रात्रिभ्रमणमा पोखिएको तन र मन

- डा. रवीन्द्र समीर

बेइजिङ पुगेको दोस्रो साँझदेखि नै हामीलाई सुविधासम्पन्न होटलको बसाइले बाँध्न सकेन । साँझ बियर र डिनरको इन्धन भरेपछि हामीहरू मुक्त मानसिकतामा होटलको लबीमा पुग्थ्यौँ र त्यस रातको भ्रमणको स्थान, तरिका एवम् कम्पनी (पार्टनर) को बारेमा टुङ्को लगाएर होटलबाट बाहिरिन्थ्यौँ । सुरुका दिनहरूमा हाम्रो यात्रा होटलको नजिकका पार्कहरू र प्रत्येक दिन फरक–फरक साथीहरू हुन्थे । हामीले अध्ययन गर्ने अस्पतालपछाडिको लामो पार्क र वाङ फु चिङ रात्रिबजार प्रायः हाम्रो गन्तब्य हुन्थ्यो । सडकमा हिँड्दा पनि हराइन्छ कि भन्ने डरले सचेत हुँदै ग्रहहरूले सूर्यको परिक्रमा गरेजस्तै होटल, अस्पताल वा नजिकका बजारहरूमा दिशा पत्ता लगाउने साथीहरूसँग घुम्यौँ । प्रत्येक दस–पन्ध्र मिटरको दूरीमा फुटपाथमा चिनियाँहरू उन्मुक्त मनले गीत गाउँदै नाचेको देखेर हामीहरू पनि कहिलेकाहीँ सामेल हुन्थ्यौँ । बेइजिङमा थुप्रै पार्कहरू भएकाले पार्कमा घुम्न हामीहरूलाई सुगम एवम् रमाइलो लाग्दथ्यो । परिवारका अधिकांश सदस्यहरू डिनरपछि पार्क पुगेर आफ्नो रुचिअनुसारका गीत, नाच, खेल, भ्रमण, रोमान्समा लिप्त भएका भेटिन्थे । पाको उमेरका वृद्धवृद्धाहरूले चर्को स्वर र जोशिलो हाउभाउमा गीत गाएको सुन्दा भाषा नबुझे पनि क्रान्तिकारी गीत गाएको ठान्थ्यौँ हामीहरू । नवविवाहिता एवम् प्रौढहरू हात र कम्मर समाएर एकअर्काको आँखामा डुबेर प्रेमले द्रवीत मुद्रामा हल्का नाचगानमा समाधिस्थ हुन्थे । कुरकुरे वंैशका ठिटाठिटीहरू झाडीमुनि, बेञ्चमा वा पार्कको बाटोमै चुम्बन गर्दै, एकअर्काका औँला मुसार्दै सांसारिकतादेखि पृथक् देखिन्थे । मोटामोटीहरू उफ्रँदै, दौड्दै, कसरत गर्दै पसिना बगाइरहेका देखिन्थे भने साना केटाकेटीहरू साइकल, खेलौना आदिमा मस्त देखिन्थे । सबैको आफ्नै खालको रूची थियो, छुट्टै क्रियाकलाप । कसैलाई कसैको चासो र मतलब थिएन । कहिलेकाहीँ हामीहरू पनि ती गीत र नाचमा सामेल हुन्थ्यौँ, चिनियाँहरू खुब हाँस्थे ।

हामीहरू प्रायः साँझ एकदुई घन्टा साइबरमा बस्थ्यौँ । आफन्त एवम् साथीका ःबष् ि आउँदा खुसीले उत्तेजित हुन्थ्याँै भने नयाँ वर्ष नआएका दिनमा निराश हुन्थ्यौँ । इन्टरनेटमा नेपाली अखबारहरू पढ्थेँ म । दैनिक हत्या, अपहरण, आक्रमण आदिका सामाचारहरू हेर्दा रुन मन लाग्थ्यो । विदेशमा बसेपछि थाहा हुँदोरहेछ स्वदेश एवम् आफन्तको माया । तत्कालीन भाद्र १६ गते इराकमा नेपालीहरूको हत्या भएपछिको काठमाडौँको तोडफोड, आगजनी एवम् सन्त्रस्त वातावरण पढ्दा–हेर्दा मुटु नै चिरिएर आउँथ्यो । सुरक्षाकर्मी र माओवादीको भीडन्त, एउटा नेपालीले अर्को नेपालीको हत्याशृङ्खला र एकले अर्कालाई मार्नु, काट्नुमै जीतहारको जुँगा लडाइमा देश जलिरहेको अवस्थामा मन कसरी शान्त हुन्थ्यो र ? माओको देशमा विकास, शान्ति, स्थीरता, अहिंसा एवम् चौबिसै घन्टा सुरक्षाको प्रत्याभूति छ भने माओवादीको देशमा किन यत्रो विध्वंस ? देशी तथा विदेशी हतियार दलाल, नेपालको अस्थीरता र विनासको हिलोमा माछा मार्न पल्केका नरभक्षीहरूले चक्रब्यूह कहिले तोडिने होला ? मनमा निराशाका वादलहरू घनीभूत भइरहन्थे ।

हाम्रो समूहको सङ्ख्याको समेत लैङ्गिक समानता भएकाले समय बित्तै जाँदा हामीहरू पनि टुक्रिँदै, घट्दै, ध्रुवीकरण हुँदै गएका थियौँ, रात्रिभ्रमणमा । अस्पतालपछाडिको पार्कलाई love park र वाङ फु चिङलाई love market नामकरण गरिदिए साथीहरूले । त्यसपछि हामीहरू केही दिन होटलपछाडिको children park मा जान थाल्यौँ । त्यहाँ तलमाथि गर्ने पिङ, कसरत गर्ने ठाउँहरू, नाचगानस्थल आदिमा रमाउन थाल्यौँ । सेनीले त्यहाँ मलाई चाइनिज नाच (अगाडि, बायाँ, दायाँ–पछाडि, एक हात कम्मरमा अर्को हात उसको हात समाएर फनक्क घुम्ने) सिकाई । चाओ याङ र जिङमिङ पनि आफ्नै भावनामा रमाउँदथे ।

अर्को हाम्रो मुटु नै छुने प्रिय पार्क लोटस पार्क थियो । लोटस पार्क जाने बाटोमा केही चिनियाँहरू एप्रोन लगाएर मालिस गर्न बसेका हुन्थे । विदेशी अनुहार देखेपछि मसाज टेन युआन भन्दै पिछा लाग्दथे । टाउको, गर्धन, एवम् ढाड मसाज गराउँदा शरीर चङ्गा भएर अन्तहीन उडानमा जान खोज्दथ्यो, तर डोरी तान्ने पनि सँगै भएकाले अनियन्त्रित हुन पाएनौँ, हामीहरू । लोटस पार्कको आँगनमा गजबको नाचगान हुन्छ । पचासौँ जोडीहरू (बालदेखि वृद्धसम्म) नाचगानमा मात्र डुबिरहेका हुन्थे । हामीहरू पनि प्रायः पन्ध्र बीस मिनेट नाचेर पार्कभित्र छिथ्र्यौं । ठूलो कमलको पूmल फुल्ने तलाउको वरिपरि रेष्टुरेन्ट, मसाज सेन्टर, बार तथा तलाउको किनारमा कुर्सीटेबुल राखेर क्यान्डेल डिनर गर्नेहरूको भीडले सधैँ मेलाजस्तो लाग्दथ्यो । कहिलेकाहीँ त्यो विलासी पार्कको महँगो पेय तथा खाना खाएर हामीले पनि चाइनिज युआन उडाउँथ्यौँ । लोटस पार्कको जादूले हामीलाई यतिसम्म नशालु बनाएको थियो कि, बैङ्गक फर्किने अघिल्लो रात हामी चार जना साथीहरू राति १२ बजे लोटस पार्क गएर बिहान तीन बजे फर्केका थियौँ । लोटस पार्कको सामुन्ने रहेको ठूलो बेहाइ पार्कको रात्रिबगैँचाको उज्यालोहीन स्थानमा पनि कहिलेकाहीँ छामछुम गथ्यौँ हामीहरू । अँध्यारो बगैँचामा युवायुवतीहरूको रोमान्स देखेर जिभ्रो टोक्दै अर्को बाटो लाग्थ्यौँ, पुनः त्यहाँ झन् कृष्णलीला देखेपछि अर्कोतिर हानिन्थ्यौँ । न चोरी, न बलात्कार, न गुण्डागर्दी, न असुरक्षा, न त अरूप्रति चासो, साँच्चिकै साम्यवादी रात्रि छ, बेइजिङको ।

तियानमेन स्क्वायर पनि हाम्रो रात्रिजीवनको पर्याय बनेको थियो । अण्डरग्राउन्ड ट्रेनबाट तियानमेन स्क्वायरको पातालबाट फुत्त बाहिर जन्मिँदा तियानमेन स्क्वायर, पार्लियामेन्ट भवन, राष्ट्रपति भवन, माओ मेमोरियल हल, जनमुक्ति सेनाका सालिकहरू, forbidden city अर्थात् प्यालेस म्युजियमको अनुहार रङ्गीन प्रकाशले अझ निखारेर पूर्णिमाको रातमा इन्द्रेणीको साथजस्तै लाग्दथ्यो । मुख्य स्तम्भको साइडमा थकाइ मार्दै, चङ्गा उडाउँदै, सिरिरी चलेको हावाको चिसो स्पर्शमा फरर हुँदै बच्चाहरूले साइकल चलाएको, चङ्गा उडाएको हेथ्र्यौं, हामीहरू । त्यसपछि palace musium तिर बाटैबाटो हिँडेर, कहिले पाताल घुसेर प्यारो वाङ फु चिङमा पुग्दथ्यौँ । हिँड्दाहिँड्दा थाकेर, गलेर, पसिनाले निथु्रक्क भएर राति होटल पुग्थ्यौँ र वाथरूमको टबमा चिसो फिँजको वस्त्रभ्रम लगाएर फ्रेस हुन्थ्यौँ ।

कहिले बेइजिङ ओपरोमा गएर पप कन्सर्टमा झुम्थ्यौँ, त कहिले गल्लीगल्ली अनौठो संसारमा पुग्थ्यौँ । नशा, निशा र निशाचरको निशानाले घायल भएपछि बेफिक्री सडक र पार्कमा हात समाएर, माल बाँधेर गीत गाउँदै हिँड्थ्यौँ । हनुमानलाई समुन्द्र नाघ्न सक्ने आफ्नो शक्ति थाहा नभएभैmँ मलाई पनि मभित्रको गीतसङ्गीतको थुप्रो थाहा रहेनछ । उन्मुक्त भएर जुनेली रातमा पार्कहरूमा हिँड्दा नारायणगोपालका सम्पूर्ण मर्मस्पर्शी गीतमात्र होइन चर्चित आधुनिक, पप, लोकगीत, दोहोरी, भ्mयाउरे गीत, तीजका गीत, भैलोका गीत, राष्ट्रिय गीत, हिन्दी गीत, गजल, भजन हुँदै जिउतीसम्म गाउँदै हिँड्दा बेइजिङमा भेट भएका नेपाली बहिनीहरू खुब हाँस्दथे र ‘टुक्रे ओस्ताद उपनाम दिएका थिए । जे होस् नेपाली बहिनीहरूसँग बेइजिङको रातमा मोटोमसिनो स्वरको सङ्गम गराउँदा आउने आनन्द अनुपमेय थियो । अझ ती गीतहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर विदेशी ठिटीहरूलाई सुनाउँदा लज्जावती झार भएर काखमा घोप्टिन्थे । श्रीलङ्काका ठिटीहरू त मेरो सोझोबाङ्को जोकले यति फ्यान भएका थिए कि, मलाई जोकर नै बनाएका थिए । कति हाँस्न सकेका हुन ती मोरीहरू ?

कहिलेकाहीँ हामीहरू डिपार्टमेन्टल स्टोर एवम् सपिङ कम्प्लेक्समा विद्युतीय भ¥याङ चढेर पनि आनन्द लिने गर्दथ्याँै । श्रीलङ्काका साथीहरू सपिङ गर्न सस्तो बजारतिर लाग्दथे भने मलाई विशेष गरी विद्युतीय सामानहरू र नयाँ प्रविधिको बारे जिज्ञासा लाग्दथ्यो । सूचना प्रविधिको क्षेत्रमा चीनले गरेको फड्कोले विश्वबजारलाई नै कब्जा गर्न थालिसकेको छ । टाँकदेखि घरजत्रा विविध मल्टीफङ्सन भएका सामग्रीहरू बारे ट्वाल्ल परेर जिज्ञासा पोख्दा आपैmँलाई अन्र्टाकटिकावासी जस्तो लाग्दथ्यो । पौरख गरे के हुँदैन र चीनले विश्वलाई देखाइसकेको छ । कति मिहिनेती छन् चिनियाँहरू खुल्ला अर्थतन्त्रले प्रवेश पाएपछि पैसा कमाउने, सम्पन्न हुने तीव्र प्रतिस्पर्धा चलेको सहजै अनुमान गर्न सकिन्छ । अहिले चिनियाँहरू आवश्यकताभन्दा बढी व्यावसायिक भइरहेको अनुभूति हुन्थ्यो मलाई । दस युआनमा पाइने सामग्रीलाई हजार युआन भन्न पनि लाज मान्दैनन् व्यापारीहरू । आर्थिक प्रतिस्पर्धाको पाश्र्वप्रभाव पनि विशेष गरी रात्रिमा यदाकदा देख्न पाइन्थ्यो । ब्युटिपूmल गर्ल, मसाज, सेक्स.... आदि खुसुक्क भन्दै पर्यटकहरूलाई चुना लगाउने संस्कार पनि सुरु भएको छ । नक्कली तथा बिग्रिएका ल्यापटप, मोबाइल सेटलगायत प्रविधिका सामग्रीहरू चोरेर ल्याएर बेचेभैmँ खुसुक्क बेचेर टाप कस्ने मान्छे पनि नभएका होइनन् । किन ढाँट्नु एउटा चिनियाँले मलाई खुसुक्क बोलाएर आफ्नो खल्तीबाट अत्याधुनिक मोबाइल सेट– जसको बजारमा चार हजार युआन पर्दछ –मलाई हजार युआनमा बेच्ने सङ्गेत ग¥यो । पछि बार्गेनिङ गर्दै जाँदा एक सय युआनमा बेचेर टाप कस्यो । आज मालामाल भइयो भन्ठानेको त होटलमा आएर हेर्दा ‘डमी अर्थात् विज्ञापनको लागि राख्ने मोबाइल पो रहेछ आपूm ठगिएको, अपमानित भएको, रोगी भएको..... कसैलाई नबताउनू भन्ने एउटा संस्कृतको श्लोक सम्झिएर चुप लागेर बसेँ, कसैले थाहै पाएन ।

“जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी” जति सुख, सम्पन्न एवम् विलासी जीवनको उपभोग गरिरहे पनि आÇनो देशको यादले निकै सताउँथ्यो । घरपरिवार, साथीहरू, आफन्तहरू, आÇनो जन्मभूमि, कर्मक्षेत्रमात्र होइन आÇनो देशका पराई, अव्यवस्था, अशान्ति, तोडफोड, फोहोर, चक्काजाम आदि पनि प्रिय लाग्दारहेछन् । कस्तो ‘बायस’ सोचाइ ¤ प्रचण्ड गर्मीमा शरीरबाट पसिनाको धारा बग्दा पनि कपडा मैला नहुने, जुत्ता पालिस गर्नुनपर्ने कति सफा छ बेइजिङ ¤ जहाँकहीँ सप्तरङ्गी बगैँचा छ, कसैले एउटा पूmल चिमोट्दैन । चौडा एवम् सिनित्त सफा सडक छन्, चिल्ला कार र बसहरू कुदिरहेका छन् । ट्राफिक नियमको पालना सबैले गर्छन्, साइकल लेन छुट्टै छ । मोटरसाइकल त लोपोन्मुख नै देखियो । सार्वजनिक यातायातमा ठूला दुईतले वा तीनवटा गाँसिएका बसहरू छन्, सबैजना उभिएर बसेर यात्रा गर्छन् । बसस्टपबाहेक बीचमा न चढ्न पाइन्छ, न ओर्लन पाइन्छ, न यात्रीहरू कुर्न पाइन्छ । घडी हेरेर बस चढेपछि समयमै गन्तब्यमा पुगिन्छ । टेम्पो, माइक्रोबस, मिनीबस आदि साना साधनहरू धेरै सङ्ख्यामा भित्र्याएर ट्राफिक अस्तव्यस्तता भोगिरहेको नेपालले बेइजिङको सिको गर्दा कति राम्रो हुन्थ्यो होला ¤ म मीठो कल्पना गर्दछु । न आन्दोलन, न चक्काजाम, न टायरजलन

¤ सडकवरिपरिका भित्ताहरूमा पोस्टर टाँस्न, विज्ञापन लेख्न पाइँदैन– सफा भित्ताहरू । गर्मीमा विज्ञापन लेखिएका हातेपङ्खाहरू बाँड्दछन्, दुवै पक्षलाई फाइदा । पोलिथिन ब्याग निषेध छ, झोलामा सपिङ गर्छन्– असाध्यै राम्रो तरिका ¤ योजनाबद्ध घर निर्माण भएका छन्, तसर्थ जहाँ पुग्यो चिटिक्कको सहर देखिन्छ । घर निर्माण गर्दा ठूलो प्लास्टिकले छोपेर भित्र हजारौँ कामदारहरूले काम गर्दछन्, प्लास्टिक हटाउँदा नयाँ भव्य तथा सिँगारिएको महलले सबैलाई लोभ्याउँछ । ट्रकजस्ता मालवाहक साधनहरू सहरभित्र पस्न पाउँदैनन्, उद्योग तथा कलकारखानाहरू सहरभन्दा धेरै टाढामात्र स्थापित छन् तसर्थ औषधिको लागि पनि प्रदूषण पाइँदैन । विद्यार्थी, अनाथ तथा वृद्धवृद्धाको लागि जारी गरिएको परिचयपत्रबाट प्राप्त प्रायः सुविधाहरू लोभलाग्दा छन् । अपाङ्गलाई समेत सरकारी तीनपाङ्ग्रे मोटरसाइकलको व्यवस्था गरिदिएको छ । पेट्रोल पम्पमा समेत क्रेडिट कार्ड घुसारे पुग्छ ।

‘एक सन्तान’ नीतिले गर्दा परिवार सानो, खुसी एवम् मायालु वातावरणयुक्त छ । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अधारभूत अधिकार राज्यले सुनिश्चित गरेको छ । न राजनीति, न हड्ताल ! अरू त अरू झगडाको नाममा चर्को स्वरसमेत सुनिएन ।

बेइजिङमा ‘एक सन्तान’ नीतिले गर्दा छोरा जन्माउनको लागि चिनियाँ दम्पतीले क्यालेण्डर प्रयोग गर्नेदेखि लिएर छोरी गर्भमा भएमा गर्भपतन गर्ने प्रचलनले निकट भविष्यमै चीनमा लैङ्गिक असन्तुलन समस्याको रूपमा देखिने पूर्वानुमान गर्न सकिन्छ । धेरै दाइजो दिएर केटी माग्नुपर्ने अवस्थामात्र होइन, केटाको बिहेको लागि लोकसेवाजस्तो फलामे ढोका पार गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । ड्राइभर, कन्डक्टरदेखि चिकित्सक, निर्देशक, प्रमुखआदि उच्च ओहदामा महिलाहरू नै बढी छन्, किन गर्नुप¥यो होला छोराको रहर ? मेरो मन खिन्न हुन्छ ।

राति प्रायः फुर्सदको क्षणमा टेलिभिजन हेर्छु, समाचारमा कतै पनि राजनीति, भाषण, आन्दोलन देखिँदैन । विकास, निर्माण, खेती, अनुसन्धान, आर्थिक क्रियाकलाप आदिमै समाचार सकिँदा लाग्छ – हैन, शक्तिको स्तुति, नेताको आश्वासनयुक्त भाषण, जुलुस, हत्याहिंसा तथा तोडफोडबिनाको पनि समाचार हुन्छ र भन्या ? टेलिभिजनको च्यानल फेर्दै हेर्छु–माछापालन, बङ्गुरपालन, कुखुरालाई खोप, फलपूmल खेती, तरकारी खेती, लघु उद्यम, प्रकृतिसंरक्षण, पहाडी डाँडाकाँडामा सहरीकरण ......। चीनमा आर्थिक वृद्धि तीव्र भएकोले सरकार चिन्तित छ रे ¤......कस्तो रमाइलो चिन्ता ?

सिरकलाई अँगालो हालेर निदाउने प्रयत्न गर्छु । सपनामा उही धुर्कोटको बाल्यकाल, वनपाखा, खेलाखोल्सा, बुबाआमाको स्नेह, कोल्डाँडा, खयरठाँडी, चौरासी, धनार्जी, रेसुङ्का ......। युवाअवस्थालाई बाल्यावस्थामा लैजाने, बेइजिङलाई धुर्कोटसँग जोड्ने, पखेटा नभए पनि उडेर कहिले स्वयम्भू, कहिले लुम्बिनी, कहिले पोखरा त कहिले सगरमाथा पु¥याउने सपनाको ‘सुपर पावर’ सँग विज्ञान र विकास पराजित भएको देखेर छक्क पर्छु र आर्यघाटमा पुगेपछि भनेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता सम्झन्छु – ‘आखिर श्रीकृष्ण रहेछ एक ।’

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 पौष, 2067

लेखकका अन्य रचनाहरु