भोज र मोजको संस्कृति

- राजेन्द्र पहाडी

मेरा एकजना शिक्षक मित्रको छोराले हालसालै कक्षा बाह्रको परीक्षा उतिर्ण गरेछन् । यही मेसोमा शिक्षक मित्रका साथीभाइले उनलाई छोराले उच्च माध्यमिकतह पास गरेको अवसरमा खुशियाली भोज खुवाउन आग्रह त्यतिबेलासम्म गरिरहे जतिबेलासम्म उनले एनकेन प्रकारेण भुजा–मासु सहितको मिनी भोज खुवाएनन् ।

अर्को एउटा साथीले यही दशैंको बिदाको उपयोग गर्दै कम्प्यूटरका ‘कखरा’ सिकेछन् र सिकेछन् इमेल इन्टरनेटका कुरा पनि । उनले कार्यथलो फर्केपछि आफ्ना दौंतरीहरुलाई आफूले यसपटकको दशैंमा हासील गरेको उपलब्धीका बारेमा फुरुङ्ग पर्दै जानकारी गराए । उनले कम्प्यूटर सिकें भन्न मात्र के भ्याएका थिए, दौंतरीहरुले घेरिहाले, ‘यत्रो ठूलो काम गरिछस्, लौ ख्वा भोज ।’

स्यामकृष्णले अब जाडो पनि आउन थाल्यो, दशैं–तिहारमा कपडा हाल्दा एउटा ज्याकेट पनि किन्नु प¥यो भनेर कालो–कालो रङ्गको ज्याकेट किनेका रहेछन् । तिहार नजिकि“दाका दिनमा अलिक चिसो बढेको अनुभूती भएपछि त्यही कालो ज्याकेट लगाएर बजार निस्केछन् । नामले स्याम भए पनि गोरो बर्णका स्यामकृष्ण कालो ज्याकेटमा निकै खुलेका देखिन्थे । यो देखेपछि के नै बहाना चाहियो र, उनका साथीहरु एकै श्वरमा भन्न थालिहाले, ‘यस्तो चिटिक्क सुहाएको कालो ज्याकेट किनेको उपलक्ष्यमा स–सानो भोजको आयोजना गर्न किन पछि पर्ने र ?’ स्यामकृष्ण साथीभाइको ¥याईं ¥याईं र करकापबाट फुत्किनै सकेनन् । तीनसय पचासमा किनेको ज्याकेटको भोज खर्चमा खन्खन्ती गनेर पा“चसय रुपिया“का दशा लागे ।

मेरा अर्का एक मित्रले घरमा सबै दृष्टिले सक्षम एउटी श्रीमती हु“दा हु“दै कानूनको बर्खिलाप हुनेगरी अर्की हुलेछन् । कानूनले दण्डनीय काम गरेको थाहा पाउ“दा पाउ“दै पनि मेरा बा“की विद्वान मित्रहरुले उनलाई दोश्रो श्रीमती भित्राएको शुखद (?) उपलक्ष्यमा भोज नख्वाएसम्म फुर्सद नै नदिने अड्डि कसेर बसे । आखिर ति मित्रले पनि छिमेकीहरुले थाहा नपाउने गरी आफ्ना सहकर्मीहरुलाई भोज खुवाएरै छाडे ।

माथिका दृष्टान्तहरु त केवल प्रतिनिधि घटनाहरु मात्र हुन् भोज महिमाका । यस्ता अनेकन औसरहरु तपाईंहरुले पनि थुप्रै भेट्नु भएको हुनसक्दछ । अर्कालाई उचालेर, फुर्काएर, धम्काएर या लालच देखाएर भोजमा मस्तीराम गर्न सिपालुहरुले नजानि“दो ढंगले भोजको मेसो जुराउने गरेको कुरा साच्चिकै रोचक लाग्दछ मलाई । ठूलो सफलता या बिशिष्ठ काम गर्नै नपर्ने भोज खानलाई । सामान्य मौसम परिवर्तन, लवाई खुवाईमा देखिएको नया“पन अथवा यस्तै कुनै दैनिक जीवनको क्रमभङ्गतालाई आधार मानेर प्रस्ताव राख्नेले राखिदिए पछि अक्षोभ्य पात्र भोजको चक्करमा नराम्रोस“ग फस्न पुग्दो रहेछ । नया“ बाटो हि“डे पनि भोज, नया“ विचार ल्याए पनि भोज, नया“ पुस्तक पढे पनि भोज, पत्रपत्रिकामा नाम प्रकाशित भए पनि भोज, सधैंको भन्दा भिन्दै शैलीले कपाल कोरेको भए पनि भोज, भाषण गर्ने या सासन गर्ने अवसर पाए पनि भोज । धन्य छ भोज भवसागर । भोज खुवाउनका लागि गरिने विनित् प्रस्तावहरुको श्रृङ्खला निकै लामो हुन सक्छ । अरुलाई इल्लीबिल्ली पार्न र अप्ठ्यारोमा पार्न खप्पिसहरुले अनेक बहाना बनाएर कतै तपाईको सामु पनि भोजको प्रस्ताव लिएर आइपुग्लान है, होशियार हुनुहोस् । कुनै सोधखोज नै नगरी प्याच्च भन्न सकिने ‘भोज’ वास्तवमा ताजुबको चिज रहेछ । भोजमा मोज गर्न पल्केकालाई यसको स्वाद अनौठो र अचाक्ली नलागे पनि अक्करमा परेर भोज खुवाउनु पर्ने बाध्यात्मक अवस्थामा पुगेकालाई यसले कति चक्कर खेलाउ“छ भन्ने कुरा परेकाले मात्रै जान्ने कुरा होला । छानी छानी र गनी गनी रोजै भोजको तारतम्य मिलाउन जानेकाहरुले अरुलाई कत्तिको भोज भतेर खुवाउ“छन् होला मैले यसै भन्न सक्तिन ।

नेपाली वृहत् शब्दकोषले भोजलाई परिभाषित गरेका आधारमा भन्ने हो भने कुनै खास चाडपर्व वा बिहे बटुलोमा धेरैजना सहभागी भएर खाइने भोजन वा भतेरलाई भोज भनेर बुझाइएको छ । तर अचेल विकास भएको भोज संस्कृति यो परिभाषाबाट पृथक देखिन्छ । आफ्नो खल्तीमा पैसा छैन या भएर पनि खर्च गर्न मन मान्दैन भने नजिकको मित्रलाई प्रस्ताव राखे भैहाल्यो ‘लौ है, आज त तिमीले फलानो उपलक्ष्यमा भोज खुवाउनै पर्दछ है ।’ आफूले खुवाउन पर्ने भए अनेक तानाबान बुनेर बहानाबाजी गर्ने, आफूले यसरी भोज खान छोडेको धेरै भएको भनेर झुट्टा जानकारी गराउने तर अर्काको सित्तैमा पाउने भएपछि दिनभर कुरेर भएपनि केही न केही हात नपारी नछाड्ने लुच्चाहरुको तरिका देखेर अचम्म मान्नु बाहेक केही गर्न सकिने अवस्था हुने रहेनछ । अझ रोचक प्रसङ्ग त के रहेछ भने अर्कालाई भोजको एम्बुसमा पार्न कसरी सकिन्छ भन्ने बारेमा स–सानै भएपनि अनुभवसिद्ध सोध गरेकाहरुले मान्छे हेरेर भोजका भेराइटीहरु निर्धारण गर्दा रहेछन् । यस्ता बुज्रुक भोजवादीहरुले सामान्य मासु–भुजालाई भोजको सूचिमा नै राख्दा रहेनछन् । अर्काको मेजमानी खाएर मुख मिठ्याउन पल्केकाहरुले मासु–भुजालाई निम्नकोटीको भोजन मान्दछन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्दछ । भएसम्म विदेशी सोमरस नभएपनि स्वदेशी सिलबन्दी सहितको बसिबि“यालोलाई यिनीहरुले मध्यमस्तरको भोज मान्दा हुन् सायद । यसभन्दा उपल्लोस्तरको भोजको त के कुरा गर्नु र ? साना–ठूला व्यापारिक कारोवार, ठेक्कापट्टा, लेनदेन, कमिशन आदिका बारेमा निश्कर्ष निकाल्ने र नमिलेका कुरा मिलाउने यस्ता तहका भोज भतेर अलिक फरक शैलीले व्यवस्थापन गरिएका हु“दा हुन् । भोजलाई घा“टीबाट भित्र छिराउन बिशिष्ठ खालको सितनको भिन्दै व्यवस्था गरिएको हु“दो हो । आ“, थाहा नभएको विषयमा के कुरा गर्नु र ?

बिछट्टैको विषय के पनि छ भने अरुले भोज खुवाऊ भनोस् या नभनोस् आफै मपाई भएर भोजको प्रायोजन गर्नेहरुको पनि कमी देखेको छैन मैले वरपर । आफ्नो गैरकानूनी काम फत्तै गर्न, दुनियालाई ठगेर कमाएको कालोधनलाई चोख्याउन तथा आफूले गरेको नाजायज कामलाई जायज बनाउनका लागि समर्थन बटुल्न आयोजना गरिने यस्ता नियोजित तथा कुत्सित मनसायले तय गरिएका भोजहरु भोज मध्येका खतरनाक भोजहरु हुन् । यस्ता भोजहरु कुनै ठोस सन्दर्भ, अवसर वा बहानाबिना नै आयोजित हुन्छन्, र भोजका बारेमा कसैले अत्तोपत्तो नपाओस् भनेर खुब सतर्क हुन्छन् तथकथित आयोजकहरु । यस्ता भोजहरुमा सकेसम्म कलमजीवीहरुको नजर नपरोस् भनेर विशेष सतर्कता अपनाइन्छ भने कतिपय अवस्थामा सोमरसका पारखी कलमजीवीहरुलाई विशेष निम्ता गरेर तिनको विवेक र धर्मलाई खरिद गरिन्छ या निस्तेज पारिन्छ । खासै काम नभए पनि अथवा अन्य आर्थिक स्वार्थ केही नभए पनि छिमेकीलाई फूर्ति देखाउन पनि कसै कसैले यस्ता भोजको आयोजना गर्दा रहेछन् भन्ने कुरा पनि रोचक नै हुने रहेछ । आफ्नो घरमा राती अबेरसम्म गाना बजाना, मोजमस्ती र पाहुनाहरुको आवत जावतलाई देखाएर छिमेकीलाई खुच्चिङ गर्न चाहनेहरुको छोटो बुद्धिले आफ्नै धन खर्चेर यस्ता भोज आयोजना गर्न उक्साउने रहेछ । अझ गाडीवाला पाहुना परे भने त के चाहियो र ? आयोजक त्यसै मख्ख, छिमेकीले देख्ने गरी गाडी पार्किङ गर्न लगाउने र आफूहरु भित्रभित्रै दङ्ग पर्ने । ती बिचरा आयोजकहरुलाई के थाहा, आफ्नो स्रोत साधन खर्च गरेर जति खुवाए पियाए पनि पाहुनाहरु सधैंका लागि आफ्ना हुन सक्दैनन् भनेर । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ । खान पल्केकाहरु खान पाउञ्जेल न आफ्ना हुन्छन् । खान पाउन छोडे पछि मरेको जन्तुलाई उपिया“ले छोडे जस्तो छोडेर जान्छन् ।

आफूले कहिल्यै भोजका नाममा जन्मदिनका अवसरमा एउटा चक्लेटसम्म नबा“ड्नेले अरुबाट भने बडे बडे अपेक्षा गर्नु र अरुका कुरा काट्नु पनि अनौठो खालको संस्कृति छ हाम्रो समाजमा । बजारमा गएर कुनै सामान लिएर सकेसम्म पैसा तिर्न नपरे हुन्थ्यो भन्ने र अनेक बहाना बनाएर फुत्कनेहरु या लाजै नमानी साथीभाइलाई आफूले खरिद गरेको सामानको दाम तिराउनेहरु अरुबाट भने उपल्लोस्तरको आस राख्दा रहेछन् । यस्ता दहिच्यूरेहरुको आनीबानी थाहा भएकाहरुले तिनलाई सकेसम्म भोज भतेरबाट बहिष्कार गर्न थालेको कुराले भने भोजको संस्कृति नया“ मोडमा पुगेछ कि भन्ने लागेको छ । तैपनि भरोसा गरिहाल्ने आधार केही पनि छैन, किनकी सित्तैमा खान पल्केकाहरुले जे गरेर भएपनि दातालाई रिजाउन सक्दछन् । आफ्नो जिम्मेवारी, पद वा सामाजिक हैषियतको वनावटी फूर्ति देखाएर दुनो सोझ्याउने काइदा त तिनलाई जति अरु कसलाई थाहा छ र ? सित्तैमा पाइने भए अलकत्रा पनि नछोड्नेहरु बेलुका भोज खानु पर्ने भए बिहानदेखि नै आधापेटमा बस्ने गरेको जानकारहरुले बताएको कथनी हो । पेटमा बिसन्चो छ भन्दै भन्दै थालीका थाली थप्दै जानेहरुले गरेको बहाना अतिनै नसुहाउ“दो देखि“दो रहेछ कहिलेकाहि“ । यति मात्र कहा“ हो र, मैलै त यहा“ ग्रहण गरिहा“ले घरकाहरुलाई पनि अलिकति लगिदिन पाए हुन्थ्यो भनी मुख फाल्ने भातमाराहरु पनि यही कोटीमा पर्दछन् भनी बुझ्दा अनौठो मान्नु पर्दैन ।

अचेल भोजको बजारमा नविनतम भोज संस्कृतिले पनि प्रवेश पाएको रहेछ । त्यो हो सामुहिक तिरनतारनवाला भोज । अर्थात पालो लगाएर पैसा व्यर्होने । केही साथीभाइ मिलेर पालैपालो भोजको आयोजना गर्ने र आ–आफ्नो पालोमा परेको खर्च सम्बन्धित व्यक्तिले भुत्तान गर्नुपर्ने । तुलनात्मक रुपमा यो प्रकृतिको भोज अन्य प्रकारका भोजभन्दा उन्नत यो अर्थमा देखिन्छ की यसमा सबैले पालैपालो रकम तिर्छन् । सामुहिकतामा आधारित भएर उपभोग गर्ने प्रणालीलाई प्रवद्र्धन गर्न यसले सहयोग पु¥याउन सक्दछ । तथापि, यसखाले प्रक्रियामा पनि कोही न कोही बेइमान, धुर्त र बद्मास निस्किहाल्छ । आफूले पैसा तिर्नुपर्ने पालोमा कुनै न कुनै बहानाबाजी गरेर पन्छिन्छ र साथीहरुको मात्र खान्छ, आफूले खुवाउ“दैन । खन्चुवाहरुको यहा“सम्मको धुत्र्याईं, कपट र छली व्यवहार ज्यादै आलोच्य विषय हो । त्यसो त पू“जीवादी बजार संयन्त्रमा यस्तो प्रवृत्ति त्याज्य हु“दैन, बरु अनेक ढंगमा पुज्य भएर देखा पर्दछ । ‘अर्काको खाऊ–आफ्नो जोगाऊ, अर्कालाई चुस–आफू मोटाऊ, अर्काको घटाऊ–आफ्नो बढाऊ’ जस्ता नारा पू“जीप्रधान समाज व्यवस्थाका आम विशेषताहरु हुन् । कामचोर र खन्चुवाहरु अरुलाई उचालेर र उधिनेरै भए पनि भोज संस्कृतिलाई जोगाइराख्न कम्मर कसेर लागेका हुन्छन्, यसर्थ पनि कि यसले नै उनीहरुको वर्ग विशेषतालाई संरक्षण गर्न सघाउ पु¥याउ“छ । खाना, नाना, गाना र अनेकथरी तानाबानामा विश्वास राख्नेहरु आफूहरु केवल ‘खानका लागि जन्मेको’ भन्ने भुलभुलैयामा बा“चेका हुन्छन् । खाने तर आफ्नो हैन, अर्काको खाएर बंगुर मोटाए झै मोटाउन चाहनेहरु नामका पनि त्यत्तिकै भोका हुन्छन् । भोज र मोजको सहयोगले आफ्नो नामले पनि उचाई लिंदै जाओस् भन्ने उनीहरुको आन्तरिक चाहना हुने गर्दछ । त्यसै भएर यी भोकपन्थीहरु बिहान सबेरैदेखि तालुकदारहरु कहा“ फोनबाट जिउ हजुरी भजाउ“दै भोज खान पाऊ“ भनी बिन्ती बिसाउने गर्दछन् । कतिले त भालेको डा“कोस“गै कथित ख्वामीतका दैला कुर्न पुग्दछन् ।

अर्काको खल्ती खला“स गराएर आफूले मोज गर्ने मती भएकाहरुले आफ्नो इमान जमानको खती भएको कुराको भेउसम्म पनि पाएका हु“दैनन् । दुनियाले के भन्ला ? मेरो इज्जत, मान, प्रतिष्ठा के होला ? भन्ने चिन्ताले यिनलाई छुदै छुन्न या नछोएको बहाना गर्ने गर्दछन् । ‘लाज नमान्ने त हो’ भनेर हाकाहाकी भोजको गन्ध सु“ग्दै सडक–सडक हि“ड्नु इज्जतको विषय हुनै सक्दैन । आफ्नो खल्तीबाट कौडी दाम ननिकाल्ने तर अरुको दोहोलो नै काड्छु भनेर आ“ट्नु लाजमर्दो कुरा हो । सधैं अर्काको भर भरोसामा कति दिन इज्जत जोगाएर चल्ने हो ? भोजपन्थी र मोजपन्थीहरुले समय छ“दै विचार पु¥याए जाती हुन्थ्यो कि जस्तो लाग्छ । साथीभाइलाई एककप चिया खुवाएको पैसा तिर्नुपर्ला भनेर आफूले चिया पिउन छोडेको बहानाबाजी गर्ने र सित्तैमा पाएमा सबैभन्दा पहिले चियाको गिलास तर्तेनेहरु तथा अर्काले प्रायोजन गरेको भोजमा मोज गर्नेहरुको आम विशेषता समान प्रकृतिको हुने गर्दछ । यी दुबै स्वभावगत रुपमा एउटै ड्याङका उत्पादन होलान् कि ? अगाडी परेका बेला कपोलकल्पित बहाना गर्ने र उम्कने तर पछि यसो गरे“, उसो गरे“, हिजो साथीभाइकाबीचमा यति खर्च गरे“ भनेर खर्चको फेहरिस्त सुनाउने लुतेहरुको व्यवहार हेर्न लायकको हुने गर्दछ । सधैंजशो आफ्नो खर्चपर्चको फा“टवारी फुकाउनेहरु र सधैं केही न केही कुराको अभाव भएको सुनाउनेहरु अरुको समस्याको बारेमा कसरी नजरअन्दाज गर्न सक्दा होलान् र बिनाहिच्किचाहट भोजका पछाडी दौडदा होलान् ? अचम्म लाग्दो विषय छ । जे होस्, आफ्नो भकारी भरेर अर्काको रित्ताउने चाहना राख्ने दुष्टमती भएकाहरुले मोज गर्न थरीथरीका बहाना बनाएर भोजको जोहो गर्ने गरेको कुरा सबैले आ–आफ्नो क्षेत्रबाट अनुभव गरेको या देखे जानेको विषय नै हो ।

वास्तवमा भोज र मोजको संस्कृति यो वा अर्को नाममा मौलाउनु नया“ नेपालका लागि शुभ संकेत नहुन सक्दछ । शाब्दिक अर्थबोध गर्ने हो भने भोज र मोज भनेका बिलासिता एवं राम रमीतास“ग सम्बन्धित पदावली हुन् । स्वाभाविक रुपमा मुलुकले यतिखेर आफ्नो काया परिवर्तनका खा“तिर सबै देशबासीहरुका तर्फबाट इमान्दार मेहेनत र परिश्रमको अपेक्षा गरिरहेको छ । जो जहा“ छ त्यही“बाट आफूसक्दो सकारात्मक भूमिका खेल्नु पर्ने आजको आवश्यकता हो । यसको विपरित भोग बिलास र मोजमस्तीमा रमिरहने तरिकाले नया“ नेपाल विनिर्माणको संकल्पमा कुनै योगदान पुग्न सक्दैन । यसबाहेक कर्मको संस्कृतिलाई तिलाञ्जली दिएर अर्काको कमाईमा रम्ने तथा अर्कालाई चुसेर खाने प्रवृत्तिलाई बढावा दिने हो भने त्यो भन्दा अर्को ठूलो बेइमानी केही हुनेछैन । वस्तुतः आजको अपरिहार्यता भनेको आफ्नो कर्ममा गर्व गर्ने, पसिनाको कमाईलाई जे जस्तो छ, मिठो–राम्रो मानेर उपभोग गर्ने र राष्ट्र निर्माणको महाअभियानमा दर्विलो इट्टा थप्नु हो । सबैलाई चेतना भया ।

(युवा समाजशास्त्री श्री पहाडी शिवालय बुहमुखी क्याम्पस कुश्मा, पर्वतमा प्राध्यापन गर्नुहुन्छ ।)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 22 चैत्र, 2067

लेखकका अन्य रचनाहरु