्यहाँ उपस्थित हुन सकिएन । साढे दस बजे जियु गेस्ट हाउस पुग्नेबित्तिकै शान्ति पनि आइपुगिन् । त्यस दिन जियुमा थुप्रै कार्यक्रम र मिटिङहरू थिए । हतारहतार खानपिन गरेर जियु गइयो । जियु आइडोलद्वारा सञ्चालन प्रारम्भ गरिएको रेडियो ज्योति तरङ्गको उद्घाटन गरियो । सो अवसरमा डाइरेक्टर कन्दर्प दासले मसँग विशेष अन्तर्वार्ता लिएका थिए । मेरो अन्तर्वार्ता लिन निकै पहिले देखि नै प्रयास गरिरहेका भाष्करलाई बल्ल समय दिन सकेँ । त्यो अन्तर्वार्ता नेपाली विषयसँग सम्बद्ध थियो । उनले नेपाली कविताको इतिहासलगायतका विषयमा लामै अन्तर्वार्ता लिए । त्यो विद्यार्थीका लागि प्रसारण र वितरण गर्ने सामग्री हो रे । मेरो अन्तर्वार्ता नसकिउन्जेल खगेन शर्मा साना दुई छोरीसहित बाहिर मलाई नै कुरिरहेका रहेछन् । अन्तर्वार्ता सकिएपछि हामी गेस्ट हाउस फर्कियौँ । खगेन आइडोलबाट पुस्तक लिएर आए । यस पटक खगेनको सहयोग पनि उल्लेख्य र≈यो । नव सापकोटा, एडिटर इन्चार्ज प्रसेनजित दासहरू पनि बिदाइ भेटघाटका लागि आएका थिए । केही क्षण गफगाफ गरी सबै आआप्mनो बाटो लागेपछि मचाहिँ हेमचन्द्रजी लिन आएकाले उतैतिर लागेँ र त्यहीँ खाना खाएँ । यति धेरै दिन बस्दा पनि डाइरेक्टरको निम्तोचाहिँ यसपटक त्यत्तिकै थाती र≈यो । अर्काे दिन फर्किनु पर्ने भएकाले बेलुका पोकापुन्तुरा मिलाएर बेलैमा सुतियो ।

अर्काे दिन बिहानै शान्ति आइन् र मलाई बाटामा खाना खुवाएर ११ बजे एयरपोर्ट पु¥याइन् । मैले एयरपोर्ट भित्रिने बेलामा मलाई त्यहाँका लागि दिइएको मोबाइल शान्तिलाई हस्तान्तरण गरिदिएँ । त्यतिखेर उनी निकै शान्त देखिन्थिन् । यसपटकको गुवाहाटी यात्रा लामै भए पनि व्यस्तताका कारण त्यहाँ बसुन्जेल सोच्ने फुर्सदै भएन तर हिँडेपछि अनुभूति भयो गुवाहाटीले मलाई थुप्रै चिज दिइसकेको रहेछ । थुपै्र सम्मान र उपहारहरू अनि मुटुभरि थुपै्रथुपै्र माया, सद्भाव, स्नेह, आत्मीयता ... । कतिपय त कहिल्यै भुल्न नसकिने सन्दर्भहरू पनि... ।

यस्तैयस्ता कुरा सम्झँदासम्झँदै प्लेन बागडुग्रा ल्यान्ड गर्दा पो म झसङ्ग भएँ । एयपोर्टबाट बाहिर निस्की प्रिपेड ट्याक्सी लिएर खुर्र काँकडभित्ता आइपुगेँ । मेरो मोबाइल चीर निन्द्रामा परिसकेको रहेछ, बिउँझने तरखरै गरेन । त्यहीँ सिमानाकी बिजुलीमैयासँग सम्पर्क गराइदिएपछि बल्ल काइँकुइँ गर्न थाल्यो । घरमा अनि अरू दुईचारजना साथीभाइसँग सम्पर्क भयो । त्यहाँबाट चन्द्रगढी आइपुग्नेबित्तिकै मलाई लिन चूडामणि वाशिष्ठ आइपुगे र उनकै घरमा लिएर गए । त्यहाँ द्रोण उपाध्याय, होम सुवेदी आदिसँग पनि भेटघाट भयो । बेलुका निकैबेरसम्म यताउताका गफगाफ भए... ।

अर्काे दिन बिहान मेची क्याम्पस गइयो । क्याम्पसमा थुप्रै साथीभाइसँग चिनजान र गफगाफ भयो । त्यो पनि नेपालको पुरानै क्याम्पस । यताको मेची क्याम्पस र उताका कलेज सम्झँदा मलाई दिक्क लाग्यो । माल पाएर मात्र हुँदोरहेनछ चाल पनि पाउनु पर्दाे रहेछ भन्ने अनुभूति मेची क्याम्पसले दिइरहेथ्यो । त्यत्रो फराकिलो एरिया त्यत्तिकै खेर गएको... । हुन त हामीलाई त्यस्तो हेर्ने–बनाउने फुर्सद भए पो । त्यस दिन दिउँसो कञ्चनजङ्घा एप्m.एम्.मा विशेष अन्तर्वार्ताका लागि बोलाइयो । वर्तमान राजनीतिक गतिविधिलगायत मेरो असम यात्रा तथा गुवाहाटीमा नेपाली एम्.ए. कार्यक्रमका बारेमा रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले लामै अन्तर्वार्ता लिए । राजनीति छोडेर पत्रकारितातिर लागेका जल्दाबल्दा पूर्व विद्यार्थी नेता भण्डारी अन्तर्वार्ता लिन खप्पिस रहेछन् । हामीकहाँ राजनीति योग्यता नचाहिने कमाउदार पेसा भएकाले उच्चशिक्षित र बौद्धिकहरूजति प्रायः त्यसको संसर्गबाट टाढिने प्रमाण चन्द्र भण्डारीले नै दिइरहेका थिए ।

अर्काे दिन काठमाडौं फर्कनु थियो । घोषित एक घन्टा र अघोषित दुई घन्टा प्लेन ढिलो भयो । यो घटना पहिलो नभएको र नेपालको राष्ट्रिय रोग नै भएकाले त्यतातिर ध्यान दिनुको अर्थै थिएन । एयरपोर्टमा थुपै्र परिचितहरू भेटिए । गफ गरेरै समय काटियो । ढिलै गरेर भए पनि धन्न प्लेन उड्यो र म रात नपर्दै घरमा भित्रिएँ । रातभर मेरो तन यता अनि मनचाहिँ उतै कताकता दौडिर≈यो... ।

यसपटकको निकै लामो र अति व्यस्त गुवाहाटी यात्रा अविस्मरणीय र≈यो । यता र उताका नेपालीमा थुप्रै समानाता पाइए पनि कतिपय कुरामा निकै भिन्नता देखिन्थ्यो । उताका नेपालीले राम्रो कामको दिल खोलेर प्रशंसा गर्न सिकिसकेका रहेछन् । त्यताकाले नेपाली संस्कृति र भाषालाई रामै्रसँग जीवन्त राखेका रहेछन् । नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा भने त्यताका नेपाली सन्तुष्ट रहेनछन् । त्यतातिर बसोबास गर्ने अधिकांश नेपाली भौतिक रूपले सम्पन्न भए पनि ठाउँठाउँमा मनोवैज्ञानिक त्रास भने रहेछ । उनीहरूका अभिव्यक्तिबाट यस्तैयस्तै झल्कन्थ्यो । असम क्षेत्रमा अधिकांशतः पूर्वेली भाषिका बोलिँदो रहेछ । अरू जेसुकै भए पनि तिनीहरू जाति र भाषाका लागि चाहिँ हुरुक्कै हुँदारहेछन् । तिनीहरूका क्रियाकलाप र अभिव्यक्तिमा मैले त्यस्तै छनक पाएँ ।

पहिले यताबाट गएका कतिपयले आप्mनो हैसियतभन्दा माथिका अनावश्यक आश्वासन बाँडेका पनि रहेछन् । विभिन्न कार्यक्रममा यसप्रति गुनासो पनि सुनियो तर मलाई त्यहाँ कुनै आश्वासन बाँड्नु थिएन र बाँडिन पनि । अरूले पनि आपूmले गर्न नसक्ने कुरा गरिदिन्छु र नजानेको कुरा जान्दछु भनेर गुड्डी हाँकी नेपालीहरूको बदनाम नगरेकै भए राम्रो हुन्थ्यो । मलाई त्यहाँ बसुन्जेल हरेक दिनजसो सम्बद्र्धना, अभ्यर्थना, सम्मान, अभिनन्दन गरियो तर अनौठो के थियो भने कुन दिन कहाँ कतिखेर सम्मान गरिन्छ भन्ने पत्तै नदिई मलाई अचानक त्यस ठाउँमा पु¥याउँथे । सबैतिरका कार्यक्रममा ‘गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए.कार्यक्रम सञ्चालनमा तपाईंको विशिष्ट योगदान रहेको छ, तपाईं नआइदिएको भए यो कार्यक्रम नै सफल हुने थिएन, तपाईंको योगदान यस क्षेत्रका सबै नेपालीले कहिल्यै भुल्ने छैनन्, तपाईंको नाम स्वर्णाक्षरले लेखिनेछ’ आदि भन्थे र दिइएका सम्मान–अभिनन्दन पत्रमा पनि यस्तै कुरा लेखिएको हुन्थ्यो । यसरी सम्मान गर्दा सबैलाई खुसी नै लाग्छ, मलाई पनि लाग्यो नै तर यस पटक दिनदिनैजसो अप्रत्याशित रूपमा एक्कासि गरिने सम्मान कार्यक्रमचाहिँ अलि अनौठै लाग्यो । मलाई त्यस क्षेत्रमा लगेर सम्मान गरिन्छ भन्ने सोचेर मैले यो काम गरेको थिइन, मैले यो काम नेपाली हुनाको कर्तव्यबोधबाट गरेको थिएँ अनि यो काम यति ठूलो हो भन्ने पनि सोचेको थिइन तर त्यस ठाउँका लागि त यो अद्भुतै काम भएछ, यो कुरा काम सकिएपछि मात्र थाहा भयो । असम क्षेत्रबाट मलाई अनेक खालका भौतिक उपहार दिइए पनि मानसिक उपहार नै बढी पाएजस्तो मैले महसुस गरेँ । त्यहाँबाट मलाई प्रदान गरिएका भौतिक वस्तुलाई घरको कोठामा र मानसिक वस्तुलाई दिलमा सजाएर राखेको छु र सदैव राखिरहनेछु । जय होस् असमवासी नेपाली जातिको ... ।

त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल
०१४३३२१७८
email : [email protected]

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 आसाढ, 2068

लेखकका अन्य रचनाहरु