गु

- जगदीश घिमिरे

मेरो संसारको
मेरो सपनाको
सर्वश्रेष्ठदेशको
सर्वश्रेष्ठ शहर
मेरो काठमाडौँ !

मेरी माता ! मेरी प्रेयसी ! मेरो जीवन
तिम्रो यो दुर्दशा देख्नु लेख्नुअघि लेख्नुअघि
किन अग्निसात भइनँ म ?
किन तिम्रो गर्भस्थ भइनँ म ?
म यो निष्पाप बयान लेख्तैछु
किनभने
मेरो लेखनमा सरस्वती छन्
र तिनको ऊर्जा छ भने
मेरो र मजस्ताको पीडा बुझ्ने
र तिम्रो उद्धार गर्ने
कोही जन्मनेछ भविष्यमा
भविष्य भन्ने पनि कुनै बेला हुन्छ भने
काठमाडौँ,
भक्तिभवना र क्षमायाचना सहित
तिम्रो पीडाको मेरो यो चित्कार तिमीलाई नै समर्पित छ –
गुपालको
गुपत्यकामा
गुवायुहरू बग्छन्
गुमतीहरू बग्छन्
गुमय भएको छ उपत्यका
गुपालीहरू प्रसत्र छन् यस उपलब्धिमा

मैलो छ हावा कारखानाहरू अवालहरू वाहनहरूको
झाडा–बान्ताले
मैलो छ पानी नेताहरूको मल–उत्सर्गले
(यसदेशमा जुन नेताहरूले हैकम गरे तिनले देशको लागि मलबाहेक कहिल्यै पनि अरू केही पनि उत्सर्ग गरेनन्)
मैलो छ बालुवा गलैँचाहरूको रसले
मैलो छ हिमालय बेचिएका चेलीहरूको बलात्कृत
रगत–पीपले
मैला छन् नीला पहाडहरू रगतमासीले
मैला छन् तिनबाट बग्ने झरना–झोरा–मूलहरू
समष्टिको योगदानले
मैलो छ आकाश विश्वभरि निषिद्ध प्लास्टिकका थैलाहरूले

गुवायु भएका छन् यस उपत्यकाका सबै वायुहरू
दूषित बोझिल
जो सल्लाको सुसेलीजस्ता हलुका–तीखा–सुगन्धित हुन्थे
गुहे गल्ली भएका छन् मूलबाटाहरू र मूलमार्गहरू
रछान भएका छन् बगैँचा पार्क चउर चौबाटा दोबाटाहरू
गु मन्दिर गजुर गुम्बा मस्जिद चर्च गुरुद्वारा
चौतारा देउराली
गुसाँस्कृतिक धरोहरहरू
गुको भकारी भएका छन् समाज र इतिहासका
प्रत्येक गर्वहरू

दुर्गन्ध नै दुर्गन्ध छ सर्वत्र
दुर्दृश्य नै दुर्दृश्य छ सर्वत्र
अभक्ष्य नै अभक्ष्य छ सर्वत्र
दुःश्रवण नै दुःश्रवण छ सर्वत्र
दुश्चेष्टा नै दुश्चेष्टा छ सर्वत्र
दुष्कर्म नै दुष्कर्म छ सर्वत्र
यस ग्यासच्याम्बर नगरीमा दुर्गन्ध नगरीमा

झन्डाले त्यो सुँघ्नुपर्दैन हेर्नुपर्दैन सुत्रुपर्दैन खानुपर्दैन
डन्डाले पनि पर्दैन
नीलो नम्बर प्लेटले पनि पर्दैन
शक्तिको मातले यिनीहरू नदेख्ने भएका छन् देख्नुपर्ने कुराहरू
नसुत्रे भएका छन् सुत्रुपर्ने कुराहरू
आप्mनो सुविधाको लागि यिनीहरू कित्र सक्तछन्
किन्दछन् वातानुकूल दृश्यानुकूल श्रवणानुकूल
खाद्यानुकूल पेयानुकूल

दुश्चेष्टारत छन् दुष्कर्मरत छन् तिनीहरू नै
जससँग झन्डा–डन्डा र नीलो सेतो रातो पहेँलो
नम्बरप्लेट छ
आफ्नो भाग्य यिनीहरूलाई सुम्पेर हामीहरू
यिनीहरूकै खेलबहाडमा तमासामा रमिते भै बसेका छौँ
जतिजति यिनीहरूको शक्ति बढी हुन्छ सङ्ख्या बढी हुन्छ
उतिउति हामी प्रताडित हुन्छौँ भएका छौँ
यही हो युगयथार्थ युगबोध पनि यही हो
युगघर्म पनि यही भएको छ
नपत्याए गरिब मुलुकहरूको विगत हेर वर्तमान हेर
अनागत हेर
आफ्नै देश हेर आफ्नै अनुहार हेर

यति निकृष्ट बनाइएको छ यो समस्त गौरवमय वातावरण
कि गु ठोकिन्छ भुइँमान्छेको आँखामा नाकमा मुखमा प्रतिपल
जनसामान्यको नाक काटिएको छ
त्यसैले ऊ नाक छोप्न नखौरो लगाएर हिँड्छ
वाक् स्वतन्त्रताको कर्नाल बजेको छ
अधिकारको बाढीपैरो छ
त्यसैले ऊ लाजले मुख छोपेर हिँड्छ
न ऊ नाक ठाडो पारेर हिड्न सक्छ
न ऊ मुख खोलेर बोल्न सक्छ
न ऊ अधिकारका लागि हाँक दिन सक्छ
न ऊ कर्तव्यका लागि केही गर्न सक्छ
त्यसैले ऊसले नाक–मुखमा सुँगुर–थुतुनो लगाएर हिँड्छ
ऊ ठान्दछ त्यसैगरी ऊ बाँच्नेछ
जस्तो मरु–पसी बालुवामा मुन्टो लुकाएर सोच्तछ

गु व्यवसायमा मग्न छ यो मुलुक
गु नेता मन्त्री सांसद राजनीतिज्ञ जनतामारा व्यापारी
गु वकिल पत्रकार बौद्धिक साहित्यकार पुजारी
गु डाक्टर, इन्जीनियर, विदेशी सल्लाहकार नीलो नम्बर– प्लेटधारी
गु पक्ष प्रतिपक्ष, आमसभा, बन्द-हडताल, नारा जुलुस
सत्ताधारी
गु नर नारी तेस्रोलिङ्गी उभयलिङ्गी समलिङ्गी बालब्रम्हचारी
गु सरकारी निकाय गैरसरकारी संस्था नामधारी
गु न्याय माग्ने न्याय दिने कामठग घुस्याहा न्यायध्वजधारी
गु सभागोष्ठी भाषण उपदेश प्रवचनकारी
गु उद्घाटन विसर्जन मानव अधिकारका व्यापारी
गु तिमी म त्यो सबै सक्कली नक्कली नेपाली

नागरिकताधारी
गु विकासका पण्डित पाखण्डी धर्मध्वजधारी
गु मान्य महामान्य अतिमान्य अधिकारी
गु नरकपालिका नरकपिता नरकपुत्र नरकवधू नरककामदारी
गु बाट मुक्त हुन चाँहदैन कोही पनि यहाँ
गु भरिएको छ निर्णायकहरूको मस्तिष्कमा
गु भरिएको छ जनसामान्यको दिनचर्यामा
गु व्याप्त छ तिमी हामी सबैको सर्वाङ्गमा
गु हेर्न आउँछन् विदेशी पर्यटकहरू
(गु बाहेक के छ र हेर्न लायक अब)
गु सोहर्न आउँछन् नीला नम्बरप्लेटका आयोजनाहरू
गु गरिबी अविकासको च्याँखे थापेर बसेका छन्
सरकारी गैरसरकारी अन्तर्राष्ट्रिय आयोजनाहरू
गु बनाऊ
गु छर
गु उमार
गु बेच
गु देखाऊ
गु खाऊ

गुपालीहरूको जीवन यति गुमय छ अब
प्रसत्रतापूर्वक गु वायु सुँघ्दै
प्रसत्रतापूर्वक गु जल सेवन गर्दै
प्रसत्रतापूर्वक गु भोजन गर्दै
(पञ्चगव्यको सट्टा मानव–पञ्चगव्य आचमन गर्दै)
प्रसत्रतापूर्वक गु–जल चडाउँछन् देउता–पितृलाई
र गर्व गर्छन् यो गुसात् वर्तमानमाथि

सुघ्घर जीवनका प्रत्येक अवसर हामीहरूले
त्यसरी बहिष्कार गरिरहेका छौँ
गुमाइरहेका छौं
जसरी “गु खान नपाउने हो भने स्वर्ग जान्नँ”
भनेको थियो लोककथाको सुंगुरले !

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 22 जेठ, 2068

लेखकका अन्य रचनाहरु