'विश्व पार्क’मा बुद्ध र सगरमाथाको खोजी

- डा. रवीन्द्र समीर

सञ्चारको सञ्जालले संसारलाई एउटा ‘विश्व–ग्राम’ बनाइरहेको छ, त्यस्तै संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा पैmलिएको अनुपम, सुन्दर, शान्त विशाल ‘वल्र्ड पार्क’ जस्तो रमणीय स्थल संसारमा विरलै होलान् । बेइजिङ इन्टरनेशनल एयरपोर्टबाट ४० कि.मि. तथा बेइजिङको मुटु तियान मेन स्क्वायरबाट १७ कि.मि. दूरीमा रहेको वल्र्ड पार्कमा विश्वका ५० भन्दा बढी देशका १०० भन्दा बढी स्वप्निल नमुना अर्थात् आकर्षणका केन्द्रहरू भएको छुट्टै संसार छ, यो संसारभित्रको अर्को संसार ।

म, चाओयाङ, हुइ गाओ, जिङमिङ, विमवा र डेनिला पचासौँ देशका झन्डाहरू फरफराइरहेको प्रवेशद्वारमा ६५ युआन (करिब ६००।– नेरु) प्रतिव्यक्ति टिकट लिएर एसियाकै सबैभन्दा ठूलो विश्व बगैँचाभित्र पस्यौँ । ‘आहा ! कति कलात्मक हेलियन टेरेस गार्डेन, फोटो खिचौँ ल ।’ सप्तरङ्गी बुट्टाहरूले बुनेको थाङ्का जस्तो लाग्ने भुइँ र त्यसमा चिटिक्क काटेर छाँटेको वनस्पति पर्खाल हुँदै पानीको फोहरातिर लाग्यौँ । ‘टेन युआन’ सुँढले बेरेर हात्तीको टाउको माथि उचालिएर फोटो खिचाउने पर्यटकहरूको तँछाडमछाड थियो । आ ! चितवनको नेशनल पार्कमा हात्ती चढ्नुपर्ला भन्ने सोचेर कोरिडर वरिपरि सजाइएका दर्जनौँ कलात्मक नग्न महिलाहरूको सेता मूर्तिहरू हेर्न थालेँ, लाजै नमानी । त्यहाँबाट हामीहरू सिँढीहरू चढेर कलात्मक भवनमाथि गयौँ, जहाँबाट गोथिक केस्टल, रोमन कोरिडोर र आँखाले भ्याउञ्जेल वरिपरिका चित्ताकर्षक दृश्यहरू हेर्न थाल्यौँ ।

वरिपरि हरिया लहरे रूखहरू, सप्तरङ्की पूmलहरू, मार्बल र सेता इँटा बिछ्याइएका छोए दाग लाग्ने जस्ता बाटाहरू, त्यतिले पनि नपुगेर बाटोको छेउमा आकाशे रङ्गको ठूला गमलामा स्याँहारिएका संसारमा विभिन्न प्रजातिका वनस्पतिहरू आदि हेर्दै हामीहरू हिँडिरहृयौँ । ‘वल्र्ड पार्क’ को संरचनागत भाग र मनोरञ्जनात्मक भागमध्ये हामीहरू पहिले संरचनात्मक भागको भ्रमणमा लाग्यौँ । लन्डन ब्रीज, लन्डनको टावर, हृवाइट हाउस, स्ट्रीट पिरामिड, चीनको यीन प्रान्तको काठको प्यागोडा, पिसाको लिजिङ टावर, फोरोस अफ एलेक्जेन्ड्रिया, पेरिसको आइफल टावर, युरोपियन रोमान्टिज्म, अमेरिकाका पुराना ऐतिहासिक बगौचाहरू आदि हेर्दै, फोटो खिच्दै हामीहरू अगाडि लम्किरहृयौँ । दुरुस्तै आकार, दुरुस्तै रङ्ग एवम् प्राकृतिक ढङ्गले बनाइएका ती विश्व आकर्षणका केन्द्रबिन्दुहरूको साक्षात् दर्शन गर्दा हाम्रा खुट्टा भुइँमा थिएनन् । द्रव्यधन भएका तर स्वास्थ्यधन नभएकाहरू ब्याट्रीबाट चल्ने मोटरबोट एवम् विद्युतीय रेलमा घुमिरहेका थिए, हामीहरू भने पैदल विश्वभ्रमणमा लागिरहेका थियौँ । ‘वाह ¤ न्युयोर्कको ट्वीन टावर ¤’ विन लादेनको सनकले नयुयोर्कको ट्वीन टावर भग्नावशेषमा परिणत भए होला तर यहाँको ट्वीन टावर सबलाङ्क आकाशे रङ्गमा आकाश चुमिरहेको छ । ठूलो पर्वत पाषाणबाट झरना झरेर नदी बगिरहेको ती नदीमा पनि साना ढुङ्गाहरू र खोले डुगाहरू, पुल पुलेसाहरू.......

हैन यी आपँैm बनेका हुन् कि मान्छेले बनाएका हुन् ? यी दृश्यहरू हेर्दै हामीहरू अगाडि बढ्दै गयौँ । ‘जापानको जुरा इम्पेरियल भिल्ला !’ हाम्रै मन्दिरजस्तो पाँचवटा छत र लामो गजुर भएको, वरिपरि सुन्दर बगैँचाले सिङ्गारिएको र माछापुच्छे«को छायाँ फेवातालमा देखिए जस्तै पोखरीमा छायाँ देखिने मन्दिरले हाम्रो मनै लोभ्यायो । ‘वाह ! ताजमहल’ ताजमहल देखेर म खुशीले उफ्रिएँ र व्याख्या गरेँ– यो प्रेमको प्रतीक हो । एसिया, अफ्रिका, युरोप, अमेरिका र लेटिन अमेरिका गरी पाँच भागमा विभक्त उक्त संसारमा मैले सगरमाथा र लुम्बिनी खोज्न थालेँ, अरनिकोलाई भेट्न चाहेँ । ‘विद्युतीय रेल चढ्ने ?’ डेनिलाले प्रस्ताव ल्याई । मानव निर्मित चट्टानको पहरो वरिपरि वक्राकारको ठाडो उकालो र ठाडो ओरालो लिग भएको रोलमार्ग मुटु नै सिरिङ्क पार्ने खालको रहेछ । तीव्र गतिमा सीधै उकालो चढेर हुइयँ तल झार्दा हाम्रो मुटु नै चिसो भएर आयो, मुटुमा हात राखेर आँखा चिम्ल्यौँ हामीहरूले । त्यसपछि चाओयाङले अफ्रिका घुम्ने भन्दै अफ्रिकन संसारमा लगे । प्रत्येक वर्षको मईदेखि अक्टुबरसम्म प्रदर्शनी सञ्चालन हुँदो रहेछ, त्यहाँबाट हामीहरूले अफ्रिकन जीवनशैलीको अनुभव गर्न पायौँ । ‘हाम्रो देशमा नजाने ?’ हुई गाओले एउटा रङ्गशालामा लिएर गई जहाँ पाँच वटा थाइल्याण्डका हात्तीहरू पछाडिका दुईवटा खुट्टाले टेकेर सङ्गीतको तालमा नाचिरहेका थिए । हात्ती नाच सकिएपछि त्यही रङ्गशालामा राखिएको गोहीलाई जिस्कायौँ । बाहिर निस्केका के थियो, अर्को मञ्चमा चलिरहेको तातो, पिरो, रसियन परीहरूको कन्सर्टमा पुग्यौँ । अर्को हलमा रोमानियाको सङ्गीतले हल गुञ्जायमान थियो । साथीहरू कयान वियर तान्दै त्यही सङ्गीतमा झुम्न चाहन्थे तर म सगरमाथा र लुम्बिनी खोज्न आतुर भएकोले उनीहरूलाई लिएर बाहिर निस्किएँ । ठूलो कालो रङ्गको घोडामा सवार मान्छेको सालिक देखेर मलाई टुाडिखेलको जुद्धशमशेरको सालिकको सम्झना आयो । चारैतर्पm हिँडे, चारै दिशा खोजेँ तर त्यो सुन्दर संसारमा मैले नेपालको नामनिशान भुट्न सकिन । बुद्धधर्मीहरूको बाहुल्य रहेको चीनमा लुम्बिनी त हुनुपर्ने, अनि विश्वको ताज, सर्वोच्च शिखर सगरमाथा त नछुट्नुपर्ने, चीनले अरनिकोलाई त नबिर्सनुपर्ने ........

मेरो मन निराशा हुँदै गयो । साथीहरूले निकै रमाइलो मानिरहेको क्षणमा म उदास देखिएर यात्रालाई श्यामश्वेत किन बनाउने ? मुहारमा अलिकति कृत्रिमता घोल्ने प्रयास गरेँ ।

पृथ्वी गोलो छ, हामीहरू जुन धु्रवबाट यात्रा सुरु ग¥यौँ, भ्रमण सक्ने बेलामा त्यही ध्रुवमा पुग्यौँ । एक फन्को मारेर फर्किने बेलामा वल्र्ड पार्कको प्रवेशद्वारमा पचासौँ देशका झन्डाहरू फरफराइरहेका थिए, केवल चारकुने झन्डाहरू । मैले सूर्य चन्द्र अंकित त्रिकोणाकार झन्डा खोजेँ तर झण्डाहरूको भीडमा मेरो प्यारो झण्डा हेर्न पाइन मैले । थप उदासीनता बोकेर गह्रौँ मन लिएर हामीहरू वातानुकूलित बस चढेर वासस्थान अर्थात् पूर्व राजकुमारीको प्रसिद्ध होटेल हेइजिङ फु होटलतर्पm लाग्यौँ । रात परेको लामो बाटो तथा दिनभरको थकानको कारण निद्रादेवीको अपहरणमा प¥यौँ हामीहरू ।

‘कस्तो लाग्यो त हाम्रो संसार ?’ अन्तर्राष्ट्रिय तालिमका संयोजक मिस्टर रेनले जिज्ञासा पोखे । अरू साथीहरूले बेजोड, स्वर्गभन्दा पनि उत्कृष्ट, सपनामा नसोचेको सुन्दर, अद्वितीय ......भन्दै इन्द्रको सामु स्वर्गको बखान गर्न थाले । लियाङ सेइङ ‘(मेरो चिनिया नाम) ! आज तपाई किन मौन ?’ मि. रेनले मेरो जासुसी गरे । ‘वल्र्ड पार्क मलाई पनि बेजोड लाग्यो तर मि रेन अहिले मेरो मन रोइरहेको छ । यति सुन्दर, शान्त, विशाल संसारमा विश्वको शिर सगरमाथा छैन भने, बुद्धधर्मीहरूकै देशमा शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र माटोको गन्ध छैन भने, चीनको लागि पसिना चुहाएका अरनिकोको बसोबास छैन भने अनि सूर्य चन्द्र अङ्कित मेरो स्वाभिमानको झन्डा फहराइरहेको छैन भने, उसरी म रमाउन सक्दछु र मेरो अस्तित्वबिनाको संसारमा ....? दुई लाख भन्दा बढी सेता मार्बलका इँटाहरूले बनेका पिरामिडमा बुद्ध र सगरमाथाको छायाँ छैन भने म कसरी हाँस्न सक्छु र मि. रेन ? सन् १९९३ मा खुल्ला भएपछि डेढ मिलियन भन्दा बढी पर्यटकहरूले यो संसारमा देख्न नपाएका लुम्बिनी र सगरमाथाको क्षतिपूर्ति म खुशी भएर पूरा हुन्छ र मि. रेन चीन हाम्रो अत्यन्तै घनिष्ट, सहयोगी एवम् परम शुभचिन्तक राष्ट्र हो, आशा गर्दछु मि. रेन म अर्को पटक वल्र्ड पार्क भ्रमण गर्न आउँदा लुम्बिनीको अशोक स्तम्भ, मायादेवीको मन्दिर अनि अटूट रूपमा बलिरहेको अखण्ड शान्तिदीपमा विश्वशान्तिको तेल थप्न पाऊँ, तपाईको संसारभित्रको विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा उभिएर तस्बिर खिच्न पाउँ ......।’

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 जेठ, 2068

लेखकका अन्य रचनाहरु