श्री राज्य विभाजन ब्रत कथा

- पीताम्बर बन्जाडे

प्रथम अध्याय
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्यमुनि ताहाँउप्रान्त शिवजीले दक्षको टाउको काटी सम्पूर्ण यज्ञमा उपस्थित तेत्तीसकोटी देवता प्रभृतिलाई तहसनहस पारेर सतीदेवीको लासलाई पिठ्युँमा बोकी सारासंसार भ्रमण गर्न लाग्नुभयो । दक्षप्रजापतिको समर्थकहरूलाई मुला काटे झैँ छप्काउँदै र आˆना भक्तजनलाई वरदान पनि दिँदै जानुभयो जहाँ शिवजी पुग्नुहुन्थ्यो ताहाँ ताहाँ एक एक राज्य र दिक्पालसमेत राख्दै जानुभयो । सबैभन्दा पहिले मगर राज्यमा पुग्नुभयो । ताहाँ पुग्दा मगर रीतिले शिवजीको षोडषोपचारले पूजा गरे शिवजी प्रसन्न भई यो मगरात राज्य भयो, यो निष्कन्ट राज्य हुनेछ भनी जेठा घलेलाई दिक्पाल तोक्नुभयो । त्यसपछि घुम्दै जाँदा जुम्लीगाउँमा पुग्नुभयो राडी पाखी काम्लो, भाङ्ग्रो चढाएर जुम्लीले शिवको पूजा गरे शिवजी प्रसन्न भई जुम्ला राज्य दिनुभयो र मुन्दे्र जुम्लीलाई तँ यस राज्यको दिक्पाल भइस भनी बरदान दिनुभयो । ताहाँ उप्रान्त तामाङ गाउँमा पुग्नुभयो खुकुरी, खुँडा, तरवार, भाला चढाई शिवजीलाई पूजा गरे । शिवजी प्रसन्न भई ताम्सालिङ राज्य दिनुभयो, तिमीहरूको राज्य निस्कन्ट हुनेछ भनी कान्छा तामाङलाई दिक्पाल तोक्नुभयो । ताहाँ उप्रान्त घुम्दाघुम्दा एउटा ब्राहृमण यज्ञमा पुग्नुभयो । सारा ब्राहृमणहरूले शिवजीलाई घ्यू, चिनी, मह, फलफूल, धुपादीपले पूजा गरे शिवजी प्रसन्न भई दक्षकोमा पूजाआजा गराएकोले तिमीहरूको नाम पहिले नलिएको हो । अन्यथा नमाने सबै राज्यमा तिमीहरूको वोलवाला रहनेछ भनी वरदान दिनुभयो र चन्दमणि चिप्लेश्वर चम्चाधारी शर्मालाई महामण्डलेश्वरको उपाधिले विभूषित गर्नुभयो । ताहाँ उप्रान्त शिवजीले सारा गाउँठाउँ हिमाल पहाड तराई सबैतिर राज्य बाँडफाँड गर्दै जाने क्रममा उपत्यकातर्फ आˆना ध्यान केन्दि्रत गर्नुभयो । शिवजी उपत्यकातर्फ जाँदा नन्दी पनि साथमै हिँड्नुहुन्थ्यो । जुन दिनमा उपत्यका प्रवेश गर्नुभयो त्यसदिनमा गाईजात्राको पर्व रहेछ गल्ली गल्ली र चोकचोकमा रमाइलो वातावरणले शिवजीको दुःख केही शान्त पार्‍यो । मलाई मात्र यस्तो परेको रहेनछ सहरभरि यतिका घरमा मृत्युको पीडा सहेको रहेछन् अब यो सतीदेवीको सडेको लासलाई समाधिस्थ गर्नुपर्‍यो भनी गुहेश्वरीमा पुगी सतीदेवीको लासलाई समाधिस्ध गरेर टुडिखेलमा एउटा भव्य कार्यक्रमको आयोजना गरिएको रहेछ नन्दीकासाथ त्यहाँ पुग्नुभयो । भूतपे्रत पिशाच प्रथमगणसमेतको भव्य उपस्थिति रहेको सो सभामा शिवजीको भव्य स्वागत भयो ।

त्यसपछि मञ्चमा विराजमान गराइयो । मञ्चबाट शिवजीले सम्बोधन गर्दै भन्नुभयो मेरा, प्यारा उपत्यकावासी Û सबैतिर राज्य विभाजन गर्ने क्रममा आज हामी सारा गणहरूकासाथ यहाँ उपस्थित भएका छौँ । वर्षैसम्म मेरो पशुपतिस्वरूपको मन्दिर अगाडि गजधुम्म बसिरहनुभएका मेरा अनन्य भक्त नन्दी पनि यही उपस्थित हुन भएको छ । आजको उपत्यकावासीको यो पावन दिनमा सारा युवा युवतीहरू सजिएर यत्रतत्र मन्द मुस्कानका साथ विचरण गरेको देख्दा आज यो शहर भानुभक्त आचार्यले रचना गरेको 'अमरावती कान्तिपुरी नगरी' को सादृश अनुभूत भएको छ । यो उपत्यकाका खास आदिवासी नेवार समुदाय हुन् । त्यसैले उपत्यकाका तीनवटा शहरलाई जोडेर हामीले नेवा राज्य भएको घोषणा गरेकाछौँ । साथै यस नेवा राज्यको दिक्पालमा आशामान भुइँचालाई खटाएका छौँ, भनी घोषणा गर्नुभयो । त्यस समयमा जनसभाबाट कर्तल ध्वनिकासाथ समर्थन गर्दै शिवजीलाई फूलमाला अविर चढाएर कृतज्ञता जाहेर पनि गरियो । शिवजी ज्यादै प्रफुल्ल भएपछि अब यस गणराज्यमा यस्तै तरहले बाह्रै महिना ३६५ दिन नै गाइजात्रा मनाइनेछ, भनी विभिन्न किसिमका भावी योजनाहरू पनि सुनाउनुभयो ।

तहाँउप्रान्त पाशुपत क्षेत्रमा आउनुभयो ताहाँ रहेका मण्डलेशवरले शिवजीलाई वास्ता गरेनन् । शिवजी रिसाई तीन नेत्रबाट आगाका ज्वाला निकाली भूतपे्रत पिसाच डाकिनी नन्दी भि्रङ्गीलाई पाशुपतका मण्डलेश्वरलाई धावा बोल्न लगाउनुभयो । शिवसेनाहरू सुकेको खरमा आगो लागेझैँ जाईलागे, घमासान युद्ध भयो, मण्डलेश्वर त्राहीत्राही भएर भागा भाग भई मगध राज्यमा पुगे र आदिशक्तिस्वरूपाको तपस्या गरे आदिशक्ति प्रत्यक्ष प्रकट भएर सबै बेलीबिस्तार सुनेपछि तत्काल शिव समक्ष पुगी हे शिवजी तिमीले हाम्रा मण्डलेश्वरलाई प्रहार गर्‍यौ भने तिमीलाई दिएको शिवशक्ति हामी खोसी लिनेछौँ भनेपछि आदि शक्ति सामु दुईहात जोडेर बिन्ती गरी भने हे आदिशक्ति हाम्रा नन्दीभृङ्गीले भाग पाएनौँ भनेकोले मात्र यसो गरेको हो अब त्यस्तो हुने छैन विश्वास दिलाएर अन्तध्र्यान भए । ताहाँ उप्रान्त शिवजी मदेश प्रदेशमा पुग्नुभयो मदेश क्षेत्रका सम्पूर्ण देवता प्रभुत्ति भेलाभएर शिवको आराधना गरे शिवजी प्रसन्न भई आत्मनिर्णय सहितको एकमधेस एक प्रदेशको निष्कण्ट राज्य हुने वरदान दिनुभयो ताहाँ धेरै महारथीहरू भएकाले कसलाई दिप्पाल दिने भन्ने विवाद उठ्यो अन्त्यमा शिवजीले दिक्पाल चाहिँ आदिशक्तिस्वरूपा देवीले तोकेको हुनेछ भनी ताहाँबाट अन्तरध्र्यान हुनुभयो । जाँदा जाँदा एकदिन क्षेत्रीहरूको प्रदेशमा पुग्नुभएछ क्षेत्रीहरूले पनि निकै आदर गरी रू. १ को ढ्याक खुट्टाको औंलामा राखी ढोग गरे शिवजी अत्यन्त प्रसन्न भई तिमीहरूलाई त ऐले लेखेको छैन नातिलाई बनाउला भनी वरदान दिनुभयो । जाँदाजाँदा फेरि एकदिन दलित जनजातिको टोलमा पुग्नुभयो दलितले हाम्रो हक कहिले आएन भनि विलाप गर्दा शिवजी अत्यन्त प्रशन्न भई तिमीहरूको चुलोचौका धारो पानी सबै उपारन्त चल्ने भो भनि वरदान दिनुभयो । तिमीहरूलाई राज्य ता अहिले पुगेन बाँड्दा बाँड्दा सकिएछ तैपनि बचेछ भने कपिलमुनि आउँदा एउटा पोको बनाएर पठाइदिउँला भनी बिदा हुनुभयो । यी जाति पनि यो देव भूमिमा ब्रहृमाले अलिकति बनाए होलान् १०१ जाति त गनिएछन् तिनलाई एउटा एउटा त दिनै पर्‍यो फेरि मेरा त बाबु आमा गोत्र जात थर नै छैन म पनि अरूको कसको राज्यमा जाने ? त्यसैले १०२ राज्य बनाउनुपर्ने भयो भनी हत्तनपत्त बाघको छाला कम्मरमा बाधी अघि बढ्ुभयो । शिवजी जहाँ जहाँ पुग्नुहुन्थ्यो ताहाँ ताहाँ एउटा एउटा राज्य दिँदै जानुभयो शिवभक्तहरू दिनदुईगुना रात चौगुना हुँदै गए । यसरी घुम्दाघुम्दा शिवजीका दिव्य १२ वर्ष व्यतित भएछन् । अब भएन सधैं यो राज्यको टाउको दुखाईमा कति लाग्नु भनी किरातको रूप धारण गरी वन विहारमा जानुभयो । शिवजीले जहाँजहाँ राज्य दिनुभयो त्यहाँ भएका अन्य जातजाति क्रुद्ध भएर आफू आफूमा काटाकाट मारामार हुन थाल्यो यी सबै हाल थाहा पाएका नारदजीले शिवजी कहाँ गए । नारदजीले सबै राज्यमा भएको लडाइको वतान्त सुनाउनुभयो र प्रभु यसरी राज्य बाँड्न नहुने भनी भन्दा शिवजी भन्नुहुन्छ हे नारदजी Û पहिले दक्षप्रजापतिको नास गर्न र उसका पक्षका मानवहरू मेरो पक्षमा आउन भन्नका निम्ति राज्यहरू दिइहाले । अब दिएको चिज कसरी फिर्ता लिनु, उता विरणीले साह्रै विलाप गरेकोले दक्षप्रजापतिलाई पनि बोकाको टाउको जोडेर मैले नै बिउताउनुपर्‍यो । मेरो कोमल मन छिनछिनमा बदलीरहन्छ के गरांँै भनी शिरमा हात राखेर शिवजीले गम्न थाल्नुभयो नारदजीले हे प्रभु Û मैले केही सन्देश त लैजानुपर्‍यो हे नारद तिमीले पनि मेरा सबैकुरा जताततै भन्दै हिँड्दा यो समस्या आइपरेको हो अब मेरा कुरा अलि मिलाएर भन्ने गर हेर नारदजी Û अब दिएको राज्य त म आफैँले फिर्ता लिन मिल्दैन । बरू अब तिमी ब्रहृमा र विष्णुसँग जाऊ मैले भन्दा उनीहरू ज्यादै जालझेल गर्न पनि सिपालु छन् । अब राज्य नपाएका अरू जातिलाई ब्रहृमा र विष्णुले राज्य दिन्छौँ भनेर भुलाउने छन् र धेरै राज्यहरू चाहिन्न भन्नेलाई पनि तह लाउन उनैले जानेका छन् थोरैले कराए भने त हाम्रा प्रथम गणले तह लाउने नै छन् । भनी बताउँदा भया । इति श्री विखण्डन पुराणे नेपाल खण्डे गणराज्य माहात्मे कुमार अगस्त संवादे श्री राज्य विभाजन व्रतकथा प्रथमोध्याय । हरे नमः ।
गोरखपत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 24 पौष, 2067

लेखकका अन्य रचनाहरु