माछाखोलातिर

- प्रतीक ढकाल

ओछ्यानमै छु । र, ओछ्यानमै पल्टी पल्टी सुनिरहेछु मालश्रीको विरक्त लाग्दो धून । विरक्त लाग्दो यस अर्थमा कि प्रायः मेरो घुमाइ–फिराइ दशैंकै मुखमा पर्ने गर्छ । टीकाको दिन त प्रायः म घर पुगेकै हुन्छु जहिले पनि, तर बाटोभरि मालश्रीको धून सुनिरहनु पर्छ । अनि यो धून सुन्दा आनन्द र विरक्त दुवै लाग्ने गर्छ । आनन्द त त्यसै पनि लागिहाल्छ किनकि यो संगीत हो, त्यहींमाथि शास्त्रीय राग । मनका तन्तुहरूलाई पनि यसले छुन्छ, झंकृत पार्छ र मनभरि माता भवानीप्रति श्रद्धा जगाउँछ । विरक्त पनि लाग्छ किनकि यसले दशैं आएको संकेत गर्छ । तर आपूm भने उल्टो दिशातिर गइएको हुन्छ । एक्लोपनको आभाष हुन्छ । अति त्यसले पनि मनैलाई छुन्छ । आखिर कस्तो चीज हो यो मन ? खुशी र दुःखी दुवै थोक एकैपटक हुन सक्ने !

मालश्रीले सुत्न दिएन । मनलाई थप बिग्रन नदिन ओछ्यान छोडें र नित्यक्रियापछि बजारतिर घुम्न निस्कियौं । साँच्चै, नसोचेकै ठूलो रहेछ यो बजार त ! उहिले राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाएका बेला मैले आरुघाट शाखाको नाम सुनेको थिएँ । आन्तरिक लेखा परीक्षण विभागमा रहँदा यसको केन्द्रीय हिसाब हेर्ने जिम्मा पनि मेरै थियो । आज २२ वर्षपछि हिसाब हेर्न होइन बरू उल्टै आन्तरिक पर्यटकको हैसियतले २।४ पैसा खर्च गर्न म आपैंm पो बजारमा आइपुगेको छु ।

राजकुमारजीले पुरै बजार घुमाउनु भयो । यस्तो भौगोलिक अवस्थितिमा यो बजारलाई सानो भन्न मिल्दैन । ठूलै भन्नुपर्छ यो बजारलाई । जाने बाटोको गर्मीबारे विष्णुजीले सुनाउनु भएकै थियो; त्यसैले मैले पनि बजार घुमेर एउटा हाफपेन्ट र टि–सर्ट किनें ।

मसँग मनास्लुसम्म जानका लागि एउटा भरियासँग कुरो मिलाइदिनु भएको थियो । राजकुमारजीले आज बिहानै । तर घर गएर डोको लिएर आउँछु भनेर निस्केको त्यो भाइ फेरि फर्केर आएन । अरू भरियाहरू पनि प्रशस्त जम्मा भएका छन् हामी बसेका ठाउँमा । उनीहरू आपूm –आपूmमै गलफत्ती गरिरहेछन् । आपैंm जान पनि कोही तयार छैन र अरूलाई पनि नजान उकासिरहेछ एउटा स्वयंघोषित नाइकेले । उनीहरूलाई लाग्दो हो–एउटा ठूलो माछो उनीहरूका अगाडि आइपुगेको छ । तसर्थ त्यसलाई खान पनि ठूलै मुख बाउनु पर्छ ।

वास्वतमा यो यहाँको समस्या नै हो । भरियाहरू अत्यन्तै विश्वासिला हुुनुपर्छ । टे«किङ कार्यमा । यहाँका भरियाहरूले अस्वाभाविक रकम माग गर्ने, बीचमा पु¥याएर भारी छोडेर हिडिदिने, ग्राहकहरूसँग शिष्ट व्यवहार नदेखाउने आदि गरेकाले अचेल टे«किङ व्यवसायीहरूले भरिया समेत काठमाडौंबाटै ल्याउने गरेका छन् धेरै जसोले । अति यहाँका मान्छे विरोध गर्छन् –यहाँका स्थानीय बासिन्दाले भारी बोक्न समेत नपाउने हो भने हामीलाई के दियो यहाँको पर्यटनले ? एक पक्षबाट हेर्दा वहाँहरूको कुरो ठीकै पनि हो । मलाई पनि यसभन्दा अगाडि नै यस विषयमा प्रशस्तै फोनहरू आएकै हुन् मन्त्रालयमा । तर अर्को पक्षबाट हेर्दा ज्याला लिइसकेपछि पनि आफ्नो विश्वानीयता कायम गर्न नसक्नु र अरूले रुचाउने खालका हुन नसक्नु– यहीका मान्छेको कमजोरी हो । यहाँका भरियाहरूमा टे«किङ्ग गर्ने ग्रुप धेरै आउन्, काम सधै पाइयोस्, खाली हात बस्नु नपरोस् भन्ने भावना नै पाइन मैले । झुक्किएर कोही अगाडि परेछ भने त्यसैलाई सकेसम्म बढी धुत्ने भन्ने मात्रै भावना छ । अनि कसरी हुन्छ विश्वासनीयता ? अनि कसरी तुलना गर्न लायक हुन्छन् यहाँका भरियाहरू खुम्बु क्षेत्रमा इमान्दार र शालीन भरियाहरूसँग ? खुम्बु क्षेत्रका भरियाहरू त आपैंm पथप्रदर्शक समेत बन्छन्, पुरै सहयोग गर्छन् । भारी हराउला भन्ने त खोच्नै पर्दैन ।

एकातिर भरियाको गलफत्ती टुङ्गिएकै छैन । अर्कोतिर राजकुमारीजीले हिसाब लिन मानिरहेका छैनन् । मैले धेरै कर गरेपछि बल्ल बल्ल रु.३००।–माग्नु भयो । मैले वहाँको आँखा छलेर वहाँकै छोरालाई हिसाब गर्न लगाएको त खाएको मात्रै रु.४२५।– भएको रहेछ । मैले उनलाई रु.५००।– को एउटा नोट दिएँ र बाँकी पैसा फिर्ता लिन मानिन । वल्ल मेरो मन शान्त भयो ।

भरियाको हूल आँगनबाट हटेपछि राजकुमारजीले पछि एक जनालाई छुट्टै बोलाउनु भयो । ती मान्छे थुमी गाविस–४ स्वारा गाउँ, ठूलोखोला, गोरखा निवासी ४५ वर्षीय रणबहादुर आले रहेछन् । उनै जाने भए मसँग मनास्लुसम्म । तपाईंले दररेट भन्दा २/४ पैसा बढी नै पाउनुहुन्छ र मेरो भारी पनि १५÷१६ किलोको झोला मात्रै हो भनेपछि उनी पनि खुशी नै भए र बाटो लाग्न तयार भए ।

हामीले आरुघाट बजारबाट प्रस्थान गर्दा बिहानको आठ बजेको थियो । उही हिजो प्रवेश गरेकै मार्गबाट आरुघाटलाई छोड्दै छौं । यात्राको जोश÷जाँगर पलाएको छ मेरो तन र मनभरि । भरियासँग कुरो मिलेपछि मन पनि ढुक्क भएको छ र आपैmंले बिहान किनेको हाफपेन्ट र टी–सर्टमा सजिएर निस्केको छु– यो अनकण्टारको यात्रामा ।

हामी हिड्दै छौं । हिंडिनैरहेका छौं । बाटोको दाहिनेतिर ठूलो बगैंचा देखिदैछ–आँपको । वरपर हेर्दा ठाउँ गहिरो छ, सम्म छ– अनि पूरै मधेश छ वरिपरि–सबैतिर । देख्दा देख्दै बेंसीखोला मिसियो– बुढी गण्डकीमा । हाम्रो दाहिनेतिर एउटा गाउँ आयो– बेंसीगाउँ । आखिर यस्तै कुराहरू हेर्न पाइएला भनेरै त म हिडेको हुँ नि ! देखिएकै छन्– अनि म पनि खुशी छु ।

हामी ‘सोती’ तिर जाने माटेखोलामा हिंड्दैछौं । बाटो असाध्यै राम्रो छ । सीधै उत्तरतिर गणेश हिमाल टल्केको छ । आफ्नो सुन्दर चुचुरोको प्रदर्शन गर्दै । छेउमै अविरल बगिरहेछ बुढी गण्डकी आफ्नो धमिलो जलराशीसँगै र त्यसको पारिपट्टि छ धादिङ्ग जिल्लाको भूमि जो आफ्नो वैभवशाली हरियालीसँगै मुस्कुराइरहेछ । धादिङ्ग अर्थात् मेरो हितैषी मित्रहरू गंगालाल तुलाधर र राजेन्द्र पाण्डेजीको जिल्ला । केवलपुरे किसानको जिल्ला मसँग २६ दिनसम्म लगातार हिडेर डोल्पाको याञ्जीर गुम्बासम्म सँगै घुम्न गएको साथी मोती न्यौपानेको जिल्ला । कर्मचारी आन्दोलनको क्रममा जुम्लामा समेत लाठी खाएकी बहिनी अम्बिका धमलाको जिल्ला ।

साँँच्ची अचेल कता होलिन् अम्बिका अनि के भयो होला तिनको जागीर ? भेट नभएको पनि झण्डै पन्ध्र वर्ष भइसकेछ । मौती न्यौपाने जापान भाँसिएको पनि वर्षौं भयो । उतैको नागरिकता पाइसकेका होलान् अब त । उतैकी केटी विहा गरेर, उतै व्यवसाय गरेर पनि मनमा पटक्कै अभिमान नभएको एउटा असल अनि सरल भाई–मोती न्यौपाने । खैर अब कहिले भेट होला र ?

कति सजिलै चिप्लेको जस्तो लाग्छ समयको यति लामो पाटो । विगततिर फर्कंदा समय कति सजिलै चिप्लिन्छ, अनि भविष्यतर्फ हेर्नु प¥यो भने चैं दिन बिताउन पनि कति गा¥हो हुन्छ । अझ प्रतीक्षाको घडी रहेछ भने त पूरै महाभारत नै मच्चिन्छ मनमा । एक पटक दोहाको एयरपोर्टमा २० घण्टा बिताउनु पर्दा झण्डै झण्डै बेहोस भएका थियौं हामी लोग्ने–स्वास्नी !

पूर्वबाट आएको माम्याङ्ग खोलाले आफ्नो पहिचान बिसायो यही बुढी गण्डकीमा र बुढी गण्डकी नै भएर बग्न थाल्यो । यो खोला मिसिएपछि हाम्रो बाटो पनि गाउँतिर पस्यो । नत्र अघिसम्म त हाम्रो बाटोले पनि नदी–किनारालाई नै पछ्याइरहेथ्यो । पारिपट्टि खोलो मिसियो र वारिपट्टिको बाटो गाउँभित्र पस्यो । यी दुई घटनाका बीचमा कुनै सम्बन्ध छैन; तैपनि कस्तो लागिरहेछ भने मानौं कि माम्याङ्गले कोखामा हानेर यो बाटोभित्र घुसेको हो !

हाम्रा दाहिनेतिर अब चैं कोदो रोपिएको फाँट छ । अनि देव्रेतिर चैं अग्लो डाँडो र वन छ ।
वल्ल २० मिनेट भएको छ हिंडेको । मंगलटार आइपुगिएछ । बाटो किनाराका ठाउँ ठाउँमा बडेमानका वर–पीपलका रुखहरू छन् । त्यति राम्रो फिनिसिङ नभए पनि चौतारीहरू छन् । बाँयातिरको सानो क्षेत्रमा शिशौका बिरूवाहरू रोपिएका पनि देखिए । जे होस्, वृक्षारोपणको राम्रै चेतना फैलिएको पाइन्छ जनस्तरमा अचेल सबैतिर । चेतना भएर पनि वन मास्ने त वन माफियाहरूले न हो !

ठाउँको नाम जनाउने मंगलटार लेखिएको बोर्डसँगै छ अर्को पनि बोर्ड । अनि त्यो बोर्डले चैं भन्दैछ– ‘शान्ति बजार पुग्न अब ३० मिनेट हिड्नुपर्छ ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष(NTNC) र मनास्लु क्षेत्र संरक्षण आयोजना (MCAP) ले संयुक्त रूपमा राखेका यी बोर्डहरूले हामीलाई यो पनि भन्न भ्याए –लार्के पास जाने बाटो पनि यही हो । नजानिदो गरी लोभ्याउँछन् यस्ता बोर्डहरूले –थप यात्रा गर्नका लागि ! अझ साह्रै राम्ररी बाटो देखाउँछन् यस्ता बोर्डहरूले माथिल्लो मुस्ताङको भ्रमणमा जाँदा । त्यतातिरका बोर्डहरूमा त त्रिभाषीय नीति अख्तियार गरिएको पाइन्छ; नेपाली, अङ्ग्रेजी अनि तिब्बती । यहाँ चैं हामीले अङ्ग्रेजीमा मात्र लेखेको देखिरहेछौं ।

निकै ठूलो उखु खेतीको क्षेत्र आयो । केटाकेटीमा भए लाँक्रा भाँच्न कति दौडिन्थ्यौं होला हामी पनि ! अचेल त त्यसो गर्न सुहाउँदैन । अनि खपेर हिड्दैछौं ।

बाटोका दायाँ–वायाँ परेका घरहरूमा दशैंको हतारो देखिदैछ–प्रस्टै । रातो माटोले लिपेर चिटिक्क पारिसकिएका छन् सबै घरहरू । झ्यालको कोठे फ्रेममा त कसै कसैले इनामेल पोत्न थालेको पनि देख्दिैछौं । जे होस्; गाउँमा उत्साह छ । विप्रेषणको कमाई अचेल त करिब करिब सबै घरमा भित्रिन्छ र मानिसहरूले थोरै भए पनि हाँस्न पाएका छन् ।

ओहो ! झन् तराईको जस्तो समथर भूमि र सुन्दर गाउँ पो आयो त ! बाटो पनि कति सजिलो ! कति राम्रो ! तर ठाउँ ठाउँमा चैं मोटरले बिगारेको देखिदैछ । यस्तो बाटो चाहिने नै मोटरलाई हो, अनि आपैंmलाई चाहिने बाटोलाई उल्टै आपैंmले खाल्ड्याउँदै हिंड्छन्–बुद्धि नभएका ठाँडाहरू !

“माइत जान पाए हुन्थ्यो मोटर चढेर” एउटी महिलाले वेदना पोखेको सुनियो अर्को संगिनीसँग, आँगनमा उभिएर । यो कुनै गीतको पङ्क्ति थिएन, उनीहरूको सामान्य वार्तालापको एउटा अंश थियो । तर हामीले जे सुन्यौं; त्यो स्वयंमा गीत थियो । हाम्रो सुनाइमा त्यो संगीत भएर प्रतिध्वनित भयो । स्वाभाविक अनि कस्तो छन्द मिलेको अभिव्यक्ति, ठ्याक्कै तीजको गीतिलय– “माइत जान पाए हुन्थ्यो मोटर चढेर ।”

मलाई पुरानो सम्झनाले छोप्यो । त्यसबेला म पाल्पा जिल्लामा कार्यरत थिएँ । अर्गली फाँटका दिदी बहिनीहरू लहर मिलेर खेतमा पस्थे र काम गर्दै गीत गाउँथे । ती गीतका केही पङ्क्तिहरू अभैm पनि मेरो कानमा गुञ्जिरहेछन् :–
तानसेनमा किनेको रातो मेरो फरियाँ
भैरहवामा सिलाएको चोली वरी लै
खन्न सम्म खनायौं बाबा मलाई कोदाली
अहिले मेरो आँगनीमा डोली बरी लै..........

अनि अर्को थियो :–
कहिले मटर तानसेन त
कहिले मटर दोभान
त्यै मटरमा नचढेरै
गयो जोवान..................

कठै; यिनलाई पनि त्यस्तै भएको होला । मोटर चढेर माइत जाने यिनको रहर र मोटरमा नचढेरै जोवान बिताउन विवश ती पाल्पाली अनि गुल्मेली चेलीहरूको मर्ममा ठूलो समानता रहेको पाएँ मैले । हुन पनि पाल्पा, गुल्मी र अर्घाखाँचीका चेलीबेटीको विवाह पनि प्रायः यी तीन जिल्लाभित्रै हुने गर्छ । अनि उनीहरूले अन्यत्र कतै जानै पाउँदैनन् । उही त हो सधैंको बुहार्तन । अनि जब धान गोड्न खेतमा जम्मा हुन्छन्– तब पोखिन्छ सबैको विरह– सामूहिक स्वरमा । तर धान गोड्ने होइन, उनीहरू त्यस कामलाई ‘झार गोड्ने’ भन्छन् । यो ठाउँतिर ‘गोड्नु’ भनेको ‘माटो मिलाउनु, उकेरा लाउनु वा संरक्षण÷हिफाजत गर्नु’ होइन बरू ‘गोड्नु’ को अर्थ ‘उखेल्नु’ हो । त्यसैले उनीहरू ‘झार गोड्छन्.....’ सामूहिक स्वर लहरीमा तरङ्गिदै–
“गुल्मीको माया जाल
अर्घाखाँचीको घर.........”

वरिपरि सबै तराई छ । उस्तै समथर भूमि, उस्तै खेती प्रणाली, उनै बोट बिरूवा, उनै रुख–पात र सबै–सबै नै उस्तैहरू..............।

सिमारा बजार आयो । ‘बारा’ जिल्लामा चैं ‘सिमरा’ छ । सिमरा बजार पनि राम्रै छ र विमानस्थल पनि छ । काठमाडौंसम्म सामान्यतया २० मिनेटको उडान हुन्छ । तर यहाँ चैं ‘सिमारा’ रहेछ । साना–साना अनि खाजासम्म खुवाउने पसलहरू देखिएका छन् बाटामा । फाँट रमाइलो छ, रसिलो छ । हामी बुढी गण्डकीको भीरतिर हान्निदै छौं –आफ्ना प्रत्येक पाइलाका चालसँगै । अनि त्यही नदीको भीरतर्फ हिमाल मुस्कुराइरहेछ । हाम्रो गन्तव्य त्यही हिमालको आसपासमा हुनुपर्छ भनेर म रोमाञ्चित भइरहेको छु ।

बाटोमा त झन् ठूलो धान खेतीको फाँट पो आयो । देव्रेतिरको डाँडालाई पूरै सालका रुखले भरिएको जंगलले ढाकेको छ । गर्मी छ उखरमाउलो र शरीर पसिनाले भिजेको छ लफ्रक्कै । डेप्याक पिठ्यूँमै टाँसिएको छ । पूरै पसिनाले भिजेपछि –चपक्क भएर । यस्तो लाग्छ हामी मधेशमा छौं कतै । तर यस्ता मित्री मधेशहरू झन् गर्मी हुन्छन् –सिन्धुलीभैंm ।

अहिले हामी यस्तै गर्मी प्रदेश पार गर्दै हिमाल जान भनेर हिडेका छौं । हाम्रो हिडाइ समुद्रको सतहदेखि ७०० फिटबाट सुरू भएको छ र हाम्रो गन्तव्य चैं संसारको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को आधारशिविर रहेको छ । जुत्ता भिजाउँदै सिमारा खोलाको कजवे नाघ्दैछौं हामी । आज किन हो मेरा खुट्टा दुख्दैछन् अलि अलि । शायद पहिलो दिनको हिडाइ भएर हो कि ? बाटो पनि विस्तारै बगरजस्तै ढुंगिलो भएर आयो । तैपनि यतिको बाटोलाई नराम्रो भन्न मिल्दैन– राम्रै छ । खेतैखेत हिड्दैछौं । पानी चुहिएको छ जताततै । समाहा पनि चलेका छन् जताततै । जुत्ता पूरै भिजेका छन् –पानीले । तर हिलो चैं छैन ।

पहिलो विदेशी जोडी भेटियो धानखेतको बीचमा रहेको एउटा खोल्सोमा लुगा भिजाउँदै गरेका । उनीहरू लुगा भिजाएर लगाउँदै थिए । पसिनाले भिजिएकै छ बरू शीतल होस् न भनेर त्यसो गरेका रे । केटीचैंले त अझ टाउकोमा समेत भिजाएको गम्छा राखेकी छे । उनीहरू अष्टे«लियन रहेछन् र लार्के पास जान हिडेका रे । भ्रमणको उद्देश्यबारे सोध्दा केटाले जवाफ दियो–“हामी सबै कुरो बिर्सन यता आएका हौं । एक महिनासम्म हामीले घर, परिवार, जागीर, साथीभाइ, इन्टरनेट, पैसा कमाउने कुरो कुनैलाई पनि सम्झने छैनौं ।” अनि केटीले जोड दिएर भनी–“ æWe're here for thinking nothing.”

बाटो कटनीको मेलो न हो मैले सोधी हालें–“तिमीहरू साथी–साथी हौं ?” मलाई यसको जवाफ चाहिएर सोधेको थिइनँ । यत्तिकै सोधिन पुगेछ यो प्रश्न । केटीले जवाफ दिई–“हो, हामी साथी–साथी हौं ।” “तर एक महिनासम्म सँगै घुमेपछि मन प¥यो भने पछिसम्मै पनि सँगै बस्न सक्छौं ?” केटो हाँसी मात्र रह्यो । बरू केटीले नै हाँसेर थपी– It is purely our test flight.

तिनीहरू त्यहीं पानी छ्यापा–छ्याप गरेर खेल्न थाले । हामीले उनीहरूलाई उछिन्यौं र अगाडि बढ्यौं । गाउँतिर पसेको बाटो फेरि नदी–किनारामा आइपुग्यो । र यही बाटोले हामीलाई ‘शान्तिबजार’ मा ल्याइपु¥यायो । २५/३० वर्ष पुरानो बजार हो रे यो ।

हाम्रो दाहिनेतिर बसेरी र लोकुवा गाउँतिर जाने झोलुङ्गे पुल रहेको देखियो । तर हामी भने त्यतातिर नलागी सिधै बुढी गण्डकीको तीरैतीर उत्तरतिर लाग्दैछौं । रमाइलो पनि लागिरहेको छ –पाल्पामा चै जोर्ते माथि एउटा लोगुवा भने गाउँ छ, तर यहाँचैं अलिकति फरक ‘लोकुवा’ रहेछ ।

धानखेतको बीचैबाट देखियो प्रहरी चौकी आरखेत । यो चौकी नाघ्ने बित्तिकै आरखेत खोलाले हाम्रो बाटो छेक्यो र हामी बायाँतिर मोडियौं । एउटा सानो उकालो चढ्यौं र आरखेत खोलाको झोलुङ्गे पुल तर्ने ठाउँमा आइपुग्यौं । यो पुल तर्ने बित्तिकै आरखेत बजार आइहाल्यो ।

आरुघाटबाट हिडेको ठ्याक्कै दुई घण्टामा यो बजारमा आइपुगिएछ । तर झोलुङ्गे पुलचैं बडो जीर्ण रहेछ । नदीको खोंचमा रहेको पहाडी इलाकामा रहेको यो बजारलाई ठूलै मान्नु पर्ने खालको रहेछ । बजारको बीचैमा अग्लो गरी खानेपानीको टंकी राखेर सबै जनतालाई सेवा पु¥याएको रहेछ । टंकीको यो रखाइको शैली बडो राम्रो लाग्यो ।

बजारको रमाइलो हेर्न हो वा आपैंm थाकेर हो निकैबेर सुस्ताइएछ चौतारीमा बसेर । बजारको चहल पहल पनि राम्रो छ । भीमोदय बहुमुखी क्याम्पसमा तीन वर्षे द्यद्यक् र द्य।भ्म।को प्रथम वर्षमा भर्ना खुलेको सूचना बजारको बीचैमा टाँसिएको छ– ठूलो ब्यानर बनाएर । बा. २० प ३२८४ नम्बरको एउटा प्राइभेट मोटरसाइकल बीच बजारमा ल्याइपु¥याएको छ र त्यसैको छेउमा बसेर तीन जना केटाहरू युवा शैलीमा गफ चुटिरहेका छन् ।

नदीपारिको धादिङ क्षेत्रमा चैं लापडाँडाको फाँट देखिंदैछ । धादिङतिरै केही छाँगाहरू पनि देखिंदैछन् । हिड्दैछौं र हेर्दै पनि छौं चारैतिर । बाटैमा एउटा कुईंनेटो आयो र त्यसलाई नाघ्ने बित्तिकै घोङघोङ खोलाको झरना देखियो । अति सुन्दर झरना छ यो ! साँच्चै थकाइ नै बिर्सायो यसको सुन्दरताले त !

म अघिदेखि नै विचार गदैछु –यो बाटोमा प्रशस्तै हूल देखिएका छन्–पुतलीका । यिनीहरूको हूल देख्दा मैले प्रत्येक पटक बेलायती पुतली बाजे फिलिपलाई सम्झिरहेंछु । हुन पनि कति धेरै हुन्–पुतलीका झुण्ड । जता हे¥यो त्यतै पहेंला रंगका स–साना पुतलीहरूका ठूला–ठूला झुण्डहरू मात्र देखिन्छन् ।

बीचमा केही क्षण बस्ती हराएको थियो बाटोको छेउछाउबाट, अहिले फेरि एउटा गाउँ आइपुग्यो– केवरपानी । ‘केवरे भञ्ज्याङ’ नामको गाविस नै छ स्याङ्गजामा । यहाँ चैं सानो केवरपानी रहेछ ।

बाटोका दायाँतिर अर्थात् –नदी किनारातिर मात्र केही घरहरू भएको यो सानो बस्तीको कुनै आफन्तको घरबाट मेरो भरियालाई पाकिराखेको खाना खाने निम्तो प्राप्त भयो । उनले मलाई छोडेर खान जान अप्ठेरो मानेको देखेर म आपैंmले स्वीकृति दिएँ–“जानोस्, गएर खानोस् । म यही बसेर पर्खिरहन्छु । रणबहादुर आले अर्थात् मेरा भरिया अत्यन्तै खुशी भएर खाना खान गए आफन्तकोमा । मैले छेउकै फलैंचामा बसेर पर्खिरहें । जोगियोस् न त विचराको १०/२० रुपियाँ भए पनि । मैले एकछिन पर्खेर के बिग्रन्छ र ?

ओहो, पसिनाका धारा ! म फुर्सदमा यही यात्राको टिपोट गर्न बसेको छृ तर हातबाट बगेका पसिनाले नोट प्याडलाई पूरै भिजाइरहेछ । कम्ती मुश्किलले टिपेको हो र यो बिबरण । एउटा यात्रा साहित्यको लेखकले धेरै नै दुःख गरेको हुन्छ– आफ्ना पाठकहरूका हात–हातमा आइपुग्न । मलाई लाग्छ तपाईले मेरो यो दुःखको सजिलै अनुमान गर्न सक्नु हुन्छ, त्यसैले त तपाईं यी पंक्तिहरू पढिरहनु भएको छ नि ! होइन र ?

हिड्यौं अनि ‘सोती’ आइपुगियो । खासमा ‘सोती पसल’ हो यस ठाउँको पूरा नाम । तर बोलचालको भाषामा ‘सोती’ मात्रै भनेर पनि काम चलाइँदो रहेछ । अर्डर गरेपछि मात्र खाना बनाइने केही घरहरू छन् यहाँ । हामी पनि कुनै एकमा पस्यौं । पसलका साहू रहेछन् पूर्णबहादुर गुरुङ्ग नामका एक हँसिला नवयुवक । संजोग नै भन्नुपर्छ, उहाँकोमा दाल–भात तयारै रहेछ । तर पनि परिचय भएपछि “यो भातले हजुरलाई हुन्न । म चाँडै तयार गराउँछु” भनेर मसिना चामलको भात तयार पार्ने उपक्रममा जुटिहाल्नु भयो । म अब यही होटल अर्थात् पूर्णजीकै “होटल मनास्लु एण्ड लार्के रेष्टुरेष्ट” को एउटा बेञ्चमा बसेर सुस्ताइरहेछु । पूर्ण भाइकी दिदी माया गुरुङले पनि बडो राम्रो व्यवहार गर्नुभयो । उहाँ असाध्यै फरासिली र हँसमुख समेत हुनुहुँदोरहेछ । भाइ पूर्ण त मसिना चामल भाँडामा हालेर माछा खोज्न अर्को पसलतिर लागिहाल्नु भयो ।

कसैले भात पकाउँदैछ भित्र । माया राँगाको सुकुटीमा धुवा लगाउन बारीतिर जानु भएको छ । म पनि रमिता हेर्न त्यतैतिर लागेको छु । पूर्णजीले मलाई पूर्ण विवरण नै सुनाइरहेछन् चालु र भावी योजनाका बारेमा । खच्चड व्यवसायीलाई कसरी पालो वर्गीकरण गर्ने, होटललाई कसरी व्यवस्थित गरेर पर्यटक सेवामुखी बनाउने, सरसफाईलाई कसरी व्यवस्थित गर्ने, फोहोर मैलालाई कसरी तह लगाउने भन्ने विषयमा उहाँले हालसम्म गरेका कामहरूको प्रतिफल कस्तो आइरहेछ र अब कस्तो गाउँ–सल्लाह हुँदैछ भन्ने बारेमा मैले यी उत्साही युवाबाट धेरै कुराहरू सुनें ।

पूर्णबहादुर गुरुङ ! यो नामले पनि मलाई आकर्षित नै ग¥यो । धरानमा हुनुहुन्छ एक जना पूर्णबहादुर गुरुङ जो स्वर्गीय कवि छोराको नाममा विमल स्मृति पुस्तकालय सञ्चालन गरेर बस्नु भएको छ । जिन्दगीभरि सैनिक सेवा गरेर निवृत्त भएका यी सिपाही अन्त्यमा अक्षरको पूजारी आफ्नो दिवंगत छोराका नाममा सम्पूर्ण सम्पत्ति लगाएर पर–सेवामा तल्लीन छन् । यी पूर्णबहादुर गुरुङ चैं यो क्षेत्रको पर्यटन व्यवसायलाई कसरी व्यवस्थित, मर्यादित र परिष्कृट तुल्याउने भनेर लागेका रहेछन् । मलाई लाग्यो पूर्णबहादुरहरू वास्तवमै पूर्ण मान्छे हुन सदैव लाग्दा रहेछन् कि कुन्नि ! मलाई यी दुवै जनामाथि ठूलो भरोसा लाग्यो ।

खाना खाएर पूर्ण अनि मायाँसँग विदा भएर हिड्दा ठ्याक्कै १:३० बजेछ दिउँसोको । खच्चरको हूललाई बाटो छोडिरहनु पर्छ । यसो भित्तातिर तर्केर बाटो छोड्दा एक पटक नराम्रोसँग सिस्नाको झाङमा पनि परें म । मजाले पोल्यो– बजिया सिस्नाले– फोकै उठाउने गरी । के गर्ने आपूm परियो परदेशी अनि सिस्नो ठहरियो यहाँको लोकल दादा ! चुपचाप सहेर हिडियो ।

बाटो त सकेसम्म ढुंगा छापेर राम्रै बनाउन खोजिएको छ । तर सतह नमिल्ेकोले ढुंगा छापे पनि खच्चरिलो मात्रै छ ।

यही ढुंग्यानयुक्त बाटोले हामीलाई अर्मला गाउँ ल्याइपु¥यायो । सानो गाउँ छ, बढीमा ८÷९ वटा घरहरू होलान् । यस गाउँको माथिल्लो छेउका घरहरूका अगाडि एउटा ठूलो ढुंगो रहेछ र यही ढुंगो नै ती सबै घरहरूको संयुक्त आँगन बनेको रहेछ । यही आँगनमा बसेकी कुनै एक अर्धवैंसे महिलाले कसैलाई बोलाइन्–“एई, राँडीका छोरा !”

छेउमै खेलिरहेकी एउटी सानी बच्चीले त्यही आवाजलाई आफ्नो तोतेबोलीमा दोहो¥याएर नक्कल गरी–“एई, लाँडीका छोला ।” अनि त्यो अवोध बालिकाले धेरै पटक यिनै शब्दहरूलाई चिच्याइरही । हामीले सुन्दै सुन्दै बाटो लाग्यौं ।

कठै, हामी के सिकाइरहेछौं । यी दूधे बालकहरूलाइ ! जहाँ ठूला भनाउँदाहरू आमा चकारेर बोल्दछन् । त्यहाँका बालबालिकाले कसरी शिष्टाचार सिक्दा हुन् ।

यो अर्मला गाउँ नाघ्ने बित्तिकै नाघ्ने बित्तिकै वनको बाटो सुरू भयो । ढुंगा छापिएकै छन् बाटोभरि । तैपनि हिंड्न सजिलो छैन यहाँ पनि । वन हो, छाँयामा हिड्दैछौं– तैपनि पटक्कै शीलत छैन ।

खुर्सानीवारीको बाटोमुनिको एक्लो घर आएपछि बाटोमुनिको वन सिद्धियो । अब चै धान र कोदाका वाला झुलेका गह्राहरू देखिन थाले बाटो वरपर ।

ढुंगामा टेक्दै उफ्रेर हामीले लितिङ खोलो पनि त¥यौं र लितिङको बस्तीमा आइपुग्यो । बाटो साँघुरो छ, तापनि ठाउँ–ठाउँमा फलैंचाहरू बनाइएका छन्– भारी बिसाउन । हाम्रो दाहिने हाततिर एउटा विशाल छहरो देखिंदैछ । फुँगी छहरा रहेछ यसको नाम र यसले बडो कर्कश आवाज सहित निरन्तर फाल हाली रहेछ बुढी गण्डकीमा । यसले आपूm खस्दा खस्दा पूरै पहरोलाई नै कपेको छ र तल खसेको ठाउँमा चैं कुइरीमण्डल धुँवा उठाएको छ । जे होस् ठूलो शक्ति छ यसमा यदि बिजुली निकाल्न सक्ने हो भने । मेरो मूढ दिमागमा झट्ट यो कुरो आयो । बिजुली निस्कन्छ कि निस्कदैन त्यो त मलाई के थाहा ?

यो छहराभन्दा उत्तरतिर पनि अरू स–साना छहराहरू छन् जसले बुढी गण्डकीलाई क्रमशः ठूल्याइरहेछन् । कापे खोलाभन्दा माथि पूर्व पट्टि सबै गोरखा नै हो रे । त्यसैले यी सबै छहराहरूले गोर्खाली शौर्य देखाइरहेछन् ।

छहराको दर्शनपछि बाटो पूर्वपट्टिको खाली ठाउँ सकियो र यसलाई पुनः जंगलले नै ढाक्यो । हामी बाक्लो वनको बीचबाट ओरालो झर्दैछौं । एउटा सानो खोल्सो तरेपछि फेरि एकछिनका लागि उकालियौं र अहिले ‘हावाडाँडा’ मा थकाइ मार्दै चिया पर्खिरहेका छौं ।

‘हावाडाँडा’ बाट अगाडि बढ्ने बित्तिकै बडो अप्ठेरो बाटो आयो । भीर कपेर निकालेको बाटो । तरतिर पाइला चिप्लिए पनि सिधै बुढी गण्डकीमा खसिने, माथि भीरमा भारी ठोकिए पनि सिधै बुढी गण्डकीमै खसिने । पहरो काटेर बनाएको बाटो ठीक्क हिड्न पुग्ने मात्रै छ –त्यो पनि बडो होश गरेर हिड्दा मात्र । कठै, यो एक बारको जुनीलाई पनि कति वटा धरापबाट जोगाउँदै लैजानु पर्ने हो– गनी साध्यै छैन । असाध्यै डराउँदै र पाइला गनी गनी बाटो काटेर “एक पाइले थाप्लो” भन्ने गाउँमा आइपुगेपछि वल्ल मन ढुक्क यो । चार वटा मात्र घर भएको यो गाउँका स–साना नानीहरू कसरी हिड्दा हुन् यो बाटोमा ? मैले आफ्नो छोरा छोरीलाई सम्भेंm । खै, कहिले अनि कुन प्रसंगमा तिनीहरू यहाँ आइपुग्लान् र देख्लान् कि तिनीहरूका बाबुले यति मात्र नाम कमाउन पनि कति विधि सास्ती व्यहोरेको थियो भन्ने कुरा ।

दिउँसोको ४:२५ मा लापुबेंसी आइपुगियो । यतातिरको बाटो चैं उही लमजुङको बाहुण्डाँडाबाट मनाङको ‘ताल’ जाने जस्तै छ । धान खेतको बीच–बीचबाट हिड्नु पर्ने, ढुंग्यान, आली, हिलो र कच्याककुचुकको समष्टिगत रूप जस्तो हुन्छ– ठ्याक्कै त्यही ! अझ सिंचाई भैरहेको कारणले जुत्ता पनि ओभानो नरहने । यस्तो यात्रामा चैं मन चंगा हुँदैन भनी अलि बढी थाकिन्छ । आजको बाटो यस्तै खालको रहेछ–भोगेर थाहा पाइदैछ ।

बाटोको बोर्डले भन्यो–‘खानीबेंसी पुग्न अभैm एक घण्टा हिड्नु पर्छ ।’ ढुंगैढुंगाको बस्तीको बीचमा प्रभातकिरण निम्न माध्यमिक विद्यालयको राम्रो भवन पनि देखियो । यो ठाउँलाई ‘अठार सय खोला’ र ‘महाकाव्या’ भनिएको पनि देखियो बोर्डमै । विद्यालयको स्थापना वि.सं. २००७ मा भएको रहेछ । म जन्मनुभन्दा पनि ९ वर्ष अगाडि स्थापना भएको यो विद्यालय देख्न पाइयो । खुशी लाग्यो ।

अहिले हाम्रा अगाडि ‘नौली खोला’ नामको एउटा सानो गाउँ उभिएको छ । यसका केही होटलवालाहरूले हामीलाई आशालु नजरले हेरिरहेका पनि छन् । बास बसिदिए हुन्थ्यो भन्ने अपेक्षा हुँदो हो सबैको । तर अहँ, हाम्रो कार्यक्रम अलि फरक छ । हामीले ‘माछाखोला’ नपुगी भएकै छैन ।

यतिकैमा हाम्रो बायाँ हाततर्फ अति नै सुन्दर एउटा छहरा देखियो । अनि त्यही छहराले सिर्जना गरेको नदीलाई तर्ने झोलुङ्गो पुल भएको ठाउँमा आइपुग्यौं हामी पनि । आखिर यो चैं हो रहेछ खास ‘नौली खोला’ । हामी त वल्ल पो ‘नौली खोला’ आइपुगेछौं त । सुरूको नौली खोला त होटलहरूको विस्तार (Extention) मात्रै हो रहेछ ।

अनि हामीले सोच्यौं–हामीलाई अल्मल्याएको यिनै होटलका बोर्डहरूले न हो ! यो सबै क्षेत्र नै त्यति ठूलो छैन भने सबैलाई नौली खोला भनिदिए भैहाल्यो नि । हामी किन अल्मलिइरहनु पर्छ र ?

साँझ पर्दैछ । वल्ल हिड्न अलि शीतल भएको छ । हामी लगातार हिंडिरहेका छौं । बुढी गण्डकी बगरको छेउमा रहेको वनभित्रको ढुंगिलो बाटो । अब थप एक घण्टा हिडेपछि माछाखोला पुगिन्छ रे । होला, पुगिएला पनि । यहींको बाटो देखाउने बोर्डले नै भनेपछि त पत्याउनै प¥यो नि । हामीले पत्यायौं अनि पुनः पाइला चाल्न थाल्यौं –विस्तारै विस्तारै ।

धेरै बेर हिंडेपछि बाटो तल झर्दै झर्दै गयो र खोलाको बगरमै पुग्यो । खानीबेंसीको तुइँनमा एउटा किशोर आउँदै गरेको देखिंदैछ– निकै पर । उसले बडो मुस्किलले, धेरै नै बल लगाएर त्यो तुँइनलाई आपूmतिर तान्यो त्यसमा बस्यो । अनि थकाइ मारी मारी बुढी गण्डकी तर्दैछ ऊ अहिले । मैले अघिदेखि नै उसलाई बडो ध्यान दिएर हेरिरहेको छु । तर चारैतिर अँध्यारो भैसकेको हुनाले राम्रो फोटो खिच्न भने सकिराखेको छुँइनँ ।

कठै ! कति कष्ट हो विचरा यी बालकहरूलाई पनि । के गर्ने, व्यवहार चलाउनै प¥यो । यता उता जानै प¥यो । वारि–पारि गर्नै प¥यो ।

यही बगरमा छन्– अति नै राम्रा–राम्रा पूmलहरू फुलेका । ईश्वरको सर्वोत्कृष्ट सिर्जना हो पूmल । फूल जति राम्रो त यो दुनियाँमा केही पनि हुँदैन भन्ने मान्यता राख्छु म । कसैले पूmल चुँड्यो भने किन होला मलाई पो दुखेभैmं हुन्छ ।

हामी अलि हतार गरेर हिड्न थाल्यौं । बगरको बाटो अब फेरि जंगलमै उकालियो । “अब आधा घण्टा लाग्छ” रणबहादुरले भने । तर जब बाटोमै टर्चलाइट बाल्नु पर्ने गरी अँध्यारो भयो तब उनले नै थपे–“अब चैं २० मिनेट बाँकी छ ।”

हामीले जंगल छिचोल्यौ र परैबाट बत्ती बलेको देखिएको घरमा पुग्यौं । तर त्यहाँ पुगेपछि के थाहा भयो भने त्यो त भरियाहरू मात्र बस्ने ठाउँ पो रहेछ । पुनः अगाडि बढ्यौं र लखतरान भएका हामी साँझको ६ः४५ बजे आजको गन्तव्य अर्थात् ‘माछा खोला’ आइपुग्यौं । ६.४५ को समयमा दिउँसै हुन्छ वर्षायाममा । तर यो त असोजको १४ गते हो नि । त्यसमाथि पनि वनको बीचबाट हिड्नु पर्ने– त्यसै पनि अँध्यारो त बढ्ने नै भयो । त्यसैले होला पूरै अँध्यारो छ चारैतिर – अरू बेलाको मध्यरात जस्तो ।

हामी सरासर ‘हिमालयन होटल’ लेखिएको ठाउँमा गयौं । यसका मालिक रहेछन् सुनबहादुर गुरुङ नामक एक सज्जन । वहाँले हामीलाई असाध्यै ठूलो सम्मान दिनुभयो । साह्रै नम्र, शालिन अनि कर्तव्यनिष्ठ ।

काठको भ¥याङ चढेर हामी माथि गयौं । रणबहादुरले मेरो झोलालाई एउटा कोठामा लगेर राखिदिए । गुरुङजीको लजमा कोठा यही एउटा मात्रै रहेछ । बाहिरको खुला भागमा कमन बेड रहेछन् । यिनै बेडहरू मध्येको एउटामा रणबहादुर सुत्ने भए । भित्रको कोठामा म सुत्ने भएँ । भित्र पसेर हेर्दा ढप्काउने ढोका त रहेछ तर चुकुल चैं हालेकै रहेनछ । मैले जिज्ञासा पोखें–“ खै त चुकुल ?”

बडो स्वाभाविक मुद्रामा भने गुरुङजीले –“चाहिंदैन सर । यहाँ त केही हुन्न नि !”
इमान्दारीपूर्वक भन्नु पर्दा म त डराएको थिएँ नि । तर गुरुङजीसँग थप कुराकानी हुँदै गएपछि म अझ सहज भएँ । अनि हामी खुलेरै पर्यटन विकासका कुराहरू गर्न थाल्यौं । गुरुङजीले सरकारी उपेक्षाको कुरो उपेक्षाको कुरो उठाउनु भयो । भग्न पुल पुलेसा र जीर्ण झोलुङ्गे पुलहरूको कुरा उठाउनु भयो । मैले स्थानीय वस्तुस्थिति, भूबनौट, संस्कृति अनि उपलब्ध स्रोत र साधनलाई कसरी पर्यटन विकासमा परिचालित गर्न सकिन्छ भनेर सिकाएँ ।

मेरो कुरो बुझाउन सजिलो होस् भनेर वहाँलाई मैले उदाहरण दिँदै भने–“यो माथिल्लो पाटो बारीमा ड्याङ मिलाएर सिस्नो रोप्नोस् । अनि लामा लामा उझिण्डा भएका फुर्लुङहरू पनि तयार गर्नोस् । लहर मिलाएर चिम्टाहरू राख्नोस् एउटा बारमा । अनि तपाईँको भान्सामा सिस्नोका परिकारहरू तयार पारेर राख्नोस् । आपैंm टिपेर ल्याएर पकाउन दिए रु.५००।– र पाकेकै खाए रु.३००।– मात्र भन्नोस् । यो मूल्य चै तपाइँलाई उदाहरण मात्र दिएको । अनि हेर्नु होला–पर्यटकहरूले कसरी रौसिएर फुर्लुङ भिर्छन् र सिस्नो टिप्न बारीमा जान्छन् । उनीहरूका साथीहरूले त्यसको भिडियो खिच्छन् र विदेशमा लगेर प्रचार गर्छन् । तपाईले चाउ चाउ बेचेर के हुन्छ ? कोदोको खोले बेच्चोस्, ढिंडो बेच्नोस् । ढिंडोमा पनि भेराइटी दिनोस्, मकैको, फापरको, कोदोको, गहुँको, जौको.............। यसो ग¥यो भने अरूको भर पर्नु पर्दैन । आफ्नै मौलिक पर्यटकीय पहिचान बन्छ । अनि राम्ररी चल्दै गएपछि त्यो फुर्लुङ र चिम्टा दिने काममा एउटी आफ्नै भेषभुषामा सजिएकी गुरुङसेनीलाई जागीर दिनोस् । एउटा सामुदायिक भवन तयार पार्नोस् र सबै घरका पाहुनाहरूलाई जम्मा गरेर नेपाली नाच–गान देखाउनोस् । यसरी हो नि ........हामी माथि उठ्ने त .........”

खाना तयार नहुञ्जेल ‘थकाइ मार्न पिउने’ काम भैरह्यो । र यो ‘पीना’ जारी रहुञ्जेल हामीले यस्तै कुराहरू गरिरह्यौं । एकै छिनमा अरू होटलका मान्छेहरू पनि आए र हाम्रा कुरामा थपथाप पारे । गोरखा जिल्लाको गुम्दा गाविसको वडा नं. ५ मा पर्ने यो ‘माछा खोला’ लाई अब हामी सबै मिलेर उठाउनु पर्छ भन्ने कुरामा सबै आशालु देखिए ।

सुत्न जाने बेलामा सुनबहादुरजीले भन्नु भयो–“सर, आज अलिकति भए पनि मेरा आँखा खुले । तपाईहरू जस्तो मान्छेसँग संगत गर्न नपाएर पनि हामी पछाडि परेका रहेछौं । अब तपाईंले अर्को पटक आउँदा यो गाउँको रूपै फेरिएको देख्नु हुनेछ । हेर्नुहोला, अब मैले अत्यन्त व्यवस्थित ढंगले सिस्नो रोप्छु ।”

मैले त्यो जेड आकारको बाटो र गुम्बाका बारेमा केही सोध्न खोजेको थिएँ । तर चलिरहेको गफमा विषयान्तर होला र यहाँको पर्यटकीय सपनाको महत्व घट्ला भनेर कुरै कोट्याइनँ । आज त सबै पर्यटन नै पर्यटन भयो ।

साँच्चै, कहाँ होला हँ त्यो जेड आकारको बाटो ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 फागुन, 2067

लेखकका अन्य रचनाहरु