व्यङ्ग्यात्मक आघातका स्पर्शले यत्रतत्र छोइन्छौं

- कृष्णचन्द्रसिंह प्रधान

कविता सम्बन्धमा ‘अर्थात्’का कवि नारायण तिवारीको भनाइ छ–
म कविता हु“
र मेरो आराधना
त्यो फाटेको वस्त्रको उदासचित्र
अर्थात्
सृष्टिले ठगेको त्यो मान्छे !

अर्थात् सीमाहरूभन्दा धेरै माथि उठ्ने आकांक्षा, मिठो पसीना, शुद्ध मन, कालो भएर पनि मोती लाग्ने नेल्सन मण्डेला हो कविता भनेर परिभाषित गर्छन् । कतिलाई मन लागेर पनि नया“ नलाग्न सक्छ । कतिलाई नया“ नलागेर पनि मन पर्ने हुन्छ । यसलाई उनी अझ यसरी प्रस्ट्याउ“छन् ः
कविता त उज्यालो हो
घाम जस्तै
कविता त ऐना हो
जसमा देखिनै पर्छ
रोग, भोक र शोक
सपना हो कविता
जिउ“दा मान्छेहरूको
सुनिश्चित,
सुखमय,
आनन्दित
भविष्यको सपना

दुइटा कुरा स्पष्ट हुन्छ, कविता के हो भन्ने र केलाई भन्ने बारेमा कविको धारणा । दुवैले परिभाषित गर्ने सत्य यो होइन भनेर अस्वीकार्न सक्तिन । धेरैले धेरै किसिमले परिभाषा गर्ने गरेकोमा एउटा बुझाइ यो पनि हो । म यसलाई अर्थहीन भन्दिन ।

विना आधार क्यै पनि त परिभाषित हु“दैन । परिभाषाले टेक्ने थलो कित वस्तुको आकृति, प्रकृति हुन्छ, कित परिभाषित गर्नेको त्यसप्रति कस्तो दृष्टिकोण, विचार हो त्यसै अनुकूलको उनले परिभाषा गर्नेछ । यसभन्दा पनि बेग्लै किसिमको परिभाषा हु“दैन म भन्दिन । तर विचार, चिन्तन, स्वभाव, सिद्धान्तसित आवद्ध वस्तुको निरपेक्षित मूल्याङ्कन परिभाषा पनि शायद अबौद्धिक होला र अव्यावहारिक पनि लाग्नेछ ।

यसर्थ नारायण तिवारीले गरेको परिभाषा माथि भनेको कुराको अपवाद होइन भन्नु परोइन ।
परिभाषित गर्ने यही विचारको सेरोफेरो ‘अर्थात्’का कविताहरूको सिर्जना भएको छ । त्यसैले यसका कविता उज्यालोको गीत भएर सुनिन्छ । यसका कविता मान्छेले ठगेको मान्छेको दुरावस्था भएर गुञ्जिन्छ । यसका कविता भोकाएको मन र थाङ्गनामा सुत्नेको व्यथा भएर उर्लन्छ । यसका कविता नफेरिएको नेपाली छोराको दिक्क लाग्दो अनुहार र जिन्दगी देखेर कुर्लन्छ । आफ्नै आ“गनमा वसन्त खोज्दै सुकसुकाइरहेको बोली भएर फुट्छ र अनि औंसीको पूजा र स्तुति गर्ने होइन, कोसी र मेची भएर आ“सु बगाउने हिमाल, कर्णाली र महाकाली भएर रोइरहेको देश भन्दै पीडा बोल्छ यसका कविता । साथै थुप्रै उजुरी छ कविको र गुनासो गर्छन् नेताहरूसित ।

यसरी कवितालाई आम जनताको सरोकारस“ग गा“सेर हेर्ने गरेका छन् । तिनीहरूको संघर्षरत जीवन, जिजीविषा र विफलताहरूó खेर जाने श्रम, सपना र आकांक्षाहरूó बा“च्नु परेको जस्तो वर्तमान छ मान्छेको ती भोगाइ, विडम्बनापूर्ण यथार्थ सम्बोधित हुन्छ ।

कविता कुनै मानवेतर कला पनि त होइन । जीवनका सुख–दुःख, भोक–शोक, गुनासा– उजुरी, इच्छा–अभिकामना, दुखाइ– परिकल्पनाहरूकै संवेदना, स्पर्श टिपेर बोल्ने शब्द हो कविता । यत्रो सत्यको उपेक्षा गर्न नमिल्ने मान्छे जो जनता पनि हो, उनीहरूबाट विमुख नहुने प्रगतिवादी विचारको सान्निध्यता प्राप्त छ यसका कविलाई । सिद्धान्ततः यही अनुसरण गर्ने ‘अर्थात्’का कविता यसैमा केन्द्रित छन्, यसैद्वारा अनुप्राणित र यसैका निम्ति प्रयोजित । यसमा विवाद गर्न सक्छौं, मिथ्या सावित गर्न सक्तैनौं । सत्य यति मात्रै होइन भनी प्रतिवाद गर्नेहरू होलान् तर अस्वीकारेर विरोधै गर्न सक्तैनन् भन्ने मेरो निष्कर्ष छ ।

यति ठूलो सत्य बोलिदिएका छन् । होइन भनेर गल्ती नगर्ने हो भने यस्ता धेरै उदाहरण भेटिन्छन् । ‘नेपालमा बालवर्ष’मा कविको उक्ति छ ः
यी बालकहरूका फाटेका लुगाहरू सिइदिन भनेर
कहिल्यै आएन बालवर्ष
खान नपाएर बाख्रा धपाउ“दै
र गाई चराउ“दै बरालिइरहेका यी बालकहरूलाई
स्कूलभर्ती गरिदिन भनेर
कहिल्यै आएन बालवर्ष

बुझेर पनि बुझेको नभन्ने, देखेर पनि नदेख्ने अन्धोलाई मूर्ख सावित गर्न प्रयोग गरेको व्यङ्ग्य बडो मार्मिक लाग्यो –
एउटा तस्बीर छ–
फाटेको वस्त्र
खुम्चिएको निधार
र फैलिएको हात
जसलाई भनिंदैछ,
तिमी पीडित हुनुको खोइ प्रमाण ?

स्थिति कति टिठलाग्दो भइसकेछ । विवशताको जिन्दगी जिइदिनु परेको मानिसहरूले चाहेर पनि चाहेको क्यै गर्न सकिरहेको हुन्न । यसलाई रोजमर्राको जीवनको खा“चोसित दा“जेर त्यसको सामु कस्तै महान् कार्य पनि क्यै होइन जस्तो लागिदिन्छ । ‘आजकाल म कविता लेख्दिन’मा हातमुख जोर्नेजस्तो तुच्छ काममा लागेर आफूलाई समाप्त गर्नुपर्ने दुरावस्थालाई संकेत गर्ने कविको भनाइ छ ः
आजकाल यो जिन्दगी धेरै फाटेको छ
र सिउन तल्लीन छु
**
अर्धाङ्गिनीको वर्तमान
र नाबालख बालखको भविष्यप्रति सचेत छु
**
आजकाल आफू पिता भएका बेला
सन्तानको लालन–पालनका निमित्तको दायित्वबोधले
सोच्दैछु, यिनको आ“सु केले पो धु“ला †
हो, म आफू
श्रीमती,
एउटा छोरा
र एउटी छोरीबाहेक अर्थोक केही लेख्दिन
ठीकै भन्नु भो तपार्इंले
आजकाल म कविता लेख्दिन

प्रजातन्त्र पनि हुने खानेहरूकै निम्ति आइदिएजस्तो छ । गाउ“ र गाउ“लेहरू त पा“च वर्षमा एकपल्ट स्वाद लिन्छन् प्रजातन्त्रको, मात्रै चुनावको बेला । चुनाव आउ“दा मेला आए जति नै रमाइलो मनाउने गाउ“लेहरूले उनीहरूको सपनामा बिम्बित प्रजातन्त्र र त्यसका लागि हुने चुनाव यसरी व्यङ्ग्य भई सम्प्रेषित हुन्छ–
गाउ“को धुरन मुसहरले
ठूलो घरका बजारिया हरिबाबू
मोटर लिएर
सपरिवार गाउ“मा भित्रिंदा
थाहा पायो– चुनाव आएछ
**
गाउ“मा सबै भेला भएर
मिटिङ्ग गरे
अब खसी ढल्छ– ढल्छ
कोहीका आ“खामा साडीका सपना झुले
कोहीका आ“खामा धोतीका सपना झुले

केटाकेटीहरूले पनि
धूलोमा खेल्दा खेल्दै टक्क अडिएर
मोेटरबाट उत्रिएका ठुला मानिसहरूका
आ“खामा हेर्दै मुख मिठ्याए... ।

यी दुईचार उदाहरण हुन् । यस्ता व्यङ्ग्यात्मक आघातका स्पर्शले यत्रतत्र छोइन्छौं । तिनीहरूलाई हेर्दा एउटा परिणाममा पुग्छु । नारायण कवितामा सिद्धान्त गर्दैनन् (कविता सिद्धान्त भएर आइदिए पनि) । नारायण भावुक कल्पना लोकको विचरणमा लाग्दैनन् (कल्पनाविना कविता लेखिंदैन थाहा छ) । नारायण प्रकृतिको निविड एकान्तमा रम्दैनन् (प्रकृति परित्याग नगरे पनि) । नारायण रोमान्टिक भएर सुरा–सुन्दरीमा लंिदैनन् (सुन्दरी प्रतियोगिताको कुरा गरे पनि) । उनी सामाजिक भएर भोगाइका वार्तालाप गर्छन् । व्यावहारिक भएर बेहोर्नु परेको यथार्थ खोतल्छन् । समग्रमा दिनहु“को जीवनसित आबद्ध नारायण तिवारीलाई तिनका दैनन्दिनमा भेट्छौं, सा“झ–विहानको अभावमा, रोजमर्राको जीवन, त्यहा“भित्रका असन्तुलन, दुर्घटना, संवादहरूमा । साक्षी मानेर थप केही पंक्तिहरू उद्धृत गर्न चाहन्छु ।
१. अरूले खाए पनि के नखाए पनि के
बालाई मीठो– मीठो ख्वाउनै पर्छ
अरूले लाए पनि के नलाए पनि के
बाले राम्रो राम्रो लाउनै पर्छ
अरूलाई ठूलो रोग लागे पनि के
नलागे पनि के
बालाई अलिकति हाच्छिउ“ मात्र आयो कि
नर्सिङ होम कुदाउनै पर्छ – बा

बा यहा“ नेतृत्व गर्नेहरूलाई अथ्र्याउने प्रतीक लाग्छ ।

२. नेपालगञ्ज हु“दो हो नयनजी †
देख्नु भएको थियो तपाईंले पनि कि
उसलाई तन्नम हालतमा टा“गा चढ्दै
सम्झनुस् त... ।
गोर्खालीजी !
वीरगञ्जतिर त पक्कै पुग्यो होला ऊ
त्यसबेला
देख्नु भएको होला उसलाई
तपाईंले पनि
पानपसलमा
काला जर्दा र किमाम हालेको
पान चपाउ“दै ! – थिति

३. विचरा ! रामबहादुर
कति अबोध छ
गम्म न्यानो वस्त्रले आफूलार्ई
ढाक्न पाएको भए
फाटेको धुरीबाट तुषारो चुहेर
कठ्याङ्ग्रिएको घरको छिंडी
उप्m † रामबहादुर तिमी कति
अबोध छौ ?
तिम्रो विपन्नताले ल्याएको जाडो
पनि बुझ्न असमर्थ .. । – रामबहादुर जाडो भोगिरहेछ !

प्रगतिवादलाई यहा“– कवितामा, नाराविना नै निस्तै भेट्न पाएर खुसी लाग्यो ।
प्रगतिवादी भएर कविता लेख्नेहरू छन्, कविता भएर प्रगतिवाद लागेकाहरू छन् । दुवै पृथक नलाग्ने सफलताको निचोड भने आ–आफ्नो धर्म निर्वाह गर्ने कुशलतामा अवलम्वित हुन्छ । प्रत्येकको पहिचान यसैले कायम गर्छ । नारायण कविता भएर प्रगतिवादको बाटो लागेका छन् । त्यसैले यहा“ कविता छ, त्यसका स्पन्दनहरू छन्, जीवन्तता छ ।

ताहाचल, किचंडो मार्ग

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 28 जेठ, 2068

लेखकका अन्य रचनाहरु