गजल

- नन्दलाल आचार्य

कस्तो बगरसरह सुनसान देख्छु
मात्र पत्थर छ खै भगवान् देख्छु ।

नाम जपेर खाने भए बदनाम
भ्रष्ट, पदलोलुप मात्र महान् देख्छु ।

साह्रै पर्यो विचारको खडेरी यहाँ
ठूलै स्वरको मात्र यशगान देख्छु ।

अरुलाई तनाई आफू चढ्नेलाई
भोलिको नेपालको दरवान देख्छु ।

पसिनाको मूल्य खोज्दाखोज्दै म त
माथि होस् या तलको एक समान देख्छु ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 फागुन, 2067

लेखकका अन्य रचनाहरु