धनगढीमा आतङ्क

- डा. खगेन्द्रप्रसाद लुइटेल

नेपाल प्रज्ञा प्रतिष्ठान र सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा संयुक्त रूपमा धनगढीमा आयोजित सुदूर पश्चिमाञ्चल भाषिक सङ्गोष्ठीमा जाने टुङ्गो लागेपछि असार १७ गते बेलुकी पाँच बजेतिर काठमाडौंबाट हाम्रो यात्रा प्रारम्भ भयो । हाम्रो यात्रामा डा.चूडामणि बन्धु, डा.योगेन्द्र यादव, डा.बद्रीविशाल भट्टराई, डा.महादेव अवस्थी, डा.जीवेन्द्र गिरी र डा.म तथा एकेडेमीका कर्मचारी ज्ञानहरि अधिकारी, ज्योति काफ्ले, गणेश घिमिरे र विष्णु अधिकारी गरी दसजनाको टोली थियो । होलोखुकुलै हाम्रो गाडी सुस्तरी अगि बढ्यो र मलेखु पुगेर खाजा खाइयो । दाउन्नेमा गएर लोकल भात खाने भन्ने अवस्थीको प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरियो । सीमित गतिमा गाडी अगाडि बढाउ“दै जा“दा राती एक बजे मात्र दाउन्ने पुगियो । खानपिनपश्चात् त्यहा“बाट हाम्रो यात्रा अगि बढ्यो । अलिकति अगि बढ्नेबित्तिकै जङ्गलका बीचमा एउटा गाडी दुर्घटनाका कारण केही बेर बाटो जाम भयो । हामी गाडीबाट ओर्लिएर बाटातिरै टहलियौ“ र बाटो खुलेपछि अगि बढ्यौ“ ।

हामी बिहान छ बजेतिर लमही पुगी नित्यकर्म गर्ने सुरसार गर्दै थियौ“ । त्यत्तिकैमा मेरो पुन्टे फोनको घन्टी बज्यो । फोन सगरमाथा रेडियोबाट आएको रहेछ । कृष्णचन्द्रसिंहको योगदानबारे सरले केही बोलिदिनु प¥यो भन्दा म एक्कासि झस्किए“ र सोधे“ किन र के भो उहा“लाई ? उहा“ हिजो बेलुका बित्नु भयो नि भन्ने जबाफ आयो । म एकाबिहानै यस्तो दुखद समाचार सुनेर स्तब्ध भए“ । मेरो रूपाकृति पूरै फेरिएको देखेर साथीहरू पनि झस्किए । म काठमाडौंबाहिर भएको कुरा बताए“ । सर काठमाडौंबाहिरै भए पनि केही छैन, उहा“को योगदानबारे सरले नै बोलिदिनु पर्छ, म सरलाई केही क्षणमै फोन गर्छु भनेपछि मैले नाइ“नास्ति गरिन । फोन राख्नेबित्तिकै यो दुखद समाचार मैले साथीहरूलाई पनि सुनाए“ । हाम्रो चियाखाजा खाने योजना स्थगित भयो । फेरि मेरो फोनको घन्टी बज्यो । मलाई नेपाली साहित्यमा कृष्णचन्द्रसिंह प्रधानको केकस्तो योगदान रहेको थियो भन्ने प्रश्न सोधियो । प्रत्यक्ष प्रसारित त्यस कार्यक्रममा मैले विशेषतः नेपाली समालोचना र निबन्धका क्षेत्रमा कृष्णचन्द्रको विशिष्ट योगदान रहेको आदि बताउ“दै नेपाली साहित्यमा उनी सदासर्वदा जीवित रहने कुरा बताए“ र उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरे“ । चानचुन आधा घन्टाको रेडियो कुराकानीपश्चात् त्यहा“बाट लगभग मौन रूपमै हाम्रो यात्रा अगि बढ्यो... ।

काठमाडौंमा सन्चोसुबिस्तै छोडेका कृष्णचन्द्र दाइ त्यति छिटो गइहाल्लान्जस्तो लागेकै थिएन । धेरैबेरसम्म म उनीस“ग संसर्ग हु“दाको अतीत सम्झिरहेको थिए“ । पूरै मौनताका कारण सायद अरू पनि त्यस्तैत्यस्तै सम्झिरहेको हुनुपर्छ । ‘अब चिन्ता नगरौ“ जे हुने भइगयो’ भन्दै डा. यादवले हाम्रो मौनता भङ्ग गरे ।

ठाउँठाउँ पेट्रोल पम्पवालास“ग भलाकुसारी गरी दुईचार लिटर तेल किन्दै बर्दिया राष्ट्रिय निकुञ्ज पार गरी हाम्रो यात्रा कर्णाली पुलको मुख चिसापानीमा पुगेर रोकियो । हामीले त्यही“ खाना खायौ“ र केही क्षण महाकाली पुलको अवलोकन ग¥यौ“ । दिउ“सो दुई बजे हामी गन्तव्यस्थल धनगढी ओर्लियौ“ । हाम्रो बासको प्रबन्ध कृषि विकास बै“कको गेस्ट हाउसमा गरिएको रहेछ । त्यहा“को प्रचण्ड गर्मीले हामीलाई आक्रमण ग¥यो । कोठामा झोला बिसाएर जिउ पखालियो । जिउ पखालेर निस्कनेबित्तिकै फेरि गर्मीको आक्रमण सुरु भइहाल्यो, प्रत्याक्रमणको उपाय थिएन । त्यस बेलासम्म त्यहा“ स्थानीय साहित्यकारहरूको बाक्लै उपस्थिति भइसकेको थियो । एकेडेमीका सदस्यसचिव सनत रेग्मी नेपालगन्जबाट र उपकुलपति गङ्गा उप्रेती काठमाडौंबाट आइपुगे । एकछिन टोली तितरबितर भयो । त्यसै बीच एकजना भाइले मलाई मित्रराष्ट्रको सिमाना गौरीफन्टा टेकाएर ल्याए ।

हामी जम्मा भएर एकछिन थकाइ मारेपछि घुम्न जाने कुरा भयो । हामीलाई त्यहा“ एकेडेमीको जग्गा देखाउने कुरा भयो । धनगढी बजारको निकै राम्रो ठाउ“मा एकेडेमीका नाममा केही जग्गा रहेछ । नाम एकेडेमीको र हामचाहिँ अरूकै रहेको त्यस जग्गामा खै ककसले हो थुप्रै टहरा बनाएका रहेछन् । खुलेआम कब्जाको उत्तम नमुना मान्न सकिने त्यस जग्गाको एक छेउमा त्यही“को साहित्यिक संस्थाले आफ्नो कार्यालय बनाउन थाली सामान्य एक ढलान गरेको हु“दा त्यति जग्गाचाहि“ बचेको रहेछ । त्यो जग्गा देख्दा जति हामीलाई आनन्द लाग्यो त्यस जग्गाको स्वामित्व एकेडेमीबाट गुम्न लागेकोमा उत्तिकै चिन्ता पनि । एकेडेमीजस्ता संस्थाको जग्गासमेत बा“की नराखेपछि अरूको के कुरा गर्नु ?

हामी त्यहा“बाट बासस्थानमै फर्कियौ“ । एकातिर रातभरिको निन्द्रा र दिनभरिको थकान अनि अर्कातिर प्रचण्ड गर्मी र लामखुट्टेको टोकान । यी दुईका बीच सहमति गराउने प्रयत्न गरियो । राष्ट्रमै कतै सहमति नभएका बेला त्यो सम्भवै थिएन । खानपिन गरी बेलैमा सुतिए पनि हतपत निदाउन सकिएन । मेरो कोठाको कुलर हटरजस्तै लाग्न थाल्यो । ओल्टेकोल्टे फर्कि“दै, बेलाबखत आ“खा जोड्दै रात बिताइयो । विभिन्न घरका छतमा देखिएका अनौठा खाले मौरीका चाका बेलाबेला मस्तिष्कमा आइरहे ।

अर्काे दिन बिहान त्यहा“को जनपुस्तकालयबाट प्रभात फेरीको कार्यक्रम राखिएको रहेछ । त्यस कार्यक्रममा उपस्थिति बाक्लै थियो । बिहानकै घाम भए पनि त्यसको चर्काइ मापनीय थिएन । घाममा पङ्क्तिबद्ध भएर हि“ड्दाको प्रचण्ड गर्मी कल्पनातीत थियो । मेरो मात्र त्यस्तो हालत भएको हो कि भनेर यसो अरूतिर हेर्दा गङ्गा दाइ, सनत, यादव र बन्धुहरू पनि चिन्डे टाउको र निधार पुछ्दै थिए । स्थानीयमा चाहि“ त्यस्तो सकस देखिएन । उनीहरू बाजागाजाका साथ नाचिरहेका थिए । म त ठन्डी क्षेत्रमा जन्मी हुर्किएको गर्मी पटक्कै सहन नसक्ने मान्छेको त के कुरा गर्मीकै उत्पादन यादवको हालत मेरो भन्दा पनि खराबजस्तै देखिन्थ्यो । हाम्रा पाइला सुस्तरी अगि बढिरहेका थिए, हामी फेन्ट भएर बाटामा लडेका थिएनौ“ । बस यो नै ठूलो कुरा थियो... । हुन त यो मेरो गर्मी क्षेत्रको पहिलो यात्रा थिएन । बीरगन्ज, नेपालगन्जजस्ता गर्मीका लागि नामी क्षेत्र पनि डुलिएकै हो तर यस पटकजति गर्मीको अनुभूति कहिल्यै गरिएन ।

नौ बजे कार्यक्रमस्थल पुगेर पङ्खामुनि बस्दा पनि शीतलको अनुभूति भएन । पङ्खाले पनि ह्वाह्र्वार्ती तातै हावा फ्या“किरहेको जस्तो लाग्यो । सवा नौ बजे कार्यक्रम सुरु भयो । कार्यक्रम दुई सत्रमा विभाजन गरिएको रहेछ । पहिलो सत्रमा उद्घाटन अनि दोस्रो सत्रमा कार्यपत्र प्रस्तुति भएको जानकारी गराइयो । हामीलाई पूmलमाला र कर्तल ध्वनिका साथ मञ्चासीन गराइयो र कार्यक्रमलाई औपचारिकता दिइयो । हल पूरै खचाखच थियो । स्वागत मन्तव्य, उद्घाटन आदि औपचारिक कार्यक्रमपछि मलाई एकेडेमीका तर्पmबाट नेपालीका वरिष्ठ समालोचक तथा निबन्धकार कृष्णचन्द्रसिंह प्रधानको दुखद निधनमा शोकप्रस्ताव प्रस्तुत गर्न आग्रह गरियो । मैले उनको साहित्यिक योगदानको चर्चा गर्दै उनीप्रति श्रद्धाञ्जलि र परिवारजनप्रति समवेदना प्रकट गरी शोकप्रस्ताव प्रस्तुत गरे“ । मेरो प्रस्तुतिमा निकै भावुकता रहेको कुरा पछिल्लो भाषणपछि धेरैले बताए ।

पहिलो सत्रको समापनपछि खाना खाइयो । मध्या≈नको प्रचण्ड गर्मी खप्न नसकेर हामीले नजिकैको डेरीमा पसी आइसक्रिम खायौ“ । त्यहा“को गर्मीका अगाडि त्यो मुला आइसक्रिमको पनि केही लाग्दो रहेनछ, तुरुन्तै पानी भइहाल्दो रहेछ । खासै गफ गर्ने मनस्थितिमा कोही नभएकाले हामी केही क्षण बाहिर रुखको फेदमा सुस्तायौ“ ।

खानपिनपश्चात् कार्यक्रमको दोस्रो सत्र सुरु भयो । चूडामणि बन्धुले ‘व्याकरण लेखन ः सिद्धान्त र प्रयोग’ शीर्षक कार्यपत्र प्रस्तुत गरे भने त्यसको टिप्पणी महादेव अवस्थीले गरे । यस्तै योगेन्द्र यादवको ‘भाषिका सर्वेक्षण र निर्धारण विधि’ शीर्षकको कार्यपत्रको टिप्पणी जीवेन्द्र गिरीले गरे । ‘सामान्य एकभाषी शब्दकोश निर्माण प्रक्रिया’ शीर्षक कार्यपत्रको टिप्पणी मैले गरे“ ।

यादवको कार्यपत्र भाषिका विषयक भएकाले यसबारे अलि बढी नै बहस भयो । नेपालीका भाषिकाको चर्चैै नगरी सैद्धान्तिक विषयमै केन्द्रित हु“दा त त्यति भयो भने नेपालीका परम्परित भाषिकाको चर्चा गरिएको भए त कुरै नगरौ“... । हामीले नेपाली भाषाका भाषिका भन्ने गरेका डोट्याली, अछामी आदि सबैजसोलाई त्यताकाहरू भाषा भन्नुपर्छ भन्दारहेछन् । कोहीकोही त्यस क्षेत्रका सबै भाषिकालाई मानसी भाषा भन्नुपर्छ भन्दारहेछन् । भाषिका भनेको सानो र भाषा भनेको ठूलो भएकाले किन सानो भन्ने ठूलै भन्ने नि भन्ने अवधारणाले हो कि के हो ? भाषा हुन के चाहिन्छ भन्ने कुरो ज्ञात नभएर त पक्कै होइन होला । महाकाली, सेती र कर्णालीमध्ये पनि कुन पहिले भन्ने कुरामा समेत विवाद गर्दा रहेछन् । यादवको कार्यपत्रमाथि बढी बहस हुनु यी सबको प्रत्यक्ष असर थियो । बन्धु र भट्टराईको कार्यपत्रमाथि उति बढी बहस भएन । धनगढीको प्रचण्ड गर्मी, भाषा विषयक नीरस कार्यपत्र, निन्द्रालु वातावरण तैपनि सबै उत्साहित नै देखिन्थे... ।

छोटोछोटो भन्दाभन्दै सबैजसोले लामै बोले । कार्यपत्र लेखक, टिप्पणीकार सबै बोल्ने पेसाकै डाक्टर भएकाले अलि धेरै बोल्ने नै भए । अरूले छोटो बोलोस् भन्ने चाहना राख्ने अनि आपूmले चाहि“ कति बोलियो भन्ने पत्तै नपाई दन्काइरहने बानी परेका हामी... । त्यसमा पनि बद्रीजीले त छोटो गर्छु भन्दाभन्दै लम्ब्याएर उत्पातै मच्चाइहाले ।

म पनि कोश र कोशविज्ञानमा अलिअलि काम गरेको र कार्यपत्र पनि प्रशस्तै प्रस्तुत गरेको मान्छे, कार्यपत्र प्रस्तोतालाई कठघरामा उभ्याएको अपराधीभैm“ ठान्ने र उसले सबथोक जानेको÷लेखेको हुनुपर्छ भन्ने सोच्ने परिपाटी उपयुक्त होइन र एउटै कार्यपत्रमा सबथोक समेट्न सकि“दैन, यदि समेट्न खोजियो भने त्यो अस्तव्यस्त हुन्छ भन्दै मैले मेरो टिप्पणी सुरु गरे“ । त्यतिखेर कार्यपत्र प्रस्तोताहरू खुसुक्क गर्दै मुसुक्क हा“सिरहेका देखिन्थे...।

उपस्थित जनसमूहलाई आपूmतिर आकर्षित गरिसकेपछि मैले कोशको सैद्धान्तिक व्यावहारिक दुवै सन्दर्भस“ग जोडेर लामै भाषण ठोके“ । कुनै विद्वान्लाई ठूलै दण्ड दिनुपरेमा कोश निर्माण गर्न लगाइदिए पुग्छ । कोशनिर्माण व्यक्ति कार्यभन्दा बढी समूह कार्यभित्र पर्छ । शब्दार्थ लेख्दा सामाजिक, सांस्कृतिक र क्षेत्रीय सन्दर्भ पनि विचार गर्नुपर्छ आदि भन्दै पूर्व र पश्चिमको किलो उखेल्नु र किलो गाड्नुलाई ठट्यौलो पारामा बताउ“दा हल निकै बेर हा“सोमा रुमलियो । शब्द थुपार्दैमा कोश बन्दैन । त्यसलाई कोशविज्ञानअनुरूप व्यवस्थित विन्यास गर्नुपर्छ । कुनै शब्दको बिम्ब मस्तिष्कमा आए पनि त्यसको अर्थ लेख्न कठिन हुन्छ । शब्दको अर्थ स्थिर नभएर परिवर्तनशील हुनसक्छ । हिजोको अर्थ आज अर्कै पनि हुनसक्छ । वैज्ञानिक आविष्कारले पनि शब्द थपि“दै जान्छन् र त्यस्ता शब्द प्रयोगमा आउ“छन् । ती सबैलाई नेपालीकरण गर्न सम्भव पनि छैन र भएका नेपाली शब्दले मात्रै पुग्दैन पनि । भरसक नेपाली शब्दकै मात्र प्रयोग गर्नुपर्छ तर सबैलाई जबर्जस्ती नेपाली बनाउने प्रयत्न गर्नु उपयुक्त हुन्न । भाषा ठूलो भाषिका सानो भन्ने मानसिकता पनि त्याग्नुपर्छ । सबै भाषिका भाषा बन्न सक्दैनन् । कुनैले कुनैलाई अंश दिनु नपर्ने हु“दा भाषाको सङ्ख्या बढ्नु खराब नभए पनि जुनसुकै भाषिकालाई पनि भाषा भन्नु ठीक हुन्न । गोरो छाला भएका बिराला आ“खेले भन्नेबित्तिकै सब ठीक भन्दै जताततै फुटनोट राख्ने अनि हाम्रा आफ्ना खोजीलाई चाहि“ सबै सार्ने तर कतै चर्चासम्म पनि नगर्ने परिपाटी हाम्रा विद्वान्हरूमा पनि देखिन्छ... आदि सैद्धान्तिक कुरालाई व्यावहारिक सन्दर्भस“ग गा“सेर भाषण छा“ट्दै बद्रीजीको कार्यपत्र मेरो कोशविज्ञान (२०५८) नामक पुस्तकमा आधारित रही निकै मेहनतपूर्वक तयार गरिएको भए पनि फुटनोट राख्नचाहि“ बिर्सिएको भन्दा हलमा ताली र हा“सोको फोहरा छुट्यो ।

मैले बद्रीजीको कार्यपत्रका विभिन्न पक्षहरूको चर्चा गर्दै शब्दकोशको स्वरूप निर्धारण गर्दा प्रविष्टिपूर्व, प्रविष्टि र प्रविष्टिउत्तर गरी तीन भागका साथै उपप्रविष्टिको समेत निर्धारण गर्नु पर्ने बताए“ । बद्रीजीको कार्यपत्रमाथि टिप्पणी गर्ने सिलसिलामा मैले अरूका कार्यपत्रमाथि पनि टिप्पणी दन्काए“ । यी सब गर्दा मैले पनि लामै बोले“, म पनि के कम थिए“ र छोटो बोल्थे“ ? मैले एक घन्टा बोलिसकेपछि अरूको जस्तो अन्त्यमा मेरा दुई शब्द यही“ टुङ्ग्याउ“छु चाहि“ भन्दिन, लामै बोलेकाले मेरो भनाइ यही“ टुङ्ग्याउ“छु भन्दा हलमा निकै बेरसम्म हा“सो मच्चियो ।

कार्यपत्रका लागि चयन गरिएको विषयक्षेत्र भाषा, व्याकरण र कोश तथा कार्यपत्र लेखक र टिप्पणीकार सबै सम्बद्ध क्षेत्रका विशेषज्ञ डाक्टर भएकाले तिनको चयन पनि सारै राम्रो भएको कुरा सहभागी सबैजसोले बताए र एकेडेमीको प्रशंसै गरे । तीनवटै कार्यपत्र स्तरीय नै भए पनि ती स्थानीय स्तरका लागि चाहि“ अलि बढी बोझिला भएको महसुस सबैले गरे । खासमा ती कार्यपत्रको विषय शीतल ठाउ“मा बसेर हप्तौ“ छलफल गर्दा पनि नसकिने खालका भएकाले एकछिनमा पसिना बगाउ“दै छलफल गरिसकिने खालका थिएनन् ।

त्यस दिनको कार्यक्रम सा“झसम्म चल्यो । कार्यक्रम सकिनासाथ हामी बासस्थानतर्पैm लाग्यौ“ । लुकिछिपी हल्का जलपान गरी खाना खाएर सुतियो । अगिल्ला दिनको समेत निन्द्रा बा“की रहेकाले राती लोडसेडिङ भएकोसमेत पत्तो पाइएन । एकै पटक बिहान मात्र थाहा भयो त्यस रात त्यहा“का लामखुट्टेले ठूलै दसै“ मनाएको कुरा ।

अर्काे दिन बिहान सबेरै कार्यक्रमस्थल पुगियो । त्यस दिनको कार्यक्रम पनि दुई सत्रकै थियो । पहिलो सत्रमा ‘राष्ट्रभाषा नेपालीको विकासमा डोटेली भाषाको योगदान र वर्तमान सन्दर्भ’ शीर्षक वासुदेव भाइसाबको कार्यपत्रमाथि डा. बद्रीप्रसाद शर्माले टिप्पणी गरे । उनलाई त्यहा“ देवकान्त पन्तको स्मृतिमा स्थापित पुरस्कार पनि दिइयो । हेमन्ती जोशीले आफ्ना मृत पतिका स्मृतिमा पुरस्कार स्थापना गर्न अक्षयकोष प्रदान गरिन् ।

दिउ“सोको खानापश्चात् दोस्रो सत्र कवितावाचन कार्यक्रम सुरु भयो । त्यहा“ उम्रेदेखि खुम्रेसम्मका थुप्रै कविले आआफ्ना गच्छेअनुसारका कवितावाचन गरे । त्यहा“ हजुरबा कवि, बाबु कवि र छोरा कवि गरी तीन पुस्ते कवि पनि देखिए । दनादन कवितावाचन हु“दै गयो । हामी अलि छिटै काठमाडौं फर्किने तरखरमा थियौ“ । त्यहा“को गर्मीले तिमीहरू तुरुन्त हि“ड भनिरहेको थियो भने मान्छेचाहि“ आज यही“ बस्नुपर्छ भन्दै थिए । अब सकिन लाग्यो, अबचाहि“ सकिनै लाग्यो भन्दै पूरै कवितावाचन कार्यक्रम नसकिउन्जेलचाहि“ त्यहा“बाट उठ्न दिएनन् । कवितावाचन कार्यक्रम सकिएपछि उति टाढाबाट कविताको विशेषज्ञ आएका बेला नेपाली कविता र आजका कविताका बारेमा केही भनिदिनु प¥यो भनी मलाई फेरि बोल्न उठाइयो ।

त्यस कार्यक्रममा मेरा थुप्रै विद्यार्थीहरूको उपस्थितिप्रति मैले खुसी व्यक्त गरे“ । त्यो कार्यक्रम आयोजक संस्थाको अध्यक्ष रामलाल जोशी, अर्का सक्रिय पत्रकार टी.एन्. जोशी, देवेन्द्र भट्ट ‘दीप्त’, हरिकृष्णलगायत अरू नाम नजानेका तर अनुहार जानेका आफ्ना विद्यार्थीहरूतिर सङ्केत गरे“ । एउटा शिक्षक आफ्नो विद्यार्थीले उन्नति गरेकोमा सबभन्दा बढी खुसी हुन्छ र आज मलाई सारै खुसी लागेको छ भन्दा सबै प्रसन्न भए । मैले थोरै बोल्ने भन्दाभन्दै यस पटकचाहि“ उनीहरूकै आग्रहमा अलि लामै बोले“ ।

मेरो भाषण सकिनेबित्तिकै अर्काे दिन उडेर आउने गङ्गा दाइलाई कार्यक्रम जिम्मा लगाएर हामी हि“ड्ने टुङ्गो भयो । हामीलाई त्यहा“ मायाको चिनो भनी झिल्के कागजमा बेरिएको निकै ठूलो चिज दिइयो, त्यो के थियो थाहा भएन, गाडीमा लगेर राखिदिए । मेरा भागमा सेती नदीको फोटो परेको कुरा घर आएपछि मात्र थाहा भयो । मैले पनि त्यसलाई घरको मूल ढोकाबाट निस्क“दा सबैले देख्ने गरी भ¥याङमाथिको भित्तामा टा“गेर राखे“ ।

अब हामी सा“च्चिकै हि“ड्न भनी मञ्चबाट ओर्लियौ“ । हाम्रो बिदाइका लागि हलका सम्पूर्ण मानिस उठेर बाहिरसम्म आए । हामी बिदाइका हात हल्लाउ“दै गाडी चढ्यौ“ । त्यस बिदाइका क्षणले हामीलाई अलि भावुक तुल्यायो । गर्मी सम्झ“दा एकछिन बस्न मन नलाग्ने अनि त्यहा“को हार्दिकता सम्झ“दा छोड्नै मन नलाग्ने, कस्तो अनौठो । गर्मीकै विजय भयो हामी फर्कियौ“ । गाडी चढ्नेबित्तिकै एसी खोलेपछि बल्ल केही राहत मिल्यो । एकजना हजुरबा कविले गाडीमै आएर आफ्नो किताब उपहार दि“दै ‘विषय र प्रसङ्गअनुसार यति राम्रो मिलाएर बोल्ने मान्छे मैले आजसम्म भेटेकै थिइन, राजनीतिमा मदन भण्डारी र साहित्यमा डा.साहेबको भाषणबाट म सारै प्रभावित भए“’ आदि भन्दै सबका अगाडि दिल खोलेर मेरो प्रशंसा गरे । उनका कुरा सुनेर केहीले मुखामुख गरे भने मचाहि“ मुसुक्क हा“से“ मात्र ।

धनगढीमा सम्पन्न त्यस कार्यक्रमलाई स्थानीय सञ्चार माध्यमले पनि निकै महत्वका साथ प्रचार गरेको बुझियो । मस“ग पनि थुप्रै पत्रकारहरूले अन्तर्वार्ताका लागि समय मागेका थिए तर गर्मी आतङ्कका कारण यस पटक त्योचाहि“ सम्भव भएन । ती सबैलाई अर्काे पटक है भन्दै टारियो । त्यो अर्काे पटक कहिले आउने हो टुङ्गो छैन ।

हाम्रो यात्रा त्यहा“बाट अगि बढेपछि त्यहा“को प्रसिद्ध ताल घोडाघोडी ताल हेर्ने कुरा आयो । यताबाट जा“दैखेरि सानातिना दहजस्ता थुप्रै आहालहरू देखिएका थिए । गिरी र अवस्थीले ‘ऊ त्यही हो घोडाघोडी ताल’ भनेर देखाए । मैलेचाहि“ ‘त्यो त घोडाघोडी होइन बोकाबोकी ताल जस्तो छ’ भन्दा यति हा“सो पैदा भयो त्यसको कुनै गणित नै छैन । बोकाबोकी तालको प्रसङ्ग काठमाडौंसम्मै आइपुग्दा पनि टुङ्गिएन । वास्तवमा घोडाघोडी ताल निकै फोहोरिइसकेको रहेछ । त्यस्तो राम्रो पर्यटकीय स्थलको यस्तो जात्रा देख्दा निकै दुख लाग्यो ।

हामीले दस बजेतिर कोहलपुरमा खानपिन ग¥यौ“ र सुस्तरी यात्राको गति अगि बढायौ“ । पटक्कै नबोल्ने ड्राइभरलाई पनि जिस्क्याउ“दै आ“खा जोड्न दिएनौ“ । बीचमा बुटवलतिर नास्ता गरी मलेखुको वैकुण्ठपुरीमा आएर खाना खायौ“ र बिस्तारै बाटो लाग्यौ“ । कतै अलिकति पानी देख्नेबित्तिकै बोकाबोकी तालको कुरा आइहाल्थ्यो । हामी मध्या≈नमा काठमाडौं आइपुग्यौ“, मौसम चिसोचिसो थियो । गर्मी आतङ्कबाहेक यस पटकको धनगढी यात्रा रमाइलो भयो । प्रायः मन मिल्ने मान्छे अनौपचारिक ठट्टा गर्दै यात्रा गर्दाको मजा नै अर्कै... । गर्मीको मौसममा तराई र जाडोको मौसममा पहाडतिरको कार्यक्रममा नजाने भन्ने हामीले सहमति ग¥यौ“ । हेरौ“ हाम्रो सहमति राष्ट्रकै जस्तो हुन्छ कि लागू हुन्छ... ?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 चैत्र, 2067

लेखकका अन्य रचनाहरु