सहअभियान

- धीरकुमार श्रेष्ठ

ऊ आज सोचमग्न छ । सोचेको थिएन, जीवन सुन्दर हुन सक्छ भन्ने । जीवनलाई हल्का रूपमा लिने उसले सम्पूर्ण सुविधाहरू चमत्कारिक रूपमा उपलब्ध हुन्छ भन्ने ठानेको थियो । आ“खा चिम्म गरेर दिउ“सै सपना देखेपछि सम्पूर्ण आवश्यकता पूरा हुन्छ भन्ने ठानेको थियो । तर चेतनाले आ“खा खोल्नेबित्तिकै उसको सपना दुर्घटित भयो । ठक्कर खायो । भताभुङ्ग भयो । तैपनि पाखुरी बजाउनुको सट्टा ऊ सपना देख्नमै समय खर्च गथ्र्यो । सुन्दर–सुन्दर सपना देख्नु र तत्काल कठोर यथार्थस“ग सामना गर्न पर्नुले निराशा पलाउ“दै गयो । जीवन सुन्दर होइन, असुन्दर देख्न थाल्यो । अन्धकारले लखेट्दै गरेको ठानेर जीवनदेखि भाग्न थाल्यो ।

नभागोस् पनि किन ? ऊ जुन समाजमा जन्मेर हुर्कियो, त्यहा“ एसएलसी पास गर्नुलाई ठूलै उपलब्धि मानिन्थ्यो । नमानियोस् पनि किन ? गाउ“मा एसएलसी पास गर्ने कोही भए पो † गाउ“मा एउटा मात्र प्राथमिक विद्यालय थियो । त्यहा“ पढिसकेपछि बा“की अध्ययनका लागि एक दिनको बाटो हि“डेर सङ्क्रान्ती बजार पुग्नुपथ्र्यो । खाजासामल–ओढ्नेओछ्याउने बोकेर त्यहा“ गई पढ्ने ल्याकत कसैको थिएन । बिहानबेलुकाको छाक टार्न धौधौ पर्नेले त्यहा“सम्मको बाटो सोच्तैनथे । नजाने गाउ“को बाटै नसोध्नु भनी प्राथमिक तहपछिको पढाइका बारेमा कुरा गर्नै मान्दैनथे ।

सरकारले गाउ“मा प्राथमिक विद्यालय खोलिदिएकोले सरकारी स्तरमै त्यहा“भन्दा बढी नपढ्नू भन्दाभन्दै हामी किन जान्ने हुने भन्नेमा सबै एकमत थिए । आज्ञाकारी गाउ“लेको समर्थनमा स्वयं सरकार एक पाइला अगाडि थियो । वषार्“ैंदेखि निम्न माध्यमिक तहको स्वीकृति माग्दा नदिएर गाउ“लेको विश्वासलाई डग्मगाउन दिएको थियो । सरकार र गाउ“लेका बीचको घा“टी जोडाइ अनौठो थियो । उनीहरूको मिलेमतो र गठजोडमा फाटो ल्याउन सकेन । जाबो प्राथमिक विद्यालयको प्रधान अध्यापक अर्थात् मैले के गर्न सक्थे“ ? सिन्को भा“च्न सकिन“ ।

हिलोमा कमल फुल्छ भनेझै“ त्यही“ प्राथमिक विद्यालयमा उज्यालो सम्भावनासहित ऊ आयो । आशा जगायो । तर जब उसको तीन कक्षाको पढाइ सकिन लाग्यो, मलाई चिन्ता लाग्न थाल्यो । पढाइ सकिएपछि ऊ पनि गाउ“लेकै भीडमा मिसिने पक्कापक्की थियो, जुन म चाह“दिनथे“ । त्यसको कारण थियो, ऊ अरूभन्दा अब्बल थियो । ऊ भीरपाखामा फुलेको यस्तो वनफूल थियो, जसको सौन्दर्यमा माटो र पानीको सुगन्ध मिसिएको थियो । तर सौन्दर्यपान गर्ने कोही थिएनन् । वनमा फुलेर वनमै ओइलाउनु वर्षौंवर्षदेखिको निरन्तरताको केन्द्रमा ऊ थियो । जुन म चाह“दिनथे“ । म चाहन्थे“, क्रमभङ्ग होस् ।

क्रमभङ्गको सुरुआत उसैबाट गरे“ । तीन कक्षाको पढाइ सकिएपछि सबैलाई भेला पारेर धेरै सम्झाए“ । पढेर ठूलो मान्छे भएपछि गाउ“को इज्जत रहन्छ । राम्रो जागिर पाएपछि सबैको नाक राख्छ । त्यसकारण सबै गाउ“लेको सामूहिक खर्चमा भए पनि पढाउनैपर्छ भनी जिद्दी गरे“ । भविष्यमा उसले पाउने जागिरको लोभले कोहीकोही सपना देख्न थाले । बूढापाका भने ओठ लेप¥याउन थाले, ‘यो सर पनि चाइने नचाइने कुरो मात्तै गर्छ । चुप लागेर बसे हु“दैन ? त्यो बिर्खे पढ्नमा जान्ने छ । सबैलाई जित्छ भन्दैमा हाम्ले का“बाट पढाउने हो गा“ठे ?’

‘तपाई“हरूले खाने बेरुवा र रक्सीको पैसाबाट सबैले दिनदिनै एक–एक रुपिया“ दिए दिनको कम्तीमा पचास रुपिया“ हुन्छ । महिनाको पन्ध्र सय हुन्छ । त्यति भए बिर्खेलाई पढ्न पुगिहाल्छ । तपाई“हरू सप्पैको पैसा हिसाब गरेर राख्नू । उसले एसएलसी पास गरेर जागिर खाएपछि ब्याजसहित तिरिदिन्छ । हुन्छ ?’ शान्त बसेका गाउ“लेका बीचमा बम प्रहार गरे“ ।

कोही विचेत भएनन् । आधाभन्दा बढी चुप लागे । आधाभन्दा कम विरोधमा उत्रिए । विरोधमा उत्रिनेको अकाट्य तर्क थियो, ‘बाउबाजेका पालादेखि खाइआएको कुरा कसरी छाड्नु हो गा“ठे ?’

कुरालाई परक्कै बटारेर एउटाभन्दा अर्को बुझ्ने राष्ट्रिय संस्कारलाई एक झापड लगाए“, ‘मैले छाड्न भनेको छैन । घटाउनु पो भनेको । दिनमा दुई रुपिया“को बेरुवा खानेले एक रुपिया“को खाए हुन्न ? दिनमा दस रुपिया“को रक्सी खानेले नौ रुपिया“को खाए हुन्न ?’

झापडले सबै तिरमिराए । तर फेरि अत्तो थापे, ‘कसरी हिसाब गर्ने ?’

‘म गर्छु ।’ गा“ठो फुकाए“ ।

अन्ततः विरोधमा उत्रनेको सङ्ख्या घट्दै गयो । समर्थनमा जनमत बढ्दै गयो । दुईचारजना कसै गरे टसमस भएनन् । कुरो बुझेकाले जान्ने पल्टेर सम्झाउ“दा पनि, सम्झेनन् । आफ्नो विशेषता कायम गर्न अडिग रहे । तिनलाई यथास्थितिमा छाडेर बा“कीले सहभागिता जनाउने भए ।

निर्णयको भोलिपल्ट बिर्खेलाई निम्न माध्यमिक स्कुलसम्म पु¥याउने र सबै व्यवस्था मिलाउने जिम्मा मलाई नै दिए, ‘हामी त क्यै जान्दुम्न । कालो अक्षर भै“सी बराबर भ’को मास्टरबाबुलाई थाहै छ । तपाई“ले उल्काउनुभो । सबै बेबस्था मिलाउनुस् । हामी त ठेकिएको पैसा दिन्छ । चुप लागेर बस्छ ।’

जालमा परिसकेको माछा उम्काउनु थिएन । उम्काइन“ । बिर्खेलाई पछि लाउ“दै हि“डे । हि“ड्ने बेलामा उसकी आमा आ“सु झार्दै थिई । तर आ“सुको दह पौडेर किनारा लागे“ ।

मेरो अनुमान विपरीत ऊ गएन । पढ्दै गयो । पढ्ने मात्र होइन, आफूलाई अरूभन्दा अब्बल प्रमाणित गर्दै गयो । त्यो थाहा पाएपछि सिता छरेर मानो उम्काउन पल्केका एनजिओहरू ठूलो माछा मार्ने दाउमा लागे । थाहा पाएर पनि चुप लागे“ । सिताबाट नै उसको अधिकांश आवश्यकता पूरा हुने भएपछि विकल्प देखिन“ ।

बिदामा गाउ“ आउ“दै पढ्दै गर्दा उसले पहिलो श्रेणीमा एसएलसी पास ग¥यो । त्यसपछि उसलाई सहरमा गई बा“की पढाइ पूरा गर्ने चस्का पस्यो । एसएलसीभन्दा पछिको पढाइका बारेमा आफूलाई पनि थाहा नभएकोले गाउ“मा मात्र मेरो दबदबा थियो । अन्त होइन । त्यसकारण मैले हात झिक्न खोजे“ । उसले मान्दै मानेन । उसको लहैलहैमा लागेर गाउ“लेले पनि मानेनन्, ‘आधा बाटो पु¥याएर छाड्न पाइ“छ । मास्टरबाबु नै अगाडि सर्नुपर्छ । अब जसोतसो दुईचार वर्ष पढो भने ठूलो मान्छे हुन्छ रे । बरु हामी दिनको एक रुपिया“को साटो दुई रुपिया“ दिन्छ ।’

सानो मान्छेको भीड लागेको देशमा ठूलो मान्छे बन्ने चस्का गाउ“लेमा पनि पसेछ । सहर नगई धर दिएनन् । बिर्खेलाई पछि लाउ“दै गए“ । सबैको हातेमालोबाट उसले बीए पनि पास ग¥यो । गाउ“मा एसएलसी मात्र होइन, बीए पास गर्ने ऊ पहिलो भयो । त्यसपछि मैले उसलाई होइन, उसले मलाई बाटो देखाउन थाल्यो, ‘सरले पनि आए, बीए पढ्नुपर्छ । मैले जागिर खाएपछि सरलाई आफ्नै डेरामा राखेर पढाउ“छु ।’

उसको इच्छाविपरीत जाने कुरा भएन । तर उसको सपना पूरा भएन । जागिर खोज्दाखोज्दा हैरान भएपछि थाकेर गाउ“मै फक्र्यो । मेरो काखमा टाउको राखेर ‘ग्वा“–ग्वा“’ रोयो । तुस बगोस् भनेर यथावस्थामा छाडे“ । उसको देश र सरकारले उसलाई दिएको अमूल्य उपहार ग्रहण गर्न दिए“ । सरकारबाट उसलाई प्राप्त भएको पुरस्कार पाओस् भनेर भनेर चुप लागे“ ।

तर मलाई पनि कुनै उपाय सुझेन । एउटा तारा नउदाउ“दै झर्ने भयो । मूक साक्षी बन्नेबाहेक अर्को उपाय थिएन ।

अचानक † अ“ अचानक बिजुली चम्केझै“ भयो । उपाय सुझ्यो । नया“ थिएन । पुरानै थियो । पुरानै सूत्र दोहो¥याउने निधो गरे“ । त्यो थियो, गाउ“लेबाट पैसा उठाउन बन्द नगर्ने । बरु पहिलेभन्दा दोब्बर उठाउने । उठेको पैसालाई आयआर्जनका कार्यमा लगाउने । ती सबै कामको संयोजन अरू कसैले होइन, बिर्खेले गर्ने ।’

प्रस्ताव सुनेर उसको अनुहारमा चमक देखा प¥यो । तर विरोध गर्नेहरू त्यहा पनि थिए । निमिट्यान्न भएका थिएनन्, ‘यो सर पनि उटपटङ कुरो मात्त गर्छ । यस्तो गाउ“मा पनि कतै पैसा फल्छ । यो मास्टरको खुस्क्यो कि क्या हो ?’

खुस्किन मन लाग्यो । फुस्किनु जति फुस्किसकेपछि खुस्किनुस“ग के डराउनु ? डराउनु थिएन । उसलाई सदरमुकामको सहकारी कार्यालय पठाए“ । फर्किंदा खुसीको खबर ल्यायो । गाउ“लेबाट उठेको पैसालाई बाख्रापाठा पालन र नगदे बाली खेतीमा खर्च गर्न सकिने सन्देश बोकेर आयो । उत्पादन भएका सामग्रीलाई बजारको समस्या पर्ने जानकारी उसैले दियो । समाधान उसैले दियो, ‘गाउ“मा तीन न तेह्रका कुरा गरेर समय बिताउनु र रक्सी खाएर घरझगडा गर्नुको साटो एक दिनको बाटो भारी बोकेर गए फरक पर्दैन ।’ सरकारका आज्ञाकारी गाउ“लेहरू उसको आज्ञाकारी बन्न तयार भए । नेतृत्व उसैले ग¥यो ।

उसको नेतृत्वमा सामूहिक पशुपालन र नगदे बाली खेतीको कार्यक्रम सुरु भयो । सबै जुटे । कसैलाई काखा र कसैलाई पाखा नगरी उसले कुशल नेतृत्व दियो । यही कारण कार्यक्रम सफल हु“दै गयो । कुनै समस्या परे सल्लाह लिन आउ“थ्यो । मेरो उटपटाङ सल्लाह उसका लागि सञ्जिवनी साबित हु“दो रहेछ । थाहा छैन, विक्रमादित्यको मुखबाट सही न्याय निस्केजस्तै सल्लाह दिने बेलामा अनायासै कताकताबाट आफूले सोच्दै नसोचेको वाक्य मेरो मुखबाट निस्कन्थ्यो । त्यही वाक्य उसका लागि बुटी साबित हुन्थ्यो । बजारसम्म पुग्न केवलकार जडान गर्ने सुझाव त्यसै गरी मुखबाट फुस्क्यो । फुस्केको मात्र थियो । उसले टपक्क टिप्यो । तर गाउ“लेले उल्याउनुसम्म उल्याए, ‘करोडौ“ खर्च लाग्ने केवल कार हाम्रो गाउ“मा ? अब भने मास्टर पक्कै खुस्क्यो । यल्लाई जान्ने नबसाई हुन्न ।’

दुईचार दिनपछि उसले सा“च्चै एउटा प्रस्ताव लिएर आयो, ‘गुरुत्वाकर्षण शक्तिबाट चल्ने केवल कार जडान गर्ने । केवलकारमा गुरुत्वाकर्षण शक्ति पैदा गर्न भारवहन क्षमतालाई आधार मान्ने । यसबाट बजारसम्म पुग्ने समस्या हल हुन्छ ।’

प्रस्तावअनुसार काम भयो । एक्लाएक्लै परेका गाउ“लेहरू सामूहिक रूपमा जुट्दा असम्भव परिकल्पनासमेत सफल भयो । त्यसको साधन र साध्य दुवै उनीहरूमा गएर टुङ्गियो ।
केवलकारको स्थापनापछि गाउ“लेलाई भ्याई नभ्याई भयो । कसैलाई फुर्सत भएन । सबै काममा जुटे । फलस्वरूप आयआर्जनमा वृद्धि हु“दै गयो । खान नपाउने र लाउन नपाउनेहरू घर बसीबसी राष्ट्रिय अन्तर्राष्ट्रिय खबर थाहा पाउने भए ।

तर खोलो तरेपछि सबैले लौरो बिर्से । त्यसको सम्झना गराए“, ‘सधै“ सरकारको आज्ञाकारी बन्ने ? अवज्ञा नगर्ने ? कहिलेकाही“ त अवज्ञा पनि गर्नुपर्छ ।’

सरकारको अवज्ञा गर्न सबै तयार भए । अवज्ञा आन्दोलनले गति पायो । परिणामस्वरूप गाउ“को प्राथमिक विद्यालय निजी स्रोतमा माध्यमिक भयो । त्यसको हेडमास्टर ऊ अर्थात् बिर्खे (होइन–होइन, सुने भने मार्छन् गाउ“लेले । शब्द फिर्ता लिए“ । बिर्खबहादुर विक) भएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 जेठ, 2068

लेखकका अन्य रचनाहरु