चटकेहरु

- तारा प्रसाद खतिवडा

“अन्तरु, मन्तरु, जन्तरु,......” बजारको ब्यस्त चोकमा एउटा हातले डम्मरु बजाउ“दै वरिपरि मान्छेको भिड बटुलेर चटके चटक देखाइरहेको थियो ।

कालो कपडाले छोपिएको जालीभित्र एउटा मान्छेलाई बा“धेर भु“इमा लडाइएको थियो । चटकेले उक्त मान्छेलाई सम्बोधन गर्दे भन्यो, “खेलवाले, खेल देखाईदिउ“ ?” स्विकारोक्ति स्वरुप खेलवालेले टाउको हल्लायो । चटकेले दर्शकलाई खेलवालेको नाममा जोडदार ताली बजाउन अनुरोध गर्यो । दर्शकको तालीको गड्गडाहटले चटके झनै उत्तेजित भयो र दर्शकलाइ खेलको नियम बताउदै गयो । अब केहि क्षणमै चटकेले खेलवालेको शरिरमा छुरी रोप्ने छ । आलो रगत चुहाउ“दै मुटु कलेजो निकाल्ने छ । त्यतिबेला कुनै पनि दर्शकले आफ्नो ठाउ“ छोड्ने छैनन् । छोडेमा खेलवाले मर्न पनि सक्नेछ । नियम बताइसकेपछि जोडले डम्मरु बजाएर चटकेले खेल शुरु गर्यो । अगाडि भने झै छुरी निकाल्यो, घोप्यो अनि मुटु कलेजो पनि निकाल्यो । दर्शकहरु सा“च्चै भयभित देखिए । चटकेले दर्शकको अगाडि आलो रगत चुहाउ“दै खेलवालेको नाममा दुई चार पैसाको भिख माग्यो । त्रसित दर्शकले चटकेको गोजि भरिदिए पछि खेलवालेलाइ उहि कालो कपडाभित्र बाट सकुशल निकाल्यो । चटकेले कहा“ आ“खा छल्यो, दर्शकले पत्तै पाएनन् । निमुखा दर्शकहरु चटकेको चटकभन्दा पनि आफ्नो खल्तिको समस्याबाट धेरै ग्रसित देखिए ।

चटकेको चटक देखाउने कला र दर्शकको साथ दिने प्रवृतिले निरन्तरता पाइरह्यो र आज पनि पाईरहेको छ । चटकेहरु कहिले र्कुिर्समा चढेर त कहिले बजारको खुल्ला चोकबाट चटक देखाइरहेका छन । दर्शकको आ“खा छल्दै मुटु कलेजो निकालिरहेका छन । दर्शक केवल ताली पड्काउ“छन, अनि खल्ति र समय रित्याउ“दै जान्छन । चटकेहरुले कहा“ झेल गर्छन, वर्षाे बितिसक्दा पनि दर्शकले पत्तो पाउन सकेका छैनन् । सलाम छ चटकेको कलालाई अनि धन्य छन चटकेहरु ।

टोरन्टो, क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 18 फागुन, 2067

लेखकका अन्य रचनाहरु