रङ्गिन बगैँचाः श्यामश्वेत अनुभव

- डा. रवीन्द्र समीर

तियानमेन स्क्वायरबाट पैदल हिँडेर वाङ फु चिङ हुँदै हामीले अध्ययन गर्ने अस्पताल पछाडिको चिटिक्क सिँगारिएको लामो पार्कको बाटो होटल पुग्दा रातको एक बजेमात्र सुतेकाले बिहान ७ः०० बजेमात्र आँखाको पर्दा खुल्यो । हतार–हतार गरेर तल रेष्टुरेन्टमा गई ब्रेकफास्ट गरेर माथि कोठामा पुगेँ । आज शनिबार Beijing Botanicol Garden को भ्रमण गर्ने कार्यक्रम भएकोले म निकै उत्साहित थिएँ । एकातर्पm बेइजिङको भव्य सहर छिचोलेर पहाडको फेदीमा पुग्ने अभिलाषा थियो भने अर्कोतर्पm विभिन्न बोटबिरुवा एवम् पूmलका जाति प्रजातिहरूको दृश्यान गर्ने तीव्र तृष्णाको विनियोजन सिञ्चित हुने अवसर पनि थियो । लामो यात्रा भएकाले सिडीले लञ्चको प्याकेट र पानी वितरण गरिसकेको थियो । झोलामा लञ्चको प्याकेट, पानी, क्यामेराआदि बोकेर म र डा. सिद्धार्थ होटलको पार्किङ्क स्थलमा पुग्दा हामीहरू झसङ्ग भयौँ – हामी त छुटेछौँ । करिब २५ जनाको सीट क्षमता भएका दुई वटा कारमा साथीहरू हिँडिसकेछन् । साथीहरूलाई हामी छुटेको पत्तै भएनछ, अघिल्लो कारका साथीहरूले पछिल्लो कारमा र पछिल्लो कारका साथीहरूले अघिल्लो कारमा हामी बसेका छौँ होला भनेर ढुक्क भएर बाटो लागेछन् । कार छुट्ने समय थियो ८:१५, हामी त्यहाँ पुगेका थियौँ ८:१० मा । निकै खल्लो महसुस भयो, रिस पनि उठ्यो । अब के गर्ने ? डा. सिद्धार्थ र म होटलको कोठामा पुग्याँै । डा. सिद्धार्थले मिलीलाई मोबाइल फोनमा कुरा गर्नुभयो –मिलीले किन हो राम्रो रेस्पोन्स गरिनँ । अनि मैले प्रयास गरेँ ४/५ पटक मोबाइल काटियो । हिजोसम्म अत्यन्त घनिष्टसम्बन्ध भएकी मिलीको परिवर्तन मैले बुभ्mन सकिनँ र पुनः फोन गरेँ । रवीन ! सरी !! हामी टाढा पुगिसक्यौँ, तिमीलाई अर्को दिन भ्रमण गर्ने व्यवस्था मिलाऔँला पुनः लाइन काटियो । मैले फेरि फोन गरेँ र ठाडो स्वरमा भने–मलाई संयोजक रेनको मोबाइल नम्बर देऊ । मिली केही डराएजस्तो हाउभाउसहित रेनको नम्बर दिई । मिलीलाई रेन र मेरो घनिष्टबारे यथेष्ट जानकारी थियो, त्यसो त मिलीसँग पनि म असाध्यै घनिष्ट थिएँ । मैले रेनलाई फोन गरेँ – रेनले अङ्ग्रेजी नबुभ्mने, मैले व्रोकेन चाइनिज कनिकुथी बोल्ने । कुरै नबुझी ओके ओके भन्दै रेनले फोन राखे । तुरुन्तै लुओको फोन आयो । हाम्रो समस्या लुओलाई बुभ्mन लगाएका रहेछन्, रेनले । लुओ अङ्ग्रेजी पनि बुभ्mने भएकाले मध्यस्थकर्ताको काम गरी र पुनः फोन गरेर भनी – रेन आउँदै हुनुहुन्छ, होटलमै बस्नू । पन्ध्र मिनेटपछि रेन हाम्रो कोठामा आएर दुखित हुँदै हामीहरूलाई आफ्नो कारमा राखेर नागबेली सडक, आकासे पुल, सुन्दर बगैँचा, भव्य सहर अनि चिटिक्कका बस्तीहरू हुँदै १२० कि.मी. प्रतिघन्टाको गतिमा बेइजिङको सहर छिचोलेर उत्तरको डाँडोको पैँतालामा पु¥याए र बेइजिङ बोटानिकल गार्डेनको गेटमा सिडीसँग भेट गराएर फर्किए ।

हामी छुट्नुमा कसैको दोष थिएन, न त हाम्रो नै । त्यतिबेलासम्म वातावरण नै यति प्रेममय, जोडीमय भएको थियो कि, सबैको नाम कोही न कोहीसँग जोडिएको थियो । पछि थाहा भयो– मिलीको मोबाइल काट्ने र छुटे पनि भैगो भन्ने दुईजना केटाहरू (जो बाहिर सुन्दर, वाकपटुतापूर्ण तर भित्र खोक्रा थिए) को बीचमा मिलीले आपूmलाई केटीमात्र सम्झिछे । उता हाम्रो रेखदेखको जिम्मा लिने स्याडी आफ्नो नयाँ प्रेमीकासँग यति आसक्त थियो कि, प्रेमिकाको मुहारमा हामी सबैलाई कारभित्र देखेछ । अन्य साथीहरू पनि आ–आफ्ना जोडीसँग मस्त भएछन् । हामीसँग मिल्ने नाम जोडिएका साथीहरू एउटै सिटमा बसेर उल्टो म र डा. सिद्धार्थलाई अर्को कारमा अन्य केटीहरूसँग मस्केका होलान् भनेर चूर भएर यात्रा खल्लो बनाएका रहेछन् ।

सिडीले ५० युआनको दरले २ वटा टिकट लिएर निकै पटक सरी भन्दै हामीलाई बोटानिकल गार्डेनभित्र पसाले । हाम्रो छुट्नुको रिस थामिएको थिएन, त्यसैले होला हाम्रा आँखाहरू श्यामश्वेत भए । त्यति मनमोहक, दर्शनप्रिय बगैँचा पनि हामीलाई मरुभूमिजस्तो लाग्यो । डाड्साब ! अब हामीले कसैको पनि वास्ता नगर्ने, हामी दुईजना मात्र भ्रमण गर्ने, हाम्रा कोही पनि आफ्ना भन्ने रहेनछन् ! डा. सिद्धार्थले जिङमिङप्रति लक्षित गर्दै मलाई सेनीप्रति पनि बन्देज लगाइदिए । प्रत्युत्तरमा मेरो रिस पनि झन् कडा भयो । आज तिनीहरूसँग चुइक्क नबोल्ने । यस्तै बेतुकका गफ गर्दै हामीहरू पहाडको ढिस्कोमा निस्कियौँ र एक प्याकेट लञ्च सिद्धायौँ । लञ्च सकेर तल पोखरीको किनारमा झर्दा सेनी र जिङमिङ देखिए, हामीभन्दा बढी पीडित धेरै निराश, एक्ला । जिङमिङलाई देख्ने बित्तिकै डा. सिद्धार्थको र सेनीलाई देख्ने बित्तिकै मेरो भर्खरैको भीष्मप्रतीज्ञा पानीको फोकासरी बिलायो र दौड्दै हामीहरू उनीहरूलाई भेटेर रिस पोख्ने भाँडो पायौँ । उनीहरू पहिले त अर्को कारमा बसेको निहुँ पारेर रिसाएका रहेछन्, पछि हामी छुटेको थाहा पाएर पश्चाताप र डरले कालानीला भएका थिए । उनीहरूले झन्डै एक घन्टा फकाएपछि हामीहरू सामान्य अवस्थामा फर्कियौँ । रिस, राग, द्वेषको बादल फाटेर मनमा इन्द्रेणी झुल्कियो ।

त्यसपछि हामीहरू झनै आत्मीय भएर भ्रमणमा लाग्यौँ । हजारौँ प्रकारका वनस्पतिहरू दुर्लभ जातका पूmलहरू तथा चीन, युरोप, अफ्रिका, अमेरिका आदिबाट ल्याएर संरक्षण गरिएका बहुमूल्य सम्पदाहरूको प्राकृतिक एल्बम चाहार्न थाल्यौँ, हामीहरू । दर्शनार्थीहरूको लागि खुला गरिएको २०० हेक्टर क्षेत्रफलभित्र ऐतिहासिक स्थलहरू, वोनसाई बगैँचा, एघार द्वार भएको बगैँचा, गुलाफ बगैँचा, शृङ्गारिक बगैँचा, मङ्गोलियन बगैँचा, रङ्गिन पानीको फोहोरा बगैँचा, बासको बगैँचा कति घुम्नु के–के हेर्नु ? ट्वाल्ल प¥यौँ हामीहरू । प्रत्येक वर्ष १४ लाखभन्दा बढी पर्यटकहरूले आँखाको स्वाद फेर्ने बेइजिङ बोटानिकल गार्डेन सरकारी स्रोतबाट सन् १९५६ मा स्थापना भएको रहेछ । एक दशकको तीव्र प्रयासबाट बनेको स्वप्नशील बगैँचा सांस्कृतिक क्रान्तिको आँधीले उजाड भई पुनः सञ्जिवनी सञ्चार पाएर सन् १९९० पछि सदाबहार दुलही भइरहेको छ ।

वाह ! गुलाफी बगैँचा । ७०० भन्दा बढी गुलाफका विभिन्न रङ्ग, रूप र ढङ्गका प्रजातिहरू युरोपियन शैलीमा ७ हेक्टर क्षेत्रफलमा सजाएको देख्दा आँखाभरि गुलाफका पूmलहरू नाचिरहे । सेनीले हरियो काण्डमा काँढेदार पातको बीचमा फुलेको पूmल मुस्कुराउँदै मलाई दिएर भनी– अब त दिल खोलेर मुस्कुराऊ ! सन् १९८२ मा सम्पन्न शृङ्गारिक बगैँचा परम्परागत चिनियाँ शैलीमा यस्तो सिँगारिएको थियो कि, ती ७० प्रकारका सजावटका वनस्पतिरूपी गहना लगाएर ३.४ हेक्टरभित्र पृथ्वीले सूर्यलाई फन्को मारेभैmँ जीवनै त्यहीँ बिताइदिऊ जस्तो लाग्यो । विश्वमै Lilac को बढी प्रजाति रहेको चीनमा उक्त बगैँचाभित्र पनि ३.५ हेक्टर क्षेत्रफलमा सन् १९५० देखि नै आरम्भ गरेर १९८० सम्म २२ प्रजातिहरू सौन्दर्यका प्रतीक भएर पर्यटकहरूलाई लोभ्याइरहेका छन् ।

बगैँचा पनि गजब, गजबका । कतै फल फल्ने रूखका बगैँचा, कतै लहराका बगैँचा, कतै काण्ड र पातमात्र भएका बिरुवाका बगैँचा, कतै सदाहरित वनस्पतिका बगैँचा, कतै सूर्यको किरण पूmलमा ठोकिएपछि आँखा नै तिरिमीरी हुने चम्किला पूmलहरूका बगैँचा, कतै काँढेदार त कतै झाडीदार क्षुपका बगैँचा ......कुन/कुन हेर्नु, कति घुम्नु ! हामीहरू चुम्बकले फलाम तानिएभैmँ तानियौँ ।

एउटा सिँढीयुक्त उकालो चढेपछि सानो पुलेसो तरेर हामीहरू प्रतिव्यक्ति ५ युआनको टिकट काटेर सुतिरहेका बुद्धको मन्दिरतर्पm लाग्याँै । विशाल धातुको गाढा खैरो रङको सन् १३२१ मा भेटिएको बुद्धको आरामले सुतेको मूर्ति रहेको मन्दिरलाई वोफो मन्दिर नामकरण गरिएको रहेछ । उक्त मन्दिर परिसरमा अन्य स–साना रङ्गीन पारदर्शी सिसाबाट हेर्न सकिने मूर्तिहरू, बैठक कक्षहरू, ढुङ्गे पुल आदि ऐतिहासिक सम्पदालाई काखमा राखेको पहाडको नाम Shouan Mountain रहेछ । त्यहाँ हामीहरूले प्रा. सिभाकोभ र नतलियासँग भ्रमण ग¥यौँ ।

‘तिम्रो मुटु त फलामले बनेको थाहा थियो, शरीर पनि फलामले बनेको रहेछ’ थाकेका साथीहरूले हात समाएर हरियो दुबोमा थचक्क बसाले । पसिना पुछेर वनस्पति उद्यानलाई छिचोल्दै पहाडबाट निशृत चिसो हावासँग लञ्च प्याकेट रित्ताएर हामीहरू खुट्टा नथाकुञ्जेल हिँडिरह्यौँ । यात्रामा साथीहरू भेट्दै/छुट्दै । थपिँदै जाने क्रमले छुट्टै रौनक ल्याइरहेको थियो । आहा ! कति राम्रो दुबोको चौर ! ग्रीन हाउस पछाडिको ठूलो समतल हरियो चौरमा अग्लो बृक्षमुनि हामीहरू सर्वाङ्क शिथिल बनाएर सुत्याँै । चिसो हावाको स्पर्श, चिसो हातको स्पर्श, चिसो बियरको स्पर्श, चिसो दुबोका टुप्पाहरूको स्पर्श ......। त्यसपछि हामी ग्रीनहाउसभित्र पस्यौँ । ६५०० वर्गमिटर क्षेत्रफल भएको ग्रीनहाउसभित्र ३००० भन्दा बढी वनस्पतिहरू Crystal Section, Rainforest House, Cacti and Succulent House, Orchid and Carnivorous House, Alpine House ठूलो घरभित्रका साना घरहरूभित्र दुर्लभ प्रकारका वनस्पतिहरू संरक्षण गरेर राखिएका रहेछन् । हिमालदेखि मरुभूमिसम्म पाइने वनस्पतिमध्ये Orchid and Carnivorous Plant हरू हेर्दा अफ्रिका र एरिजोनाको जङ्गलमा घुमेको उन्माद भयो हामीहरूलाई ।

पेञ्चिङ बगैँचा अर्थात् बोन्साई बगैँचा पनि कम नेत्रप्रिय थिएन । चिटिक्क काटेर विभिन्न रूप, रङ्ग, अक्षर र आकारमा सजाइएका बिरूवाहरू चीनको परम्परागत कलामै पर्दछन् । ‘मलाई त बोन्साई गार्डेनले लोभ्यायो ।’ पुड्की जिङमिङलाई जिस्क्याएँ – ‘तिमी बोनसाई मान्छे भएकाले होला ।’ ऐया ! कति जोडले चिमोटेको ? ती बोनसाई औँलाहरूले ? पुनः बोनसाई मुीले मेरो ढाडमा हानेको भ्रममा चिलाएको निको भयो । ठूला रूखहरूको जङ्गली बगैँचामा घुम्दै जाँदा थाहा भयो त्यहाँ एक शतक पुराना रूखहरूको सङ्ग्रह रहेछ । GINKG0 TREE लेखेको रूख १३०० वर्षको भएछ । त्यति पुरानो रूखको खस्रो बोक्रालाई सुम्सुम्याउँदा वृद्ध बाजेको दाह्री सुम्सुम्याएजस्तो आनन्द लाग्यो र गौरव पनि ।

हाम्रा बहुमूल्य वनस्पतिहरू घाँस, दाउरा र स्याउलाको रूपमा मासिएका छन्, कौडीको मूल्यमा अवैध निर्यात भइरहेका छन् अनि जडिबुटीको अपार भण्डार रित्तिन थालेको हामीले देखेका छैनौँ, सुनेका छैनौँ, महसुस गरेका छैनौँ । छिमेकी राष्ट्रमा वनस्पतिहरूको संरक्षण, अध्ययन, अनुसन्धान र मानव जीवन एवम् वातावरण अनुकूल सदुपयोगको लागि यति ठूलो अभियान चलेको छ । त्यसैले त पुर्खाले भनेका होलान् –कौडीमा पनि मिल्कन्छ, भिल्लको देशमा मणि ।

निकै रमणीय अनुभूतिको कोसेली बोकेर हामीहरू ४:३० बजे बेइजिङ बोटानिकल गार्डेनको गेटबाट बाहिरियौँ । स्याडी, मिलीलगायतका व्यवस्थापकहरू निकै उदास र पश्चातापको बादल मुखमण्डलमा लेप लगाएर दोहो¥याइ/तेह¥याइ सबैलाई नियाले, गिन्ती गरे अनि बल्ल कार सुलुलुलु हिँड्न सुरु गरे । बसभित्र ठट्टा गर्दै, हाँस्दै, गीत गाउँदै, नाच्दै साँझ हामीहरू होटलमा पुग्याँै । कोठामा पुनर्ताजगी भएपछि डिनरको लागि रेष्टुरेन्ट झ¥यौँ । स्याडी र मिलीले निकै पटक मसँग सरी भने । मैले यति सानो मानवीय त्रुटीलाई बिर्सन भनेँ र हामीले दुःख नमानेको कुरा दोहो¥याइरहे । सधैँभैmँ हामीहरूले टन्न बियर पिएपछि चिनियाँ परिकारहरू खान थाल्यौँ । हामीहरू स्याडीको भूलले छुट्नुपरेकामा स्याडीको त्यही साँझबाट जागिर गएछ । हामीलाई बेइजिङ अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्न आएको, सधैँ हेरविचार गर्ने, सँगै खाएको÷ पिएको अभिन्न मित्रलाई त्यसदिनदेखि हामीले देख्न पाएनौँ । ‘स्याडी कहाँ हुनुहुन्छ ?’ प्रत्येकको एउटै जवाफ हुन्थ्यो – व्यक्तिगत काम परेर बेइजिङ बाहिर जानुभएको छ । पछि हामीले एउटी चिनियाँ केटीलाई फकाएर बुभ्mदा कसैसँग नभन्ने शर्तमा बताई – तपाईंहरू छुटेपछि तत्कालै छानबिन भयो, स्याडीको लापरवाही देखिएकोले उसको जागिर गयो । हाम्रो कारण उसको जागिर गएकोमा हामी साह्रै चिन्तित भयौँ र ‘रेनसँग आग्रह ग¥यौँ – कृपया स्याडीलाई बहाली गर्नुहोला, ऊ हाम्रो साह्रै मिल्ने साथी हो, हामीलाई दुखित र लज्जित नबनाउनुहोस् ? ‘नियम र अनुशासन सबैले पालना गर्नुपर्दछ, मैले कारबाही नगरे ममाथि कारबाही हुन्छ ।’ ‘सानालाई ऐन, ठूलालाई चैन’ को सिद्धान्त नभएकाले हामीहरू अप्रिय निर्णयको पनि प्रशंसक भयौँ ।

त्यो साँझ डान्स हलमा कार्यक्रम थियो । मिली दोभाषे भएकाले उसलाई सचेत गराएर निरीक्षणमा राखिएको रहेछ । अँध्यारो डान्सहलमा झिलिमिली बत्ती र चर्को धूनसँग थुप्रै जोडीहरू नाचमा मस्त थिए । रेनले मेरो मनोविज्ञान बुभ्mन हो वा मिलीसँग सहज सम्बन्ध पुनस्र्थापना गर्न हो, जोडी बनेर नाच्न आग्रह गरे । मैले सहजतापूर्वक स्वीकार गरेँ – मिली हर्षले विभोर भई र पालैपालो माफ पाऊँ, धन्यवाद भन्दै जमेर नाची । मिस्टर रेनले हाम्रो सहज सम्बन्ध देखेर खुसी भए र हामीले त्यो दिनको अविस्मरणीय घटनालाई त्यही रात बिर्सने निर्णय ग¥यौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 22 फागुन, 2067

लेखकका अन्य रचनाहरु