पाठक

- चर्चित ढुंगेल

‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो ठूलो जातमा पर्दछन् । पहिलो बाहुन, दोस्रो जैशी–सन्यासी, तेस्रो क्षत्री, चौथो कुमाई र अरु अरु । यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन । कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हु“ । तर मैले भन्नुपर्दा– बाहुनदेखि कामीसम्म, जैसीदेखि धामीसम्म, कुमाईदेखि दमाईसम्म, नेवारदेखि सतारसम्म सवै बराबर हुन् । यि सवैले सवैलाई कुटुम्ब बनाउन मिल्छ । मलामी जा“दा लाश बोक्न मिल्छ । बिहेबटुलोमा स“गै बसेर मासु चिथोर्न, हड्डी टोक्न र रौसी धोक्न मिल्छ । एकले अर्काले छोएको पानी खान मिल्छ । एकले अर्काको घरभित्र जान मिल्छ । यो भन्दा बढी ८८ कुमाईभित्रको पहिलो पाठक अर्थात् थरी पाठक बारे नलेखौ“ ।

अर्को पाठक अर्थात् पढ्ने पाठक दुई प्रकारका हुन्छन् । एउटा स्कुल, क्याम्पस, लोक सेवा, प्रहरी सेवा, भाषा (ल्याङ्गग्योज) आदिका पाठ्यपुस्तक पढ्ने पाठक र अर्को पत्रपत्रिका पढ्ने पाठक । पहिलो पाठक अर्थात् कुनै सेवा वा तप्काका पाठ्यपुस्तक पढ्ने पाठक जा“च दिएर पास हुने आशमा पढ्ने गर्छन् । यस्ता पाठक अधिकांस पुस्तकस“गै सुत्ने गर्छन् र पुस्तकस“गै उठ्ने गर्छन् । कोही कोही टुप्पी बा“धेर पढ्ने गर्छन् भने धेरैजसो चा“ही बिजुली बत्ति नपुगेको ठा“उमा लोडसेडिङ्गको नाउमा कुप्पी बालेर पढ्ने गर्छन् । यस्ता पाठ्यपुस्तक पढ्ने पाठकलाई कम्मर कसेर बढि नम्बर ल्याउनु छ र अब्बल दर्जाको सर्टिफिकट भिœयाउनु छ । अर्को पाठक अर्थात् पत्रपत्रिका पढ्ने पाठक विभिन्न प्रकारका हुन्छन् । यो लेख पनि यिनै पाठकमा केन्द्रित हो ।

पत्रपत्रिकाको नाम पढ्ने पाठक– यस्ता पाठकले मागेर वा किनेर, अर्धबार्षिक वा बार्षिक ग्राहक बनेर पत्रिकाको नाम पढ्छन् र ८या“किदिन्छन् । यिनलाई पत्रिकाको कखरा पढ्ने र बुझ्ने फुर्सदसम्म नहु“दो रहेछ । राजधानी होस् या कान्तिपुर वा अन्य कुनै पत्रिका तिनका नजरमा सवै पत्रिकाको मूल्य रद्धिको टोकरी बराबर पनि नहु“दो रहेछ । ब्यापारी परे भने सामान पोको पारी पठाउ“छन् । जागिरे परे भने भा“गाटुटा वा थोत्रे फलामवालालाई बेचिदिन्छन् । पढ्दै नपढी । आजको पत्रिका आजै ।

लेख–समाचारको शिर्षक पढ्ने पाठक– यस्ताखाले पाठक कस्ता हुन्छन् भने चारैतिर ओल्टाइपल्टाइ गर्ने, शिर्षक पढ्ने र फालिदिने । मानौ“ शिर्षक पढेपछि यिनलाई लेख–समाचारको चुरो थाहा हुन्छ । कुनै लेख पढेर साध्ये हुन्छ ? कोही नुहाएर उपाद्दे हुन्छ ? भनेर पढ्दै नपढी पत्रिका ‘साइट’ लाउने यिनको दैनिकी हुन्छ ।

शिर्षक र केही हरफ लेख पढ्ने पाठक– यस्ता पाठकले शिर्षक र केही हरफ पढ्छन् र उŒाम लेख–समाचारलाई ‘खŒाम रहेछ, फलानो पत्रिका त गएछ’ भनेर फ्या“किदिन्छन् ।

लेखकको नाम हेरेर लेख पढ्ने पाठक– यस्ता पाठकले कुन लेखकले लेखेको हो भनेर नियाल्छन् र लेखकको नाम हेरेर लेख पढ्ने गर्छन् । एकपटक मनखाको लेखकले लेखेको लेख पढेपछि तिनलाई अरु लेखकले लेखेको लेख ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात्’ हु“दोरहेछ । कट्टर सिद्धान्तवादि झै“ यिनले अरुका लेख कमै पढ्छन् ।

लेख पुरै पढ्ने र आलोचना गर्ने पाठक– यस्ता पाठकले लेख–समाचार पुरै पढ्छन् र आलोचना मात्रै गर्छन् । मानौ“ लेखक यिनको खान्दानी दुश्मन हो । जति नै राम्रो बिषयबस्तु उठाए पनि लेखकलाई हल्काफुल्का आ“क्ने र तल्लोकोटीमा राख्ने यिनको बानी हुन्छ । पाठक प्रतिकृया वा भेटमा यस्ता पाठकले लेखक, समाचारदाता वा समवाददातालाई सल्लाह÷सुझाव कम र तिखो आलोचना बढि गर्ने गर्छन् । यस्तो सोच्छन् कि लेखकले लेखेको लेखमा कुनै गुदी छैन । खाली यस्ता पाठकका बारेमा नजाती कुरा लेखे जस्तो ।

लेख पुरै पढ्ने र समालोचना गर्ने पाठक– अधिकांश यस्ता पाठक बेरोजगार वा फुर्सदिला हुन्छन् । यिनले पत्रिकाको नामदेखि पछिल्लो पृष्ठको इमेल ठेगानासम्म पढ्न भ्याउ“छन् । यस्ता पाठकले लेखका बारेमा लागेका कुरालाई सामुहिक छलफल गर्छन् । यस्ता पाठक धेरै जसो चिया–चुरोट पसल (जहा“ नशावाजहरुको जमघट हुन्छ), नेता चोक (जहा“ राजनितिक गफ चुटिन्छन्), तासे चोक (जहा“ जुवाडेहरुको डेरा हुन्छ), भट्टी पसल (रक्स्याहाहरुको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) आदि ठा“उमा भेटिन्छन् । बास्तवमा यस्ता पाठकको लेखकलाई खा“चो छ । तर बेरोजगार पाठकले पत्रिका किन्दैनन्, मागेरै मात्रै पढ्छन् ।

त्यो दिन कहिले आउला जब जागिरे, ब्यापारी, पत्रकार, कानुन ब्यावसायी, सर्वसाधारण सवैले लेख पुरै पढ्छन् । समालोचना गर्छन् । थाहा छैन, मैले यस्ता कति ‘अनन्य’ पाठक कमाएको छु वा अरुहरुले कमाएका छन् । आज मेरो लेख कति हजारले देख्दै देखेनन् ? कति हजारले शिर्षक पढे होलान् ? कति हजारले शिर्षक र केही हरफ पढे होलान् ? कति हजारले नाम मात्रै पढे होलान् ? कति हजारले लेख पढेर आलोचना गर्लान् र कति हजारले समालोचना गर्लान् ? ‘तेरो लेख ठिक छ, मैले पढे“’ भनेर ककसले भन्लान् । को को होलान् मेरा असली पाठक ? त्यसको मलाई ब्यग्र प्रतिक्षा छ । जय होस् !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 पौष, 2067

लेखकका अन्य रचनाहरु