मेरो नेपालः मेरो आँखामा

- गीता खत्री

मानिस भएर जन्मेपछि सुख र दुःख दुइटै पाटा भोग्नु पर्छ तर किन मानिस सुखको मात्र खोजी गरिरहेको हुन्छ । यस्तै यस्तै हजारौं प्रश्नहरु मेरो दिमागमा आईरहेको हुन्छ, घुमीरहेको हुन्छ र म यिनै प्रश्नहरुको उत्तर खोजीरहेको हुन्छु । यही उत्तर खोज्ने क्रममा लेख्न थाल्छु, अनि लेख्दै उत्तर पनि दिन थाल्छु ।

२०६७ साल भाद्र महिनाको नेपाल यात्रा बारेमा अलिकति लेख्ने मन भयो । नेपाल जाने मन प्रबल भईरहेको थियो । दुई वर्ष नाघिसकेको थियो मेरो यस अघिको नेपाल भ्रमण । केही समय त असाध्यै दोधारमा थिए“ जाने की नजाने । २०६५ मा मेरो कान्छो छोरा अद्रितको बसाई ताका १६।१७ घण्टाको बत्ती नआउने कथाले पिरोलीरहेको थियो । बिदा सुरु हुन करीव एक हप्ता बां“की थियो मैले जानेनै निर्णय गरे“ । टिकट लिए“ । अब मेरो मनले न्यृ्योर्क छाडे जस्तो भयो । उतैको मनले समात्न थाल्यो । प्रायजसो कहिले श्रीमान्को साथ त कहिले छोराहरुको साथ नेपाल आवातजावत गर्ने गरको थिएं“ यस अघि । यसपटक भने मैले एक्लै यात्रा गर्नु पर्ने स्थिति सिर्जना भयो । मन खल्लो जस्तो भयो एक्लै घरबाट निस्कदा । कता कता के के नमिलेको जस्तो लाग्दै भारी मन लिएर भएपनि एयरपोर्टतिर लागे“ । श्रीमान र कान्छो छोरा अद्रित एयरपोर्टसम्म पुर्याउन आएका थिए । मनमा धेरै धरै उम¨ र कामनाहरु लिएर नेपाल फर्किरहेको थिए“ । बिशेष गरेर आमाबावुको त्यो चाउरीएको अनुहार हेर्ने ठृ्लो रहर थियो । त्यस्तै गाउ“घर तिरका दिदीबहिनीहरु, दाजुभाईहरु, अन्य आफन्तहरु, बचेखुचेका मैले माया र श्रद्धा राख्दै आएका ती बुढाबुढीहरु अनि साथीसंगीहरु सबैसंग भेटघाट गर्न पाए कस्तो रमाइलो होला भनी मनभित्र कौतुहल र खुल्दुली भईरहेको थियो । म आप्mनो केही पर्वाह नगर्ने मान्छे । अरुहरुलाई नै खुसी राख्न पाए र उनिहरुले दिएको आर्शिवाद र माया पाई त्यसैमा रमाउन मन पराउने मान्छे ।

छोरा र श्रीमान्संग बिदा लिएर म ब्यागेज चेकि¨को लाइनतिर हान्निए“ं । यसपटक कतार एयरवेको लामो लाईन थिएन । इ(टिकेट भएपनि म काउण्टरतिरै लागे“ । ५।७ मिनेटमै मेरो पालो आयो । ब्यागेज काठमाण्डौंसम्मै बुक गरिदिन एजेण्टलाई अनुरोध गर“े । उस्ले “नो प्रोबेल्म” भन्यो । एकैछिन्मा मेरो ब्यागेज गयो । दुइटा बोर्डि¨ पास दियो र एउटा चाहि“ यहा“ दिन मिल्दैन् । दिल्ली एयरपोर्टमै लिनु भनेर मेरो जाने ढोका देखाईदियो । मसंग अभैm दुईघण्टाको समय बा“की नै थियो । श्रीमान् र छोरा गईसकेका थिए । अब कसैसंग कुरा पनि गर्न नपाईने भयो भन्दै बिस्तारै म आपृ्mलाई देखाएको ढोकातिर लागे“ । लाउन्जमा फाट्फुट केही यात्रीहरु मात्र थिए । मैले पनि ढोका नजिकैतिरको सिटमा गएर बस्ने निधों गर“े । बेलुकीको १०ः३० बजीसकेको थियो । मेरो त नियमित रुपमा सुत्ने बेला भईसकेको थियो । यतीखेर त्यो लाउन्जपनि भरिइसकेको थियो । सबै यात्रुहरु ढोका खोल्ने घोषणाको प्रतिक्षामा थिए । ढोकामा बसेको एजेण्टले घोषणा गर्यो की कतार एयरवेको उडान नम्बर ८४ दोहाको लागि तयार छ, आप्mनो राहदानी र बोर्डि¨पास हातमा लिएर अगाडि आउनुहोला । म पनि तयारै थिए“ । अगाडि बढे“ । भित्र छिरे“ । कतार एयरवेजका बेजोडले मेकअप गरेका अति नै सुन्दरी लाग्ने युवतीहरु कलेजी रंगको पोशाकमा सजिएर, अमेरिकन सिपाहीले लगाउने जस्तो टोपी लगाई “यहा“लाई स्वागत छ” भन्दै बसेका थिए । धन्यवाद दिदैं म अझ भित्र गएं“ । यसपटक मैले झ्यालको सिट रोजेको थिईन र छेउकोेसिट रोजेको थिए“ । अन्तिम पटक सिटबेल्ट बाध्ने अनुरोध आयो । म त तयारै थिए“ । ज्यान प्यारो सबैलाई । जहाज बिस्तारै पछाडितिर गुडन थाल्यो । एकैछिनमा जहाजको गति बढेको र आवाज ठृ्लो भएको अनुभव मैले गरें । यतीखेर रातीको १२ बजेर २५ मिनेट गइसकेको थियो । एक्कासी जहाजले जमिन छोडेकोे अनुभव भयो ।

मेरो आ“खा एक्कासी झ्यालतिर गएछ, न्यृ्योर्क देदिप्यमान देखिन्थ्यो । केहीबेरमा जहाजले न्यृ्योर्क छोडेर अब एटलाण्टिक महासागर माथिमाथि हु“दै पृ्र्बतिर गईरहेको थियो । म आप्mनो अगाडिको सानो टिभी स्क्रीनको नक्सातिर आ“खा लगाउ“छु । हामी समुद्रको सतहबाट ५,००० फिट माथि गइसकेका रहेछौं । मेरो कान पट्ट गरेर बन्द भए जस्तो अनुभव गर्न थाले“ । यतिन्जेल मलाई केही पनि डर लागेको थिएन । अव त बितेका कुराहरुले मलाई पिरोल्न सुरु गर्यो । सन् २००७ मा म नेपाल जा“दा यस्तै २५।३० हजार फिट माथि पुगेपछि एकपटक म निस्सासिएको थिए“ र केही बेर बेहोस पनि भएको थिए“ । सेविकाहरुले अक्सिजन दिएर मलाई होसमा ल्याएका थिए । मलाई फेरि पनि त्यस्तै पो हुने हो की भनेर मन डराइरहेको थियो । सामान्य सुरक्षात्मक उपाय स्वरुप मैले पानी मागी हाले“ं । यस्तै बिचार गर्दा गर्दै जहाज ३५ हजार फिट माथि पुगेको कुरा त्यही पृ्mच्चे स्कीनले देखाई हाल्यो । अनि मलाई ढुक्क जस्तो भई हाल्यो । जहाज अव धेरै माथि जादै“न । बढीमा एक दुई हजार फिट माथि मात्रै हो, कुनै बेलामा यही सतहमै आप्mनो गति लिन पनि सक्छ । नभन्दै परिचारिकाहरुले खानाको बाकस झिक्न सुरु गरिहाले । कहिले खाना खाएर ग्वाम्ला¨ कम्मल ओढेर सुतौ“ जस्तो भइसकेको थियो । खाना खाएर म सुते“ ।

बाह« घण्टा बितेको पत्तै भएन दोहामा जहाज अवतरण हुंदैछ भनेर जानकारी जहाजका कप्तानले गराए । म बिचको सिटमा भएकोले दोहाको बाहिरी बाताबरण माथि आकासबाट देख्न सकिन, यतीखेर मैल झ्यालको सिटमा नबसेको नोक्सानी भए जस्तो लाग्यो । बेलुकाको ७ बजीसकेको थियो । मेरो ट्रान्जिट समय केवल २ घण्टाको मात्रै थियो । ट्रान्जिटको लाईन हेर्दै हिड्न थालें म । दिल्ली जाने उडानको गेट अगाडिको लाउन्जमा गएर बसें । लन्ज भिड भईसकेको थियो । एकैछिनमा बोर्डि¨ पास लिएर लाईनमा बस्ने जानकारी एजेण्टले दिए । म पनि लाइनमा बसें । जहाजभित्र गए“, जहाज न्यृ्योर्कबाट आएकै जस्तो थियो । तर त्यही भने होइन रहेछ । दोहाबाट दिल्ली ३ घण्टा १५ मिनेको उडान यात्रा हो । एकैछिनमा पुगे जस्तो लाग्यो । सामान्य खाना खान दियो । त्यो सकिएको केही बेरमा नै दिल्लीमा अबतरण गर्न लागेको जानकारी दिईहाले । म १४ बर्ष अगाडि दिल्ली हुदैं पेरिस गएर न्यृ्योर्क गएको थिए“ । त्यसपछि दिल्ली कहिले गएको थिईन । दिल्ली एयरपोर्टमा ब्यागेज सम्बन्धी सधैं झमेला हुन्छ भनेकोले जाने प्रयास नै गरेको थिइन । यसपटक त्यहीबाट जाने टिकेटको डिल मात्रै चित्त बुभ्mदो भएकोले र सामानहरुमा पनि त्यस्तो अमृ्ल्य खालको केही नभएकोले त्यहा“ंबाट जाने निर्णय लिएको थिए“ । तर यस पटक यस्तो भएन । इन्दिरा गांधी अन्र्तराष्ट्रिय एयरपोर्टमा पुग्दा त मलाई अचम्म लाग्यो । १४ बर्ष अघिको एयरपोर्ट र आजको एयरपोर्टमा आकासपातालको फरक । न्यृ्योर्कको जोन एफ केनेडी एयरपोर्ट भन्दा पनि ज्यादै राम्रो र सफा थियो दिल्लीको एयरपोर्ट । एयरपोर्टमात्रै हेरेर देशको मृ्ल्यांकन गर्ने हो भने अमेरिका, बेलायत भन्दा निकै माथि भारतलाई राख्नु पर्ने जस्तो मलाई लाग्यो ।

बिहानको ३ः४० भईसकेको थियो । मेरो मन अब काठमाण्डौं हेर्न आतुर भईरहेको थियो । घडी हेर्न थालें । उडानको समय भिडाउन थालें । दुई अढाई घण्टा बिताउन म छटपटिन थालें । बल्ल बल्ल बिहानको ६ बज्यो । बोर्डि¨ पास देखाएर म भित्र गए“ । यो जहाज त अघि अघि चढेको भन्दा निकै नै सानो देखिन्थ्यो । अनि सम्झे“ पहाड माथिमाथि र खोंचहरुबाट जानु पर्ने भएकोले सानो जहाज राखेको होला । यतीखेर भने मैले झ्यालको सिट रोजेको थिएं । किनकी मलाई आप्mनै देशको उकाली ओराली, डा“डा पाखा, भन्ज्या¨, नदीनालाका तरेलीहरु आकास माथिबाट हेर्दै हेर्दै जाने ठृ्लो इच्छा थियो । उज्यालो भइसकेको थियो । घाम झलमल्ल लागि सकेको थियो । यो त जम्मा १ घण्टा ४५ मिनेटको उडान हो । मेरो मन एकदम रमाईरहेको थियो । जहाजले आप्mनो वेग लियो, एकैछिनमा दिल्लीको माथि माथि पुगी हाल्यो । सेता कपास जस्ता बादलको समतल क्षेत्रलाई तल पार्दै निलो आकासलाई पनि छिचोल्दै अझ पर जाने हो की जस्तो गर्दै सिधै माथि माथि बेग मारिरह्यो । कतिखेर यो तीसहजार फिटको माथि पुग्यो थाहै भएन । केही बेरमै जहाज नेपालको भृ्भाग माथि उडन सुरु गर्यो । म हाम्रा ती अग्ला अग्ला हिमशिखरहरु कता देखिएलान भनी खोज्दै थिएं । पारितिर सेता हिमाली श्र“ृखलाहरु देखिन शुरु भए । अब हामी काठमाण्डौंको धेरै नजिकै आईसकेको जस्तो भान मलाई भइरहेको थियो । साना साना डा“डाहरु, हरिया पातलो जंगल, अनि नागबेली खोलाहरु, हरिया मकैले भरिएका भिरालो बारीका पाटाहरु जो कोहीको मनलाई पनि छोइ हाल्ने मनोरम दृष्य । यस्तैमा जहाज केही बेरमा त्रिभुवन बिमानस्थलमा अवतरण गर्ने खबर जहाजका कप्तानले गरिहाले । काठमाण्डौं उपत्यका भित्रको घरबस्ती वरिपरि डा“डातिरको हरियाली माथिबाट हेर्दा भने अति नै मनमोहक देखिने रहेछ ।
एयरपोर्टमा मेरो बुवाको नेतृत्वमा अरु २।४ जना नातेदारहरु मेरो प्रतिक्षामा आ“खा तन्काई तन्काई आगमनको ढोकातिर हेरिरहनु भएको मैले ढोका खुल्नासाथ देखिहालें । करिब ३ बर्षपछि बुवालाई देखेको, मन थाम्नै सकिएनछ, आ“खाबाट दुई थोपा आ“सु गालाको ओरालोबाट तलतिर दौडीहालेछन् ।

आमाले कान्छी छोरी ३ बर्षपछि आउने भनी मलाई मन पर्ने मीठोमीठो खानेकुराहरु ठीकठाक गरी मेरै प्रतिक्षामा आ“खा तान्दै तान्दै बाटोतिर हेरिरहनु भएको थियो । घरमा पुगीयो । आमा जहिले पनि पहिलो भेटमा मलाई अ“गालोमा राखेर माया गर्नु हुुन्छ । अ“गालोमा नै हामी आमाछोरीको आ“सु फेरि बगीहाले छन् । किन होला रोक्न पनि सकिएन, आएको थाहा पनि भएन । यो आ“सु पनि कस्तो बस्तु हो । सुखको बेलामा पनि आउनु पर्ने दुःखको बेलामा पनि आउनु पर्ने । कतै सुख र दुःख दुबैको मुहान एउटै त होइन । केबल हामीले हेर्ने अवस्था मात्रै पो फरक हो की । यसबारेमा सोच्ने फुर्सद कस्लाई ।

मलाई करकलोको साग र फर्सीको मुन्टा असाध्यै मन पर्ने तरकारी हो भन्ने कुरा मेरी आमालाई थाहा थियो । त्यसैले यस्तै यस्तै खानेकुराहरु थिए भान्सातिर । बिहानको ९।१० बजेको बेला, काममा जान नपर्नेहरुको खाना खाने बेला यतीखेरै हुन्छ सामान्य नेपालीको घरमा । मैले ननुहाएको २४ घण्टा नाघिसकेको थियो । आप्mनो अनुहार आपैmलाई नराम्रो जस्तो लागिरहेको थियो । कति बेला नुहाउ“ला र खलखल पानीले मुख धोउ“ला जस्तो भइरहेको थियो । काठमाण्डौं उपत्यका भित्र पानीको सुविधा भएको घर परिवार त बिरलै होलान् चाहे गाउ“मा होस वा चाहे सहरमा । काकाकुलको सहर जस्तो । जे जस्तो भएपनि सहनै पर्यो । जिन्दगी त काट्नै पर्यो । हामी कहा“ पनि एउटा इनार खनेकोरहेछ, । पानी राम्रैसंग आएकोरहेछ । त्यो पानीलाई आ“खा झिम्क्याई झिम्क्याई आउने बिजुलीको शक्तिले मौका छोपी छोपी तानेर माथि लगेर नुहाउन, लुगा धुन र अन्य खर्चको लागि उपयोग गरिएको रहेछ ।

तीन बर्षपछि आमाबुवासंगै बसेर खाना खायौं । आमाबुवासंग भलाकुसारी हुदैं थियो, फोनको घण्टी किरिरिर किरिरिर गरेर बज्यो, हाम्रो मीठो बार्तामा बाधा पर्यो । न्यृ्योर्कमा भए मेजेसमा जाओस् अनि उठाउ“ला भन्ने हुन्थ्यो, । यहा“ त मेशिन थिएन, उठाउनै पर्यो । मेरो पो फोन होलाकी जस्तो लागेर म नै उठे“ । पृ्र्बेली परम्पराले पनि मै उठ्नु पथ्र्यो । किनकी त्यतीखेर घरमा म नै सबै भन्दा कान्छी थिए“ । उताबाट आवाज आयो, “म राधेश्याम लेकाली । ए हजुर नमस्कार । आज एउटा सानो र छोटो कार्यक्रम छ । एक बजेतिर म यहा“लाई लिन आउ“छु । घरको ठेगाना कता हो, पाउ“न ।” मलाई भरखर नेपाल आईपुगेको यादै भएनछ । न्यृ्योर्कमा आप्mनो काम नभएका बेलामा जुनसुकै बखत कार्यक्रमको खबर पायो की बुर्कुसी मारि हाल्ने आफ्नो बानी, भरखरै आईपुगेको, आमाबुवासंग बसेर विगत केही बर्षदेखिका सुखदुःखका र रमाइला कुरागरि बसेको भृ्सृ्क्कै बिसेछु र हुन्छ भनेर सहमति जनाई हाले“ । ठेगाना बताउनलाई फोन बुवाको हातमा थमाई दिए“ ।

न्यृ्योर्कमा भए पो ठेगाना दिनासाथ गाडि हुनेले जिपिएस लगाएर घरकै अगाडि टक्क पुग्छन्, सार्वजनिक यातायातको मद्दतले हिड्नेले नजिकैको बस स्टप र बस नम्बर, ट्रेनमा हिड्नेले ट्रेनको नाम र स्टेशनको नामको सहायताले २।४ मिनेट देखि १०।१५ मिनेटसम्म हिडेर घर अगाडि टक्क पुग्छन् । हाम्रो त बाटोको नामको व्यवस्था पनि त्यती मिलि नसकेको, यातायातको व्यवस्था पनि राम्रो नभइसकेको र सबैठाउ“ सबैको लागि परिचित पनि नभएको अवस्थामा घर ठेगाना पत्ता लगाउने भनेको त ठृ्लो पृ्रुषार्थी काम पो हुने रहेछ । लेकालीजीले म बसेको घर पत्ता लगाउने कहानी पनि झण्डै यस्तै भयो । उहा“को लागि पनि मसंगको पहिलो भेट चिरस्मरणीय नै हुनेछ ।

लेकालीजीले मलाई लिएर कार्यक्रम थलोतिर हान्निनु भयो । मैले कार्यक्रम स्थल कता हो भनेर सोध्न पनि भ्याएको थिईन । मनमा भने कौतुहल भईरहेको थियो, के कार्यक्रम हो, कता हो, कति मान्छे जम्मा हुने हो, को को जम्मा हुने होलान् आदि आदि । गाडि एक्कासी कलंकीचोकनिर पुगेर अडिन्छ । म छक्क परे“ । यत्ती नजिक १ लेकालीजीले घरको मृ्ल ढोका खोल्नु भयो बाहिरैबाट, हामी भित्र प्रवेश गर््यौ“ । म मनमनै यो कस्को घर होला भनी अनुमान लगाउ“दै थिए“ । किनकी यो कलंकीस्थान वरिपरिको क्षेत्र त मेरो बाल्यकालको खेल्ने आ“गनै हो नी । यहा“को स्कृ्लमा म चार कक्षासम्म पढेको थिए“ । यस्मा ठृ्लो परिवर्तन त आईसकेको छ तर पनि मलाई धेरै जसो पुराना कुराहरुको याद छ । त्यती बेला आजको जस्तो भिडभाड, धुलो, धुवा“ र फोहोर भने पक्कै थिएन । मान्छेसंग केही सोध्नु पर्यो भने केहीबेर कुरेर बस्नु पथ्र्यो अनि मात्र फेला पर्दथे । आज त्यो अवस्था रहेन । कलंकीस्थानको स्कृ्लको बायांपट्टि साथीहरुसंग मिलेर ३०।३५ बर्ष अगाडि डोरी खेलेको सम्झना ताजा भएर मेरो मनसपाटलमा सिनेमा जस्तो भएर आउ“छ ।

आयोजक दाजु मैले त नचिनेको तर साहित्यको फा“टमा नाउ“ भने सुनीरहेको परिचित नाउ“ थियो श्री विश्व विमोहन श्रेष्ठ । उहा“ले हामी भित्र पस्नासाथ समय धेरै वितिसक्यो पहिले खाना खाऔ“, अनि भलाकुसारी गरौ“ला भनेर आग्रह गर्नु भयो । उक्त भेलामा विश्वविमोहन दाजु लगायत श्री सुरेश नेपाली, श्री किशोर पहाडी, श्री शुकराज दियाली, श्री ओमरोदन श्रेष्ठ, श्री युवराज सुन्दास, श्री बिजय रुचाल, श्री तेजमान बराइलीज्यृ्हरु हामीलाई पर्खिरहनु भएको थियो । नेपालमा धार्मिक प्रबृति, धर्मकर्म पहिले पहिलेको भन्दा अहिले अलि बढी भएको जस्तो मेरो यो सानो मनले बुझीरहेको छ । साउन महिनाको सोमबार परेछ । खाना शुद्ध शाकाहरी भोजनको व्यवस्था गरिएकोरहेछ । कार्यक्रममा सहभागिहरुको उपस्थिति तर्पm मेरा ध्यान आकृष्ट हुन पुग्यो । मलाई यो स्वाभाबिकै पनि थियो । किनकी न्यृ्योर्कमा मैले २००५ देखि साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै आएको थिए“ जसमा महिला र पृ्रुषको सहभागिता बराबरी रुपमा भईरहने गर्दथ्यो । आजको यो कार्यक्रममा भने पुरुषहरुको मात्र उपस्थिति थियो । यस्को कारण के हो भन्ने प्रश्न मैले श्री लेकालीजी समक्ष राखीहाले“ । आज साउनको सोमबार भएकोले सबै महिलाहरु ब्रत बस्नु भएको छ र शिवको पुजा आराधनाका लागि शिवको मन्दिर गएकोले उपस्थिति नभएको हो भन्ने जवाफ पाए“ । चित्त बुझाउनै पर्यो ।

कार्यक्रम सुरु भयो । कविता, गीत, र गजलको बाचन भयो । त्यसपछि साहित्यिक कुराकानीहरु भए । हा“सो ठट्टा भए । २ ।३ घण्टा बितेको पत्तै भएन । यो छोटो र मीठो कार्यक्रमको उद्धेश्य भन्ने हो भने मलाई नेपाली साहित्यकारहरुसंगको साक्षत्कार गर्ने अवसर दिएको जस्तो मैले ठा“नेकोछु । कार्यक्रमलाई विश्राम दिइयो । हामी अब लेकालीजीको कार्यालय तर्पm हान्नियौं । उहा“को कार्यालय न्यृ्रोडमा रहेछ । काठमाण्डौंको न्यृ्रोड भन्नासाथ म पेरिसको सा“जे लिजे(Champs de Elysee) ० वा न्यृ्योर्कको Fifth Avenue सम्झन्छु । ठृ्ला ठृ्ला घर, बजारै बजार, बिदेशीले एक पटक यस क्षेत्रको दर्शन नगरी जानै नमान्ने वा गईहालेमा पनि त्यो भ्रमण पुरा नै नगरी फर्केको पर्यटकले महसुस गर्ने ठाउ“ हो यो न्यृ्रोड । २०।२२ बर्षदेखिको तुलना गर्न मनलाग्छ यो न्यृ्रोडको अनि यस्मा आएका परिर्वतनहरुको । सा“गुरा गल्लीहरु भने उस्तै उस्तै रहेछन तर सबैजसो ठाउ“हरुमा नया“ घरहरु बनिसकेका । पहिलाको भन्दा अग्ला अग्ला र अति सुन्दर किसिमले बनाइएका घरहरु । घरहरु र जनसंख्याको साथसाथै धुवा“ र धुलोको मात्रा पनि निकै बढीसकेको रहेछ । तैपनि आपृ्m जन्मेर हुर्केर बढेको ठाउ“ भएर हो की केहीको पर्वाह नहुने रहेछ । जसरी एउटी आमालाई आप्mना छोराछोरीहरु धुलैमुलै, फोहोरमा डृ्बेकै भए पनि जुरुक्क उठाएर आप्mनो छातिमा राखेर म्वाई खानलाई, माया गर्नलाई त्यस्ता कुराहरुले छेक्दैनन्, त्यस्तै हुनेरहेछ हामीलाई पनि आप्mनो ठाउ“को माया ।

लेकालीजीको कार्यालयमा साहित्यकारहरुको एउटा मिटि¨ रहेछ । साहित्यकारहरु श्री गीता पन्थ, श्री पवन आलोक, श्री कृष्ण जोशी, श्री श्याम प्रधानज्यृ्हरु हामीलाई पर्खिरहनु भएको थियो । एउटा एउटा रचना समावेश भएको एउटा बेग्लै संग्रह प्रकाशित गर्ने तयारीमा लाग्नु भएको रहेछ । उहा“हरुसंग मेरो पनि परिचय भयो, त्यसमध्ये कति जनाको नाम मैले पहिल्यै सुनिसकेको थिए“ कतिको थिईन । सबैसंग नजिक हुने मौका मिल्यो, फोन नम्बर साटासाट गरे“ । उहा“हरुको मिटि¨ सकियो, फेरि खानाको प्रस्ताव आयो । खानाखाने रेष्टुरेण्टहरु पनि ५।६ तल्ला माथि पुग्न थालीसकेको रहेछ । त्यो त मलाई थाहै थिएन । सगैंको ५ तले टवारमा खानाखान जाने निर्णय भयो ।

मलाई भने भोक लागेको थिएन, त्यसैले उहा“हरुलाई साथ दिने मात्र कुरा जनाए“ । गीता पन्थजीे र लेकालीजीले सुप र जुस त लिनुहोस भनेर कर गर्नु भएकोले एउटा जुस लिएर बसें । पा“च तल्लाको कौशी भएकोले परपरको दृष्यहरु पनि देख्न सकिन्थ्यो, म तीनै दृश्यहरु हेर्दै रमाईरहेको थिए“ । आदिकवि भानुभक्तले अलकापुरी भनेको यो सहर कस्तो थियो होला त्यो बखत (१६०।६५ बर्ष अगाडि) र आज भानुभक्तले यस्लाई देखे भने के भनेर नामाकरण गर्ने होलान भनेर बिचार गरिरहेको थिए“ । खानाखादै“ आ(आप्mना रचनाहरु सुनाउने कार्यक्रम यहा“ फेरि सुरु भयो । कसैले कविता, कसैले गीत, गजल, कसैले मुक्तक आदि सुनाउनु भयो । उहा“हरुको आग्रहलाई मैले पनि टार्न सकिन र एउटा सानो गजल सुनाए“ । यो देखेर मेरो मनले तुलना गर्न सुरु गरिहाल्यो की, हामी न्यृ्योर्कमा जहिले पनि साथीहरुको घरमा भेटघाट भयो की गीत, गजल, कविता, शायरी, नाच, अनि तासको कार्यक्रम गर्ने गर्दछौं, यहा“ पनि झण्डै झण्डै उस्तै माहोल सृजना भयो । हामी न्यृ्योर्कमा सबैको चाहना र इच्छा पुरा गर्ने कोशिस गर्दछौं । शायद यहा“ यसमै सबैको इच्छा पुरा भइरहेको पनि त होला । यो कुरा मैले सोध्नै भुलेछु । खानाखाईवरी हामीसबै तल ओर्लियौं । लेकालीजीको बानी मनमा लाग्यो की बोलिहाल्ने रहेछ, हामीलाई सोध्नु भयो “गीता गीता पर्नु भयो, मेहेन्दी लगाउने हो की?” गीता पन्थ बहिनीले तुरुन्त स्वीकृति जनाई हालिन मैलै भने अर्को दिन भनी टार्न सफल भए“ । यो मेहेन्दीको पनि लामै कहानी छ, सृजनाको लागि बसियो भने एउटा सिगैं उपन्यास तयार हुनसक्छ, त्यसैले मेहेन्दीको भाग पछिका लागि थन्क्याइ दिए“ । सबैसंग बिदा लिई घरतिर लागें ।

आमाबुबा मेरो प्रतिक्षामा बसीरहनु भएको थियो । घर पुग्नासाथ बुबाले सोध्नु भयो, “कार्यक्रम कस्तो भयो त? रमाइलो भयो की भएन?” बेलिबिस्तार लगाए“ । मेरो बुबा पहिलेदेखि नै गाउन र बजाउनमा असाध्यै शौखिन मान्छे । ७५ बर्षको उमेरमा पनि उहा“को स्वर असाध्यै राम्रो छ । बुबाको भजन सुन्ने प्रस्ताव राखे“ । बुबालाई मोतिराम भट्टको “यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्, उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्” भन्ने गजल कण्ठ छ । यो भजन गाउनु भयो । जहिले जुन भजन, गीत सुनाए पनि हामी मुग्ध हुन्छौं, सुनाईरहन आग्रह गछौं ।

मेरा केही दिनहरु विभिन्न मन्दिरहरु धाउने, आप्mन्तहरु र साथीभाई भेटने क्रममा बिते । ‘लेखेको मात्र पाईन्छ, देखेको पाइन्न’ भन्ने उखान जस्तै मेरो गीतिसंग्रह “सम्झनाका तरेली” भानुजयन्तीको अवसरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले वाशि¨टन डि.सी.मा लोकार्पण गर्ने कार्यक्रम तय भएको थियो । बिभिन्न कारणले तयार हुन नसक्दा रद्द गर्नु परेको थियो । जे होस यतीखेर पुस्तक तयार भइसकेको थियो र म यस्को लोकार्पण नेपालमै गराउने तयारीमा थिए“ । यसबारेमा कुराकानी गर्न एकदिन लेकाली दाईको कार्यालयमा सबै साहित्य सर्जकहरु तथा कलाकर्मीहरुलाई बोलाउन अनुरोध गरको थिए“ । जस्मा साहित्यकार तथा पत्रकार श्री राधेश्याम लेकालीज्यृ्, प्राज्ञ तथा कलाकार श्री हरिबहादुर थापाज्यृृ्, श्री गुहनाथ पौडेलज्यृ्हरुले मिलेर कार्यक्रम आयोजकको निमित्त उहा“हरुले मलाई ३।४ बटा संस्थाको नाम दिनुभयो । यसपटक किन हो किन “नारी साहित्य प्रतिष्ठान” को नाम मलाई अति मीठो लाग्यो । म पनि नारी भएर हो की? अनि मेरो अनुरोध थियो उद्घोषण गर्ने मान्छे सुन्दर र प्रष्ट बक्ता हुनु पर्ने । किनकी कुनै बेला कार्यक्रममा तलमाथि हेरफेर गर्नु पर्ने अवस्था आउ“छ, त्यस्तो बेलामा केही समयको लागि दर्शकहरुलाई आप्mनो चमक र मीठासपृ्र्ण शव्दहरुले मन्त्रमुग्ध पारेर अल्मल्याउने काम उद्घोषकको हुनेछ । कार्यक्रम यथावत चलिरहेजस्तो दर्शकले ठान्नेछन् । । लोकार्पणको मिति अगष्ट २०, २०१० र स्थान नेपाल प्रज्ञा प्रतिष्ठान तय गरियो । बहिनी गीता कार्कीसंग कुराकानी भए, उहा“ले पनि स्वीकृति दिनु भयो । उहा“ नारी साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहु“दो रहेछ । अनि उद्घोषणको लागि बाबा बस्नेतलाई सुम्पिइयो । कार्यक्रमको दिन नजिक आई पुग्यो । म राष्ट्रकवि माधव घिमिरेज्यृ्को भक्त हु“ । उहा“को उपस्थिति मेरा लागि ठृ्लो आर्शिवाद हुन्थ्यो, स्वास्थको कारणले आउन नसक्ने जानकारी पाइसकेकोले पहिले म उहा“को घरमा पुगे“ । आर्शिवाद लिएर फर्किए“ । कार्यक्रम राम्रोसगं सम्पन्न भयो । मनले चिताए अनुसार भयो, सरसर्ती हेर्दा कतै खोट देखिएन ।

रगतको नाता मात्रै आप्mना हुदैनन्, मलाई हृदय देखिनै माया गर्नेहरु पनि आफन्त जस्तो लाग्छ । म बोल्दा दिल खोलेरै बोल्छु । कार्यक्रमको समापन पछि सबै दिदीबहिनीहरु जस्ले त्यहा“ दिलो ज्यान लगाई काम गरे उनिहरुको सामु खुसी व्यक्त गर्दै मैले अनायसै भनेछु “मैले नेपालमा तीज नमनाएको पनि २०।२२ बर्ष भइसकेको रहेछ, तीज मुखैमा आईसकेको रहेछ, एकदिन सबैजना मिलेर बस्न पाए कति रमाइलो हुन्थ्यो होला ।” उहा“हरुले तुरुन्तै सरसल्लाह गर्नु भयो र दुई दिन पछिलाई नारी साहित्य प्रतिष्ठानकै तर्पmबाट तीज कार्यक्रमको आयोजना गरिने भयो । कार्यक्रममा प्रा.रामप्रसाद दाहालज्यृ्, डा. बेन्जु शर्मा, गीता कार्कीले तीजको आवश्यकता र महत्वमाथि प्रकाश पार्नु भएको थियो । यो कार्यक्रमको संचालन पनि बहिनी बाबा बस्नेतले गरेकी थिइन । मलाई पनि एक छिन बोल्ने मौका दिइएको थियो । म एकछिनसम्म बोल्नै सकिन, मसंग शब्दै नभए जस्तो भयो, म रित्तिए“ं जस्तो लाग्यो । म ज्यादै हर्षित भएछु की क्या हो, वा यसो भनौ मलाई साहित्यमा लागि परेका यतिका दिदी बहिनीहरुसंग भेट होला, उहा“हरुको यस्तो माया पाइएला भन्ने मेरो यो सानो मनले सोच्नै सकेको रहेनछ अथवा यसो भनौ मान्छे टाढा भएपनि साहित्यले मान्छेलाई कति नजिक पुर्याईरहेको हुंदो रहेछ त्यो शुद्ध मनले लेख्ने र काम गर्नेलाई थाहै नहुने रहेछ । म खुब रमाए । सबैले रमाइलो गर्नु भयो । नथाकेसम्म नाचियो, खाना खाइयो ।

यसै बिचमा नेपाली गजल फा“टमा ख्याती जमाई राखेका श्री बियोगी बुढाथोकीज्यृ्ले “एउटा साहित्यक कार्यक्रमको आयोजना अनेसास नेपाल च्याप्टर र शिवपुरी साहित्य समाजले गर्दैछ, तपाईको समय मिल्ने नमिल्ने खबर पाउ“” भनेर फोन गर्नु भयो । बुढाथोकीजी अ.ने.सा.स.नेपाल च्याप्टरको बर्तमान अध्यक्ष पनि हुनुहुन्छ । म अनेसासको लागि मरिमेटने मान्छे, अनेसासले आयोजना गरेको भनेपछि जसरी भएपनि समय मिलाउनै पर्यो नि । हुन्छ भनी हाले“ । नारायणगोपाल चोकस्थित “रिचमण्ड बेकरी क्याफे” मा कार्यक्रमको आयोजना गरिएको थियो । सबै सर्जकहरु समयमै क्याफेमा पुगी सक्नु भएको थियो । सन्ध्या पहाडीले कार्यक्रम संचालन गर्नु भएको थियो । उहा“हरुले मलाई आश्र्चयमा पार्दै सम्मान गर्ने घोषणा एक्कासी सन्ध्या पहाडीबाट गराउनु भयो । जुन मैले कल्पनासम्म पनि गरेको थिइन । म भावविभोर भए“ । उहा“हरु प्रति हृदय देखिनै कृतज्ञाता अर्पण गर्न चाहन्छु । नेपाली गजल फा“टमा नया“ सर्जकहरुको निकै ठृ्लो बाहुल्यता बढीरहेको मलाई यो कार्यक्रमबाट थाहाभयो । यस्ले मेरो मन छोयो, त्यसैले मैले गजल साहित्यको श्रेष्ठ पुस्तकलाई एउटा पुरस्कारको स्थापना गर्ने निर्णय गरेको छु । धन्य छ नयां“ स्रष्टाहरु जस्ले मेरो मन जित्न सफल हुनुभयो ।

यस्को केही दिनपछि जलेस्वरी श्रेष्ठ दिदिले फोन गरेर “एउटा कार्यक्रम तयार गरेका छौं आउनु पर्यो” भन्नुभयो । मैले हुन्छ भनि दिए“ । उहा“को घरमा ठृ्लो बैठक रहेछ । ३५।४० जना सजिलैसंग अट्ने । त्यसमा गीताकेशरी दिदिको आ“खाको अपरेशन भएको बेला परेछ त्यसैले उहा“ आउन सक्नु भएन । उहा“हरु मध्ये कति जना त मलाई नचिने पनि मलाई अनेसासको महासचिव पदमा मत दिने मतदाताहरु पनि हुनुहु“दो रहेछ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज स्थापनाको बीस बर्ष पछि एउटा महिला महासचिव पदमा निर्वाचित भएर आउनु महिलाहरुको लागि गर्बकै कुरा हो भन्दै “स्रष्टा देखि स्रष्टासम्म” गुञ्जन नाम गरेको संस्था तपाईको सम्मान गर्दै यो उपहार प्रदान गर्दछ भनेर एउटा उपहार दिनु भयो । यस कार्यक्रममा पद्याबती सिंह, चन्द्रकला नेवार, शशीकला मानन्धर, गीता बजगाई, सुलोचना मानन्धर धिताल, पुस्पा श्रेष्ठ, डा ज्ञानु पाण्डे, भागिरथी श्रेष्ठ, डा. सुषमा आचार्य, माया ठकुरी, गीता कार्की, बाबा बस्नेत, गंगा पौडेल, सुशीला देउजा, सन्ध्या पहाडीको उपस्थिति थियो । साहित्यकार इल्या भट्टराइज्यृ्ले उक्त कार्यक्रम मनमोहक बनाउदैं संचालन गर्नु भएको थियो । मैले मन थाम्नै सकिन । आपृ्m भन्दा अगाडिका बरिष्ठ साहित्यकार दिदीहरुले मेरा कृयकलापहरुको अवलोकन गरिरहेका हुन्छन् भन्ने मैले बिचार गरेकै थिइन् । यस प्रकारको माया र ममता मिल्ला भन्ने त मलाई होसै थिएन । दिदिहरुको त्यो माया, ममता र बिश्वासलाई हृदयमा राखेको छु । त्यसलाई म टुक्रिन दिने छैन्

मेरो उड्ने दिन नजिकि“दै थियो । भित्र भित्रै मेरो मन मडारिइरहेको थियो । मलाई यो माहोल छोडन नपरे हुन्थ्यो जस्तो भइरहेको थियो । बांकी एक दिन आमाबुबासंग बिताउने बिचार थियो तर सम्भे“m मेरो मन चोर्नेहरु अरु पनि रहेछन् । त्यसैले सबैजनालाई काठमाण्डौंबाट अलिपर रमाइलो अनि एकान्तमा लगेर बिताउन पाए कस्तो रमाइलो हुन्थ्यो होला जस्तो लाग्यो । झट्ट सम्झे हाम्रो हितैषी दाई श्याममोहन श्रेष्ठ र डीकी । श्यामदाईसंग न्यृ्योर्क आएका बखत बेलाबेलामा भेटभईरहन्छ तर डिकीसंग भेट नभएको भने २०।२२ बर्ष नै भइसक्यो कि जस्तो लाग्छ । धुलीखेलमा उहा“को मिराबेल रिसोर्ट छ । त्यसको तस्वीरहरु मैेले देखेको थिए“ र लेआउटको बारे उहा“संग कुराकानी हुदा“ बताइरहनु हुन्थ्यो । असाध्यै राम्रो थियो । त्यस रिसोर्टमा भएका कतिपय सामानहरु त पेरिसबाट आयात भएका छन् । मलाई पनि हेर्ने इच्छा थियो । उहा“लाई फोन गरे“ । १५।१६ जना जतिको गुप बनाएको थिए“ । तर सबैको मिलेन, त्यसैले अन्तमा ९ जना मात्र भयौं । श्यामदाईले मोटर पनि पठाई दिनु भयो । हामी १० बजेतिर त्यहा“ पुग्यौं । डिकी हामीलाई पर्खेर बसेकी रहिछन् । बिस बर्षपछि मान्छे कति फरक । हामीले एक अर्कालाई अकंमाल गर्यौं । एकैछिन भलाकुसारी गर्यौं । उनले हामीलाई चिया खुवाउने ठाउ“मा लगीन । मिराबेल असाध्ये राम्रो ठाउ“मा बनेको रहेछ । अझ बिहानको समयमा यहा“बाट कस्तो राम्रो दृष्यहरुको अबलोकन गर्न सकिएला । म कल्पना गर्दै थिए“ । डिकीले स्न्याक्सको लागि निम्ता गर्नु भयो । हामी त्यतै लाग्यौं । खानाको लागि पनि सोधिन । त्यसदिनको खाना चाइनिज रहेछ । तर केही स्पेशल इच्छा छ भने अर्डर गर्नु पर्छ भन्नु भयो । मैले माछा र खसीको मासु थपी दिने आग्रह गरे“ । मेरो राम्रो बानी भनौं वा नराम्रो ( बोल्ने बेलामा दिल खोलेर बोल्ने, खाने बेलामा पेट खोलर खाने । म डाइटि¨को पक्षमा धेरै छैन । सबैजना मज्जाले रमाई रमाई खाना खांदै गफ हांकिरहेकै थियौं ३ ।४ घण्टा बितेको पत्तै भएनछ । एक्कासी बाबाले भनीन, “मेरो एक घण्टा खोइ दिदि”।

हामी दिदिबहिनी अलिपर गएर एउटा मेचमा बस्यौं । बां“की सबैजना टेबलकै वरिपरि बसेर वाइन पिउ“दै, गफ उडाइरहनु भएको थियो । बाबाको बोल्ने ढ¨ पनि अनौठो रहेछ, । मुसुक्क हा“सेर बोल्ने, खटाई खटाई बोल्ने, अरुको जवाफको प्रतिक्षा गरिरहने । हत्तपत्त कसैको चित्त दुःख्ने शव्दहरुको प्रयोग नगर्ने । मेरा जीवनका तीता मीठा, उकाली ओराली, आरोह अवरोहहरुको बारेमा जान्न खोजेकी रहिछन् । उनी पनि एउटा लेखक न ठहरिन । म पनि उनको कथाको एउटा पात्र न हु“ । यो पात्रलाई कुन प्लट दिदा“ कथाबस्तु सजिव भएर आउ“छ, दर्शकहरु जर्मुराएर उठ्छन्, सि¨ो समाजमा परिबर्तन ल्याउन सक्छ की सक्दैन आदि आदि कुराको सोच न हो । म भन्दै गए“ । उनि लेख्दै गइन ।

समय छोटिंदै थियो । घाम डा“डाको नजिकै पुगी सकेको थियो । बाबा फोटोहरु खिच्न थालिन । सबैजना खुसी भएको देखेर म डब्बल खुसी भएको थिए“ । फेरि चिया र कफिको अर्डर गरियो । अनि भेजिटेबल मोःमोको पनि अर्डर गयो । अव बुबाको भजन सुरु भयो, त्यसपछि अरुको गीत गाउने पालो आयो । सात बजीसकेको थियो । कसैलाई पनि अबेर नभए जस्तो देखिन्थे । सबैजना रमाईरहेका थिए । नचाह“दा नचाह“दै पनि हामी गाडि भएतिर लाग्यौं ।

गाडी मिराबेलबाट पश्चिमतिरको ओरालो हुंदैं काठमाण्डांैंतिर हान्नियो । बाटोमै पनि दोहोरी गीत रन्कियो । त्यत्तिकैमा बाबाको घर पहिला आईपुगेछ । बाबासंग छुट्टिनु पर्दा मलाई असाध्यै नरमाइलो लाग्यो । साथीको नाता भन्दा पनि आमाछोरीको नाता जस्तो बन्न पुगेछ । नाटकको एउटा दृष्यको पर्दा खसेको जस्तो भयो । त्यसपछि बहिनी गीताको घरमा पुग्यौं । पुतलीजस्तै भएर हामीलाई पर्खी बसेकी गीता । हामीलाई चिया खुवाउने कि जुस दिन आतुर थिइन । तर रातीको १० बजीसकेको थियो । अर्को पटक आउ“दा दिनभरी तिम्रै घरमा बस्छु भनी बाचाबा“धी हामी हिड्यौं । त्यसपछि लेकालीदाईको घरमा गयौं । त्यंहा“ पनि दाईलाई मैले १० औंलाजोडी बिन्ति चढाए“ । त्यसको सुनवाई पनि भयो । त्यसपछि मेरो दिदि सीता केसी र भिनाज्यृ् बिक्रम केसीलाई पुर्याई हामी घर गयौं । बिहानको एक बजिसकेको थियो । बरण्डाभरी पोकाहरु थुप्रिएका थिए । ती मैले न्यृ्योर्क लिएर जानु पर्ने सामानहरु थिए । सबै भित्र लग्यौं । थकाईले चुर भएजस्तो पनि थियो । भोलि हिड्ने दिन आएर हो कि म व्याकुल जस्तो थिए“ । सुत्नु अगाडि बाबालाई एकपटक हाई भनिहालु“ भनेर फोन गरे“ । दुबैजना बोल्न सकेनौं । मैले प्रस¨ बदल“ें । कुरा गर्दा गर्दै मेरो मोबाईलको चार्ज सकिएछ । ओछ्यानमा पल्टिएर बिचार गर्दा गर्दै कुन बेला निदाएछु, पत्तै भएन । बिहान आमाको चियाले पो बिउझिए“ । आमाको प्रस्ताव थियो लेकालीदाईलाई आज हामीसंगै खाना खान बोलाउने । उहा“लाई फोन गरे“ । मेरो दिदि भिनाजु, मेरो नन्द देवकी पनि ९ बजेतिर घरमा आइसक्नुभएको थियो । अनि लेकालीदाई पनि हातमा सयपत्रीको माला बोकी आईपुग्नु भयो । सबैजनाले खानासंगै खायौं । लेकालीदाई फोटो खिच्न थाल्नु भयो अनि भन्दै हुनुहुन्थ्यो की यी फोटोहरु तपाई भन्दा अगाडि नै रामजीको हातमा न्यृ्योर्क पुग्नेछन् । नभन्दै त्यस्तै भएछ पनि ।
यत्तिकैमा फोनको घण्टी बज्यो, मैले उठाए“ । बाबाको रहेछ । अभिभावक जस्तै बनेर मैले के के भनेर उनलाई सम्झाए“ । फोन र इमेलमा कुरा गरिरहने बाचा बा“धि बिदा लिए“ । गाडि आईपुग्यो । मेरो हिंडने बेलापनि भयो । टिका लगाएर साइत गरेपछि म हिडि“ हाल्छु । घरतिर फर्केर हेर्न सक्तिन, त्यसमा पनि खासगरी आमाको अनुहारमा । यो कस्तो मन हो कुन्नी । किन यस्तो हुन्छ । म सदाको लागि बिदा भएको पनि होइन, नराम्रो काममा गएको पनि होइन । तैपनि यो बिछोडको समय असाध्यै अनौठो हु“दो रहेछ, मानसिक असन्तोष भनौ की मानसिक अप्ठ्यारो भनौ । सदाको लागि बिछोड होस वा केही समयको लागि होस, दुबैका पिडा उस्तै उस्तै हुने ।

एयरपोर्टमा त्यती भीड थिएन । औपचारिक काम मुश्किल मुश्किलले सकियो । त्यसपछि बुवा अरु सबैलाई घरमा जान अनुरोध गरे“ । त्यसपछि एउटा अन्तिम फोन लेकालीदाईलाई गरें“ र सोधे“, राशि अनुसार काम गर्ने शैली मिल्यो त?

न्यूयोर्क

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 पौष, 2067

लेखकका अन्य रचनाहरु