वास्तविकता

- वासुदेव गुरागाईं

छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा उनको ठूलो विश्वास थियो । कसैको केही बिगार गर्दैनथे । कसैलाई भनी बिझाउँदैनथे । पाप चिताउँदैनथे । उनले गर्ने नित्यकर्म, सामाजिक व्यवहार आदिलाई नियाल्दा उनलाई ‘जात’ को छेत्री, ‘कर्म’ को ब्राह्मण भन्दा हुन्थ्यो । त्यसै भएर पनि उनलाई कसैले कहिल्यै छेत्रीको छोरो सम्झेर व्यवहार गरेनन् ।

तुलसीको मठ वरिपरि राम्रोसँग गाईको गोबरले हरियो बनाएर लिपिएको थियो । पूर्वतिर सिरान बनाएर बूढालाई सुताइएको थियो । घरपरिवार र आफन्तजनले बेलाबेलामा तुलसीजल खुवाइरहेका
थिए । बूढा खुवाइएको जल घुटुघुटु निल्दै पनि थिए । तैपनि परिस्थिति अलिकति पनि सुधारउन्मुख देखिँदैनथ्यो । उपस्थित जहानपरिवार, आफन्त र अन्य सबै शुभचिन्तकहरु बूढाको प्राण सुबिस्तासँग जावस् भत्राका लागि एकनाससँग ‘नारायण’ ‘नारायण’ ‘नारायण’ जपिरहेका थिए । त्यस्तो अवस्थामा पनि उपस्थित कसैको अनुहार अँध्यारो देखिँदैनथ्यो ।

वरिपरिको सबै वातावरणमा निरन्तर यही ‘नारायण’ ‘नारायण’ ‘नारायण’ को आवाज घन्किरहेको थियो । सबै ‘नारायण’ ‘नारायण’ जप्नमा व्यस्त थिए । नजपुन् पनि किन ? सबैलाई उनले यस्तै सिकाएका थिए । घरपरिवार र आफन्तजनलाई उनको सधैँको आग्रह हुन्थ्यो,— ‘घरमै मर्ने सौभाग्य मिलेछ भने मलाई आँगनको तुलसीका मठमा जसरी पनि पु¥याउनू है । कुनै पनि हालतमा घरभित्र ओछ्यानमा मेरो प्राण नजावस् । अनि, मेरो प्राण जाने बेलामा रुने कराउने कसैले केही नगर्नू । सके हाँस्नू, नसके नरुनु । रोए कराए मेरो स्वर्ग जाने बाटो अबरुद्ध हुन्छ । यो संसारमा जन्मेर अजम्मरी को भएको छ र ? एकचोटि सबैले जानै पर्छ । ढिलो र चाँडोको कुरा न हो । लेखान्त कसले मेट्न सक्छ र ?’

हिन्दू धर्मका कट्टर समर्थक त्यस्ता व्यक्तिको आग्रहप्रति सबै सकारात्मक थिए । धर्म, रीतिरिवाज र परम्पराले पनि त्यही भन्थ्यो । परापूर्वकालदेखि नै समाजका सबैलाई यसैमा सन्तोष मिलिरहेको
थियो ।

चार बीस र दसवटा हिउँद बिताइसकेका बूढा एक्कासि थला परे । औषधि उपचारले पनि
छोएन । बूढाको अन्तिम अवस्था भएको थाहा पाएपछि घरपरिवारले उनले अघि भनेभैmँ गरे । तर किन किन दिनभर जस्तो भइसक्यो, बूढाको प्राण जान सकिरहेको थिएन । बूढा एकतमाससँग ट्वाल्ट्वाल्ती घरतिर हेरिरहेका थिए । कहिले सकिनसकि तलदेखि माथिसम्म र कहिले दायाँबायाँ सबैतिर नजर दौडाउँथे । त्यो हेराइले लाग्थ्यो बूढाका मनमा केही कुरा खेलिरहेको छ । कुनै न कुनै कुराले बूढालाई अड्काई राखेको छ ।

‘अचम्म छ ! मैले त्यत्रो दुःख गरेर बनाएको यत्रो भवन अब मेरो रहेन ? प्राण जाने बेलामा आफ्नै घरबाट पनि बाहिरिनु पर्ने ?’ कसैसँग बोल्न नसके पनि कुलबहादुर मनमनमा यही सोचिरहेका थिए । आफ्नो प्राण जान लागिसकेको कुरा उनलाई थाहा थियो । जहान परिवारतिर हेर्थे र त्यस्तै सोच्थे,— ‘मैले यत्रो वर्ष सँगै जिन्दगी बिताएकी र मेरा हरेक सुखदुखमा साथ दिएकी श्रीमती अब मेरी रहिनन् ? छोराछोरी, नातिनातिना, भाइभतिजा पनि अब मेरा भएनन् ?’ आफन्तलगायत उपस्थित अरुतिर पनि आँखा डुलाउँथे र सोच्थे,— ‘के अब यिनीहरुसँगको मेरो नाता यत्ति हो ? अनि, त्यत्रो लगानी गरेर केही वर्ष अघि मात्र किनेको त्यस्तो दामी कार, त्यत्रो उब्जनी हुने खेतबारी सबै के म छोडेर जाऊँ ?’

भौतिक रुपमा मुढो लडेजस्तै लडिरहेका बूढा संसार मिथ्या हो भत्रे जान्दाजान्दै पनि मानसिक रुपमा यस्तैयस्तै तर्कना बोकेर छट्पटाउँदै थिए । प्राण जान अभैm सकिरहेको थिएन । यिनै घिड्घिडाले नराम्रोसँग उनको सास अड्किरहेको थियो । बूढा न बौरिन सक्थे, न प्राण जान सक्थ्यो । उनलाई जति सास्ती भइरहेको थियो, हेर्नेलाई त्यो भन्दा बढी सास्ती भइरहेको अनुभूति हुन्थ्यो ।
यस्तो दयनीय परिस्थितिलाई नियालेर एकजना अनुभवी वृद्धले मुख फोरे,— ‘जे कुरामा पनि अरुलाई अर्तीउपदेश दिन सजिलो हुन्छ । आपैmँलाई परेका बेला त्यही कुरा कार्यान्वयन गर्न गाह्रो हुन्छ । बूढालाई घर, परिवार र आफन्तको पिरलोले रोके जस्तो छ । मोहले छोपे जस्तो छ । के गर्ने ?’
उपस्थित वृद्धको कुरा सुनेपछि अर्कोले थप्यो,— ‘तपाईंलाई त्यस्तो लाग्छ भने एकपटक सम्झाउन पाए कसो होला ?’ यसमा सबैको समर्थन रह्यो । तर सम्झाउने कसले ? सबै अलमल्लमा थिए । आँखाबाट आँसु नझरे पनि सबैका मुटुमा भक्कानु जमेको थियो । बोल्दा आँखाका डिलसम्म आएको बाढी छताछुल्ल हुन सक्थ्यो ।

बूढा कुलबहादुरका मन मिल्दा एकजना समवयी साथीले उनले सुत्रे गरी हिम्मतका साथ सबै कुरा राखिदिए,— ‘यो संसारमा आफ्नो भत्रे कुरा केही छैन । आफ्नै शरीरमा भएको सास त आफ्नो अधीनमा हुँदैन भने अरुका के कुरा ? सबै भोग गरुन्जेल मात्र हो । आपूmले कमाएका श्रीसम्पत्ति, जोडेका घर, परिवार, आफन्त सबै साथै लिएर जान सक्ने भए यो संसार अहिलेसम्म सबै रित्तो भइसक्थ्यो । यहाँ बाँकी नै को रहन्थ्यो र ? के रहन्थ्यो र ? यसर्थ मोह केही कुरामा गर्नु हुत्र । मोह गर्नाले केही फाइदा छैन । यो त नचाहिँदो चिन्ताको विषय हो । एकछिनको असजिलो हो । कष्ट हो । यी कुरा सबैले गहिरिएर बुझ्नु पर्छ । शान्त दिमागले मनन गर्नु पर्छ । संसार सबै मिथ्या हो भत्रे बुझ्नु पर्छ । आखिर सबैका लागि यो संसार यस्तै हो । फरक के नै छ र ! सबै समान हो ।’
यस कुरामा उपस्थित सबैले शालीन भएर ‘हो’ ‘हो’ मा ‘हो’ ‘हो’ मिलाए । बूढाको अनुहार अघिभन्दा निकै उज्यालो देखियो । बूढाले फेरि एकपटक सबैतिर आँखा डुलाए । उनको मुहारमा अघिभन्दा पनि अझ बढी चमक थपियो । निभ्ने बेलाको बत्तीभैmँ केही क्षणका लागि उज्यालो हलक्क बढेको रहेछ । यो अवस्था निमेषभर पनि रहेन । बूढाले सर्लक्क आँखा चिम्ले ।

मनमा असह्य पीडा हुँदाहुँदै पनि बूढाका अघिका कुरा सम्झेर घरपरिवार र उपस्थित कसैले पनि डाँको छोड्न सकेनन् । डाँको छोडेर पनि के नै हुन्थ्यो र ? ‘बूढा स्वर्ग गए वा अन्त कतै ?’ कसैलाई थाहा भएन । त्यो अगम्य यात्रा कहाँसम्मको थियो ? त्यो पनि कसैलाई थाहा भएन । तर त्यो चिम्लिएको आँखा भने फेरि कहिल्यै पनि खुलेन । बरु, उपस्थित सबैले एकसाथ महसुस गरे,—‘के गर्नू ! आफ्नो वश बाहिरको कुरा । आखिर सबैको नियति यस्तै न हो ।’

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 16 चैत्र, 2067

लेखकका अन्य रचनाहरु