एउटा प्रसङ्ग अर्को यात्रा: दुप्चेश्वर महादेव

- वासुदेव गुरागाईं

‘आउँदो दसैँको ‘को जाग्रत ?’ पूर्णिमाको अघिल्लो दिन सबैजना नुवाकोट जानुपर्छ । अन्यत्र कुनै कार्यक्रम नराख्नु होला ।’
काठमाडौँ सीतापाइला निवासी साढुदाजु गोविन्द खनाल र दिदीको अनुरोध थियो यो । कुरो २०६७ असार साउनतिरैको हो । दसैँको यो पूर्णिमा पथ्र्यो कार्तिक ५ गते । यति अगाडिदेखिको निमन्त्रणा !! म छक्क परेँ ।
बोली, व्यवहार र कर्म सबैमा साह्रै सज्जन र सरल मान्छे गोविन्द दाइ । छलकपट, रिसराग र दुष्ट्याइँ उहाँको शब्दकोशमा छैन । हुँदैन पनि । उहाँको यो निमन्त्रणा सहर्ष स्वीकार्ने सोच हुँदाहुँदै पनि मैले कारण जात्र चाहेँ ।
सोधेँ,— ‘ दाइ, अहिल्यैदेखि समय बैना मारेर निम्ता गर्नु पर्ने के छ र त्यस्तो कार्यक्रम ?’
‘बुहारी सामनासहित छोरो प्रदीप एक महिना जति बस्ने गरी काठमाडौँ आउँदैछ । उसलाई मावली हजुरबुबाको चौरासी पूजा गराउने ठूलो इच्छा छ । मामाहरुसँग पनि सल्लाह भइसकेको छ ।’ नबिराईकन जवाफ दिनु भयो गोविन्द दाइले ।
‘ए !’ मैले कुराकानीलाई जीवन्त राख्दै फेरि थपेँ,— हुन्छ नि दाइ । सल्लाह गर्दै गरुँला । समय पनि त निकै बाँकी छ नि ।
‘फेरि यताउति भत्र पाइँत्र । अफिसमा मिलाउनु पर्ने भए मिलाइराख्नुस् । आवश्यक मेलोमेसो मिलाउन सजिलो परोस् भनेरै बेलामा भनिराखेको ।’ दाइले कुरो टुङ्ग्याउनु भयो ।
***
प्रदीप खनाल । एउटा होनहार अध्ययनशील युवा । राम्रो श्रेणीमा उच्चतम अङ्क ल्याएर नेपालबाट एसएलसी र आइएस्सी गरेको जेहन्दार केटो । चिकित्साविज्ञान पढ्ने ठूलो रहर । तर त्यसका लागि गरेको पहिलो प्रयास संयोगवश उसका पक्षमा हुन सकेन । चिकित्साविज्ञान पढ्ने ठूलो इच्छा हुँदाहुँदै पनि यसको लागि फेरि पर्खेर थप ऊर्जाशील समय गुजार्न उचित लागेन उसलाई । उच्चशिक्षा अध्ययनका लागि अमेरिका हानिने विचार ग¥यो । आवश्यक प्रक्रिया अघि बढायो । मातृभूमि जस्तो प्यारो र विशाल नभए पनि इच्छा गर्नेबित्तिकै दौडिइ हाल्न पाइने ठाउँ कहाँ हो र ! अमेरिका ?
अब अमेरिका जाने सोचलाई उसले प्राथमिकतामा राख्यो । निरन्तर पाइला बढायो । ‘तँ चिता म पु¥याउँछु’ भनेभैmँ उसले सजिलैसँग अमेरिकी अनुमति पायो पढ्न जानका लागि । यतिखेरसम्ममा उसले चिकित्साविज्ञान पढ्ने रहर मेटेर इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने योजना बुनिसकेको थियो । यही लक्ष्यका साथ ऊ अमेरिका हानियो र त्यत्तिकै लगनका साथ अध्ययन सुरु ग¥यो, जति यसअघि उसले एसएलसी र आइएस्सी अध्ययनका क्रममा नेपालमा गरेको थियो ।
मेहनतको फल जहाँ पनि उस्तै लाग्छ । कुहिने, झर्ने र ओइलाउने सम्भावना रहत्र । उसले इलेक्ट्रिकल इन्जिनियरिङमा उच्चतम अङ्कका साथ टप फाइभभित्र परेर व्याचलर र मास्टर्स दुवै ग¥यो अमेरिकाको युनिभर्सिटी अफ टेक्सासबाट । त्यहाँ उसको प्रतिष्ठा सोचेभन्दा माथि उठ्यो । इन्टेल (क्ष्ल्त्भ्ी) मा डिजाइन इन्जिनियरको प्रतिष्ठित रोजगारी पायो । यो उपलब्धि र सन्तुष्टिले चिकित्सा विज्ञान पढ्न नपाएको उसको असन्तुष्टिलाई खरानी बनाएर उडाइदियो ।
यति मात्र कहाँ हो र ? उसले आफ्नै जस्तो तीक्ष्णता, शैक्षिक योग्यता र रोजगारीसँग सिँगौरी खेल्न सक्ने अमेरिकाकै युनिभर्सिटी अफ मिचिगनबाट वायोमेडिकल र इलेक्ट्रिकल इन्जिनियरिङमा व्याचलर्स र त्यहीँबाट वायोमेडिकल इन्जिनियरिङमा मास्टर्स गरेकी क्षमतावान् जीवनसाथी पनि पायो,— ‘सामना ।’ सिष्टम इन्जिनियरको प्रतिष्ठित रोजगारीमा अमेरिकामै अल्झिसकेकी । जातभातको परम्परित सङ्कीर्ण कुरा गर्ने हो भने त्यसमा पनि कुनै तलमाथि नपर्ने ब्राह्मणकन्या । परम्परित नेपाली समाजभित्र हुर्केबढेका आमाबाबु र त्यस्तै इष्टमित्रका लागि पनि जातीय सन्तुष्टि । तर पनि उत्ताउलिएनन् उनीहरु । हतारिएनन् उनीहरु । आफ्नो धरातल र संस्कृति छाड्ने सोचसम्म पनि बनाएनन् । नेपाली परम्परालाई अँगालेर नेपालमै लगनगाँठो कस्ने निधो गरे । त्यसरी नै नाता जोडे जोडाए यिनले । सबै कुरामा जोडा मिलेकाले मन पनि मिलेकै छ यिनको । हो,— यिनै छोराबुहारीको आगमन र आफ्ना ससुरा खुलानाथ आचार्यको चौरासी पूजाको कुरा कोट्याउँदै थिए गोविन्द दाइ ।
***
रित पु¥याएर गर्ने हो भने चौरासी पूजा सामान्य खर्चले हुने कुरा थिएन । त्यसैले मैले मनमा फ्याट्ट लागेका कुरा प्याट्ट सोधिहालेँ,— ‘अनि, चौरासी पूजाको खर्चबर्च सबै प्रदीपले नै व्यहोर्ने कि अरु कसैले ?’
‘होइन । पहिला त प्रदीप आपैmँले सबै खर्च गर्ने गरी कुरा उठान गरेको हो । तर हजुरबुबाले नातिको खर्चमा चौरासी पूजा गर्न मात्रु भएन । फेरि मामाहरुसँग सल्लाह गर्दा ‘हामी गरिहाल्छौँ नि’ भनेकाले पूजाको सबै खर्चबर्च मामाहरुले नै मिलेर गर्नु हुन्छ ।’ गोविन्द दाइको स्पष्ट र सरल जवाफ थियो यो । कुरामा कहीँ कतै नचाहिँदो लेप र आडम्बर थिएन ।
***
मान्छेले पलपल गरेर आफ्नो आयु घर्केको चाल नपाएभैmँ कुरा गर्दागर्दै समय आइपुग्यो । काठमाडौँबाट जानेका लागि गाडी रिजर्भ गर्ने सोच थियो । तर दसैँको बेला रिजर्भ मूल्य अकासियो । माछा र पैसा सजिलो ठाउँमा हुँदैन भत्रे कहावत नै छ । हुँदैन पनि । तिनलाई हात पार्न निकै परिश्रम गर्नु पर्छ । यस्तो जान्दाजान्दै नचाहिँदो ठाउँमा खर्च गर्नु अपराध हुने ठानेर अनुमानित हिसाबका आधारमा बसको अग्रिम टिकट काटियो नुवाकोट जानका लागि ।
यात्रा मिति २०६७ कार्तिक ४ गते । दिन बिहिबार । बालबच्चासहित बत्तीसतेत्तीस जनाको हाम्रो समूह परिस्थिति अनुसार मिलेर अठ्ठाईस सिटमा अटायौँ । टिकटको गन्तव्य काठमाडौँबाट नुवाकोटको पूर्वी भाग सुन्दरादेवीको सातबिसेसम्म भए पनि पानीको मौसमका कारण गाडी त्योभन्दा निकै वर खरानीटारसम्म मात्र जाँदै थियो । तर पैदल यात्रासहितको हाम्रो गन्तव्य थियो प्रसिद्ध शिखरबेसीको पनि बेसी भेँडाबारीसम्म ।
दिनको साढेबाह्र बजे गाडी खरानीटार पुग्यो । हामी भएभरको थकाइ बोकेर गाडीबाट सकुशल ओर्लियौँ । मूल्यका हिसाबले प्रतियात्रु पन्ध्र रुपैयाँको यात्रा अभैm बाँकी थियो । शालीन हिसाबले कन्डक्टरसँग बाँकी रकम फिर्ताका लागि कुरा राख्यौँ । उसले हाम्रो शालीनतालाई बसको यात्राभरि राम्रोसँग बुझिसकेको थियो । र त,— ‘सरहरु जस्तो मान्छेलाई त्यति पैसाले के नै हुन्छ र ! फिर्ता माग्नु भएको ?’ भनेर फस्ल्याङफुस्लुङ पा¥यो । हामी खुशीको यात्रामा थियौँ । बढी ढिपी गरेनौँ । थोरै वा धेरै जति भए पनि श्रम गरेर कमाएको पैसा त्यागिदियौँ । तर बाटोमा त्यही कन्डक्टरले एउटा यात्रुलाई भाडा रकममा पाँच रुपैँयाँ कम दिन लागेको निहुँमा उसलाई बीच बाटैमा बलजफ्ती ओराल्न गाडी रोकेको नमिठो सम्झना भने पछिसम्म पनि त्यागेनौँ ।
चल्ती गाडीमा बसिरहँदाको छुट्टै किसिमको थकान । बुई चढाउनु पर्ने केटाकेटी र हिँड्ने बानी कम भएका समूहको साथ लागेर हिँड्नु पर्दा झन्डै चार घण्टाको पैदल मार्ग खरानीटारदेखि भेँडाबारीसम्म । हिँड्नुको विकल्प थिएन । आ–आफ्ना झोलाझाम्टा बोकेर दिनको एकबजे हामी खरानीटारबाट यात्राको अन्तिम गन्तव्य भेँडाबारीतर्पm प्रस्थान ग¥यौँ ।
थकानको हिँडाइ त्यति सजिलो र सोचेजस्तो कहाँ हुन्छ र ? थाकेका यात्री, भोकाएका केटाकेटी । खान त ठूलालाई पनि पथ्र्यो । निहुँ मात्र केटाकेटीको । थकाई र भोकतिर्खा कसलाई लाग्दैन र ? जतिसुकै पूmर्ति गरे पनि अत्रपानीको शरीर न हो । खान नपाएपछि इन्धन सकिएको गाडीभैmँ रोकिइहाल्छ । त्यसै भएर ठाउँठाउँमा जो जुरेको खाँदै, चिसो पानी पिउँदै अगाडि बढ्यौँ ।
वर्षाले बिगारेको बाटो । उबडखाबड र ढुङ्ग्यान । थकाईले शिखर चढ्यो । भोलिपल्ट बिहानबाट चौरासी पूजा । झन्डै एक घण्टाको बाटो अभैm बाँकी रह्यो । हामी भेँडाबारी पुग्न सकेनौँ । अगाडि बढ्ने हाम्रा सामथ्र्यका पाइला रोकिए । हामी सबै समुन्द्रटार–१ चालिसे निवासी टोकप्रसाद आचार्य कहाँ पाहुना बत्र पुग्यौँ । बाटामा देख्नेहरुले हाम्रो भीडलाई दुप्चेश्वरको जात्रा जस्तो रमाइलो भीड भनेर विशेषण दिएका थिए । यो सबै भीड पहाडको एउटै घरमा पाहुना लाग्न पुग्यौँ । सुन्दा पनि अचम्म लाग्ने ।
टोकप्रसाद आचार्य । चौरासी पूजा हुन लागेका खुलानाथ आचार्यका कान्छा भाइ र स्थानीय तहमा विचारीको विशेषणले प्रसिद्ध । आफन्तका त कुरै छाडौँ, अघिपछि परचक्री पाहुना आउँदा पनि निकै रमाउने र गफिने मान्छे । झन् दसैँका बेला । आफन्तहरुको ओइरो । नरमाउने कुरै भएन । र त,— शारीरिक अस्वस्थताले साथ नदिँदानदिँदै पनि प्रफुल्ल मुद्रामा गफिन थाल्नु भयो । खोल्न थाल्नु भयो विगतका आफ्ना सम्झना र पौरखका कथा । जतिसुकै थकाई लागे पनि हाम्रा लागि उपदेश हुने ती वचन सुत्र हामी आतुर थियौँ । यसै आतुरताका कारण आँखा–कान दुवै समर्पण गरेर उहाँका कुरा ध्यानमग्न भएर सुनिरह्यौँ ।
गफ गर्दागर्दै खाजा आइपुग्यो । चिसो पानीको साथ पाएको मिठो तरकारी । भरखर भुटेको ताजा लेकाली बदाम । यसले हाम्रो निकै प्रशंसा पायो । त्यसमाथि तात्तातो पुरी र असली दूधको तातो चिया । खानामा हाम्रो रोजाइ केही थिएन । रोज्न परेको भए पनि हामी त्यत्तिको मिठो खानेकुरा रोज्न सत्तैmनथ्यौँ । भोक होइन, वास्तवमा निकै मिठो थियो त्यो परिकार आपैmँ ।
भोजन यति मात्र कहाँ थियो र ? यी त भोक मेटाउने प्रारम्भिक व्यञ्जन मात्र थिए । तारे होटलले खाना अघि खुवाउने सुप जस्ता । घट्टले जे पायो त्यही पिँधे जस्तो हामी पनि अगाडि जे जे आयो त्यही–त्यही खानमा व्यस्त रह्यौँ । भित्र अँगेनाको आगोमा दाल, भात, तरकारी छड्कँदै थियो । पहाडिया सिलामको अचार र घिउमा फुराएको ताजा मस्यौराले आ–आफ्नो परिचय दिइरहेका थिए । मुखमा पानी आउने गरी भान्साको गोप्यता भङ्ग गरिरहेका थिए बाहिरैसम्म ।
खाजाको घान नसकिँदै खाना तयार भयो । जलस्रोतको धनी देश । हाफलाइनको विजुलीको पिलपिले उज्यालोमा कोही पिँढीमा कोही सिँढीमा बस्यौँ खाना खान । कसैले मझेरी त कसैले आँगन पनि पाए । निकै रमाइलो वातावरण । मदिरा निषेधित पिकनिक जस्तो । शान्त । खाइपिईपछि टोलछिमेकी अरु आफन्तकहाँ समेत बाँडिएर सुरक्षित वातावरणमा आनन्दले सुत्यौँ । त्यत्रो भीड एउटै घरका पाहुना । बनाइतुल्याइ र घरधन्दा गर्नेहरुलाई कत्तिको कष्ट भयो, त्योतिर भने हामीले सोच्तै सोचेनौँ । जनताका समस्या थाहा नपाएभैmँ गर्ने मुख मात्र भएका नेता र आँखाकान नभएको सरकार जस्तो बनेर हामी सजिलै उम्कियौँ ।
ंं
कार्तिक ५ गते बिहान । दसैँको टीकाटाला र चियाको मेसो सकेर हामी सबै भेँडाबारीका लागि सोझियौँ । बिहानको मौसम । अलिअलि चिसो । सूर्योदय सँगसँगै जीउको चिसो पग्लिँदै र तातो टाँसिदै गयो । न्यानोको मिठो अनुभूति बढ्यो । हतार केही थिएन । बीच बाटामा भेटिएका चिनाजानका मान्छे, आफन्त र अन्य इष्टमित्रलाई सञ्चोबिसञ्चोको सवालजवाफमा अलमल्याउँदै हामी दस बजेतिर चौरासी पूजा गर्न लागिएका खुलानाथ आचार्यको पवित्र आँगनमा स्पर्श गर्न पुग्यौँ । सँगै गएका केटाकेटीले निकै रमाइलो माने । हर्षले नाच्न थाले । फराकिलो आँगन । खेतबारीका घाँसे कान्ला । स्वच्छन्द भएर दगुर्न थाले । केटाकेटीका लागि त्यतिखेर न यताउता हराउने डर थियो न त गाडीले किच्ला भत्रे नै । उनीहरु आ–आपैmँ स्वतन्त्र भएर उफ्रिन थाले । आधुनिक महलका नामले ख्याति पाएका काठमाडौँका घरका चिसा कोठामा आपैmँ बन्दी हुन बाध्य जो कोहीलाई पनि यस्तो खुला वातावरण र स्वच्छ मैदान पाउँदा उमङ्ग नचढ्ने कुरै थिएन । त्यसमाथि प्रकृति जस्तै सुन्दर केटाकेटी । वास्तवमा तिनको फ¥याकफुरुक र रमझम देख्दा स्वर्गका राजा इन्द्रका अगाडि अप्सरा नाचेका कथाको सम्झना हुन्थ्यो ।
पूजाआजाको मेसो मिलाउँदै थिए पण्डितहरु । चौरासी पूजाका नायक खुलानाथ आचार्य नुवाइधुवाइ सकेर तोकिएको कर्मका लागि तम्तयार देखिन्थे । बृद्ध शरीर । भोको पेट । अहिले भरखरै गरेका कुरा अहिल्यै बिर्सने
बानी । कहिलेकाहीँ साह्रै नजिकका आफन्तले पनि म फलानो क्या त ! भनेर सम्झाउनु पर्ने । चिनाउनु पर्ने । सायद यो उहाँको वंशानुगत सम्पत्ति । कता–कता के–के अल्मलिए जस्तो । तैपनि बेलाबेलामा घरपरिवार लगायत अन्यलाई पूजाका विधिविधान र सरसामग्रीका विषयमा सम्झाउँदै हुनुहुन्थ्यो उहाँ । आमन्त्रित पण्डितहरु आ–आफ्नो तोकिएका कर्मका लागि तैनाथ देखिन्थे ।
पार्टी प्यालेसको काम स्थानीय युवाहरुको जिम्मामा थियो । पेटीगन्जीभित्र मैलो जनै लुकाएर गम्सामा सजिएका ती ब्राह्मण युवाहरु परम्परा र आधुनिकताको दोसाँधमा देखिन्थे । खेतका गराहरुमा भान्साको परिकार सजिन थाल्यो । बास्ना मगमगाउन थाल्यो । भोका पेटहरुलाई जिस्क्याउन थाल्यो । माटो खाँदा पनि मिठो होला जस्तो ठाउँको अत्र । नमिठो हुने कुरै थिएन । त्यसमाथि युवाहरुको जाँगर र सीप । खेतका गरा र आँगनका डिलमा लाइनै बसेर खानाका लागि सालका हरिया सफा टपरी थाप्दा वास्तवमा सहरका तारे होटलहरुको मूल्याङ्कन शून्यमा झरेको अनुभूति हुन्थ्यो । तिनको जस्तो नक्कली बनावट र व्यवहार त्यहाँ थिएन । सबै कुरामा सन्तुष्टि थियो । असन्तुष्टि केही थियो भने त्यो आफ्नै पेट सानो भएकोमा थियो । अरु केही थिएन ।
चौरासी पूजाको कार्य भनूँ वा धार्मिक अनुष्ठान दुई दिनसम्म निरन्तर चल्यो । भजन–कीर्तन र नाचगानले रात उज्यालियो । गाउनेले गाइरहे । नाच्ने नाचिरहे । कोही स्वेच्छाले नाचे, कोही करबलले । वास्तवमा कार्यक्रम निकै भव्य रुपमा सम्पत्र भयो । यति हुँदाहुँदै पनि मेघगर्जनसहित रातभर परेको पानीले सबैलाई अत्यायो । तर बिहानपख उसले पनि हार खायो र आपैmँ रोकिन बाध्य भयो । रोकियो । मौसम हिजो जस्तै सफासुग्घर । बादलले कहीँकतै अलिकति पनि चियाउने आँट गर्न सकेन । आकाश खुला, नीलो र सुन्दर देखिन्थ्यो । बरु, चिसोको मात्रा थोरै बढी थियो हिजोभन्दा ।
तीन दल तीन मिनेट एउटा बैठकमा बसे भने ‘तीन दसान तीस’ वटा मत निस्कन्छ एकै विषयमा । यो त गाउँघरमा आयोजित धार्मिक अनुष्ठान । यहाँ त आमन्त्रितहरु नै सयौँको सङ्ख्यामा थिए । गाउँघरका शुभचिन्तकहरुको सङ्ख्या त्यत्तिकै थियो । सबैको एउटै मत हुन सक्ने कुरै थिएन । कोही चौरासी पूजाका पक्षमा देखिन्थे भने कोही फजुल खर्चका रुपमा यसलाई व्याख्या गरिरहेका देखिन्थे । कोही यसरी गरिने खर्च सबै समेटेर एउटा अक्षय कोषमा राखिदिन सकेको भए कालान्तरसम्म उहाँको नाउँमा कुनै न कुनै किसिमको एउटा पुरस्कार वा सामाजिक काममा योगदान हुने केही उल्लेखनीय कार्य हुन सक्थ्यो, कसैको उपकार हुन सक्थ्यो भनेर आफ्नो भनाइमा अरुको समर्थन खोजिरहेका भेटिन्थे । तर्क–बितर्क जेसुकै होस् । त्यो आ–आफ्नो ठाउँमा ठीक पनि होला, बेठीक पनि होला । तर चौरासी पूजाका नायक खुलानाथ आचार्य भने यस्तो पूजा सम्पत्र हुन सकेकोमा निकै सन्तुष्ट र परिवारप्रति कृतज्ञ देखिन्थे ।
***
२०६७ कार्तिक ६ गते शनिबार । अब हाम्रो यात्राको प्रसङ्ग अलिकति मोडियो । एकातिर पूजा सकिएको थिएन, अर्कातिर हामीले सम्भव भएसम्म त्यस भेगका महत्वपूर्ण स्थानहरुको भ्रमणका लागि केही समय खर्चिने सोच बनायौँ । आन्तरिक तथा बाह्य पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण र प्रबल सम्भावना बोकेको तर सरोकारवाला सबैको अल्छ्याइँ, प्रचार–प्रसार र प्रयासको अभावमा ओझेलमा परिरहेको दुप्चेश्वर महादेवको दर्शनका लागि कस्सियौँ । पूजामा हाम्रो आवश्यकता के कति छ भत्रे विषयमा खोजखबरी गरेर हामी ढिला नगरी त्यसतर्पm प्रस्थान ग¥यौँ । ललितपुर थसिखेल निवासी सहयात्री मित्र निर्मल ढुङ्गानाले नदीमै गएर नुवाईधुवाई गर्ने प्रस्ताव राख्नु भयो । अरुको पनि सोच त्यस्तै थियो । मान्यौँ ।
विकट पहरावासी देवाधिदेव दुप्चेश्वर महादेवका मन्दिरमा पुग्न झन्डै पौनेघण्टा जति समय लाग्थ्यो । जानआउन गरेर डेढघण्टा । तर हामीले झन्डै तीनघण्टा लगायौँ । भित्री मयल जे जस्तो भए पनि बाहिरी मयल नदीमा नै पखाल्ने हाम्रो योजना प्रस्थानअघि नै बनिसकेको थियो । हिँडाइको करिब बीस मिनेटपछि दुप्चेश्वर महादेवका बासस्थानतिर उक्लने क्रममा भेटिने नुवाकोट जिल्लाकै प्रसिद्ध नदी ‘तादी’,— पहिला गोसाइँकुण्डको छिमेकी कुण्ड सूर्यकुण्डबाट मुहान गरी आएका कारण यस नदीलाई सूर्यमती भनिए पनि पछि आएर यस नदीले तादी खोलाको नामले प्रसिद्धि कमाएको छ, मा नुवाईधुवाईका लागि हामी पुग्यौँ । पानी निकै चिसो हुने जानकारी हामीले पाएका थियौँ, तर बिहानै भएकाले त्यस्तो उत्पात व्यहोर्नु परेन । देवाधिदेव महादेवलाई शिरमा राखेर हिँडेकाले पनि त्यस्तो अनुभूति नभएको हुन सक्छ । जे होस् हामीले पवित्र नदीको स्पर्श ग¥यौँ र त्यसैमा
डुबुल्कियौँ । चित्त शान्त ग¥यौँ । भक्तहरुको यस क्रियाकलापलाई पहराका छेउबाट महादेवले रमाइलो मानेर चियाइरहे जस्तो अनुभूति हुन्थ्यो त्यतिखेर । हेरे नहेरेको भने उनै जानून् ।
महादेवको दर्शनका लागि जाने हाम्रो सङ्ख्या दुई भागमा विभाजन भयो । तर त्यो विभाजन राजनीतिक दलहरुको जस्तो आ–आफ्नो निकृष्ट स्वार्थका लागि नभएर घरैमा नुवाईधुवाई गर्ने र नदीमा नुहाउनेबीचको मात्र थियो । नदीमा नुहाउनेहरु केही छिटो अगाडि बढे र महादेवको दर्शनमा अग्रता लिए । घरमै नुहाएर आउनेहरु केही ढिलो भए । यो स्वाभाविक पनि थियो । किनकि, घरेलु टोलीमा केटाकेटी र महिलाको बाहुल्यता थियो । जे होस् सबै गन्तव्यमा पुगे । जो आए पनि हाइसञ्चो मानेर ठडिइरहने महादेवको श्रद्धापूर्वक दर्शन गरे । जवाफ दिन वाध्य नभएका महादेवले सबैका गन्थन सुने । मागपत्र खल्तीमा राखे । र, यतिखेर सायद उनले सबैलाई मनमनै भने,— ‘आफ्नो कर्तव्यबाट कहिल्यै विचलित नहुनू । सबैको भलो हुने काम गर्नू । धेरै चिन्ता नगर्नू । अहिले जाओ । तिमीहरुको रक्षा म गर्छु ।’
वास्तवमा यो अति अनकण्टार र रमणीयताका हिसाबले साँच्चै भगवान नै बस्ने जस्तो ठाउँ छ । पन्ध्रबीस फिट अग्लो स्वनिर्मित प्राकृतिक ढुङ्गे चट्टानले घेरेर संरक्षण दिइरहेको महादेवको शिलामा पुग्न मानवनिर्मित सिंढीहरु छन् । यी सिंढीहरु हुँदाहुँदै पनि आवतजावतमा निकै होसियारीको जरुरत छ यहाँ । बाह्रै महिना तपतप पानी चुहिरहने यस पहरामा अलिकति मात्रै पनि चिप्लिने हो भने स्थिति निकै भयावह हुन सक्ने सम्भावना छ । पहरा खोपेर बनाइएका सिंढी र मानवनिर्मित फलामे रेलिङहरुले तत्काल मर्मतसम्भारको आग्रह गरिरहेका छन् । यति आग्रह पूरा गरिदिन सके मन्दिर आवतजावतको कार्य निकै सुरक्षित हुने देखिन्छ । यति मात्र होइन आन्तरिक तथा बाह्य पर्यटनका हिसाबले यसलाई व्यापक प्रचारप्रसार गरी पर्यटकहरु आकर्षित गर्ने हो भने तादी खोला तरेदेखि नै ढुङ्गे सिंढीहरु निर्माण गरी बाटो सुधार गर्नु पर्ने आवश्यकता यहाँ देखिन्छ । किनकि, पर्यटकीय हिसाबले भ्रमण गर्न यो बाह्रै महिना खुला राख्न सकिने पवित्र स्थान हो । अझै यसरी निर्माणसुधार कार्यलाई गतिलो हिसाबबाट दीर्घकालसम्म पक्की हुने गरी बनाउने हो भने महादेवको शिलाखण्डबाट सोभैm तलतिरको ठाडो भाग जतिमा कङ्क्रिट ढलान वा फलामे सिंढी निर्माण गर्न सके सुनमा सुगन्धभैmँ हुनेछ ।
वर्षा याममा निकै जुका लाग्ने । हरियाली लेकाली पहरो । अगाडि हेर्दा आँखाभरि उब्जाउमय मलिला फाँटहरु । टाढाटाढासम्म देखिने रमणीय गाउँबस्ती र मनमोहक हरिया वनजङ्गल । पहाडको फेदीमा कसैको
धक नमानी एकनासले सुसाइरहने तादी खोला । खोलासँगै टाँसिएर महादेवको पाउ स्पर्शमा रमाउँदै विभित्र अत्रबाली र घाँसले स्थानीय बासिन्दाहरुलाई सघाइरहेको गोगनचउर । अगाडिपट्टि ठाडो बगेर आएको नागी खोला । शिरको टोपी खस्ने गरी मुन्टो ठड्याएर हेर्दा शिखरबेसीको टाउकोभैmँ देखिने राउचुली हिमाल । ठ्याक्कै अगाडि शिखरबेसी फाँटको पुछारमा बछलादेवीको पवित्र मन्दिर । जति हेरे पनि आँखा नअघाउने लोभलाग्दो प्राकृतिक वातावरण । थोरै भए पनि झपक्क परेका रुखहरु । शान्त, स्निग्ध वातावरण । साँच्चै निकै मनोहारी छ यो ठाउँ । यहाँ उभिँदा लाग्छ,— ‘साना सौभाग्यले आइपुगिने ठाउँ होइन हो ।’
***
परम् आस्थाका भगवान देवाधिदेव यी महादेवको दर्शन गरेर फर्केपछि हामीलाई यिनको उत्पत्तिका विषयमा केही जात्रे चासो बढेर आयो । स्थानीय बूढापाकासँग आफ्ना चासोका कुरा राख्यौँ । यी महादेवको उत्पत्तिका विषयमा विभित्र किंवदन्ती सुत्रमा आए । भनाइको भाव र यथार्थ करिब–करिब मिल्दोजुल्दो भए पनि स्मरणका आधारमा त्यस्ता किंवदन्तीको व्याख्या हुने भएकाले त्यसमा केही विविधता भने देखिन आयो । तर धेरैजसो व्यक्तिका भनाइमा आदिदेव नै भए पनि यी महादेवका विषयमा करिब २५० देखि ३०० वर्ष पहिले मात्र जानकारी मिलेको हो । बढी मात्रामा धेरै व्यक्तिहरुबाट सुनिने किंवदन्ती स्थानीय बासे (सायद यो नाम ‘वासु’ हुन सक्छ, पछि छोटकरीमा बोलाउँदा वा गोठालो लागिरहेको तामाङ जातिको व्यक्ति भएकाले अलिक हेपेर बोल्दा ‘बासे’ भनिएको हुन सक्छ) तामाङसँग जोडिएको रहेछ । करिब २५० देखि ३०० वर्ष पहिलेको कुरा हो । गोगनचउरमा तामाङका गाईवस्तुका धेरै गोठ हुन्थे । यी मध्ये बासे तामाङको पनि एउटा गोठ थियो । ऊसँग एउटा दुहुनु गाई पनि थियो । एकदिन त्यो गाई अकस्मात् हरायो । गाईको निकै खोजी भयो । कतै फेला परेन । गाईबस्तु चोरी भयो कि भनेर शङ्का गरिहाल्नु पर्ने आजको जस्तो अवस्था पनि त्यतिखेर थिएन । त्यसैले गाई हराएको घटनाले निकै सनसनी पैmलियो । सबै मिलेर गाईको खोजतलासलाई तीब्रता दिए । वारिपारी, वनजङ्गल सबै खोजियो । गाई फेला पर्न सकेन । आजित भएर बासे तामाङ साथीहरुसहित गोठमा गएर सुत्यो । राति सपनामा उसलाई कसैले ‘तिम्रो गाई यहीँ कतै छ । राम्रोसँग खोज्नु । फेला पर्छ ।’ भनेर गएछन् ।
यसको भोलिपल्ट जुन पहरामा अहिले महादेवको शिला छ त्यहीँ त्यो गाई देखिएछ । विशाल चट्टानी पहरो । पहराको बीचमा गाई । सुन्दा पनि अचम्म लाग्ने । सामान्य अवस्थामा त्यहाँसम्म जान सक्ने कोही भएनन् । गाई गएको ठाउँमा मानिस किन जान नसक्ने ? भनेर स्थानीय कोही एक व्यक्तिले त्यहाँ जाने आँट गरेछ । बाटो थिएन । के गर्ने ? के नगर्ने ? भन्दाभन्दै त्यसले पहराको लहरामा झुण्डिएर त्यहाँ जाने विचार गरेछ । त्यही अनुसार गएछ । नजिकै पुगेर हेर्दा उसले त्यहाँ गाईले महादेवको शिला (हाल पुज्ने गरिएको) माथि दूध चढाएर बसेको देखेछ ।
ऊ फर्केर आयो । देखेका कुरा अरुलाई बतायो । सुरुमा त उसका कुरामा सबैले आशङ्का गरे । पछि आँखाले देखेका कुरामा विश्वास गर्न करै लाग्यो । विश्वास गरे । यसपछि त्यहाँ शिवजीको बासस्थान रहेको हुन सक्ने अनुमानका आधारमा स्थानीय केही व्यक्तिहरु शिवजीलाई मन पर्ने गाईको दूध, वेलपत्र लगायतका पूजाका सामग्री लिएर त्यहाँ गए । त्यहाँ पुग्दा गाई भेटिएन । उनीहरु पूजा गरेर फर्के । फर्कँदा अर्को अचम्म भयो । गाई साविकभैmँ गोठमा बाँधिइरहेको थियो । यस घटनाले उनीहरु झन् आश्चर्यचकित भए ।
गाई फेला परेको त्यो दिन मार्ग शुक्लपक्ष धान्यपूर्णिमाको दिन थियो । त्यसैले यहाँ प्रत्येक वर्ष यस धान्यपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने र शिवजीको पूजा गर्ने प्रचलन बस्यो । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुशी हुन्छन् भनेपछि यो मेला हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ । किंवदन्तीलाई आधार मानी विश्वास गर्दा पनि गाईले चतुर्दशीका दिन नै शिवजी कहाँ गएर रात बिताएको थियो । फेला पार्ने काम मात्र धान्यपूर्णिमाका दिन
भयो । त्यसैले चतुर्दशीका दिनको पूजा यस तथ्यका आधारमा पनि घटनासँग मिल्ने र शिवजीको पनि अनुकूल भएको महसुस हामीले ग¥यौँ ।
केही व्यक्तिहरु यसलाई गोपालेश्वर महादेव पनि भत्र रुचाउँछन् । यस्तो मत राख्नेहरु द्वापर युगका श्रीकृष्ण भगवानसँग यसको प्रसङ्ग जोडेर सुनिआएको किंवदन्ती सुनाउँछन् । यस्तो किंवदन्ती सुनाउनेहरु द्वापर युगमा श्रीकृष्ण भगवान नुवाकोटका रमणीय हिमाली क्षेत्रमा भ्रमणका लागि आउनु भयो । भ्रमणका क्रममा श्रीकृष्णजी अहिले यिनै दुप्चेश्वर महादेवको शिला भएको रमणीय पहरामा पुग्नु भयो । यस पहराले भगवानको मन निकै आकर्षित ग¥यो । यस्तो रमणीय स्थानमा शिवलिङ्ग स्थापना गर्न पाए कति राम्रो हुन्थ्यो भत्रे भावना उनमा जागृत भयो । अनि, त्यस क्षेत्रको भ्रमणबाट फर्कनुअघि उहाँले त्यहाँ शिवलिङ्ग स्थापना गर्नु भयो । श्रीकृष्ण भगवानले स्थापना गरेको यही शिवलिङ्ग नै अहिले सबैले विश्वासका साथ पूजिआएका दुप्चेश्वर महादेव हुन् । श्रीकृष्णले स्थापना गरेको हुनाले यिनलाई गोपालेश्वर पनि भनिएको हो ।
यी महादेवका उत्पत्तिका विषयमा खोज्दै–सुन्दै जाँदा कौतूहल बढ्दै गयो । थप कुरा जात्रे तृष्णा जाग्दै गयो । यस ठाउँको दृश्यावलोकन र त्यसबाट परेको प्रभावले हामीलाई यो स्थितिमा पु¥याएको थियो । जुन स्वाभाविक पनि थियो । जल, जङ्गल र अन्य विविध किसिमका प्राकृतिक छटाले भरिपूर्ण यति मनोरम र महत्वपूर्ण तीर्थस्थल ओझेलमा परिरहेको पाउँदा हामी अचम्म मान्दै थप जिज्ञासु बनिरहेका थियौँ । समुन्द्रटार गाउँ विकास समितिका पूर्व प्रमुख केदारनाथ आचार्यले बासे तामाङको गाई हराएको प्रसङ्गसँग सम्बन्धित किंवदन्तीमा सहमति जनाउनु भयो । यसरी सहमति जनाउँदा जनाउँदै पनि उहाँले हामीलाई यस विषयमा धेरैअघि पण्डित ख्यामनाथ आचार्यले निकै ठूलो काव्यको रचना गरेको कुरा बताउनु भयो । साथसाथै यस विषयमा उनका छोराहरु खुलानाथ, कविप्रसाद र टोकप्रसाद बढी जान्दछन् । कविप्रसाद स्वर्गीय भइसकेकाले खुलानाथ र टोकप्रसादलाई सोधनी गर्दा राम्रो हुन्छ भत्रे जानकारी पनि उहाँले दिनु भयो ।
अनि, ख्यामनाथ आचार्यका सुपुत्र खुलानाथ आचार्यसँग हामीले यस विषयमा जानकारी खोज्यौँ । उहाँको मत अरुको भन्दा अलिक भित्र पायौँ । उनी समुन्द्र मन्थन, त्यसबाट निस्किएको हलाहल विष र त्यसको सेवनपछि छट्पटिएका महादेवसँग लगेर यसको प्रसङ्ग जोड्न रुचाउँछन् । समुन्द्र मन्थन गर्दा निस्केको हलाहल विष सेवन गरेर छट्पटिएका महादेव विषको डाह शमन गर्न छट्पटाउँदै हाल सूर्यकुण्ड रहेको स्थानमा पुग्नु भयो । त्यहाँ पुगेर पानीको खोजीमा त्रिशूल गाडेर गङ्गाजीलाई आराधना गर्नु भयो । अनि यसरी छट्पटिएका महादेव फेरि त्यहाँभन्दा अलिक तल झर्नु भयो । आपूmले चाहेका कुरा गर्न सक्ने यी महादेव त्यहीँ नै गोसाइँकुण्ड उत्पत्ति गरी विषको डाह शमन गर्न पल्टिनु भयो । अघि त्रिशूल गाडेको ठाउँमा गङ्गाजी महादेवलाई भेट्न प्रकट हुँदा उनलाई देखिनन् । त्यसपछि त्यसै ठाउँमा एउटा स्फटिकको खम्बा खडा गरी दिनको मध्यान्हमा सूर्य स्थिर भएको मौका छोपी सूर्यकहाँ पुगी महादेव बारे केही जानकारी छ कि भनी सोधनी गरिन् । महादेवका बारे सूर्यबाट जानकारी पाएपछि उनी त्यहीँ पुगिन् महादेव भेट्न । यसरी भेट्न आएकी गङ्गाजीलाई शिवजीले त्रिशूल गाडेको ठाउँबाट दक्षिणतर्पm बहेर पापीहरुको उद्धार गर्न र त्यस क्षेत्रलाई पुण्यक्षेत्र बनाएर बस्न आग्रह गर्नु भयो । महादेवको यस आग्रहलाई गङ्गाजीले कलियुगमा धेरै पापी हुने हुनाले समग्रमा तिनको उद्धार गर्न निकै कठिन हुने कारण जनाई सो आग्रह पूरा गर्न आनाकानी गरिन् । त्यसपछि महादेवले गङ्गाजीलाई त्रिशूली देवीघाटसम्म मात्र बहिदिए पुग्ने गरी केही छुट दिनु भयो । साथै, महादेवले आपूm पनि उनको किनारमा आएर बस्ने आश्वासन दिनु भयो । महादेवको यो आग्रह र आश्वासनपछि गङ्गाजी सूर्यकुण्डबाट ‘सूर्यमती’ नामले बहँदै देवीघाटसम्म पुगिन् ।
उहाँ पितापुर्खादेखि सुन्दै आएको कुरालाई आधार बनाएर अगाडि भन्दै हुनुहुन्थ्यो,— गङ्गाजी सूर्यमतीको नामले यसरी बहेको केही समयपछि सूर्यमती, नागी र कुतुङ खोलाको त्रिवेणीमा ठूलो दह जम्न गयो । त्यस दहमा जसको पहिला मृत्यु हुन्छ त्यसले सरासर स्वर्ग प्राप्त गर्छ भत्रे महादेवको वरदान थियो । यही क्रममा कुनै एक समय दुई दिशाबाट बाघ र बनेल एकैचोटि त्यस दहमा पानी पिउन पुगे । अकस्मात् यसरी भेट हुँदा ती दुईको झगडा भयो । झगडाका क्रममा बाघले त्यहीँ नै प्राण त्याग ग¥यो । शिवजीको वरदान अनुसार त्यस बाघलाई स्वर्ग लैजान अश्विनीकुमारहरु त्यहाँ आए । उनीहरुले त्यहाँ आएपछि त्यहाँको सुन्दरतम् प्राकृतिक छटा देखेर बालुवाको शिवलिङ्ग स्थापना गरे । शिवलिङ्ग स्थापना गरेपछि त्यहाँ पूजाआजा गरी त्यस दहलाई ‘ब्याघ्रकुण्ड’ नाम राखी उनीहरु स्वर्ग फर्के । यही शिवलिङ्ग नै सबैले मानिआएका अहिलेका दुप्चेश्वर महादेव हुन् ।
यस विषयमा अब बुझ्न बाँकी थिए पण्डित ख्यामनाथ आचार्यका कान्छा सुपुत्र टोकप्रसाद । हामीले उहाँसँग पनि जिज्ञासा राख्यौँ । उहाँले आफ्ना पिता ख्यामनाथ आचार्यले पृथ्वी र गङ्गाजीहरुको सृष्टिका कुरालाई समेत समेटेर वेदान्त र हिमवत् खण्डको प्रामाणिक आडमा यस विषयमा निकै ठूलो काव्य रचना गरेको कुरा बताउनु भयो । त्यस काव्यमा महादेवले अरुको उद्धारका लागि आपूmले समुन्द्र मन्थनबाट निस्किएको विष सेवन गरेपछि सो विषको असरले छट्पटाउँदै पश्चिमबाट पूर्वतर्पm बढ्दै रसुवा जिल्लाको हाल गोसाईंकुण्ड रहेको स्थानमा पुगी गङ्गा उत्पत्र गर्न भुइँमा त्रिशूल हानेको, त्यहाँ तत्काल गङ्गाजी नआएपछि त्यसभन्दा केही पर पूर्वतर्पm सूर्य भञ्ज्याङमा पुगेर सूर्यसँग भेट गरी सूर्यकुण्ड उत्पत्ति गरेको प्रसङ्ग उल्लेख थियो । यसपछि केही बेरपछि महादेवले पहिला त्रिशूल गाडेको ठाउँमा गङ्गा उत्पत्र भइन् कि ? भनी हेर्न जाँदा त्यहाँ गङ्गा उत्पत्र भइरहेको पाए । अनि, त्यस स्थानमा गोसाईंकुण्ड बनाएर फेरि पूर्वतर्पm बढी सूर्यमती खोला (तादी खोला) तरेर अगाडि बढेका प्रसङ्गहरु पनि त्यसमा उल्लेख गरिएका थिए । आदि धर्मग्रन्थका आडमा लेखिएको अप्रकाशित उक्त कृतिमा एकातिर त्रिशूली नदी देवघाट पुगेर ठूलो तीर्थस्थल बन्यो भने अर्कातिर सूर्यमती नुवाकोट गोगनचउर पुगेर अर्को पवित्र तीर्थस्थल बन्यो भत्रे कुरा सबिस्तार उल्लेख थियो ।
हाम्रा जिज्ञासा मेटाउँदै गरेका टोकप्रसादजी अगाडि थप्दै हुनुहुन्थ्यो,— त्यस काव्यमा पण्डित ख्यामनाथले चार जात छत्तीस वर्णको व्याख्या गरेर कुनकुन जातले त्यहाँ केके गरिराखेका छन् ? भत्रे व्याख्या समेत गर्नु भएको थियो । यसैगरी धान्यपूर्णिमाका दिन सम्पत्र हुने गोगनचउरको जात्रामा कति बत्ती बल्छन् ? कति जातजातिको उपस्थिति हुन्छ ? कसले ढ्याङ्ग्रो बजाउँछन् ? कसले बत्ती जगाउँछन् ? जस्ता कुराको जानकारीका साथै महादेव निवास पूरा पहराको लम्बाई–चौँडाई के कति थियो ? त्यहाँ के कस्तो जङ्गल थियो ? ती सबैको इतिवृतान्त त्यस काव्यमा उल्लेख थियो । अझ समुन्द्र मन्थनबाट निस्केको रत्नादि बहुमूल्य वस्तु र अमृतको बाँडफाँड के कसरी गरियो भत्रे गुह्य कुरो पनि त्यसमा उल्लेख गरिएको थियो । एक हिसाबले भत्रे हो भने हिमवत् खण्डको सारांश नै थियो त्यो काव्य । जसमा दुप्चेश्वर महादेवको उत्पत्तिका विषय पुष्टि गर्ने धेरै कुरा उल्लेख थिए । त्यतिखेर पण्डित ख्यामनाथले रचना गरेको श्लोक भनेपछि सबैले श्रद्धापूर्वक सुन्थे र उल्लिखित काव्यका श्लोक पनि स्थानीय देवीदेवताका जात्रा र बिवाह आदि पर्वहरुमा निकै गाइन्थ्यो पनि ।
अहिलेको जस्तो प्रकाशनको सुविधा त्यतिखेर थिएन । त्यो काव्य हस्तलिखित पाण्डुलिपिमा सीमित थियो । तर त्यस्तो बहुमूल्य काव्य हाल उपलब्ध छैन । कुनै दाजुभाइ कहाँ खोजतलास गर्दा कतै निस्कन पनि सक्छ । त्यो काव्य नेपाली कागजलाई दोहोरो पट्ट्याएर किराले नखाने वानस्पतिक उपचारपछि निकै राम्रा अक्षरमा लेखेर राखिएको थियो । तर पछि त्यो कसले कहाँ लग्यो थाहा भएन ।
तपाईंले काव्यमा उल्लिखित कथाको केही न केही सार त बताउनु भयो तर काव्य मुखाग्र आउने गरी पढ्नु भएको थिएन ? भत्रे हाम्रो जिज्ञासामा उहाँले त्यो सबै काव्य आपूmले पढेको जानकारी दिनु भयो । चौहत्तर वर्षीय यी वृद्धलाई तपाईंलाई यतिखेर केही श्लोक सम्झना छ त ? भनी पुनः जिज्ञासा राख्दा उहाँले सन्चो भएका बेला एकछिन घोरिएर सोच्ने हो भने केही श्लोक बताउन सक्छु भत्रु भयो । हामीले त्यसको प्रतीक्षा ग¥यौँ । उहाँ ती श्लोक बताउन थाल्नु भयो । पङ्क्तिकार यसलाई टिपोट गर्न कस्सिए । झन्डै डेढघन्टा जति लगाएर उहाँले नौवटा श्लोक स्मरण गर्नु भयो । पछि बीचतिरबाट एउटा र अधुरो आधा श्लोक पनि हामीलाई सुनाउनु भयो । उहाँको यस स्मरणशक्तिलाई हामीले तारिफ ग¥यौँ । उहाँप्रति कृतज्ञ भयौँ ।
उहाँले हामीलाई स्मरणका आधारमा टिपाउनु भएका श्लोक सबै यहाँ उद्धरण गर्दा पाठकका लागि अलिक भद्दा पनि हुन सक्छ भत्रे जान्दाजान्दै पनि यस विषयमा पछि कुनै किसिमको अनुसन्धानात्मक शोध गर्नेहरुलाई सजिलो होस् भत्राका लागि ती सबै श्लोक जस्ताको तस्तै उद्धरण गर्नु सान्दर्भिक हुने ठह¥यायौँ । यसले अवश्य पनि दुप्चेश्वर महादेवको उत्पत्तिका विषयमा थप कुरा जात्र मद्दत पु¥याउनेछ । उहाँले आफ्नो स्मरणका आधारमा टिपाउनु भएका ती महत्वपूर्ण श्लोक यस्ता थिए —
गौरी गणेश हरि शम्भुजीका चरणमा
पसे्रर दण्डवत गर्छु परी शरणमा ।।
बास गर्दिऊन् हृदयमा कविता म भर्छु
श्री नीलकण्ठकी महात्म्य बयान गर्छु ।।१।।
दुर्वासा ऋषिको सराप परदा स्वर्लक्ष्मीले हीन भै
जाई श्री हरिका परे शरणमा इन्द्रादि दुःखित भई ।।
आज्ञा यो हरिको भयो गर मथन पश्चिम सागर गई
मन्दरमा गरी नेत्र वासुकीकनै मथ्थे सुरासुर भई ।।२।।

निस्क्यो विष हलाहलै अब कसो गर्ने भनी दुःखी भै
लागे गर्न पुकार सुरासुरहरु श्री शम्भुमा काशी गई ।।
सुत्रु भो शिवले पुकार सबको पिइदिनु भो सब
घाँटीमा गई त्यो बस्यो र प्रभुको नीलो भयो घाँटी त ।।३।।
यसैकारण नीलकण्ठ प्रभुको नाम भो बुझिराखनू
डाहा भो शिवलाई सोही विषले त्यो हाल भै आफनू ।।
जानु भो शिव पूर्वतर्पm रिसले श्री सूर्य भन्ज्याङमा
भेट् भो सूर्यसँगै र कुण्डल पनि एक गर्नु भो सृष्टि त्याँ ।।४।।
प्रातैः सूर्य उदाउँदा स्फटिकको खम्बा जलैदेखि त्यो
निस्कन्थ्यो सरसर बढेर सहजै मध्याह्नमा सूर्यको ।।
जोडिन्थ्यो रथमा पराह्न जब भो फर्केर सूर्यास्तमा
घट्दै जल्बीच पस्तथ्यो स्फटिक त्यो यै रित दिन्दिनमा ।।५।।
गङ्गाकी बहिनी श्री सूर्यमतीजी श्री शैलपुत्रीजीले
पारिन् बिन्ति भिनाजुका हजुरमा आज्ञा हवस् सालीले ।।
गर्ने काम कुन हो भनिन् र शिवले आज्ञा भयो यो अनि
जाऊ झट्ट तिमी रथी भईरहू गोगनचउरमा भनी ।।६।।
जो भत्रु भनुँला नरोऊ अहिले भन्दै बिदा बक्सियो
फर्के सोहीय ठाउँमा त्रिशूलले छिद्रै गरेको त सो ।।
उमाकी बहिनी भई त्रिशूलको त्यही छिद्रदेखि छिटो
गङ्गा निस्किगइन् र पान गरनु भो भन्दै अहा क्या मिठो ।।७।।
ताहीँ ध्यान गरेर ओर्ली तलकौ कुण्डै जमाउनु भो
केही काल त्यहाँ सुतीकन शरीर ठण्डा गराउनु भो ।।
उठी छोडीदिनु भयो र पूरवै आपूm सवारी भयो
सृष्टि त्रिशूलदेखिको हुन गई को नाम त्रिशूली रह्यो ।।८।।
आए गण्ड ऋषि र स्नान गरिलिए भन्न्या हिसाबले तहाँ
आर्को गण्डकी नाम पो रहन गो भन्न्या बुझे मन्महाँ ।।
पश्चिमतर्पm त गण्डकी छ अरु छन् ती सप्तधारादिक
सातै गण्डकीका त सङ्गममहाँ देवघाट नाम तीर्थ छ ।।९।।
काव्यका बीचतिरबाट सम्झिएको अर्को श्लोक —
पश्चिमतर्पm दिशा र उत्तर दिशा दक्षिण दिशामा अनि
मौजा तामे समुन्द्रटारसरी ग्राम देखिन काहीँ पनि ।।
घर्माथि वन छन् तहाँ अति असल् घर्का मुनि बारी छन्
बारीका मुनि खेत छन् अति असल छन् घट्ट खेतका मुनि ।।
घट्टैका मुनि नाम सूर्यमतीकी गङ्गा बहेकी उँधो
जे गर्छन् .......................सब पाप उनले धुँदो ।।
...........................................
.......................................... ।।
जोसँग सोधे पनि सबैले आपूmले सुनिआएका किंवदन्ती तलमाथि नगरी सुनाउँछन् । पछिल्लो समयमा यस विषयमा कहीँ कतै केही लिखित दस्तावेज पनि छ कि भत्रे चासो बढ्यो । यो प्यास मेटाउने क्रममा बुझ्दै जाँदा दुप्चेश्वर संरक्षण समाज नुवाकोटले २०५६ सालमा ‘दुप्चेश्वर’ नामक पत्रिका नै प्रकाशन गरेको जानकारी हुन आयो । खोजी गर्दा वर्ष १ अङ्क १, २०५६ को सो पत्रिका हात लाग्यो । यसमा पनि यिनै माथि उल्लेख गरिएका जस्तै किंवदन्तीहरु पढ्न पाइयो । पत्रिकामा प्रकाशित पण्डित बन्धुहरु गणेश र कुमार, माधवलाल प्रधान, शिवप्रसाद कुइँकेल, जगदिश्वर नरसिंह के.सी. आदिका लेखरचनाले यी महादेवको उत्पत्ति, यसको धार्मिक–सांस्कृतिक–सामाजिक महत्व र पर्यटकीय सम्भावनाका विषयमा निकै खोतलखातल गरेको भेटियो । दुप्चेश्वर महादेवको उत्पत्तिका विषयमा उपलब्ध किंवदन्तीहरुमा ठ्याक्कै एकरुपता नभए पनि तालमेल भने निकै नै मिलेको पाइयो । तथापि, यो विषय सांस्कृतिक तथा धार्मिक अनुसन्धानका लागि निकै उपयुक्त हुने महसुस गरियो । यसरी गरिने अनुसन्धानबाट निस्कने निष्कर्षले यी महादेवका विषयमा कायम रहेको विद्यमान कौतूहल निराकरणमा अवश्य पनि सहयोग पुग्नेछ । यस्तो महत्वपूर्ण विषयमा शोध÷अनसुन्धान गर्नु गराउनु स्थानीयबासी, सम्बन्धित जिल्ला र अन्ततोगत्वा राष्ट्रकै हितमा हुनेछ ।
ंं
यहाँ मार्ग शुक्लपक्षको धान्यपूर्णिमाका दिन विशाल मेला लाग्छ । सुरुसुरुमा यो जात्रा तामाङहरुको मात्र हो भने जस्तो हुन्थ्यो । उनीहरुकै बाहुल्यता र नियन्त्रण रहने यस मेलामा उनीहरुकै परम्पराअनुसार पूजा चल्थ्यो । पछिका दिनमा आएर ब्राह्मणहरुले पूर्णिमाको दिन शिवजीको पूजा हुत्र । अघिल्लो दिन चतुर्दशीकै दिन पूजा
गर्नु पर्छ भनी सुझाएपछि अहिलेको परम्परा बसेको बताउनेहरु पनि भेटिन्छन् । अहिले यो जात्रा सबैका लागि बराबर भएको छ । यहाँ धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने काम हुन्छ । भजनकीर्तन र विभित्र किसिमका नाचगान चल्छन् । व्यापार व्यवसायका लागि टाढाटाढाबाट व्यापारीहरु ओइरिन्छन् । टाउकामा फेटा र जीउमा सेता जामा लगाएर नाच्ने झाँक्रीहरुको जमघट यहाँ बाक्लै देख्न सकिन्छ । जातजातिका हिसाबले पनि यहाँ सबैको उपस्थिति हुन्छ । यतिखेरको राजनीतिक भाषा बोल्ने हो भने निकै समावेशी प्रकृतिको हुन्छ यो जात्रा । अनि, धार्मिक तथा अन्य सबै हिसाबले निकै उच्च कोटिको पनि हुने गर्छ यो जात्रा । जात्राको भीड देख्दा यस्तो लाग्छ,— यत्रो विशाल जनसमूहले कसरी यी महादेवका विषयमा थाहा पाए होलान् ? यिनको साक्षात्कारिताका विषयमा कसरी बुझे होलान् ?
यसबाहेक यहाँ अघिपछि पनि छोरा पाउनका लागि भाकल गर्न जाने जोडीहरु प्रशस्त भेटिन्छन् । त्यसै गरी गोठमा थारा गाई हुनेहरु गाई ब्याओस् भनी भाकल गर्न त्यहाँ पुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् । यस कुरामा ठूलो विश्वास छ उनीहरुलाई । यसबाहेक सामान्य पूजा र रुद्रि लगाउनेहरुको लर्को पनि यहाँ बारम्बार देखिने गर्छ । थाहा पाउनेहरुमा ठूलो आस्था छ यी महादेवप्रति । यहाँ प्रत्येक वर्ष अक्षय तृतियाका दिन लघुरुद्रि गर्ने प्रचलन अद्यापि छँदैछ । प्रचारप्रसारलाई व्यापकता दिने हो भने अनकण्टार चिसा पहरानिबासी देवाधिदेव यी महादेवलाई भक्तहरुको मागपत्र सुत्र मात्र पनि भ्याइनभ्याई हुन्छ । धानी नसक्नु गरी भक्तहरुको ओइरो लाग्छ । यसो भनेर यिनलाई अहिले पनि भक्तहरुको खाँचो भने पटक्कै रहेको देखिँदैन ।
***
‘यहाँ त्रिशूलीको लोकल चामल पाइन्छ ।’ यो काठमाडौँ र यसका वरिपरिका चामल पसलहरुमा फाट्टफुट्ट देखिने साइनबोर्डको भाषा हो । यसको मतलब त्रिशूलीको चामलले बजारमा आफ्नो छुट्टै छाप छोडेको छ । त्यसैले बोरामा जे भए पनि साइनबोर्डमा त्रिशूलीको लोकल चामल पाइन्छ शहरका चामल पसलहरुमा । स्वादका पारखी ग्राहकहरु त्रिशूलीको यही लोकल चामल खोजीखोजी खान्छन् र स्वादमा रमाउँछन् ।
यो अहिलेको मात्र कुरा होइन, धेरै अघिदेखिको हो । ‘चामलको लागि प्रसिद्ध ठाउँ कुन हो ?’ यस प्रश्नको जवाफका लागि तपाईं नेपाली बजारमा पाइने कुनै पनि सामान्य ज्ञानको किताब पल्टाउन सक्नु हुन्छ । त्यहाँ तपाईं पाउनु हुन्छ,— चामलको लागि प्रसिद्ध ठाउँ हो ‘शिखरबेसी ।’ हो, चामलको लागि प्रसिद्ध त्यो शिखरबेसी यही नुवाकोट जिल्लामा पर्छ । जिल्लाको सदरमुकाम त्रिशूली बजारबाट उत्तरपूर्व झण्डै तेह्रचौध कोस दूरीमा रहेको यो बेसी साँच्चै नै शिखरको पुछारमा छ र अरु गाउँबस्तीहरुभन्दा धेरै माथि । शिखरको पुछारमा अवस्थित रहेकाले नै सायद यसलाई शिखरबेसी भनिएको हुन सक्छ ।
त्यही शिखरबेसीको पुछार तर हाम्रो बस्तीबाट आकाशमा टाँसिए जस्तो देखिने बछलादेवीको मन्दिर र त्यस वरपर झपक्क ठडिएका हरिया रुखहरु दुई दिन अघिदेखि हामी नियाल्दै थियौँ । दुप्चेश्वर महादेवका स्थानबाट फर्केपछि हाम्रा गोडा फेरि चल्मलाउन थाले । ‘जाऊँ न जाऊँ, बछलादेवी मन्दिर र शिखरबेसीको फाँट हेर्न जाऊँ’ भनेर हामीलाई काउकुती लगाउन थाले । हिँड्नुपर्ने गोडैले हो, तिनैले उचालेपछि हामी सजिलैसित उचालियाँै । खाना खाने बेला अभैm भइसकेको थिएन । पच्चीसतीस मिनेटको बाटो । दस मिनेट जति तेर्सो, अनि बाँकी सबै उकालो । चरक्क चर्केको मिठो घाम । रमाउँदै रमाउँदै हामी अगाडि बढ्यौँ ।
यतिखेर हामी बिहानको जस्तो ठूलो भीडमा थिएनौँ । ‘हामी पनि जान्छौँ’ भनेर बिहान हामीसँग सहमति जनाउने निर्मल ढुङ्गाना, प्रमोद खनाल लगायतका अरुहरु यतिखेर थकाईले हाम्रो साथ भएनन् । यसैले हाम्रो समूह दसको सीमाभित्र सीमित हुन पुग्यो । साना भनेका सौगात आचार्य र प्रवेश भण्डारी थिए । अरु सबै ठूला ।
नौलो ठाउँका लागि अघि बढेकाले हामी प्रफुल्ल थियौँ । हाम्रो सौभाग्यको कुरा बिहान र अहिलेको यात्रामा हाम्रो साथ हुनुहुन्थ्यो,— चलचित्र निर्देशक प्रमोद भण्डारी । जति अगाडि बढ्यो उति हौसिँदै हुनुहुन्थ्यो रमाएर । उकालोमा सास बढे पनि हामी उहाँलाई रमाईरमाई साथ दिइरहेका थियौँ । तलतिरका बस्तीबाट नदेखिने तर त्यहीँ पुगेपछि देखिने बाह्रतेह्र घरको रमाइलो बस्ती भेटियो,— ‘मिश्र भञ्ज्याङ ।’ पानी तीर्खाले सतायो । खानेपानीका लागि तलतिर कतै लगेको पोलिथिन पाइप छुटाएर हलाहल विष सेवन गरेका महादेवले भैmँ स्वाद मानेर तन्तनी पानी पियौँ हामी सबैले । निःशुल्क मिलेको त्यति मिठो पानी पनि हामीले एक पेटभन्दा बढी खान सकेनौँ ।
बछलादेवीको मन्दिरसम्म पुग्न मिश्र भञ्ज्याङबाट नाक ठोकिने गरी उकालो चढ्नु पर्ने । लुरुलुरु उकालो लाग्यौँ । बालक प्रवेश थुचुथुचु बस्न थाल्यो । यस्तो समूहगत हिँडाइमा सँगै हिँड्नु पर्ने मापदण्ड बिर्सिएर अरुहरु खुरुखुरु अगाडि लागे । प्रवेशका साथमा म मात्र थिएँ । अनेक थरिका गफमा उसलाई भुलाउँदै बिस्तारबिस्तार अगाडि बढाएँ । अरुभन्दा दस मिनेटजति ढिलो गरेर हामीले पनि उकालो चुम्यौँ । सगरमाथाको सफल आरोहण गर्ने पहिली महिला जापानकी जुन्को तावेई जस्तो खुशीसाथ उभियौँ हामी मन्दिरका अगाडि । उकालोको गर्मीले छाडेको थिएन । साथै थियो । माथि पुग्नेबित्तिकै चारैतिर सहस्र पङ्खा चलाएभैmँ सिरिरिरि हावा चल्यो । त्यतिखेरको आनन्द शब्दमा व्यक्त गर्न कसले पो सक्ला र ? हामीले त्यतिविधि आनन्दको अनुभूति ग¥यौँ ।
हामी ठिङ्ग उभिएका छौँ शिखरबेसीको पैतालामा । तादीपारी दुप्चेश्वर महादेवको सुन्दर बस्ती । वारिपट्टि साथमा छ बछलादेवीको मन्दिर । बीचमा तादी खोला । खोलापारि सुनौला धान झुलिरहेको गोगनचउर । कति मिलेको छ— ‘शिखरबेसी ।’ फाँटको बायाँतिर कुतुङ खोला, दायाँतिर नागी । अगाडिको मुहारमा सूर्यमती । पछाडिपट्टि गतिलो संरक्षक बनेर उभिएको छ,— राहुचुली हिमाल । मान्छे जस्तो यो कहाँ हो र ? ‘हिउँको सेतो लुगा लगाउँदा होस् वा उदाङ्गो भएर नाङ्गिदा’ जतिखेर पनि उत्तिकै राम्रो, रमाइलो र अति सुन्दर देखिन्छ यो हिमाल । अनि, फाँटको पछाडिपट्टि भित्तामा टाँसिएको छ— गाउँबस्ती । सुन्दर सफा फाँट हेरेर शान्तसँग निदाउने सुन्दर घरहरु । सानो मन र सानै कलमले यहाँको सबै वर्णन उतार्न पक्कै सम्भव छैन । यस फाँटको अवस्थिति, यसैको सेरोफेरोमा गोसाईंकुण्ड, सूर्यकुण्ड, दुप्चेश्वर महादेव आदि धार्मिक क्षेत्र रहेको हिसाबले यतिचाहिँ पक्कै भत्र सकिन्छ कि यो स्थान परापूर्व कालमा देवताहरु रमण गर्ने पर्यटन केन्द्र हुनुपर्छ र यसरी अनुमान गर्दा शिखरबेसीको अहिलेको खेतीयोग्य समथर फाँट त्यतिखेर देवताहरुले पुष्पक विमान ओराल्ने भव्य विमानस्थल ।
यो स्थानमा पुग्दा र वरपरका चौतर्फी रमणीय दृश्य नियाल्दा हाम्रो खुशी राहुचुलीभन्दा अग्लो भयो । साथमा हुनु भएका चलचित्र निर्देशक प्रमोद भण्डारी पनि त्यहाँको दृश्यावलोकनले त्यसै–त्यसै मुग्ध हुनु भयो, जति अरु भएका थिए । यहाँ उभिएर पूर्व हेरुँ कि पश्चिम ? दक्षिण हेरुँ कि उत्तर ? आकाश हेरुँ कि पृथ्वी ? जङ्गल हेरुँ कि नदीनाला ? सबै–सबै उस्तै–उस्तै रमणीय । उत्तरपूर्वतिरको सेर्पा बस्ती बोलुङ हेरुँ कि सिधै पश्चिमतिरको ढाँडखर्क ? दक्षिणपश्चिमतिरको समुन्द्रटार–बालकुमारी हेरुँ वा आरुखर्क ? अथवा, सिधै पूर्वतिरको करेजुङ हेरुँ वा पूर्वदक्षिणतिरको हुङ वा अभैm पश्चिमतिरको अर्को बोकेढुङ्गा ? सबै उस्तैउस्तै मनचोर भनूँ वा मनोहारी । त्यहाँ उभिएर हेर्दा लाग्थ्यो,— यो स्वर्गको स्वरुप हो । प्रकृतिको अनुपम वरदान हो । तर यहाँ नपुगेका मान्छेका लागि कल्पनाभन्दा धेरै बाहिरका कुरा ।
विगत सत्रवर्षदेखि चलचित्र क्षेत्रमा लागेर पागलपन, बिन्तीपत्र, इलाका, सन्देश, गङ्गाजल, शपथ आदि चलचित्रको निर्देशनमा ख्याति कमाइसक्नु भएका प्रमोद भण्डारीसँग मैलै सोधेँ,— कस्तो लाग्यो त यो ठाउँ ? प्रश्न झर्न नपाउँदै उहाँले मिठो जवाफ फर्काउनु भयो,— हामीसँग आज यहाँ नआउनेहरुले धेरै गुमाए । हामीले पनि दुर्भाग्यवश यहाँ नआउने निर्णय गरेका भए त्यसै गरी धेरै गुमाउने रहेछौँ । मलाई त औधी रमाइलो लाग्यो यो ठाउँ र यहाँको सुन्दर सफा परिवेश । चौतर्फी प्राकृतिक मनोरम दृश्यहरु । स्वर्ग नियाल्ने टावर जस्तो । सम्भव भए म फेरि यहाँ आउनेछु र मेरो त्यस यात्रामा यस क्षेत्रको रमाइलो परिवेश उतारेर एउटा डकुमेन्ट्री निर्माण गर्नेछु । यी भावुक भनाइहरु सुनेपछि हामीले उहाँलाई तत्कालै शुभकामना दियौँ,— तपाईंको सदिच्छा छिट्टै पूरा होस् ।
***
हामी पर्यटन वर्ष सन् २०११ को स्वागतका लागि रमाएर जुटेका छौँ यतिखेर । यस घडीमा मुलुकले आफ्ना कुनाकाप्चामा रहेका यस्ता रमणीय स्थान र यिनको पहिचान पस्केर पर्यटकका लागि आकर्षक कोसेली टक््रयाउन सक्नुपर्छ । स्थानीय बुद्धिजीवी बासिन्दा, गाउँ विकास समिति, जिल्ला विकास समिति लगायत सरकारी तथा गैरसरकारी संघसंस्था सबै मिलेर यसका लागि तनमनले लाग्नु पर्छ । यहाँ एकैचोटि विदेशीकै ओइरो लाग्नु पर्छ भत्रे छैन । आन्तरिक पर्यटकलाई मात्र आकर्षित गर्न सके पनि तत्कालका लागि धेरै हुन्छ । अनि, पछि मात्र बिस्तार बिस्तार विदेशीहरु आकर्षित गर्ने उपायहरुको खोजी गर्नु पर्छ । यसका लागि कच्ची नै भए पनि मोटर बाटाहरुको नियमित सरसफाइ, खानेबस्ने सफासुग्घर होटलहरुको प्रबन्ध र मीठो बोलीवचन, सुविधाजनक र भरपर्दो यातायातको व्यवस्था र दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरुको उपलब्धता तत्काल आवश्यक हुन्छ । अनि, बिस्तार–बिस्तार छोटा दूरीका ¥याफ्टिङ, पौडी कुण्डहरुको निर्माण, सुविधाजनक रुपमा राहुचुली, बाघमारा, बोलुङसम्मको पदयात्रा, ओझेलमा परेका यस्तै अन्य स्थानहरुको खोजीलगायत जिल्लाका अरु विविधता समेटेर भ्रमण प्याकेज निर्माण गर्नेतर्पm ध्यान दिनु जरुरी छ । यी सबै कुरा स्थानीयतामै व्यवस्थापन गर्न सकिन्छ । नसकेको जतिमा गाउँ र जिल्ला विकास समिति आदिको सहयोगका लागि आग्रह गरिनु पर्छ । आवश्यक हुन्छ भने केन्द्रीय सरकारसँग याचना गर्न पनि पछि पर्नु हुत्र । तर यी सबै कार्यका लागि जिल्लाबासी, अझ त्यसमा पनि स्थानीय व्यक्तिहरुको पहलकदमी निकै जरुरी हुन आउँछ । यस यात्राको अन्त्यमा हामीले यही महसुस ग¥यौँ । यस पङ्क्तिकारले केही बढाइचढाइ पो ग¥यो कि ? भत्रे लाग्छ भने तपाईं आपैmँ गएर यसको परीक्षण गर्न सक्नु हुन्छ । होइन भने साँचा कुरा यिनै हुन् । बढी के भनूँ ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 3 चैत्र, 2067

लेखकका अन्य रचनाहरु