समसेरबहादुर

- वासुदेव गुरागाईं

समसेरबहादुर जागिरमा लागेको त्यति धेरै पनि भएको थिएन । तर उसको रोबरवाफ र फुइँफाइँ देखेर उसका टोलछिमेकी र जागिरदार साथीभाइहरु चकित थिए । जागिरमा उसको तरक्की र रोजाइअनुसार ठाउँ सरुवा उसले चाहनेबित्तिकै भइरहेको थियो । तर साथीभाइ र टोलछिमेकीका अगाडि ऊ यति साधु भएर प्रस्तुत हुन्थ्यो कि उसका कुरा सुनिसकेपछि सबलाई लाग्थ्यो,—‘यस्ता सरल मान्छेलाई पनि जागिर कसरी फापिरहेको होला ! जागिर खान त छट्टू मान्छे पो चाहिन्छ त ।’

ऊ साथीभाइका अगाडि मिल्ने भए छाती चिरेर देखाइदिऊँ जस्तो गथ्र्यो । यसो दुईचार जना साथीभाइको जमघट जुट्नेबित्तिकै धाराप्रवाह प्रवचन सुरु गरिहाल्थ्यो,—‘आपूm त न कसैको चाकरी नै गरिन्छ, न त अरुले चाकरी गरेकै मन पर्छ । सरकारले दिएको मानुचामल नै पर्याप्त छ आपूmलाई त । जनतालाई दुःख दिएर कमाएको पैसा पनि के पैसा ! आफ्नो कमाइअनुसार बाँच्न सिक्नु पर्छ ।’

उसका कुरा सुनेर दङ नपर्ने कोही थिएनन् । पत्याउन करै लाग्थ्यो । पत्याउँथे । अनि सबैले भन्थे पनि,—‘जागिरदार हुनु त समसेरबहादुर जस्ता हुनु नि । अहिलेका अरु जागिरदार त सबै काम चोर । जनता मारा । सरकार ठग । आदिआदि ।’
***
एकदिन समसेरबहादुरको एकजना छिमेकी एउटा पार्टी कार्यालयछेउ भएर बजारतिर जाँदै थियो । पार्टी कार्यालयको ढोका खुलै रहेछ । कार्यालयभित्र भएको गफगाफमा उसको कान प¥यो । बोल्दै गर्ने मान्छे उसकै छिमेकी समसेरबहादुर जस्तो लाग्यो । ठिङ्ग उभिएर एकछिन सुन्यो । भित्र एकनासले कुरा हुँदै थियो,—‘मैले सकेको सहयोग पार्टीलाई गरेकै छु । जाबो दसपन्ध्र हजार तलब खाने मान्छेले मासिक रुपमा लाखौँ रुपैँया चन्दा दिएकैछु । त्योभन्दा बढी यतिखेर मैले के गर्न सकूँला र ? समाजका अगाडि यसो देखासिकी इज्जत पनि त जोगाउनै प¥यो ।’

कुरो सकिएको थिएन । अर्काका कुरा धेरै के सुत्रु भनेर ऊ यसो अगाडि बढ्न खोजेको मात्र थियो, समसेरबहादुर प्रफुल्ल मुद्रामा त्यहीँबाट फुत्त बाहिर निस्क्यो । भित्रबाट एउटा चिटिक्क परेको खाइलाग्दो मान्छे उसलाई ढोकासम्म ल्याइपु¥याएर भन्दै थियो,—‘ठीक छ केही अप्ठ्यारो प¥यो भने भत्रु होला, हामी छँदैछौँ नि ।’

यो रहस्य चाल पाइसकेपछि त्यो छिमेकी फेरि दङ प¥यो । मनमनै हाँस्यो पनि । अनि उसलाई लाग्यो,—‘हो त, जागिरदार हुनु त उही समसेरबहादुर जस्ता हुनु नि । अहिलेका अरु जागिरदार त सबै काम चोर । जनतामारा । सरकार ठग । आदिआदि ।’

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 पौष, 2067

लेखकका अन्य रचनाहरु