दलको दिमाग

- कमल खतिवडा

देशकै नाम चलेका साहित्यकार थिए उनी । हृदयघातका कारण अल्पायुमै मृत्यु भयो । उनले लेख्दै गरेको कथा पुरा हुन पाएन । शिर्षक नलेखी शुरु गरेका रहेछन् । उनको आत्माले शान्ति पाएन । भड्किएको आत्माले गाउँघरमै हरेक रात आतंक मचाउन थाल्यो । कहिले छानोमा ढुङ्गा वर्षिने, कहिले मान्छे हिडेको आवाज । एक दिन सपनामा श्रीमतीलाई “तैले नै कथालाई पुरा गर्नु है ।” भनेका रहेछन् । श्रीमानको अधुरो सपनालाइ पुरा गर्दै श्रीमतीले कथालाई पुरा गरिन तर शीर्षक फुरेन । आत्माले अव उनलाई दुःख दिन थाल्यो । मध्यरातमा गुन गुन अस्पस्ट आवाज आउँछ । त्यो आवाजलाई उनले वुझने कोशिस गरिन तर सम्भव भएन । भोलिपल्ट त्यस्तै अस्पस्ट आवाज आयो । डराउँदै आवाजलाई आफ्नो मोवाइलमा रेकर्ड गर्ने जमर्को गरिन । उनी सफल पनि भइन । रेकर्ड भएको आवाज थियो “दलको दिमाग” । अचेल गाउँमा तर्साउन पनि छाड्यो रे ।

झापा, हाल: सानेपा, ललितपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 माघ, 2067

लेखकका अन्य रचनाहरु