बिजय

- गीता खत्री

“आज अदालतको अन्तिम सुनुवाई हो, मलाई अलि सन्चो छैन, तिमी मसंग साथी गई दिन्छेउ, नमृ्ना?” सलिमाले सोधिन । नमृ्नाले सहजै हुन्छ भनी हालिन । सलिमा र नमृ्ना धेरै पहिले देखिका साथीहरु हुन, असाध्यै मिल्थे, आप्mना दिलका कुरा एक आपसमा सधैं खोल्थे । नमृ्नालाई सलिमाको सानैदेखिका कथाहरु थाहा थिए ।

सलिमा र चिरन्जिबीदेवले गन्र्धब बिबाह गरी बाचा बन्धनमा बाधिएको पनि तीस बर्षे नाघिसकेको थियो । छोराछोरीहरु सबै हुर्किएर आ(आप्mना परिबार बनाएर बसीसकेका थिए । उनिहरुले नेपाल छोडी अमेरिका आएको पनि झण्डै झण्डै तीन दशक पुग्न लागिसक्यो । जीवन सुखी अनि खुसी नै देखिन्थ्यो । बाहिरीे अनुहारबाट मान्छेभित्रका चोट, पिडा र व्यथाहरु पढन नसकिने रहेछ ।

ती लोग्नेस्वास्नी दुबैबिच गहिरो मायापिरती थियो । चिरन्जिबीदेव कामकाजको सिलसिलामा धेरैजसो बाहिर गईरहन्थे । कहिले चांडै फर्कन्थे, कहिले महिनौसम्म बस्नु पथ्र्यो । जब घर फर्कन्थे, सलिमा उस्लाई मन मर्ने खानेकुराहरु बनाउने, अनि मन पर्ने लुगा लगाउने तथा जे उस्लाई मन पर्छ त्यही मात्र गर्दथिन । चिरन्जिबीदेवलाई भने अर्कै चाहनाले पोलिरेहेको थियो । साथीभाईलाई के थाहा, व्यक्त गर्न सक्नेखालको कुरा पनि थिएन । अमेरिकाको विश्वविद्यालयमा आएर स्नातकोत्तरसम्म गरेको व्यक्तिले परिवारमा एउटा छोरा नभई हुदैहुदैन भनेर कसरी माग गर्न सक्छ र? हरेक मान्छेमा बिभिन्न चाहनाहरु लुकिरहेको हुन्छ, कसैले व्यक्त गरिहाल्छ कसैले गर्दैन, मान्छेका चाहना फरक फरक हुने । एउटा छोरा पाउन नसकेकी भनी समय समयमा चिरन्जिबीदेव सलिमालाई पिटने, कुटने र अन्य यातना दिदै आईरहेका रहेछन् । यस्ता कुरालाई सलिमाले धेरै लामो अवधिसम्म सहदैं आएकी थिइन । सहने क्षमताको पनि एउटा सीमा हुन्छ, त्यो सीमा नाघेपछि त्यसले उग्ररुप लिन पनि सक्ने रहेछ, यो एउटा शाश्वत सत्य हो । एक दिन रिसको आवेगमा आएर चिरन्जिबीदेवले सलिमाको चरित्रमाथि नै आं“च आउने आरोप लगायो जस्ले गर्दा सलिमाको त्यो सहनशीलताले सीमा पार गर्यो । २५।२६ बर्ष पार गरिसकेका त्यस्ता लायकका छोरीहरुको डि.एन.ए परिक्षण समेत गर्न पर्ने अवस्था आयो । अनि आप्mना बयस्क भईसकेका छोरीहरुसगं सरसल्लाह गरि चिरन्जिबीदेवबाट पारपाउने भनौ वा त्यो शारीरिक तथा मानसिक यातनाको खाडलबाट परै बस्ने उपाय स्वरmप अदालतको ढोका घच्घचाउन पुगीछन् । पारपाचुकेका निमित्त अमेरिकी अदालतमा मुद्धा दायर गरेकीथिईन । चिरन्जिबीदेव आप्mनो परिबारसहित अमेरिकामा आई कामकाज गरेको पनि छब्बिस बर्ष नाघिसकेको थियो । उनको राम्रै काम थियो । छोरीहरुलाई राम्रै स्कृ्ल र कलेजसम्म पढाउन सफल भईसकेको थिए । सबै छोरीहरु यहीं हुर्के, बढे, र कामपनि गर्दैछन् । उनिहरुलाई यहां“को सामान्य कानृ्नको ज्ञान त थियो नै । त्यसैले छोरीहरुको सहयोगमा सलिमाले आप्mनो मुद्दा अमेरिकी अदालतमै दायर गरेकी हुन । आप्mनी आमामाथि बाबुको यति ठृ्लो यातना र क्रुरता बारेमा उनिहरुले चालै पाएका रहेनछन् । यतिखेर आप्mनी आमाको सहनशीलतामा उनिहरुलाई ठृ्लो गर्ब र खेद दुबै एकैपटक भयो । अमेरिकी परिबारबिचमा यस्तो विबाद देखिएको भए बिबाद शुरु भएको दिन देखि लोग्नेस्वास्नी अलग बस्ने थिए र दुई बर्ष भित्रमा बिबाहको छिनोफानो भइसक्ने थियो ।

मुद्दा दायर गरेको दुई बर्ष पछि आज उनिहरुको भेट अदालतमा हुदैंछ । कस्तो लेखान्तर हो । लोग्नेस्वास्नी दुबैबिच आप्mनो अमृ्ल्य र छोटो जीवन बारे विश्लेषण गर्न र सहनसक्ने क्षमताको कमीको परिणम हो आजको पैmसला । यो मन भित्र पलाउने रिस रागहरु सर्पको बिष निकाले भैm निकाल्न पाए कस्तो हुन्थ्यो होला । शायद हामीले कल्पना गरेको स्वर्ग यही धर्तीमै बनाउन सकिन्थ्यो होला । आखिर स्वर्ग हामीले कल्पना गरेकै एउटा सपना न हो । सलिमाको उमेर १६ बर्षको नहुंदा नै चिरन्जिबीदेवसंग मायाप्रिती बसेको थियो । आमाबाबुको मनको भावनाको विपरित उनले गन्धर्ब बिबाह गरेर गएकी थिइन । आज आएर यो देख्न पर्ला भनेर त कल्पना पनि गरेकी थिइनन् । तर के गर्ने कहिले कांही कल्पना नगरेका कुरा पनि भोग्नु र देख्नु पर्ने रहेछ । सलिमा ज्यादै ह“सिली र रमाईली आइमाई थिइन । सबैलाई सधैं हं“साउथिन । उनको मनमा दुःख दर्द भनेकोे त छंदैछैन जस्तो देखिन्थ्यो ।

बिगत ४।६ महिना देखि नमृ्नाले सलिमालाई देखेकी थिईनन् । फोन गर्दा फोन उठदैन थियो । बेपत्ता जस्तै भएकी थिईन । सलिमाको जीवनमा भुइंचालो आएको कस्लाई थाहा । सलिमाले त्यति ठृ्लो बेदनालाई आपृ्m भित्र पालेर कति सजिलै हिडिरहेकी रहिछन् भन्ने कुरा बल्ल नमृ्नालाई थाहा भयो । मान्छे कतिसम्म कठोर पनि बन्न सक्ने रहेछ । के साथी के नाता, पहाडनै आपैmमाथि आएर थिचेपछि । अदालतमा कुरा पुगेर पैmसलाको दिन आएपछि मात्र सबै कुरा नमृ्नालाई थाहा
भयो ।

एक हप्ता आगाडि मात्रै चिरन्जिबीदेवसंग नमृ्नको तरकारी बजारमा भेट भएको थियो । यहांपनि नमृ्नाले आप्mनो अनुरोध र सलिमाका मनका कुरा दोहोर्याएकी थिइन । त्यसबखत चिरन्जिबीदेवले भन्दै थिए रे “आदलतमा गएर यसरी मुद्दा दायरगरि हाल्छे जस्तो लागेको थिएन । मैले आवेगमा आएर बिचारै नगरि नराम्रा शव्दहरुको प्रयोग गरि हालेछु । अब के नै गर्न सकिन्छ र ।” भन्दै परेली टलपल गर्दै आप्mनो बाटो लागे रे । मानवीय सम्बन्धको बिचल्लीमा नमृ्नाको मन फेरि एकपल्ट चिराचिरा भयो ।

एक महिनापछिको कुरा हो । मैले बाटोमा सलिमालाई घरतिर आईरहेको देखें । परैबाट उनले पनि मलाई देखिन । छिटो छिटो मतिर आईन, केही कुरा नै नगरी सलिमाले मलाई अंगालो हालिन । म छक्क परें । केहीबेरको मौनता पछि बल्ल सलिमा बोलिन, “मैले मुद्दा जितें, मेरो सबै मागहरु पुरा भए, मैले तिस बर्षदेखि गर्दै आएको दुखद अनि सुखद यातनाहरुको पुरस्कार पाए“ं ।” सुनेर मलाई खुसी जस्तो पनि लाग्यो, नारीको जीत भएछ, सही निर्णय भएछ, भ्रष्टाचारी काम भएनछ, मानव अधिकार, मानसिक, तथा शारीरिक यातनाको सुनुवाई भएछ । तर दुःख पनि लाग्यो की अब सलिमाको एक्लो जिन्दगी, अमेरिकी बसाई, बिस्तारै अरुको सहयोगको आशा गर्ने बेलामा यो जीतले, यो बिजयले के गर्ने? पचास नाघिसकेको एक्लो जीवनलाई यो जीतले कति सुखी बनाउला । म मनमनमा कुरा खेलाउंदै रेल चढन हिड्ेको मान्छे, बसमा चढेर मेशिनमा आप्mनो टिकट हालिसके पछि पो त झल्यां“स भए“।

न्यृ्योर्क

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 बैशाख, 2068

लेखकका अन्य रचनाहरु