फन्फन्ती घुम्न थाले मस्तिष्कमा

- उज्ज्वल जी.सी.

२०६३ साल भाद्र १५ गते, नूवाकोटबाट फोनमा श्रीरामजीले ‘दाइ पुरस्कार वितरण कार्यक्रम भाद्र २३ गते ११ बजे गर्दैछौ‘, दाइ त एकदिन अगाडि नै आउनुपर्छ ।’ भन्नु भएपछि खुसी र खिन्नता दुबै सल्बलाए मभित्र । ‘युगान्तर साहित्यिक वर्ष पुरस्कार २०६३’ बाट आपूm सम्मानित हुन पाउनु खुसीकै विषय थियो भने सोह्रश्राद्धकोे नियमभित्र टनक्क बॉंधिएकोले नुवाकोटे साथीहरूस‘ंग छाती खोलेर रमाइलो गर्न नपाइने भो भन्ने सम्झ‘ंदा खिन्न लाग्नु स्वाभाविक पनि थियो । तर के गर्ने जसरी भए पनि जानै प¥यो क्यारे । अनि नुवाकोटकै युवा राजनीतिज्ञ भाइ मधुसुदन पाठकस‘ंग सल्लाह गर्दा ‘दाइसित म पनि जान्छु’ भन्दै मोटरसाइकलबाट यात्रा गर्ने मेरो रहरलाई उनले हौस्याए पनि । हुन त चार,पॉंचपटक जति मोटरसाइकलबाटै काठमाडौ‘ं–त्रिशुली–काठमाडौ‘ं गरेको थिए‘ं मैले युवावस्थामा । त्यो जोश, उमेर ढल्के पनि अझैे ज्यू‘ंदो रहिरहेकोले ७६ किलोमिटर लामो घुम्ती सडकभित्रको सम्भावित जोखिमहरूलाई मैले सर्लक्कै बिर्से‘ं । युवा मस्तिष्कले सम्झिने झन् कुरै भएन ।

११ बजेभित्र पुग्न भाद्र २३ गते बिहान ७ बजे लाग्यौ‘ं हामी दाजुभाइ मोटरसाइकलबाट त्रिशुली । मैले बालाजुमा २ लिटर पेट्रोल हालुन्जेल मधुजीले आफ्नो घडी मर्मत गरी क्यामेरामा ब्याट्री हाल्न भ्याए । त्यसपछि शुरू भयो यात्रा । तीनपिपले काटेपछि मलाई लघुशङ्का गर्न मन लाग्यो । सडकको किनारामा मोटरसाइकल रोकेर हामी दुबैले आङ हलुङ्गोे बनायौ‘ं । त्यसपछि एउटा ठूलो ढुङ्गामाथि बसेर चुरोटको सर्को मजाले तान्यौ‘ं । यस्तै क्रमले जॉंदाजॉंदै रानीपौवा पुगियो । डॉंडागाउ‘ंमा रहेका मेरा पुर्खौली जग्गाहरू नियाली सकेपछि चिया खान होटलमा छि¥यौ‘ं हामी । मधुजीले चना,डोनट र चिया मगाउनु भयो । ती सबै पेटभित्र छिरेपछि फेरि शुरू भयो यात्रा । बेलकोटको छेउछाउ पुगेपछि हल्का पानी प¥यो तर बर्सादी च्यापेको हुनाले केही फरक परेन । सिमसिमे वर्षासित दौंतरी लगाउनु पर्दा मोटरसाइकलको गति भने घट्न पुग्यो । अलि माथि पुगेपछि थामियो वर्षा । त्यै मौकामा सडकछेउ बसेर एकछिन आराम के गर्दै थियौ‘ं, थुप्रै कॉंग्रेसी कार्यकर्ताहरू गाडी र मोटरसाइकलमा मधुजीलाई हात हल्लाउ‘ंदै नुवाकोटतिर लागे । केही क्षणमै नेता अर्जुन नर्सिङ के.सी. त्यसपछि अर्थमन्त्री डा. रामशरण महत कलेजी रङको पजेरोमा झन्डा हल्लाउ‘ंदै अघि लाग्नु भयो । हामी पनि के कम ? दुइपाङ्ग्रेको गति बढाउ‘ंदै पछिपछि लाग्यौ‘ं । करिब ९ बजे तादीको पुल पुग्दा ६०÷७० जना युवाहरू पार्टीको झण्डा र पूmलमालासहित मन्त्रीको स्वागत गर्न भेला भइरहेका थिए । निकै बेगले दौडिएको डा. महतको गाडी हामी तादी पुगेको ४÷५ मिनेटपछि मात्र पो आइपुग्यो । तर बिना स्वागतै उहॉंको गाडी पुलबाट अघि बढ्यो । श्रीरामजी पनि स्वागतका लागि आउनु भएको रहेछ । उहॉंको साथमा बट्टार युवा क्लबका सचिव हरि श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहॉंले जिल्लाका थुप्रै राजनैतिक व्यक्तित्वहरूस‘ंग चिनापर्ची गराइदिनु भयो । सोही क्रममा प्रजातान्त्रिक कॉंग्रेस नुवाकोटका जिल्ला सभापति धु्रव अधिकारीस‘ंग पनि भलाकुसारी गरे‘ं मैले । वास्तवमा धु्रवजीलाई १५÷२०

वर्ष अगाडि ठमेलमा देखिरहेको हु‘ं मैले । मेरै समकालीन हुनुहुन्छ वहॉं । हाम्रो कुराकानी हु‘ंदाहु‘ंदै नेपाली कॉंग्रेस प्रजातान्त्रिकका उपसभापति अर्थात् भौतिक योजना तथा निर्माण मन्त्री गोपालमान श्रेष्ठ झन्डा फहराउ‘ंदै आइपुग्नु भयो । उहॉंलाई पूmलमाला लगाउ‘ंंदै भव्य स्वागत गरे नेता तथा कार्यकर्ताहरूले । कॉंग्रेस फुटेका कारण प्रायः युवाहरू प्रजातान्त्रिकपट्टि नै रहेछन् । यसैले आफ्नो जिल्लाका अर्थमन्त्रीलाई पूर्णरूपमा वेवास्ता गर्दै स्याङ्जाली मन्त्रीको स्वागतमा जुटे । म पनि नुवाकोटे भएकोले त्यो दृश्य देख्नुपर्दा कस्तो–कस्तो लाग्यो । भनौ‘ं चित्त दुख्यो नै । यदि पार्टी नफुटेको भए डा.साहेबकोे पनि यस्तै स्वागत हुन्थ्यो । अनि मनमनै भने‘ं ‘भाइ फुटे,गवार लुटे’ भनेको यही पो रहेछ ।

स्वागत सकिएपछि ५०÷६० वटा मोटरसाइकल मन्त्री सवार गाडीको दायॉं–बायॉं रहेर पार्टीको झन्डा हल्लाउ‘ंदै अघि बढ्यो अर्थात् त्रिशुलीतिर । मेरो पछाडि बसेका मधुजीले पनि झण्डा बोक्नु भा’थ्यो । अरूले हेर्दा म पनि साहित्यकार नभई राजनैतिक कार्यकर्ता नै बनेको थिए‘ं । लावालस्करसहित मन्त्रीज्यू विदुर पार्टी कार्यालयमा पुग्नु भयो । त्यसपछि मधुजी र म बट्टार युवा क्लब आयौ‘ं । मन्त्रीज्यूको अरू पनि कार्यक्रम रहेकोले पुरस्कार वितरण कार्यक्रम छोटकरीमा टुङ्ग्याउने निधो गर्नु भो मधुजीले । हो, उहॉं ने.वि.सङ्घ नुवाकोटका अध्यक्ष पनि भएकोले जिल्लाका कार्यक्रमहरू मिलाउने जिम्मेवारी पनि थियो सायद ।

हामी क्लब पुगेको केहीक्षणभित्रै मन्त्री गोपालमान श्रेष्ठज्यू पनि आउनु भयो । उहॉंको साथ काठमाडौ‘ंबाट आउनु हुने डा.प्रकाशशरण महतले क्बवको कार्यक्रमलाई त्यति प्राथमिकता दिनु भएन अर्थात उहॉं अन्तै व्यस्त हुनुभयो । जिल्ला सभापति धु्रब अधिकारी, मन्त्रीज्यू र स्थानीय कार्यकर्ता र अन्य सर्वसाधारणहरू मात्र थिए साहित्यिक कार्यक्रममा । क्लबको उद्धाटनपछि पुरस्कार वितरण कार्यक्रम शुरू भयो । २०६२ सालको युगान्तर वर्ष साहित्यिक पुरस्कार पाउने झापाका तेजराज खतिवडा (तेराख) हुनुहुन्थ्यो भने २०६३ को म थिए‘ं । धेरै पुरानो चिनाजानी रहेको गोपालमान श्रेष्ठबाट कुनैदिन पुरस्कार थाप्नु पर्ला भन्ने मैले कहिल्यै सोचेको थिइन । वि.सं.२०४२÷२०४३ सालतिर म कण्ठरोग नियन्त्रण आयोजनामा अधिकृत छ‘ंदा नै गोपालमान दाइस‘ंग परिचय गॉंसिएको हो । त्यसबेला उहॉं कॉंग्रसी भनेर चाहि‘ं चिनेको थिए‘ं । समय न हो , पछि उहॉं आपूर्ति मन्त्री हुनुभयो । त्यसबेला बधाई पनि दिएकै हु‘ं । कॉंग्रेस फुटेपछि भने पहिलो भेट त्यही कार्यक्रममा अर्थात् पुरस्कार लि‘ंदा भएको हो । उहॉंले पनि मन्तव्य व्यक्त गर्दा मसितको पुरानो सम्बन्ध नउजिल्याइरहन सक्नु भएन ।

पुरस्कार वितरण सकाएर मन्त्रीज्यू अर्को कार्यक्रम भ्याउन जानु भयो । मधुजी,म र श्रीरामजी खाना खान होटलतिर लाग्यौ‘ं । पेट भर्ने काम पुरा भएपछि नुवाकोट दरबार पुग्ने ईच्छा थियो मेरो तर सिलाई,कटाई सम्बन्धी तीन महिने तालिममा सफल हुने महिला दिदीबहिनीहरूलाई प्रमाणपत्र दिने काम पुरस्कृत दुई स्रष्टाबाटै गर्ने भन्ने श्रीरामजीको आग्रहलाई मैले टार्न सकिन

। त्यो काम पनि चॉंडै नै सकिन्थ्यो होला तर प्रमाणपत्रमा मन्त्रीज्यूको सही भएर आउन निकै समय लाग्यो । अन्ततः बिचरा श्रीरामजी आफै जानुप¥यो । केहीवेरमै उहॉंले ल्याउनु भयो प्रमाणपत्रहरू र वितरण कार्य पनि शुरू भयो । करिब ३०÷३५ जना प्रशिक्षार्थीहरूमध्ये आधालाई तेराखजीले र आधालाई मैले वितरण गरे‘ं । सम्झौ‘ं त्यस कार्यक्रमको प्रमुख अतिथि हामी दुई स्रष्टाहरू भएका थियौ‘ं । श्रीरामजीले दिनु भएको अर्को सम्मान थियो त्यो हाम्रा लागि । हुन त तीन,चार वर्ष अधि जनयुवा क्लब तीनपिपलेको कार्यक्रममा मैले प्रमुख अतिथि भएर पुरस्कार वितरण नगरेको होइन । त्यसबेला ४३ वर्षिय मैले ७० वर्षका बृद्धलाई समेत पुरस्कार दिएको थिए‘ं । तर छाडौ‘ं यी कुराहरू अहिलेलाई ।

जति छिटो गर्छु भने पनि कार्यक्रमको समाप्ती ३ बजे भयो । म ४÷५ पटक नुवाकोट पुगे पनि ऐतिहासिक दरबार हेर्ने अवसर मिलेको थिएन । त्यसैले यसपटक जे जसरी भए पनि हेरेरै फर्कने उत्कण्ठा थियो । मेरोजस्तै तेराखजीले पनि रहर बोक्नु भएको रहेछ । त्यसलाई पूरा गर्न एउटा मोटरसाइकलमा म र मधुजी अर्कोमा श्रीराम र तेराखजी चारजना भएर हामी लाग्यौ‘ं दरबार हेर्न उकालोबाटो । माथि जानुभन्दा अगाडि श्रीरामजीले ‘आज बस्नुपर्छ दाइ’ भन्दै धेरैपल्ट अनुरोध वर्साउनु भा’थ्यो । तर भाइको मोटरसाइकल लिएर गएको हु‘ंदा ६–७ बजेसम्म काठमाडौ‘ं फर्किसक्नु पर्ने मेरो वाध्यता थियो । अर्कोकुरा सोह्रश्राद्ध भएकोले माछामासु आदि खान नहुने नियमभित्र बॉंधिएको पनि थिए‘ं म । त्यसैले मेरो समस्या बुझेपछि श्रीरामजीले कर गर्नु भएन ।

६ किलोमिटर उकालो पार गरेपछि नुवाकोट दरबार पुगियो । पाहिलो चोटी देख्न पुगेकोले म अचम्मित बने‘ं । त्यसबेला यस्तो डॉंडोमा कसरी बन्यो होला यत्रो दरबार ? कलात्मक झ्याल,ढोकाहरू पाटन,भक्तपुर वा काठमाडौ‘ंबाट बोकेर ल्याइएका त होलान् ! अझैसम्म चिल्ला देखिने ईंटाहरू त्यसबेला कस्तो प्रविधिले बनाइएका होलान् ? भन्दै म के सोच्दंै थिए‘ं, तेराखजीचाहि‘ं हातमा सानो कापी लि‘ंदै आवश्यक कुराहरू टिप्दै हुनुहुन्थ्यो । त्यसबेला यस्तो डॉंडोमाथि दरबार बनाउने सोच भएका पृथ्वीनारायण शाह ज्यादै बुद्धिमानी थिए भन्ने कुरा मैले सहजै अनुमान लगाएथे‘ं । दरबार परिसरभित्रै नुवाकोट भैरवीको मन्दिर (मल्लकालमै बनेको) पनि मजाले दर्शन गरियो । त्यसपछि फर्कने क्रममा मधुजीले ‘दाइ ! आएको बेला रङ्गशाला पनि हेरौ‘ं’ भन्नुभयो । मैले ‘हुन्छ’ भन्दै मोटरसाइकललाई देब्रेतिर नमोडेर उत्तरहु‘ंदै अनि पूर्वतिर हु‘ंइक्याए‘ं । रङ्गशालाबाट तीन किलोमिटर पर मधुजीको मामाघर रहेछ । स्कुले जीवनमा यही‘ं पढेको भन्नुहुन्थ्यो उहॉंले । कुरा गर्दागर्दै उहॉंले ‘यहॉंको मीठो चिया खाउ‘ंm दाइ !’ भनेर फेरि हार्दिकता पोख्नुभयो । मैले नाइ‘ं भन्न सकिन ।

त्यहॉंबाट घरमा श्रीमतीलाई फोन गरे‘ं । उनले काठमाडौ‘ं आइसकेको ठानिन् तर मैले ‘नुवाकोट दरबारमै छु, अब हि‘ंड्न लागेको ’ भन्दा झट्ट विश्वास गर्न सकिनन् उनीले । हो, समय घर्किसकेको थियो । त्यति लामो घुमाउरो बाटोमा राती आउ‘ंदा भवितव्य केही पर्ला कि भन्ने

उनको सोच जाहेज नै थियो । तर, अरूलाई हतार थिएन । तेराखजी त्यसदिन नुवाकोटै बस्ने योजनामा हुनुहुन्थ्यो । मधुजीे पनि सबै साथीहरू जिल्लामा बसेकाले एकरात बस्न पाए हुन्थ्यो भन्ने मनशायमै हुनुहुन्थ्यो । म भने नाडीको घडी नियाल्दै भित्रभित्र छट्पटि‘ंदै थिए‘ं । अन्ततः ‘ल अब लागौ‘ं’ भन्दै सबैलाई उठाए‘ं । चियापसलमा बसेका एक स्थानीय बृद्धस‘ंग तेराखजी आफ्नै जिज्ञासा पोख्दै हुनुहुन्थ्यो । हामी उठेपछि उहॉंलाई उठ्न करै लाग्यो ।

अनि एैजन एैजन तवरले हामी फर्कियौ‘ं । विदुरको मूलसडक आइपुग्दा ४.४५ देखाउ‘ंदै थियो नाडी घडीले । ‘सवा दुई घण्टामा पुगिन्छ दाइ !’ भन्दै श्रीरामजीले मेरो हडबड मुहारलाई शान्त पार्नु भा’थ्यो । मैले आफ्नो छयालीस वर्षे उमेरभित्र नवयुवाको शाहस भर्दै तेराख र श्रीरामजीस‘ंग बिदा लिई काठमाडौ‘ंको बाटो तताए‘ं– मधुजीलाई पछाडि राखी । नभन्दै मेरो मोटरसाइकलको रफ्तार पनि युवास‘ंग प्रतिस्पर्धा गर्न लायक नै थियो । ऑंखा अलिक कमजोर भएकोले उज्यालोमै नागार्जुन भेटु‘ं भन्ने लक्ष्य पुरा गर्न मैले निकालेथे‘ं जोश भित्रबाटै । एक्सिलेटर दाब्यादाब्यै गर्ने क्रममा हामीले ५० किलोमिटर पार गरेपछि मात्र लघुशङ्का ग¥यौ‘ं । तर के गर्ने ? जे जसरी हु‘ंइकिए पनि रानीपौवा टेक्दा नटेक्दै दिनले अन्धकार बोकिसकेको थियो । बीच बाटोमा मधुजी र मेरो रानीपौवामा चिया खाने सल्लाह भएको थियो, तर अ‘ंध्यारो बाटोलाई छिचोल्न मेरा दुई ऑंखा अलिक कमजोर भएका कारण मैले मानिन । ककनी पुगेपछि ‘दाइ यहॉं स्ट्रवेरीको राम्रो वाइन पाइन्छ, एक बोतल किनेर खॉंदै जानुपर्ला’ भन्नु भो मधुजीले । नाइ‘ं कसरी भन्नु ? सोह्रश्राद्ध नभएको भए आपूm पनि खान हौसिन्थे‘ं हु‘ंला तर मनले चाहेर पनि मुखमा हाल्न नसक्ने वाध्यताले टन्टन्ती बॉंधिएको थिए‘ं म । जे होस्,मैले चारवटा शिखर चुरोट किने‘ं उहॉंले एक बोतल वाइन भनाउ‘ंदो र सॉंधेको भटमास किन्नु भयो – पॉंच मिनेटके समयमा । त्यसपछि हामी पुनः गन्तव्यतिर लाग्यौ‘ं । चुक छरिएझै‘ं अ‘ंध्यारोलाई मेरो सवारीको बत्तीले जित्न सकेन । त्यसैले हाम्रो रफ्तार निकै कम थियो उज्यालोको दॉंजोमा । मधुजी भटमास चपाउ‘ंदै वाइनको चुस्की लिन थाल्नु भो । ‘लिउ‘ंm दाइ’ भन्दै उहॉंले अगाडि ल्याउनु हुन्थ्यो भटमासको पोको । म देब्रे हातले मुठ्याउ‘ंदै मुखमा ग्वाम्म हाल्थे‘ं । यस्तै क्रमले केहीवेर हाम्रो यात्रा चालु भयो । ककनीबाट झण्डै १ किलोमिटर पार गरेपछि भटमास कुम्ल्याउने क्रममा मैले अर्थात् मेरा दुई ऑंखाले सडक अगाडिको खाल्डो ठम्याउन सकेन । फलतः ब्रेक लगाउ‘ंदा–लगाउ‘ंदै सवारीले आफ्नो नियन्त्रण गुमाउन पुग्यो । मधुजी र म उत्तानो प¥यौ‘ं सडकमाझ । नुवाकोट भैरवीको कृपाले घाउचोट केही लागेन । मैले तुरून्त मोटरसाइकल उठाए‘ं । त्यसबेलासम्म आवाश तथा भौतिक योजना मन्त्रीज्यूलाई सुरक्षा दि‘ंदै अघिअघि आइरहेको गाडीबाट एक सुरक्षाकर्मीले ‘बाटो चिप्लो छ, बिस्तारै हॉंक्नुपर्छ’ भन्ने आवाज गुञ्जियो । मैले सवारीलाई सडकको किनारमा ल्याए‘ं । मन्त्रीज्यूले सायद हामीलाई चिन्नु भएन होला । उहॉंहरू अघि बढिसकेपछि हामी दुई भाइ विस्तारै लाग्यौ‘ं आफ्नो बाटो । अचम्मको कुरा मधुजीको हातबाट वाइनको सिसी उम्केको रहेनछ । उहॉंले फेरि थाल्नु भो चुस्की लगाउन । सुनसान अ‘ंध्यारो बाटोमा धेरै वर्षपछि सवारी चलाउनु परेकोले मनभित्र कताकता त्रासहरू पनि फैलि‘ंदै थिए । कतै बाटोमा गुण्डाहरूले रोकेर लुटलाट गर्ने त होइनन् ? भन्ने चिन्ता बोक्दाबोक्दै नागार्जुन आइपुगियो । त्यसपछि मैले आपूmलाई अलिकति भयमुक्त ठाने‘ं ।

सडकबाट झन् झिलिमिली बत्ती बलेका बस्तीहरू देख्ता छ आफ्नै टोल आइपुगेको भान भयो । बालाजु बाइपास आइपुगेपछि भने मेरो मुटु सामान्य गतिमा चल्न थाल्यो । त्यसबेलासम्म वाइनको नशाले मधुजीको जिब्रोलाई थोरै लाटो बनाइसकेको थियो । अनि मैले सोचे‘ंं– ‘तामाङ्नी बहिनीले स्ट्रवेरीको वाइनभित्र पक्का पनि कोदोको झोल मिसाएकी रहिछिन्’ । अन्यथा सक्कली वाइनले त्यतिसाह्रो नशा दिनु पर्ने होइन ।’ भला जे होस्, सात चालीसमा मधुजीलाई घरको दैलोसम्म पु¥याएर पैंतालीसमा आफ्नो ऑंगन टेक्न सफल भए‘ं म । बेलुकी सुत्ने बेला दुर्घटनाको सम्झना मात्र होइन बट्टार युवा क्लबका अध्यक्ष श्रीराम श्रेष्ठ, उपाध्यक्ष बद्री त्रिपाठी, कोषाध्यक्ष विष्णु सापकोटा, सचिव हरि श्रेष्ठलगायत थुप्रै युवासाथीहरूबाट पाएको न्यानो माया,आतिथ्य र सम्मान पनि फन्फन्ती घुम्न थाले मस्तिष्कमा ।








प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 पौष, 2067

लेखकका अन्य रचनाहरु