कृष्णपथ

- वासुदेव गुरागाईं

‘भाञ्जा बाबु, उमेर सानै भए पनि काममा निकै पाको हुनुहुँदो रहेछ । घाँस काट्ने, गाईवस्तु चराउने, खसीबाख्रा फुने केही काम पनि अह्राइरहनु पर्दैन । आपैmँ जानेर गर्नु हुन्छ । भाइबहिनी खेलाउने काममा त अझ निकै सिपालु । मलाई त ढुक्क भएको छ ।’— मुरलीप्रसादले आफ्ना घरमा केही हप्तादेखि काम गरिरहेका आफ्नै भाञ्जा कृष्णका विषयमा भिनाजुसँग एकैसासमा सबै बेलिबिस्तार लगाउन भ्याए ।

मुरलीप्रसादका भिनाजु लीलानाथ पनि कम्तीका मानिस कहाँ थिए र ! छोरा कृष्णलाई सुनाउने हेतुले सालालाई जवाफ फर्काइहाले,— ‘पढ्नेलेख्ने काम छैन । यति गोठालो लाग्ने काम पनि पाकोसँग नगरे त भोलिका दिनमा ठूलो भएपछि कसरी ज्यान पाल्नु नि ! अनपढले गर्ने काम यस्तै त हो नि ।’
सालाभिनाको यो वार्ता सुत्रेहरु सबै हाँसे । कृष्णले यसअघि कहिल्यै घर छाडेको थिएन । तीन हप्तापछि बाबुलाई देखेर नियास्रो मेट्नका लागि खुर्र दौडेर बाबुतिर टाँसिन पुग्दा एक्कासि ऊ हाँसोको पात्र बत्र पुग्यो । अरुका लागि भने एकछिन रमाइलो भयो ।

मुरलीप्रसाद निकै चलाख मानिस थिए । पुलुक्क भाञ्जाको अनुहार हेरे । उनको भावना बुझे र भिनाजुसँग फेरि मुख फोरे,— ‘यत्तिका चलाख केटाले पढ्ने अवसर पाए त पढ्नु हुन्थ्यो नि । पढ्नै नपाएर त हो नि । भिनाजु पनि ... ।’ मुरलीप्रसादको यस जवाफपछि परिस्थितिमा केही सुधार महसुस भयो ।

नयाँ निर्माण हुँदै गरेको ससुराली घर हेर्न गएका लीलानाथ र मुरलीप्रसादको पहिलो जम्काभेटमै यस्तो वार्ता भएको थियो । बाबु र मामाबीचको यो वार्ता सुनेपछि कृष्णका मनमा गहिरो चोट प¥यो । उसले पढेलेखेका सुकिलामुकिलाको कमाइधमाइ, पूmर्तिफार्ति र रहनसहन देखेको थियो । त्यस्ताको सामाजिक प्रतिष्ठा पनि देखेबुझेको थियो । त्यसैले पनि उसले सोच्यो,—‘हो त नपढ्नेको हबिगत सधैँ यस्तै त हो नि ।’

‘बाबाले ठिकै भत्रु भएको हो । नपढ्नेले गर्ने काम सधैँ यस्तै त हो । खनीखोस्री, घाँसदाउरा, गोठालो, मेलापात आदिआदि ।’ यति सोचिसकेपछि ऊ आपैmँमा एकपटक फेरि झसङ्ग भयो । उसले दोहो¥याएर सोच्यो,— ‘हो त नपढ्नेको हबिगत सधैँ यस्तै त हो नि ।’

कृष्ण भरखर एघार वर्ष मात्र पुगेको थियो । कलिलो लुखुरे केटो । नपढ्नुमा उसको आफ्नै मात्र कारण पनि त्यहाँ थिएन ! गाउँकै प्राथमिक विद्यालयबाट बेलैमा तीन कक्षा पास गरेको थियो । त्यसभन्दा माथिको पढाइका लागि एकदिनको पूरै बाटो टाढा पर्ने जिल्ला सदरमुकाम वा त्यत्तिकै दूरीमा रहेको राजधानी काठमाडौँ जानु पथ्र्यो । त्यसभन्दा बाहेक पढाइको अर्को विकल्प थिएन ।

एकातिर विभित्र किसिमका घरायसी कारण र अर्कातिर विद्यालयको अनुपलब्धताले उसको पढाइमा वाधा पुगिरहेको थियो । अझ यस घटनाले उसलाई निकै झक्झक्यायो । चेतना अभिवृद्धि गरायो । बेलैमा सतर्क बनायो । आँसु नझरे पनि मनमनै ऊ निकै भक्कानियो । अनि, बाबुले मामालाई सुनाएभैmँ गरी उसलाई सुनाएको उही वाक्य पटकपटक सम्झिन थाल्यो,— ‘पढ्नेलेख्ने काम छैन । यति गोठालो लाग्ने काम पनि पाकोसँग नगरे त भोलिका दिनमा ठूलो भएपछि कसरी ज्यान पाल्नु नि ! अनपढले गर्ने काम यस्तै त हो नि ।’
ंं
मुरलीप्रसादले पुरानो घर भत्काएर नयाँ घर बनाउने निर्णय गरे । घरमा ओछ्यान परेका वृद्ध
बुबा । श्रीमती भरखरकी सुत्केरी । ससाना बालबच्चा । घरमा आपूmलाई यसो सानोतिनो काम सघाउन सक्ने दोस्रो मान्छे पनि कोही थिएन । कर्मकाण्डीय पेशा सम्हालेकाले बेलाबखत यजमानकहाँ पनि गइरहनु पर्ने । गाईवस्तु घरगोठ स्याहार्नु पर्ने । अनि यतिखेरै घर बनाउनै पर्ने अर्को चटारो । साह्रै अप्ठ्यारो परेर उनले सहयोगका लागि भिनाजु गुहार्ने सोच बनाए । एक महिनाजतिका लागि एउटा सानु भाञ्जा लग्न पाए अलिकति भने पनि भरथेग हुन्थ्यो कि ? भनेर कुरा राखे । भिनाजुले नाइँनास्ति गर्नु पर्ने अवस्था थिएन । यसै सल्लाहका आधारमा कृष्णलाई केही समयका लागि मामाकहाँ पठाउने निर्णय लीलानाथले लिए । करिब एक महिनाका लागि कृष्ण मामाघर खटियो । मामाघर जानेबित्तिकै गाईवस्तु चराउनु, तिनलाई साँझबिहानको घाँस जुटाउनु, भाइबहिनी खेलाउनु जस्ता घरायसी कामको जिम्मा उसले पायो । आफ्नो जिम्मेवारीका यी काम उसले राम्रोसँग पूरा गर्दै गयो ।

कृष्णलाई मामाका घर बनाउने ज्यामी डकर्मीलगायत गाउँका सबैले भाञ्जा भन्थे । मामालाई अप्ठ्यारो परेका बेलामा यति काम सघाउन पाउँदा कृष्ण निकै सन्तुष्ट थियो । त्यसमाथि माइजुले छाकैपिच्छे दिने दहीदूध र घीउ, मकैको ढिँडो पकाएका बेला खान पाइने गुलियो ताजा खुदोले उसको बाल्यमन निकै सन्तुष्ट थियो । कहिल्यै घर छाडेर नहिँडेका कारण यति हुँदा पनि उसमा एउटै चिन्ता थियो,— ‘कहिले घर फर्कन पाइने हो ?’

एक महिनामा मामाको घर बनाउने काम सकियो । कृष्णले फुर्सद पायो । माइजुले कमिज सुरुवाल कित्र दिएको तीस रुपैँया खुसीसाथ खल्तीमा हाल्यो । त्यत्रो पैसा घर नपुग्दै कतै खस्ने पो कि भत्रे डर उसमा पलायो । बेलाबेलामा खल्ती छाम्दै हतारहतारमा बिहानको खाना खाएर मामा माइजूसँग बिदा हुँदै घरतिर हिँड्यो ।

‘बेलाबेलामा आउँदै गर्नुस् है बाबू’ भनेर मामा माइजूले औपचारिक बिदाइको शब्द ओकलेको पनि उसले चाल पाएन । घरसँग ऊ यति न्यास्रिएको थियो कि घर पुग्न हिँड्नु पर्ने सभाघण्टाको बाटो उसले पौने घण्टामा हिँडेर भ्यायो । अघिपछि खस्राकखुस्रुक गर्दा पनि सातो जाने सालघारीको बाटो कतिखेर कसरी पार ग¥यो भत्रे समेत चाल पाएन उसले । एकैचोटि घरको आँगनमा टुप्लुक्क टेक्न पुग्दा पो ऊ झल्याँस्स भयो ।
***
मामाघरबाट फर्केपछि कृष्णलाई कसैले कुनै पनि काम अह्राइरहनु नपर्ने भयो । चाहे मकैबारीमा बाँदर कुर्ने काम होस् वा घरकै आँगन बढार्ने । गाईभैँसी दुहुने काम होस् वा वस्तुभाउ चराउने । यस्ता घरायसी काम जीउले सकुन्जेल ऊ स्वतःस्पूmर्त रुपमा गर्न थाल्यो । यतिसम्म कि परिआएका बेला भान्सामा पकाउनेदेखि जुठा भाँडा माझ्नेसम्मको काम गर्न पनि ऊ अग्रसर हुन्थ्यो । आफ्ना लुगा अरुलाई धुन दिँदैनथ्यो । उसले गर्न सक्ने कुनै पनि काम गर्न झिँझो मान्दैनथ्यो ऊ । उज्यालो मुख लगाएर परिआएको सबै काम गरिरहन्थ्यो । दायाँबायाँ अरुको त्यति चियोचर्चो पनि गर्दैनथ्यो । आपूmलाई साँच्चै नै अन्याय परेको अवस्थामा बोल्थ्यो, अन्यथा चुपै लागेर बस्थ्यो । अरुलाई यसो सघाइदिनु पर्ने अवस्थामा खुरुक्क सघाइदिन्थ्यो । केही भत्रु पर्दैनथ्यो । घरका मानिस उसको यस किसिमको परिवर्तित चाल देखेर अचम्म मात्र थाले । मामाघर जानुभन्दा अघि पनि कृष्ण काम त गथ्र्यो, तर त्यतिखेर ऊ यति हलुका थिएन ।

‘कृष्णमा कसरी यस्तो सकारात्मक परिवर्तन आयो ?’ सबै एकआपसमा खासखुस गर्न थाले । आजभन्दा भोलि भोलिभन्दा पर्सि कृष्ण झन्झन् जाँगरिलो भएर निस्क्यो । उसको यस्तो क्रियाकलापले टोलछिमेक र वरपरका सबै मान्छे दङ्ग पर्न थाले । हुन पनि उसको व्यवहार दिनानुदिन अति नै अनुकरणीय हुँदै गइरहेको थियो ।

खासमा कृष्ण कोही परचक्रीकहाँ गएको थिएन । आफ्नै मामाघर गएको थियो । जहाँ त्यसभन्दा अघि पनि ऊ बराबर गइरहन्थ्यो । फरक यत्ति थियो, घर बनाउने काममा सघाउन जानु अघि मामाघर जाँदा ऊ विशुद्ध भाञ्जो भएर, मामा घरको देउता भएर पाहुना हुन पुग्थ्यो भने घर बनाउने काममा सघाउन जाँदा उसले आपूmलाई त्यस घरको कामदार वा अभैm तल ओर्लेर भन्दा त्यस घरको नोकरको रुपमा सोच्यो । मामा माइजू वा अन्य कसैबाट त्यस किसिमको कुनै व्यवहार नभए पनि उसको मनले तत्काल त्यही महसुस ग¥यो । ‘अहिले पो मामाका घरमा काम गरेको छु त, के थाहा भोलि अरु कसैका घरमा गएर पनि यसरी यस्तै काम गर्नु पर्ने हो कि ?’

यस्तैयस्तै सोचले उसमा एउटा आत्मज्ञान पलाएर आयो । त्यो के थियो भने— ‘अरुकहाँ बसेर अर्काले लाएअह्राएको काम निरुत्तर वाध्य भएर गर्नु पर्छ भने आफ्नो घरको काम आपैmँले जानेर गर्न किन नहुने ? अर्का कहाँ गएर जस्तोसुकै काम जतिखेर पनि हाँसीखुशीसाथ गर्नु पर्ने मान्छेले आफ्नो त्यस्तै काम स्वतःस्पूmर्त रुपमा गर्न किन नहुने ? अरुको दासतामा मुरी उपभोग गर्नुभन्दा आफ्ना पौरखले मुठीमा रमाउनु कता हो कता ठीक होइन र ? अर्काको चोरीचकारी र ठगी पो गर्नु भएन त ! होइन भने आपूmले गर्नु पर्ने कामका विषयमा अरुले भत्रु र अह्राइरहनु पर्ने अवस्था राम्रो हो र ?’

ऊ सानो थियो, तर पनि यिनै सूत्रबाट उत्पे्ररित भएर ऊ आफ्नो घर फर्केपछि यति जाँगरिलो भएको थियो । अझ यो भन्दा पनि बढी उसलाई आफ्ना बाबुको पे्ररणादायी वचन,—‘पढ्नेलेख्ने काम छैन । यति गोठालो लाग्ने काम पनि पाकोसँग नगरे त भोलिका दिनमा ठूलो भएपछि कसरी ज्यान पाल्नु नि ! अनपढले गर्ने काम यस्तै त हो नि ।’ ले निकै ऊर्जा दिएको थियो ।

बुझ्नेका लागि कति मार्मिक र पे्ररणादायी थियो त्यो वचन । यसैले उसको मन चट्ट छोयो । कृष्णले उसलाई उत्पे्ररित गर्ने यी सूत्र अरु कसैलाई बताएको थिएन । आपैmँमा सीमित राखेको थियो । त्यसैले त ऊ आफ्नो कर्तव्यप्रति निकै सचेत थियो । भावी जीवनलाई फलदायी बनाउन अग्रसर थियो । मौका पाए पढ्नु पर्छ भत्रे कुरामा ऊ निकै दृढ थियो ।
***
तीनचार वर्षको समय नपढीकन घरायसी कामधन्दामा बिताएपछि कृष्णले फेरि पढ्ने अवसर पायो । यसरी अवसर पाउँदा उसले लगातार पढ्दा कहाँ पुगिन्थ्यो त्यही तहमा भर्ना भएर पढाइ सुरु ग¥यो । सुरुमा उसलाई निकै मेहनत गर्नु प¥यो । तैपनि उसले हिम्मत हारेन । आफ्नो कडा मेहनतलाई निरन्तरता दिइरह्यो । मेहनतको फल खेर जाने कुरै थिएन । कहिले नियमित र कहिले स्वाध्ययन गरी उसले स्वदेशमा उपलब्ध हुनेसम्मको उच्च शिक्षा हासिल ग¥यो ।

यस उपलब्धिले उसलाई सहरमा पु¥यायो । सहरमा बसायो । तर पनि उसले मामाघर बसाइमा प्राप्त गरेको आत्मज्ञान कहिल्यै परित्याग गरेन । भुल्न चाहेन । दायाँबायाँ अरुको बिगार गर्ने काम कहिल्यै सिकेन । आफ्नो काम आपैmँ गर्न कहिल्यै चुकेन । उसलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउने पे्ररक तत्व त्यही बाल्यकालीन मामाघर बसाइको काम थियो । अर्काको खटनपटन थियो । अदृश्य रुपमा महसुस गरेको भित्री चोट थियो । असल जीवनका लागि पे्ररित गर्ने आफ्ना पूजनीय बाबुको अति पे्ररणादायी पवित्र वचन थियो । त्यसैले त उच्च तहसम्मको पढाइ, प्रतिष्ठित रोजगारी र सहरिया जीवनको उपलब्धिमा पनि मामाघर बसाइमा प्राप्त पे्ररणा उसले कहिल्यै भुलेन । बरु, बेलाबखत यो रोचक कथा सुनाएर अरुलाई पनि उत्पे्ररित गर्न खोजिरह्यो उसले । उसका यी कुराहरु जसले बुझे ती अघि बढे, नबुभ्mनेका लागि अर्को औषधि थिएन । तर टोलछिमेक र समाजभित्र कुरोको चुरो बुभ््mनेहरुले कृष्णको यस क्रियाकलापलाई अनुकरणीय ठाने र यसलाई ‘कृष्णपथ’ को नाउँ दिए ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 फागुन, 2067

लेखकका अन्य रचनाहरु