श्राद्ध

- हरिप्रसाद भण्डारी

— बुबा ! त्यो के गर्नुभएको ?

— श्राद्ध गरेको नि बाबु ।

— श्राद्ध भनेको के हो ?

— हजुरबुबालाई खाना खुवाएको नि बाबु ।

— अनि मरेका मान्छेले पनि खान्छन् त ?

— हो त नि, हामीले सधैँ खाएपछि कहिलेकाहीँँ हजुरबुबालाई पनि त दिनुप¥यो नि, होइन र ?

— अनि कसरी खुवाउने त ? के उहाँ यो खान यहाँ आउनुहुन्छ ?

— होइन, पठाइदिनुपर्छ ।

बाबुछोराको वार्तालापसँगै श्राद्ध गर्ने कार्य पनि समाप्त भइसकेको थियो । त्यसैले बाहुनको आदेशअनुसार बुबाले उक्त पिण्ड उठाए र जलमा बगाउनका लागि घरदेखि केही तलको नदीतर्फ लागे ।

छोराका मनमा जिज्ञासा जागिरहेको थियो । त्यसैले ऊ पनि पछि पछि लाग्यो ।

नदीका किनारमा पुगेपछि बुबाले मनमनै के के भने र पिण्डको टपरीलाई नदीमा बगाइदिए । त्यो सबै देखेको छोराले फेरि सोध्यो—

— हजुरबुबाको खानेकुरा किन खोलामा बगाएको बा ?

— मनमनै बुबा भएको ठाउ“मा जा भनेर बगाइदिएको नि बाबु ।

— ए, त्यसो भनेपछि हजुरबुबा भएका ठाउ“मा पुग्छ त ?

— पुग्छ, त्यसैले त पठाएको नि ।

सत्यतथ्य के हो, त्यस कुराले छोराका मनमा कस्तो असर पार्छ, भन्ने बारे विचारै नगरी बुबाले जवाफ दिए ।

बुबाको कुरा सुनेर छोरो अचम्म प¥यो तर केही बोलेन ।

+ + + + + +

केही दिनपछि खेतमा काम गर्न गएका बुबाको लागि खाजाको कुम्लो बोकेर बेसीतिर जा“दै गरेको छोराले खोलाका किनारमा पुगेपछि उही पहिलेको घटना सम्झियो र विचार ग¥यो— ‘आखिर यस नदीमा बगाइदिएको खानेकुरा स्वर्गसम्म त पुग्छ भने खेतसम्म त झन् किन नपुग्ला र ?’ अनि ‘यो खाने कुरा मेरा बुबा भएका ठाउ“मा पुगोस्’ भन्दै खाजाको कुम्लोलाई नदीमा बगाइदिएर रित्तै घर फर्कियो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 11 जेठ, 2068

लेखकका अन्य रचनाहरु