अप्सराको आशय

- शेषराज भट्टराई

विश्वका आमजनताको प्रजातन्त्रप्रति एकाएक विश्वास बढ्नुको आशय, क्रान्तिकारीले हिंसा, हत्या गर्नुको आशय, नेताहरू कुर्सी भनेपछि भुतु्क्क हुनुको आशय, भुटानी सरकारले आफ्नै जनतालाई शरणार्थी बनाउनुको आशय,न्यायकर्मीले वादी प्रतिवादीलाई घूसै फिर्ता गर्नुको आशय, हाम्रै्र टोल छिमेक र घर आँगनका परेडकर्मी, फेसनधर्मी ‘अप्सराको आशय’ के ? माथिका तमाम बुँदाहरू जिज्ञासा योग्य छन् । तथापि अन्य बँुदाको तुलनामा अप्सराको आशय जत्तिको सान्दर्भिक र रुचिपूर्ण विषय शायदै भएको हुनाले राजनीतिमा नेताको लिंडे ढिपी जनतामाथि लादेझैं मेरो विचार पाठकसामु लाद्ने दुस्साहसमात्र । अत्यन्त सुन्दर अर्थात् मानव जगतका स्त्री दोपाया प्राणीलाई अप्सरा भनिन्छ । कुनै पनि चौपाया पशुहरू अप्सरा कहलाउन सक्दैनन् । त्यसैले मानवजगत्का दोपाया मनुवाहरू अप्सराहरूको आमाशय वा आशय वा मनोग्रन्थि बुझ्नसक्नु कुशल अन्वेषकमा गनिनुमात्र नभएर अप्सराको आफन्त भनिनु पनि हो ।

मजस्ता प्रौढलाई स्वर्ग कहाँ हो ? भनेर पुछनी भयो भने म चोर औँला दरो वा ठाडो पारेर ऊ माथि भन्दै मध्यगगनतिर देखाउँछु । मध्य गगन असिना, पानी, बादल र त्योभन्दा माथि ग्रहहरू उल्का, सङ्कटा, केतु, भ्रामरी र त्यतै कतै स्वर्गकी अप्सराको सुन्दर महल सजिसजाउ होला भन्ठान्छु । यस उमेरसम्म स्वर्गकी अप्सरा नदेखेको हुनाले तिनी यस्तै छन् भनेर ठोकुवा गर्नचाहिँ सक्दिनँ । तथापि मत्र्यमण्डलका चित्ताकर्षक अप्सराहरू हाम्रा हाट बजार र दोबाटोमा धेरैचोटि जम्काभेट भएको छ । तिनीहरू कस्ता कुल र कुन मूलका हुन सोध्ने ह्याउ चाँही बूढ्यौलीको कारणले आउन सकेन । नजाने गाँउको बाटै नसोध्नु भने पनि मेरो विचारमा तिनीहरू यसै धर्तीका धूलो मैलाका उत्पादन हुन जस्तो लाग्छ । अप्सराजस्ता संरक्षणसूचीमा राख्न योग्य सम्प्रदायसँग हामी जो कोही पनि पाजी नबनी खुशीराजी अन्तर्वार्ता लिनु तन मन दिनु मूल कर्तव्य होइन र ? अप्सरा कसैको पेवापन होइन । त्यसैले यिनको यावत पोजका तस्बीरहरू प्रत्येक पत्रपत्रिकामा छापिनु स्वयंमा गर्वानुभूति हुनु हो । सुन्दरता गहना हो, गहनाले जता पनि सजिन पाउनुपर्छ । अमेरिकाकी कुइरी र अफ्रिकाकी काली अप्सराको आशय समान हुन्छ । पाकेको फलजस्ता अप्सरा रुचिकर र युवा, वृद्धा सबैलाई ग्राह्य हुन्छ । त्यसो त चर्चामा आएकी अप्सरा प्रायः दुर्लभ हुन्छन् । यस्ता अप्सराले सन्त, कठोर तपस्वीको पनि ध्यानभङ्ग गर्न सक्छन् । जस्तै महर्षी विश्वामित्रको ध्यान अप्सरा मेनकाले भङ्ग गरिदिएकी थिइन् । फलतः सकुन्तला नामकी वेवारिसे अप्सराको उदय भएको थियो । उनलाई कण्व ऋषिले वनबाट ल्याएर भरणपोषण गरेर जगाए हुर्काए र फक्रिएपछि राजा दुष्यन्तले सकुन्तला अप्सराको उपयोगबाट भरत नामक पुत्रको अवतरण भएको थियो र उनै प्रतापी चक्रवर्ती राजा भरतकै नामबाट भारत देशको नाम अद्यावधी छँदैछ । खासगरी अप्सराको शरीरको बनोटको कारण धेरै ऋषिमुनिहरू झस्किने, गुफामा पस्ने र डस्ने, रातमा तर्सिने गरेको सुन्नमा आएको छ । यसरी गुफामा पस्नु, डस्नु झस्किनु तर्सिनुमा अप्सरागणको कुन अङ्गलाई दोष दिने भन्ने सम्बन्धमा थुप्रै वैज्ञानिकहरू रनभूलमा परेका छन् र अप्सराको जितलाई सहस्र स्विकारिएको इतिहास धेरै पुरानो हो ।

क्रान्तिकारीसँगको साँढे जुधाइमा जसले मौजुदा प्राण त्याग्छ, त्यसलाई स्वर्गवास भयो भनिन्छ । स्वर्गवास स्वयंमा नराम्रो होइन तर मृत्युवरणलाई राम्रो भन्ने बिरलै छन् । तथापि मृत्युवरण प्राणीजगत्मा अनिवार्य छ । यो न त संस्कृति हो न परम्पराको रीत, यो त चराचर जगत्को प्राकृतिक नियम । त्यसैले यस लोकका नारीगणलाई विशिष्ट सम्मानस्वरूप नै स्वर्गकी अप्सरा भन्ने परिपाटी चलेको हुनुपर्छ । पहिलेका अप्सराले अहिलेका अप्सरालाई देख्नासाथ नराम्ररी रिसाउने, गिज्याउने गर्छन् भने आधुनिक अप्सराहरूले पनि उहिलेका पुराना अप्सराहरूलाई देखे भने बाटै तर्किएर हिँड्छन् । यी दुवै पुस्ताको मुख्य आशय भनेकै एकले अर्कालाई नपुछ्नु, नटेर्नु, नहेर्नु हो । यसलाई एकले अर्काको सत्तालाई नस्वीकारेको पनि भनिन्छ । जब एकले अर्कालाई टेर्देन, पुछ्दैन भने त्यहाँभन्दा धर्म सङ्कट कहाँ पर्ला र ? आफूलाई त यो धर्तीमा हदै वा ज्यादै सुखभोग मिलेको हुनाले मेरो लागि यो भूमि अनिवार्य स्वर्ग भएको छ र यस धर्तीमा दोपाया स्त्रीलाई मूलभूत अप्सराको रूपमा चयन गर्ने उधुम इच्छा छ । विश्वमा दिनप्रति दिन यस्ता अप्सरा लपक्कै पाइनुले हामी स्वयंलाई निकै भाग्यमानी ठान्नुपर्छ । आजभोति हाटबजारमा डाक्टरको पछाडि बिरामी लागेझैं अधिक वयस्क युवक वा वृद्धाको पछि अमुक स्तरका अप्सराहरू ¥याल काढी राखेका हुन्छन् । यसको अलवा अप्सराको पछि लागेर वृद्ध वा युवकले अप्सराको ध्यान वा ज्यान भङ्ग गरेको घटना देख्न सुन्न पाइन्छ । बलात्कार त सज्जन तन्नेरीको ऐच्छिक विषय नै हो भने बलात्कृत महिलागणको अनिवार्य धर्म वा मर्म के भन्ने ? गर्नेलाई के हुन्छ र देख्नेलाई पो त शर्म । स्वीकार्नै पर्छ आ–आफ्नो कर्म । अप्सराहरू हरपक्षमा संयम छन् । कसैको जौ पनि खाइदिदैनन् र जँँुगा पनि मुडिदिँदैनन् । यसो भएपछि हाम्रो जीवित जीवन ज्यादै सरसपूर्ण हुने कुरामा दुईमत नहोला । अप्सराहरू लाखबत्ती बले जस्ता हुन् वा निभे जस्ता, बदन सुकेका हुन् या फुकेका, नेत्रज्योतिले प्रेमका भाका बोलेका हुन् या खोलेका, मन्द मुस्कान छोडुन या मुन्टै मोडुन, समष्टिमा समलिङ्गी भए पनि अप्सराको आशय समान हु्न्छ । पुरुषलाई वशमा पारांै र पसिना झारौ । साँच्चै यिनको मांसपिण्डमा त्यस्तो के शक्ति छ जसले दोपाया अटल पुरुषलाई दिग्भ्रमित तुल्याएर, हरक्षण भुल्याएर, आफैंमाथि रल्याएर अनकन्टार तलाउमा डुबुल्की मार्न माछाको कुर चहार्न विवश पार्छन् । ईश्वरको लीला अपरम्पार ! साँच्चै के असली अप्सराको आशय यस्तै हुन्छ ? होइन ! होइन !! परिस्थितिको उपज हुनसक्छ । मान्छे परिस्थितिको दास हो । त्यसैले नचाहेर पनि यस्तो चक्रब्यूहमा फस्न सक्छ ।

अप्सरालाई अझ अप्सरा बनाउन अर्थात् सुनमा सुगन्ध थप्न नानाभाँतीका साज सज्जाका साधनले सक्कली त्वचालाई तीन बल्ड्याङ खुवाएर भाले जातिको आँखामा कति छारो हाले लेखाजोखै छैन । धस्नेले धसिराखेका छन्, फस्ने फसिराखेका छन्, कस्नेले कसिराखेका छन् । कोही मूक दर्शक भएर बसिराखेका छन् । ठाउँ कुठाउँ, काम बेकाम सबै व्यस्त, तै मस्त मै मस्त समाज चै त्रस्त । अहिले सबैलाई स्वर्गकी अप्सरा हुनु परेकाले धेरै अप्सराहरू जानाजानी वा आफ्नै गल्तीले स्वर्गबास भएका छन् र केही अप्सराहरू भविष्यमा अवतरण हुने नै छन् । आफ्नो आचरणमुताविक धर्तीमा स्वर्ग नर्क दुवै फल मिश्रित छ । छातीमा तातो र गालामा रातो हुँदा सचेत हुँदै अप्सराको अप्सरत्व सही ठाउँमा उचित ढङ्गले सजाउनसक्नु नै भविष्यको मार्ग सुगम बनाउनु हो । सद्व्यवहार, दया माया, प्रेम सन्तोष, चातुर्य आदि सत्व्यवहारहरू अप्सराका आभूषण हुन् । शारीरिक रूपले सबल हुँदा अप्सरा उपासकहरूले तिर्खा मेटाउन हरपल मोइ खाएको कुरूप, काली, नेप्टी थेप्ची, चेप्टी, थोते, दारे स्वयंमा अप्सरा नै हुन् र अप्सराको आशय समभाव दुनियाँमा समान नै हुन्छ । त्यसैले कुनै एक कबिको कवितालाई शुभ साँझ मनन गर्दै मन माज्ने गरे आफ्नो कूल र आफ्नो फूलले सुख पाउने कुरामा सन्देह छैन ।
“को भन्छ र नराम्रो छु नजाती कुन बन्छ र !
छ ईश्वर तिमीभित्र सोच रे शिव सुन्दर !”

फूलबारी, पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 माघ, 2067

लेखकका अन्य रचनाहरु