हो.. हो..हा..हा..

- कृष्ण बजगाईं

ठूल्ठूला आकर्षक पद तथा पैसा कमाई हुने ठाउँमा आफ्नै छोराछोरी, बुहारी, भाइभतिजा, सालासाली आदि नातागोता मात्र नियुक्त गर्न थालेपछि कार्यकर्ताका पङ्ति आक्रोशित भए । एकदिन आक्रोशित कार्यकर्ताहरुको भीडले नेता तथा मन्त्रीलाई घेरे । “नातावाद, कृपावाद मूर्दावाद !” – कार्यकर्ताहरुले उनीहरुकै अगाडि नारा लगाए ।

आक्रोशित कार्यकर्ताहरुका सामुन्ने नेता तथा मन्त्रीहरुले शान्त हुँदै भने– “सिङ्गो पार्टी पङ्ती तथा जनताको लागि हामी दितरात खटेर जो काम गरिरहेका छौं, हामी प्रति विश्वास भएर नै तपाईंहरुले नै हामीलाई नै चुनेको हो कि होइन ?” आज्ञाकारी वालक झैं कार्यकर्ताहरुले ‘हो’ भने । ति सबै कार्य फत्ते गर्न हामीलाई विश्वासीला मान्छे चाहियो कि चाहिएन ? सबैले फेरी ‘हो’ भने । सबै भन्दा विश्वासिलो मान्छे परिवार भन्दा टाढाको को हुन सक्छ त ? कार्यकर्ताहरुले फेरी ‘हो’... ‘हो’... भने । "उक्त पदमा जो गए पनि काम त जनता र हाम्रै पार्टीको लागि त गर्ने हो नि" –नेताले भने । नेता तथा मन्त्रीको यस्तो कुरा सुनेपछि कार्यकर्ताहरुले हो त नि जस्तो लागेछ । कार्यकर्ताहरुले फेरी ठूलो आवाजमा ‘हो’...‘हो’... भने । कार्यकर्ताहरुले ‘हो’... ‘हो’ भनेपछि नेता तथा मन्त्रीहरुले हा...हा.... गर्दै हाँसे । वर्षौंदेखि नेता, मन्त्री तथा कार्यकर्ताहरुका यस्ता कुरा सुनेका जनता हो... हो ... हा..हा... गर्दै बाँचिरहेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 पौष, 2067

लेखकका अन्य रचनाहरु