खुवाएरै मार्ने भए चिनियाहरूले

- डा. रवीन्द्र समीर

‘वानशाङग हाउ साँझको नमस्ते’ भनेर मुस्कुराउँदै मइकुईले म अगाडिको रित्तो गिलासमा ‘फिच्यू’ अर्थात् चिनिया वियर खन्याइदिई । हेइ जिङ फु होटेलका केटीहरू मइकुई अर्थात् गुलाफका पूmलजस्ता धपक्कै पूmलेका थिए । सधैँ प्रथम ! भन्दै पुलु पनि मसँग नारिएर बसी । ग्याम्बो अर्थात् चियर्स भन्दै हामीहरू एकै सासमा एक गिलास वियर सिनित्तै पा¥यौँ । मइकुईले पुनः गिलास भरी त्यो केटीको नाम के हो ? मलाई थाहा थिएन । हाँस्दा गालामा खाल्टो पर्ने, रातो अनुहारकी, चिटिक्क परेकी तथा मुखमण्डलमा सधैँ लालीगुँरास फुलेको त्यो ठिटीलाई मैले गुलाफको पूmल अर्थात् मइकुई नाम राखिदिएको थिएँ, त्यो नामले ठिटी निकै खुसी भएकी थिई । अर्को गिलासको वियर पनि सकिएपछि डा. सिद्धार्थ, जिङमिङ, जेमा, मेलेस, फामेद, स्सादी, ओल्गा र होडा बाटुलो टेबलको वरिपरि आसन जमाएर बसे । कसैले छा, (चिया), कसैले सुप, कसैले चिसो पेय र अधिकांशले वियर अगाडि राखेर हामीहरू बस्यौँ । हाम्रो समूहमा विभिन्न देशका ६० जना अरू साथीहरूमध्ये बाँकी साथीहरू अरू टेवलहरूमा वरिपरि बसेर वियर तानिरहेका थिए ।

वाइ फे, मइकुई र हँसिलो एवं जोशिलो ठिटोले किस्तिमा राखेर बाटुलो टेबल माथिको घुम्ने टेबलमा च्याउ, समुन्द्री खाना, बिफ, पोर्क, सिङ्कामाछाहरू, सुप, चिकेन, चिप्ला सागहरू, पातला रोटी आकारका अम्लेट, सलादलगायत चिन्नु न जान्ननुका दर्जनौँ परिकारहरू राखे । हामीहरू वियर तान्दै, ठट्टा गर्दै परिकारको टेवल घुमाउदै चपस्टिकले खान थाल्यौँ । “बेजिङ खोया” अर्थात् बेजिङको हासको परिकार चिनियाहरू बीच असाध्यै लोकप्रिय छ, त्यो पनि लुछ्न थाल्याँै । होटलका मेनेजर तथा अन्तर्राष्ट्रिय तालिमका आयोजकहरू बीच–बीचमा आएर गिलासमा वियर भर्दै हाम्रो स्वादको विविधता अध्ययन गर्दथे र अर्को दिन हाम्रो रुचीअनुसारका एवम् नयाँ–नयाँ परिकारहरूले टेबल भर्दथे । सुरु–सुरुमा त जुठो नखाने संस्कार भएकाले अप्ठेरो लागेको थिगयो । तर पछि त्यहाँको खानाको परिकार नै त्यस्तै भएकोले एउटै चिज सबैले चपस्टिकले निकालेर खानु मै रमाउन थाल्याँै । ‘एट्याक्ट” ठूलो सिङ्को माछो टेबलमा राखेपछि हामीहरूबीच माछाका चोक्टाहरू तान्ने प्रतिस्पर्धा नै हुन्थ्यो । ‘ आज माल पनि रहेछ ।’ –पुलिङ्क आकारको समुन्द्री च्याउको परिकारमा पनि हानथाप नै हुन्थ्यो । केटीहरू बाहिर लज्जाउँदै भित्र रमाइलो मान्दै माल खान तछाड–मछाड गर्दथे । अझ बुङ्गुरको सेकुवा ल्याउँदा त दर्जनौँ चपस्टिकहरूको संग्राम नै हुन्थ्यो । “डा. साहेब ! यो शुद्ध बहरको मासु !” यति भन्न नपाउँदे डा. सिद्धार्थ रिसाइहाल्नुहुन्थ्यो । उहाँलाई दिन्दूहरूले खान हुने्–नहुने राम्रो हेक्का थियो । चिनियाहरूले साग, अचार, तरकारी, सुप आदि प्रत्येक परिकारमा विफ मिसाएकै हुन्छन्, तसर्थ त्यहाँ आप्mनो धर्मसंस्कृतिलाई बिर्सनुको विकल्प थिएन ।

डा. सिद्धार्थको बिहिबार ब्रत हुन्थ्यो । उहाँले मासु, अन्डा बार्नुहुन्थ्यो । मैले उहाँलाई अन्डा र वियर साकाहारी भएको धेरै प्रमाणहरू पेश गरेपछि अन्डा र वियर खान थाल्नुभयो । डा. सिद्धार्थलाई नेपाली तथा इण्डियन खालको खाना मन पर्दथ्यो भने मलाई जहाा पुग्यो त्यहीँको खाना स्वादिलो लाग्थ्यो । दाल, दही, चटनी, कागती, खुर्सानी, खसीको मासु आदि नपाईने तथा भात एक कचौरा मात्र, त्यही पनि चपस्टिकले निस्तो भात मुखमा राखेर सुपले निल्नुपर्दा चौरासी व्यञ्जन खाएपनि मलाई सुरु–सुरुमा नअघाएकोजस्तो लाग्दथ्यो । कहिलेकाहीँ अन्डा मिसाएका गहुँका पातला चारकुने रोटी आउँदा के–के न आयो जस्तो लाग्दथ्यो । पेट फुटुन्जेल वियर र व्यञ्जनहरू खाएपछि “सिक्वा” अर्थात् खरवुजाको राता चानाहरूले आन्द्रामा विर्को लगाउँथ्यौँ हामीहरू ।

बिहान ७ बजे हामीहरू ब्रेकफास्टका लागि रेष्टुरेन्ट झथ्याँै ब्रेड, अण्डा, भुटेका बदाम तरकारी, हलुवाको मःम, चाउमिन, सुप, दूध आदि हतार–हतार खाएर अस्पतालतर्पm लाग्थ्यौँ । बिहान एक कप चिया खाने बानी लागेकोले मैले शुरु–शुरुमा थोरै खाजा लिन्थे । तर चार पाँच वर्षका फुच्चेहरू पनि आपूmभन्दा ठूला भाग खाएको देखेर म पनि के कम ? भनेर ब्रेकफास्टको मात्रा बढाउन थालेको थिएँ । ब्रेकफास्ट गरेर अस्पतालमा पुगेपछि प्रत्येक घन्टा हर्वल्टी, दूध कफी, कालो कफी आप्mनो रुचीअनुसार गिलासमा भरेर अध्ययनकक्षमा जान्थ्यौँ । प्रत्येक प्रोफेसरहरूले थर्मसमा हर्वल्टी ल्याउँदारहेछन् । पढाउँदा–पढाउँदै बीच–बीचमा नेताले भाषण गर्दा पानी पिए भैmँ उनीहरूल े हर्वल्टी पिउँदारहेछन् ।
११:३० बजेको लन्च अस्पतालकै क्याप्टेरियामा व्यवस्था गरिएको थियो । त्यहाँको विशेषता के थियो भने प्रत्येक दिन बहु प्रकारका नयाँ–नयाँ परिकार हुन्थे । कहिले स्याउ जत्रा ठूला मःम, कहिले चाउमिनका लहरा, कहिले पोलेका हास, कहिले तारेका माछा, कहिले कुखराका साप्रा, कहिले चिल्ला समुन्द्री आहार, कहिले उसिनेका मकै, कहिले नौला जन्तुका अन्डा, कहिले केराको पातमा धागोले बेरेर पकाएको अर्कै खालको चामल ...। विफको त कुरै नगरौँ, विफ नभए त भान्छै अड्किने रहेछ त्यहाँ ! काँक्रो, गाजर, खर्वुजा, फपूmलका टुक्राहरू, जुस ...के खानु के नखानु ? प्रायः हामीहरू भन्ने गर्दथ्यौँ, खुराएरै मार्ने भए वजियाहरूले ।र अब त खाएर उम्कियो भन्ने बेलामा नयाँ–नयाँ अझ स्वादिला परिकारहरू आउँथे, हैरान प¥यौँ खादाँखादै । अस्पतालका निर्देशक वाङ ले एकपटक प्रसङ निकाले– हामीले तपाईहरूलाई बेइजिङमा पाइने प्रायः सबै चीजहरू खुवाउने मौका पायौँ । अफसोच ¤ कुकुरको स्वादिलो मासु खुवाउन पाएनौँ । शीत ऋतु(Winter)मात्र कुकुरको मासु पाइन्छ । तसर्थ कृपया गाह्रो नमान्नुहोला, माफ गर्नुहोला ! “कुकुरको मासु खान नपाएकै राम्रो, धेरै राम्रो ...” भनेनौ हामीहरूले ।

हाम्रो अन्तर्राष्ट्रिय तालिम जुलाइदेखि सेप्टेम्बरसम्म भएकोले बेइजिङमा करिब ३८ डिग्री तापक्रम थियो । दिउँसो हामीहरूलाई चिसो खान मन लागेमा प्रायः आयस टि खाने गर्दथ्यौँ । चिसो स्वादिलो बोतलबन्द आइस टि हाम्रा लागि नौलो भएकोले ३ युआनमा अर्थात् हामीहरू आयस टि र चिसो वियरमा रङ्किने गथ्यौँ । हाम्रो समूहका केटीहरू म्याकडोन आइसक्रिम रुचाउँथे र लोभलाग्दो नजरले हामीलाई हेर्दै आइसक्रिम रुचाउँथे र लोभलाग्दो नजरले हामीलाई हेर्दै आइसक्रिम चुस्दथे, त्यस्तै अपील गर्दथे । प्रायः रातको समयमा हामीहरू “वाङफुचिङ” रात्रि बजारमा घुम्न जान्थ्यौँ । वाङफुचिङको फुड फेस्टिभल अत्यन्तै हेर्न लायक छ । हजारौँ ताजा परिकारहरू बनाउँदै, पातमा बेच्दै गरेको दृश्यले हामीहरूलाई पनि तान्यो । गड्यौला, कीरा, फट्याङ्ग्रादेखि गोरु, राङ्कोसम्मका जल, स्थल र उभयचर सबै प्रकराका जीवजन्तुका खानाहरू पाइन्छ । त्यहाँ । फ्राई गरेको उत्तानो भ्यागुतो तथा बफाएर राखेको काँचुली सहितको सर्प रोखको स्टलले हाम्रो ध्यानाकर्षण ग¥यो । भेनेजुयलाको मोटे साथी उलेडोले ती भ्यागुता र सर्पको मासु के सँुघेको थियो बेहोस भइहाल्यो । त्यसपछि हामीले उसलाई ट्याक्सीमा राखेर होटेल पु¥यायौँ ।

ग्रेटवाल, समरप्यालेस, बोटानिकल गार्डेन, वल्र्डपार्कलगायत टाढा जादाँ हामीहरूले लन्च प्याकेट लिएर जान्थ्यौँ । ब्रेड, चिकेन रोस्ट, ससेज, फलफूल, विफका पकौडालगायतका परिकारहरू हुन्थे प्याकेटमा । चिनियाँहरूले हामीहरूलाई खुवाउँदा–खुवाउँदा यति दिक्क पारेका थिए कि बाहिर होटल वा क्याफे देख्दा हामीहरू तर्सन्थ्यौँ । कहिले काहीँ सूर्यमुखी पूmलका बिया, फर्सीका बिया, बदाम, चीनमा मात्र पाइने फलपूmल आदि चपाउँदै हिड्थ्यौँ हामीहरू । एकदिन बेइजिङकी मित्र लुओले मलाई अपहरण शैलीमा कारमा राखेर बेइजिङ युनिभर्सिटी, बेइजिङ ओपेरा, हुहङ्क टावर, टेम्पल अफ ह्याभेन, मेडिसिनल प्लान्ट गार्डेन, पुरानो समर प्यालेस आदिमा घुमाउन लगी । “बल्ल तिमीसँग एक्लै घुम्न पाएँ ।” लुओले चिसा पाखुराले मलाई बेर्दै भनी– “राति डिस्को जाने है ।” बिहानैदेखि अपरान्हसम्म घुमेपछि लुओले मलाई खाना खुवाउन चिटिक्क परेको बगैंचाजस्तो रेष्टुरेन्टमा लगी । टेबलको बीचमा ग्याँस चुल्हो थियो । लुओले काँचो मासु, काँचा माछा, काचा खाद्यपदार्थ मगाई । त्यसपछि हामीहरू टेबलको वरिपरि बसेर पकाउँदै, भुट्दै, पोल्दै इच्छानुसारको खाना बनाएर खायाँै । बेइजिङमा यो तरिका पनि निकै लोकप्रिय रहेछ ।

शनिबार र आइतबार हाम्रो अस्पतालमा बिदा हुन्थ्यो । शनिबार हामीहरू चीनका प्रसिद्ध ठाउँहरू घुम्न जान्थ्यौँ भने आइतबार बिहान सपिङ सेन्टरहरू घुमेर एक बजेतिर होटेलमा फर्की टन्न वियर, वाइन आदि र चौरासी व्यञ्जनले किर्नो भएर सुत्ने गर्दथ्यौँ । “हरे राम ¤ डिनरको समय भयो ।” भर्खर बङ्गुर भएर सुतेका हामीहरू उठ्ने बित्तिकै अर्थात ६:३० बजे डिनरको लागि रेष्टुरेन्ट झथ्यौँ ।

हाम्रो समूह ठूलो भएकाले प्रायः एउटा न एउटा साथीको जन्मदिन परिरहन्थ्यो । चिनियाहरूले नयाँ–नयाँ रेष्टुरेन्ट एवम् डिस्कोहरूमा लगेर जन्मदिन भव्यताका साथ आयोजना गरिदिन्थे । “ग्याम्वो !” ह्वीस्की तानेर हामीहरू रातभर नाच्थ्यौँ । नयाँ होटेलका बाहुन बाजेले देखेका परिकारहरू खाएर चिनिया गीतका धुनहरूमा जत्ताउला मोरीहरूसँग पसिनाका धारा बगाउँदै नाचेर भोक लागेको मीठो एवम् बहुप्रतिक्षित अनुभव गथ्याँै हामीहरूले ।

हाम्रो तालिमको समापनको दिन निकै अविस्मरणीय रह्यो । समापन कार्यक्रममा दिक्षित भएपछि उनीहरूले हामीहरूलाई नौलो रिसोर्टमा लगे । रिसोर्टको गेटदेखि नै झकिझकाउ वस्त्रहरूले सजिएका सयाँै परीहरू नाच्दै, नमस्ते, सु–स्वागतम् भन्दै हामीहरूलाई रेष्टुरेन्टभित्र पु¥याए । चिनिया प्रोफेसरहरू, म, डा. सिद्धार्थ, ओल्गा र गामीनि एउटा टेबुलमा बस्यौँ । “बेइजिङ आएपछि त यो नखाई हुँदैन ¤” कपाल फुलेका र फुर्तिला प्रोफेसरले सेतो रङ्कको रक्सी (नाम याद भएन) मगाए । मेरा इच्छा त वाइन खाने थियो तर उनको आग्रहमा हामीहरू सेतो झोल पिउन थाल्यौँ । त्यो रक्सी यति कडा कि मुखमा राख्दा जिब्रो, घाँटी र पेट नै चिरिएजस्तो महशुस हुन्थ्यो । टेबल वरिपरि दर्जनौँ नयाँ व्यञ्जनहरू थिए । टेबलको बीचको खाल्डोमा सिङ्को कछुवा पाकिरहेको थियो, हामीहरूले चपस्टिकले बढेमानको कछुवालाई ढाडबाट शुरु गरेर खान थाल्याँै ।

“चिन र नेपालको प्रतिस्पर्धा !” प्रोफेसरले सेतो झोल थप्न निकै उक्साए । “चुरोट पिउनु हुन्छ ?” मेरो अगाडि चुरोट राखिदिए । चीनमा सुर्ती, सुपारी, पानपराग नपाइने तर चुरोट व्यापक भएकोले मैले प्रोफेसरलाई सुर्ती खाने तरिका देखाउन चुरोटको टुप्पो भाचेर भित्रको सुर्तीलाई ओठमा राखे । बुढा त हेरेको हे¥यै भए र यसप्रकार खाना खाएपछि हामीहरू मातिन थाल्यौँ । परीहरूको हात समाएर नाचेकोसम्म याद भयो, उनीहरूलाई च्यापेर, जोडिएर तथा आगालो हालेर फोटोहरू खिचिएको, प्रमाणपत्र, क्यामारा र उपहारहरू बिर्सेको आदि मलाई याद नै भएन । मिलिले बल्लतल्ल होटलमा पु¥याइछ, जिङमिङले मेरा सामानहरू ल्याइछ । त्यो सेतो झोल यति कडा खालको रहेछ कि सम्पूर्ण साथीहरू बेहोस भएर लडे । भन्न नहुने बेइजिङमा पनि बान्ताको पोखरीमा पौडी खेलिएछ ।

भर्खर रक्सीको नशा शिथिल हुँदै थियो, डिनरको समय टुप्लुक्क आइपुग्यो । तीव्र ह्रयाङ्कओभरको कारण म अल्छि मान्दै साथीहरूको बीचमा चुपचाप बसे । मइकुईले सधंँै वियर खन्याउन थाली । नो ! नो ! प्mयान्टा प्लिज ! सबैजना अचम्म परे । उपलब्ध भए त्यो साझ मैले जनै लगाएर, पूजा गरेर, चन्दनको टिका लगाएर, रुद्राक्षको माला भिरेर, दही, केरा, गाईको दूध र पञ्चामृत खाने थिएँ होला, तर के गर्नु ? त्यहाँ मैले एक कचौरा भात,साग, सलाद र पानी खाए । बेइजिङ जान थाइएयरको बिमान चढेदेखि ठाडो घाँटी लगाउन सुरु गरेको बिचरा म ! लामो बेइजिङ बसाइमा त्यही एक रात मात्र श्यामश्वेत भयो, अर्थात अल्कोहल बिहीन भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 15 जेठ, 2068

लेखकका अन्य रचनाहरु